06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

व्यवस्थापनमा उच्च शिक्षा विशेष

23 - Sep-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
व्यवस्थापनमा उच्च शिक्षा विशेष     
किन उच्च शिक्षामा व्यवस्थापन पढ्ने -  
 
प्राध्यापक सुवास केसी, डीन- काठमाडौं विश्वविद्यालय   
कुनै पनि विषयको आ-आफ्नै पृष्ठभूमी र हरेकको आफ्नै औचित्य तथा उपादेयता हुन्छ । व्यवस्थापन अध्ययनको औचित्य कुनै पनि समाज या राष्ट्रको आर्थिक र सामाजिक संवृद्धिको पर्रि्रेक्ष्यसँग गाँसिएको हुन्छ । व्यवस्थापनले कुनै पनि संस्था, संगठन र समाजको आर्थिक र सामाजिक उन्नतिका लागि चाहिने स्रोतको अधिकतम परिचालन र अधिकतम लाभमा कसरी दक्षता हासिल गर्ने भन्ने सीप सिकाउँछ । व्यवस्थापनको उपयुक्त र समसामयिक ज्ञान सीप नभई हामीले हाम्रा संस्था, संगठन र पद्धतिहरुलाई राम्ररी सञ्चालन गरी अधिकतम प्रतिफल लिन सक्दैनौं ।  
 
 
त्यसकारण,व्यवस्थापन विषयमा विद्यार्थीहरुको अभिरुची धेरै बढेर आएको छ । पहिला त्यति प्रतिस्पर्धा थिएन, स्रोतको पनि कमी थिएन । उच्च तहको परिणाम निकालीहाल्नर्ुपर्छ भन्ने आवश्यकता नभएकै कारण त्यससमयमा हामीले संगठन, संस्थाहरु सञ्चालन गर्‍यौं । जुन बेलादेखि प्रतिस्पर्धा उच्च हुँदैगयो, त्यसले "मोर विद् लेस" -कमबाट धेरै) भन्ने अवधारणाको जन्म भयो । कम स्रोत, कम मेहनत, कम लगानीबाट राम्रो परिणाम, धेरै उपलब्धि, धेरै सेवा र सन्तुष्टी निकाल्नुपर्‍यो । व्यवस्थापन शिक्षा भनेको यस्तो शिक्षा हो, जसले कुनै व्यक्ति वा संस्थालाई थोरैबाट धेरै प्राप्त गर्नका लागि चाहिने दक्षता, ज्ञान, सीप प्रदान गर्छ । तर्सथ, कुनै पनि समाजमा यो उपयोगी हुन्छ । 

 

 

 
विकसित समाजमा विकासको स्तरलाई विश्वव्यापी रुपमा कायम राख्दै अझ अघि बढ्नुपर्नेछ, त्यसकारण उनीहरुलाई यो शिक्षा चाहियो । हाम्रो जस्तो विकासोन्मुख समाजमा साधनस्रोत, संरचनाको कमी रहेकोमा यो कमबाट पनि कसरी अधिकतम मूल्य र प्रतिफल निकाल्ने भन्ने चुनौतीको सामना गर्नका लागि पनि हामीले व्यवस्थापन अध्ययन गर्नुपर्नेछ । व्यवस्थापनप्रतिको हाम्रो अभिरुची जागेको छ, कतिपय स्थानमा यसलाई फेसनको रुपमा पनि लिइने चलन छ । तर, वास्तवमा यसको पृष्ठभूमीमा हर्ेर्ने हो भने थोरैबाट धेरै प्रतिफल निकाल्नुपर्ने बाध्यताले व्यवस्थापन शिक्षाको औचित्य, आवश्यकता र उपादेयता बढाएको छ । त्यसैका कारउा व्यवस्थापन अध्ययन गर्नेको चाहना, अभिरुची बढेको छ ।

 

 
समस्या समाधानमा विकास गरेको शिक्षाले व्यवस्थापकले आफ्नो राम्रो भूमिका निर्वाह गर्न सक्छ । कोही व्यक्तिमा प्राकृतिक रुपमै नेतृत्व गर्ने क्षमता हुन्छ । स्वभाविक रुपमा यस्तो गुण भएको व्यक्तिले व्यवस्थापन विषयको अध्ययनबाट राम्रो गर्न सक्छ । 

 

 
अर्कोतर्फव्यवस्थापन शिक्षा क्षेत्र विशेषको हुँदैन । यो 'क्रस-कटीङ' विषय हो । व्यस्थापन अध्ययनपछि थोरैबाट धेरै उत्पादन गर्ने चुनौतीसँग जुझ्न सिकाउने भएकाले यो अध्ययन आवश्यक छ । व्यावसायिक संस्था चलाउन मात्र होइन, विकास संघ, संगठन, र्सार्वजनिक व्यवस्थापनदेखि सामाजिक क्षेत्रमा समेत यो काम लाग्छ । यो अध्ययनले जुनसुकै क्षेत्रमा पनि राम्ररी काम गर्न र प्रतिफल निकाल्ने सीप दिन्छ । 

 

 

 
विद्याथीहरुले यसरी गहन ढंगले नसोचे पनि म भोलि जुनसुकै क्षेत्रमा गएर भएको स्रोतबाट अधिकतम प्रतिफल हासिल गर्नका लागि चाहिने आधारभूत ज्ञान यो विषयले प्रदान गर्छ भन्ने धारणा बनाउनर्ुपर्छ । धेरै विद्यार्थीहरुले यो बुझेका छन् । व्यवस्थापन विषयमा राम्रो अध्ययन गर्नेबित्तिकै बजारमा उनीहरु बिक्छन् । जुनसुकै क्षेत्रमा पनि उपयुक्त हुनसक्छ । व्यवस्थापन विषयको आधारभूत दर्शन नै कम स्रोतबाट धेरै प्रतिफल आर्जन गर्ने नै हो । विद्यार्थीहरुले यो शिक्षापछि जुनसुकै क्षेत्रमा गए पनि त्यहाँ भएको सीमित स्रोतसाधन र संरचनाबाट बढीभन्दा बढी मूल्य निकाल्नसक्नर्ुपर्छ । विद्यार्थीहरुबाट गरिने अपेक्षा पनि यही हो । 

 

 

 
व्यवस्थापन शिक्षा अन्डर ग्र्याजुएटबाटै शुरु हुन्छ, विश्वभरी नै त्यही हो । प्लस टुसम्म व्यवस्थापनका एक/दर्ुइओटा विषयलाई अध्ययन गर्न सकिन्छ । अहिले उच्च माध्यमिक शिक्षा परिषद् र विद्यालय तहको शिक्षामा पनि लेखा र विजनेस अर्गनाइजेसन एण्ड अफिस म्यानेजमेन्ट -बुम) जस्ता विषयहरु राखिएका छन् । यत्तिले मात्र व्यवस्थापन शिक्षाको प्रतिनिधित्व गर्दैन । व्यवस्थापनसँग सम्बन्धित निश्चित कामका लागि चाहिने अवधारणा प्राप्त भए पनि सही रुपमा अन्डर ग्र्याजुएटबाट मात्र व्यवस्थापन विषयको आवश्यक ज्ञान सीप समेटीएको हुन्छ । यसले व्यवस्थापनमा क्षमता अभिवृद्धि हुन्छ । मेडिकलमा पनि प्लस टु मा बायोलोजीको आधारभूत ज्ञान नै प्रदान गरिने हो । १२ वर्षछिको चार वर्षया ६ वर्षो शिक्षाले मात्र विद्यार्थीमा व्यावसायिक सीप विकास गरिदिन्छ । शिक्षाको संरचना विश्वभरी नै त्यही हो । अन्टर ग्र्याजुएटमा 'क्रेज' बढेको कारण पनि त्यही हो । विद्यालय तहको शिक्षामा व्यावसायिक सीप विकास सम्भव हुँदैन । उमेर र सीपको हिसाबले परिपक्वता पनि 'अन्डर ग्र्याजुएट'बाट मात्र प्राप्त हुन्छ ।

 

 

 
व्यवस्थापन प्राविधिक भन्दा पनि बढी साधरण विषय हो । मेडीकल या इन्जिनियरिङ पढ्नेले मेडिकल र इन्जिनियरिङको काम गर्छ । मेडिकल पढ्नका लागि 'बायोलोजी' जस्तै यही विषय अत्यावश्यक छ भन्नेचाहिं व्यवस्थापनमा छैन । त्यस्तो अत्यावश्यक बनाउने कुरा व्यवस्थापन विषयको दर्शनसँग मेल पनि खाँदैन । तरपनि, व्यवस्थापनमा आएर राम्ररी सिक्ने हो भने केही निश्चित कुराहरु आवश्यक छ । यसमा केही न केही 'क्वान्टीटेटीभ एबिलिटी'हुनर्ुपर्छ । म्याथम्याटीकल दक्षता छैन भने एउटा विद्यार्थीले पढ्न त सक्ला । तर, व्यवस्थापनमा गर्नुपर्ने कतिपय कामहरु उसले गर्न सक्दैन । व्यवस्थापनमा गर्नुपर्ने कतिपय निर्ण्र्ाारुमा क्वान्टीटेटीभ टुल, टेक्निक्सहरु व्यवस्थापनमा विकास भएका छन् । यो क्षेत्रमा धेरै विकसित गणीतिय मोडलहरु विकास भएका छन् । सबैले त्यो विकसित मोडलहरु सिक्न जरुरी नभए पनि केही न केही गणीतिय ज्ञान हुनर्ुपर्छ । अर्कोतर्फ सञ्चार र भाषाको दक्षता हुनर्ुपर्छ । व्यक्तिहरुसँगको सर्म्पर्कको काम भएकाले सञ्चारको दक्षता हुनर्ुपर्छ । 

 

 

 
व्यवस्थापनमा विश्लेषणात्मक क्षमता आवश्यक हुन्छ । कुनै पनि अवस्थालाई पहिले बुझ्ने र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर विश्लेषण र निर्ण्र्ाागर्ने । समस्या बुझ्ने र निर्ण्र्ाालिने काम नै व्यवस्थापन हो । यसैका लागि प्रविधि, उपाय, अवधारणा, नियम, सिद्धान्त लागू गर्ने हो । अवस्थालाई राम्ररी बुझिसकेपछि व्यवस्थापकले निर्ण्र्ाालिन्छ । १२ वर्षविद्यालय शिक्षाले विश्लेषणात्मक क्षमता विकास गर्दैन । हाम्रो शिक्षाले तर्क गर्ने, विश्लेषण गर्ने, समालोचनात्मक कारण दिने त्यस्तो क्षमता छैन । उच्च माध्यमिक विद्यालय तहमा दिइने शिक्षाले पनि व्यावसायिक क्षमता विकास हुँदैन ।

 

 

 
विजनेस स्कुलका विद्यार्थीमा हेरिने मुख्य कुरा उनीहरुमा गणीतिय दक्षता, अरुलाई सम्झाउन सक्ने क्षमता, उद्यमशील सोच र सिर्जनात्मक छ/छैन भन्ने नै हो । 

 

 

 
व्यवस्थापन शिक्षा अहिलेको समकालीन समाजमा धेरै आकर्ष मात्र होइन, जटिल शिक्षा पनि हो । त्यही अनुसार सबैजसो विश्वविद्यालयहरुमा स्नातक र स्नातकोत्तर तहमा शुरु भएको छ । व्यवस्थापनको पाठ्यक्रमले मुख्यगरी, सम्बन्धित देशको बजारको आवश्यकता हर्ेनर्ुपर्छ । उद्योग, व्यवसाय, व्यापारमा कस्ता जनशक्ति चाहिन्छ, त्यसलाई समेट्ने पाठ्यक्रम तयार गर्नर्ुपर्छ । यसबाहेक व्यवस्थापन विश्वव्यापी शिक्षा भएकाले विश्वव्यापी रुपमा तुलनमत्मक र प्रतिस्पर्धी छ/छैन भनेर हर्ेनर्ुपर्छ । विश्वव्यापी रुपमा दक्षता अभिवृद्धि गर्ने कुरा मुख्य हो । विश्वव्यापी समसामयिकता र सान्दर्भिकतालाई विचार गरेर पाठ्यक्रम तयार गर्नर्ुपर्छ । हाम्रो चार ओटा विश्वविद्यालयमा केही फरक छ तर, अहिले हामीले तयार गरेको पाठ्यक्रम विश्वका अन्य पाठ्यक्रमभन्दा कम चाहिं छैन । सामान्यतयाः हाम्रा कार्यक्रमहरु अन्तर्रर्ााट्रय स्तरमा छ । 

 

 

 
व्यवस्थापनमा कक्षाकोठाको सिकाइमात्र नभएर व्यवहारमै काम गराउने पद्धतिहरु शिक्षणसिकाइको नयाँपनको रुपमा प्रयोग भइरहेका छन् । तर, हामीले यस्ता क्रियाकलाप सञ्चालन गर्न साधनस्रोतको अभाव छ । विश्वव्यापी रुपमा विजनेस स्कुल चलाउँदा उनीहरुले उद्योग व्यवसायसँग नजिकको सम्बन्ध स्थापित गरेका हुन्छन् । यसले गर्दा सफल उद्योगी व्यवयसायीको अनुभव विद्यार्थीले साट्न पाउने भए । उनीहरुले अनुसन्धानमा सहयोग पाउने भए । तर्सथ, अब हामीले शिक्षाको गुणस्तर अझै सुधार गर्ने हो भने अनुसन्धानलाई प्राथमिकता दिनर्ुपर्छ । अनुसन्धानका लागि स्रोत चाहिन्छ । विद्यार्थीबाट पैसा उठाएर अनुसन्धान गर्ने भन्ने सम्भव हुँदैन । विकसित देशरुमा सरकारले ठूला उद्योग व्यवसायले करोडौं/अर्बौं रुपैंयाको अनुसन्धानको काम दिन्छन् । हाम्रो उद्योगव्यवसायसँगको सहकार्य पनि कमजोर छ । सरकारले अनुसन्धानका लागि धेरै रकम खर्च गर्दैन । हाम्रा उद्योगी व्यवसायी विजनेस स्कुलमा कुनै लगानी बिना नै उत्पादन खपत गरिरहेका छन् । उनीहरु रोजगारदाता मात्र होइन, विजनेस स्कुलको लगानीकर्ता भए भने मात्र चाहिएजस्तो उत्पादन दिन सकिन्छ । 

 

 

 
व्यवस्थापन शिक्षा सम्बन्धमा सरकारको स्पष्ट नीति पनि देखिन्न । सन् १९८५ तिर म बेलायतमा अध्ययन गर्दा त्यहाँको सरकारले सन् १९८० तिर बेलायत सरकारले "म्यानेजमेन्ट इनिसिएटीभ चार्टर" -एमआईसी) निकाल्यो । यसमा सरकारले व्यवस्थापनका लागि, विजनेस स्कुलका लागि सरकारले के गर्नर्ुपर्छ भनेर नीति नै बनाएको छ । विश्वविद्यालयबाट कस्तो शिक्षा दिने भन्ने त छँदैछ । उनीहरुसँग "इन्डस्ट्री स्पेशिफिक म्यानेजमेन्ट डेभलपमेन्ट सेन्टर"हरु छ । त्यतिबेला १४ ओटा "इन्डस्ट्री स्पेशिफिक सेन्टर" हरु थिए । त्यहाँ विश्वविद्यालयका उत्पादनहरु त्यहाँ लिने गर्थे । फर्मास्युटीकल्स, एभिएसन, बैंकिङलाई कस्तो व्यवस्थापन चाहिन्छ भनेर सिकाइन्थ्यो । बेलायतका विश्वविद्यालयहरुले सरकारको यही नीति अनुसारको शिक्षा दिइरहेका छन् । पाठ्यक्रम अनुसारको शिक्षा प्रदान गर्न त्यही अनुसारको स्रोत, पर्ूवाधार, सुविधा र नीति आवश्यक हुन्छ ।

 

 

 
व्यवस्थापन शिक्षामा अवसर र चुनौती

 

 
  ८-१० वर्षो अवधिलाई विश्लेषण गर्ने हो भने अन्य विषयहरुमा भन्दा व्यवस्थापनबाट आएका विद्यार्थीहरुले रोजगारी पाउँछन् । अझ भन्ने हो भने छानेर रोजगारी पाएका छन् । रोजगारीका हिसाबले त व्यवस्थापन नै उपयुक्त देखिएको छ । अहिले मेडिकल र इन्जिनियरिङ क्षेत्रमा धेरै रोजगारी सिर्जना हुन सकिरहेको छैन । तर, व्यवस्थापनमा सधै यस्तै अवसर रहिरहन्छ भन्ने मलाई लाग्दैन । अर्थतन्त्र विस्तार भयो भने त अझै रोजगारी सिर्जना हुन्छ । तर, हाम्रो अर्थतन्त्रले तत्कालै गति लिने लक्षण देखिएको छैन । शान्ति सम्झौतापछि पनि राजनीतिक कुरा नमिलेको कारणले अर्थतन्त्रले गति लिन नसकेको हो । यस्तै अवस्था ५ वर्षलम्बियो भने माग घट्छ ।

 

 
नेपालको व्यवस्थापन शिक्षाका बारेमा घण्टौं बहस गर्न सकिन्छ । व्यवस्थापन शिक्षा नेपालमा अरु शिक्षाको तुलनामा अलिक पछि सुरु भएको हो । पछि सुरु भएर पनि यसले धेरै प्रगति गरेको छ । व्यवस्थापन शिक्षाको गुणस्तर र सम्भावना बढाउन सक्ने चुनौती र अवसर हाम्रासामु छ । व्यवस्थापन शिक्षालाई सही पर्रि्रेक्ष्यमा बुझ्नर्ुपर्छ । विद्यार्थीहरुले पनि म व्यवस्थापन शिक्षामा किन जाँदैछु भन्नेमा स्पष्ट हुनर्ुपर्छ । यो क्षेत्रसँग सम्बद्ध सबै नीतिगत तह होस्, या संस्थागत नेतृत्व होस् उहाँहरुले यसको मूलभूत चरित्र बुझ्नर्ुपर्छ । एमबीएका ३२ भन्दा बढी प्रोगाम काठमाडौंमा छन् । विराटनगरमा भारतबाट आएका ३ ओटा एमबीए प्रोगाम चलेको भन्ने सुनेको छ । यसरी आपर्ूर्ति बढ्दा गुणस्तर भने खस्कनहुन्न । एमबीए र बीबीए कलेजहरु अत्याधि भएपछि त्यसका उत्पादनको मूल्य घट्छ । त्यसकारण, शिक्षाको गुणस्तर कायम राख्न अझै सुविधा र लगानी बढाउँदै लैजानर्ुपर्छ । पाठ्यक्रम परिमार्जन गर्दै लैजाने, अनुसन्धान बढाउने लगायतका क्षेत्रमा ध्यान दिन अपरिहार्य छ । अस्वस्थ प्रतिस्पर्धा भयो भने शिक्षाको गुणस्तर बढाउँदैन । त्यसकारण यो क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको आवश्यक छ ।    

Posted on: 2012-Sep-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar