03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालमा तीव्र सहरीकरणसँगै जोखिम बढ्दो

28 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपालमा तीव्र सहरीकरणसँगै जोखिम बढ्दो      काठमाडौं । पछिल्लो तीन दशकमा सहरी  जनसंख्याको उच्च वृद्धिले नेपाल दक्षिण एसियामै तीव्र सहरीकरणतर्फ उन्मुख भएको विश्व बैंकको अध्ययनले देखाएको छ । सन् १९७० देखि हरेक वर्ष सहरी क्षेत्रको जनसंख्या औसत ५ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ । गाउँबाट सहरमा उच्च बसाइँसराईले सहरीकरण तीव्र भए पनि व्यवस्थित सहर विकास गर्न नसक्दा यस क्षेत्रमा जोखिम पनि त्यत्तिकै बढेको विश्व बैंकले जनाएको छ ।   
 
नेपालको २० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्छन् । अहिलेसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा कम सहरीकरण भएको देश हो ।  
 
“सहरी क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ६५ प्रतिशत योगदान गरेको अनुमान गरिएको छ,” अध्ययनमा भनिएको छ, “सन् १९७५ मा यो २९ प्रतिशतमात्र थियो ।”  
 
सहरी अर्थतन्त्र ग्रामीण अर्थतन्त्रको तुलनामा उल्लेख्य बढेको छ । गरिबी पनि झण्डै आधा घटेको छ । अध्ययन अनुसार, सन् १९९५÷९६ देखि सन् २०१०÷११ को अवधिमा गरिबी २२ बाट १५ प्रतिशतमा झरेको छ । विश्व बैंकको उक्त अध्ययनले सहरी अर्थतन्त्रको विकासका लागि त्यहाँ रहेका सम्भावनाहरुको तुलनात्मक र प्रतिस्पर्धी लाभ उठाउनुपर्नेमा जोड दिएको छ ।   
 
विश्व बैंककी सहरी अर्थशास्त्री एलिसा मज्जीनीका अनुसार, नेपालले सहरका सम्भाव्यताबाट लाभ उठाउन आवश्यक छ । सांस्कृतिक पर्यटन, हस्तकला र कृषि प्रशोधनबाट तुलनात्मक लाभ लिन सकिने उनको भनाई छ । “प्रतिस्पर्धी सहरहरुले मात्र लगानी अनुसारको उच्च प्रतिफल लिन र रोजगारी बढाएर नेपालको आर्थिक विकासको लक्ष्य पुरा गर्न सक्छन्,” उनले भनिन् ।  
 
अध्ययनले काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका पूर्वी तराईको विराटनगर क्षेत्र, मध्य तराई तथा वीरगन्ज उपमहानगरमा गैर–कृषि उत्पादनको उल्लेख्य रहेको बताएको छ । सहर र गाउँ बीचका केही क्षेत्रले दुई पक्षको माग र आपूर्तिमा आधारित व्यवसायबाट लाभ लिइरहेका छन् ।  
 
काठमाडौं उपत्यका अत्याधिक सहरीकरण र आधुनिकरण को चुनौती सामना सहर हो । काठमाडौं नेपालको आर्थिक गतिविधि र पर्यटनका लागि प्राथमिक प्रवेशद्वार भएकाले यो महानगरले ठूलो चुनौती खेप्नुपरेको अध्ययनमा उल्लेख छ ।  
 
नगरपालिकामा आवश्यक पूर्वाधारका लागि आवश्यक सार्वजनिक लगानी अत्यन्त कम रहेको अध्ययनले जनाएको छ । “यहाँ पूर्वाधार विकासको ठूलो आवश्यकता  छ,” अध्ययनमा भनिएको छ । सन् २००८ मा पूर्वाधारमा सार्वजनिक लगानी प्रतिव्यक्ति १३ डलर रहेकोमा अहिले ९ डलर रहेको छ । पूर्वाधारमा लगानी घट्नु चिन्ताजनक भएको विश्व बैंकले ठहर छ ।  


Posted on: 2012-Jun-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar