04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जीवन बाँच्ने कला

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
अमित स्थापित, काठमाडौं हरेक मानिसका जीवन बाँच्ने आ-आफ्नै शैली हुन्छ । जीवन सुखसँग भन्दा पनि खुसीसँग बाँच्नर्ुपर्छ भन्ने मान्यता विश्वभर प्रबल छ । जन्मजातबाहेक धर्तीमा मानिसले धेरै कुरा सिक्दै आफूलाई परिपक्व बनाउँदै जान्छ । मानिसमा आत्मविश्वास सबैभन्दा ठूलो कुरा हो । आत्मविश्वास नभएको मानिसले आफूले सोचेर, सही या गलत छुट्याएर, सही ठाउँमा सही निर्ण्र्ाालिएर काम गर्न सक्दैन । जसका कारण मानिसहरू कुलतमा लाग्ने, ब्रि्रने या आफूमा परिपक्व सोचको विकास गर्न नसक्ने हुन्छन् ।    तर, काठमाडौंका एक २५ वर्षो युवाले मानिसको उन्नयन, आत्मविश्वास र सामाजिक गुण विकास गराएर जीवन बाँच्ने नयाँ तरिका सिकाइरहेका छन् । भावेश खनाल नामका यी युवाले धेरै मानिसको जीवनमा रूपान्तरण नै ल्याइदिएका छन्, जीवन बाँच्ने शैली र सोच्ने तरिकामा आमूल परिवर्तन ल्याइदिएका छन्, धेरै मानिसमा । अझ भन्ने हो भने विशेष गरेर युवाहरूमा ।आर्ट अफ लिभिङ बैंगलोरका श्री रविशंकर गुरुले स्थापना गरेका हुन् । दबाब, हिंसा र अपराधमुक्त समाजको अवधारणाबाट सुरु भएको रविशंकर गुरुबाट प्रभावित भएर भावेशले यो सेवा सुरु गरेका हुन् । सर्ुदर्शन क्रियाले मानिसलाई दबाबबाट मुक्त गराउँछ । यस्ता क्रियाका सम्बन्धमा श्री रविशंकर गुरुले केही विषयवस्तुहरू नै तयार गर्नुभएको रहेछ ।    अहिले विश्वका १५५ देशमा छ, आर्ट अफ लिभिङ । यो संस्थाले विपद्बाट राहत, स्वास्थ्य, महिला सशक्तीकरण, शिक्षालगायतका क्षेत्रमा काम गरिरहेको छ । आर्ट अफ लिभिङको केन्द्र भने बानेश्वरमा छ । भावेशले थापाथली ट्रेड टावरमा आर्ट अफ लिभिङको कक्षा सुरु गरेका छन् । उनी चार वर्षेखि यसको अध्ययनमा संलग्न छन् भने दर्ुइ वर्षेखि आफैंले अरूलाई सिकाइ पनि रहेका छन् । भावेश किशोरावस्थामा आफैं ब्रि्रेका थिए, तनावमा थिए । सानो-सानो कुरामा झिंजो मान्ने, र्झकने बानी थियो । पढाइ बिग्रिरहेको थियो । उनलाई साथीहरूले ध्यानमा जान सल्लाह दिए । ध्यानका सम्बन्धमा अध्ययन गर्ने क्रममा उनले एक दिन इन्टरनेटबाट गुरु रविशंकरका लेखहरू प्राप्त गरे । यसले उनलाई अपिल गर्‍यो र सन् २००९ मा बानेश्वरमा आर्ट अफ लिभिङको कोर्स गरे । यसअघिसम्म उनलाई ध्यान र प्राणयाम भनेको उमेरले बूढा भएका मानिसले गर्ने हो भन्ने धारणा थियो । "ध्यानले आत्मविश्वास र एकाग्रता ल्याउँछ भनेर मैंले सोचेको पनि थिइनँ,"  भावेश भन्छन् । ध्यानले जीवनमा रूपान्तरण आएपछि उनले यसलाई निरन्तरता दिए । आफ्ना साथीहरूलाई पनि सिकाउन थाले । आफूले आध्यात्मका विकसित कोर्सहरू गर्न थाले । बैंगलोरमा गएर रविशंकर गुरुलाई पनि भेटे ।    दर्ुइ वर्षा उनले चार हजार मानिसलाई आध्यात्म सिकाएका छन् । श्वास क्रिया -सर्ुदर्शन क्रिया), प्राकृतिक भएर बस्ने तरिका, एकाग्रता तथा विभिन्न ज्ञान सूत्र जीवनमा उतार्न सिकाउँछन् उनले ।उनले युवाहरूलाई केन्द्रित गरेर आध्यात्ममा लाग्न सिकाउँछन् । आध्यात्मले आत्मविश्वास बढ्ने उनको भनाइ छ । "म आफैं पहिला चारजना मानिस भएको ठाउँमा बोल्न डराउँथे," उनी भन्छन्, "आत्मविश्वास नभएसम्म केही काममा सफलता पाउन सकिन्न ।" आत्मविश्वास, एकाग्रता र स्पष्टता आध्यात्मका आधारभूत विषय हुन् । तनाव नलिने, नरिसाउने, राम्रोसँग पढ्ने कुरा सबैले सिकाउँछन् । तर भावेशले यसमा कसरी भनेर सिकाउँछन् । यो कामबाट उनले राम्रो प्रतिक्रिया पाएका छन् । भावेश आध्यात्म र योगालाई विद्यालयको पाठ्यक्रममा समावेश गनुपर्ने बताउँछन् । भावेशको आफ्नै बुबा मदिरा कुलतमा हुनुहुन्थ्यो । तर, भावेशले आर्ट अफ लिभिङका माध्यमबाट बुबाको जीवनमा नै रूपान्तरण ल्याइदिए ।  अध्यात्मले मानिसको सोच्ने शैलीलाई थप प्रभावकारी बनाउँछ । यसले व्यक्तित्व, कुरा गर्ने शैली, नेतृत्व, उत्प्रेरणा, अरुलाई सम्झाउने/बुझाउनेमा पक्षहरूलाई प्रतिनिधित्व हुन्छ । मानिसमा शैक्षिक योग्यतासँगै "सफ्ट स्किल" पनि बढाउनुपर्ने धारणा राख्छन् ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar