09 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रभावकारी वितरणका लागि कार्ड प्रणाली

26 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0
प्रभावकारी वितरणका लागि कार्ड प्रणाली

 
– अर्जुनप्रसाद देवकोटा

 

 
खाना पकाउने ग्यासको आयातमा झण्डै ३० प्रतिशत कटौतीले यो वर्ष जनवरी र फ्रेबुअरी महिनामा अस्वभाविक अभाव देखियो । ग्यासको अभावले उपभोक्ताहरु सडकमा गुडेका ग्यास सिलिण्डर बोकेका गाडीहरु नै लुट्ने स्थितिमा पुगे । ग्यास खोसिन थालेपछि व्यावसायी असुरक्षित बन्न पुगे र सरकारले सुरक्षा नै दिनुपर्ने अवस्था आयो । उपभोक्ता आक्रोश ग्यास दिन नसक्ने बिक्रेताहुँदै ग्यास उद्योगीहरुसम्म फैंलियो । उद्योगहरुमै उपभोक्ताले ग्यासका लागि धाउन थाले । यसले बजारको स्वरुपलाई नै बिगा¥यो । 

 

 
यो अवस्था आउनु वास्तवमा नेपाल आयल निगम, ग्यास बोटलर्स र तिनका डिलरशीप लिएका हामी बिक्रेताहरुका लागि पनि लाजमर्दो विषय हो । यस्तो संकटपूर्ण अवस्था आउनुको पछाडिको प्रमुख कारण उपभोक्ताकहाँ ग्यासको सञ्चिति नै हो । एउटा सिलिण्डर हुनेले दुई र दुईओटा हुनेले पाँचओटा सिलिण्डर राख्न थाले । राम्रै आम्दानी हुनेले मज्जैले सिलिण्डरहरु राख्न थाले र हरेक एउटा सकिनसाथ तिनीहरुलाई रिफिलिङका लागि डिपोहरुमा ल्याए । जसको फलस्वरुप ग्यास अभाव लम्बियो । उपभोक्तालाई बिक्रेताले महिनौंसम्म एउटा सिलिण्डर भरेर दिन नसक्ने अवस्था आयो । अब आगामी दिनमा यस्तो अवस्था आउन नदिन के गर्ने त ? यसका लागि ग्यास बिक्रेता महासंघले आयल निगमसँग सिलिण्डरको लगत राख्ने कुरा प्रस्ताव ग¥यो । निगमले कोटा प्रणालीकै आधारमा ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) दिने गरेको भए पनि उपभोक्ताकहाँ कति सिलिण्डर छन् भन्ने त निगमलाई जानकारी हुने कुरा भएन । यो काम बिक्रेताहरुबाट नै हुनसक्छ । 

 

 
ग्यास बोटलर्सको सहयोगमा हामी बिक्रेताहरुले व्यवस्थित वितरणका लागि कार्ड प्रणाली शुरु गरेका छौं । यसमा दुई थरी कार्डहरु छन्– व्यवसायिक प्रयोजनमा आउने होटल, रेष्टुरेन्टहरुका लागि हामी नीलो कार्ड प्रयोग गर्छौं । त्यस्तै रातो कार्ड घरयासी प्रयोगका लागि जारी गर्छौं । कार्डमा उपभोक्ताको ठेगाना, उसले प्रयोग गर्ने सिलिण्डर संख्या लगायत सबै जानकारी उल्लेख हुने हुँदा उसले कति सिलिण्डर राखेको छ लगत हुन्छ । एकै ब्राण्डका धेरै सिलिण्डर घरयासी उपयोगमा सञ्चय नहुने भयो ।

 

 
अर्कोतिर, ग्यास बिक्रेता महासंघसँग सबै उपभोक्ताको लगत हुने हुँदा विभिन्न ब्राण्डका सिलिण्डर राख्नेलाई पनि पहिचान गर्न सजिलो हुने भयो । सामान्य अवस्थामा त कुनै समस्या भएन । यसको सबैभन्दा ठूलो फाइदा के हो भने संकटका बेला कसलाई साँच्चै अभाव भएको हो त सहजै पत्ता लगाउन सकिन्छ । यदि सरकारको सहयोग प्राप्त हुने हो भने त, हामी कम्प्युटरमा डाटा इन्ट्री (लगत संकलन) गरेर कहाँ कति सिलिण्डर, कुन–कुन ब्राण्डका छन् भनेर भन्न सक्छौं । तत्कालै यो विकसित पद्धतिमा गइहाल्न नसके पनि कार्ड प्रणालीले ग्यासको वितरणमा आमूल सुधार ल्याउँछ ।

 

 
हामीले उद्योगहरुसँग सिलिण्डरको संख्या माग गरेका छौं । अहिले मोटामोटी ४५ लाखजति सिलिण्डर रहेको अनुमान गरिएको छ । १५ लाख परिवारले ग्यास उपभोग गर्छन् । यातायात पहुँचले अब ग्यासका उपभोक्ता सहरी र अद्र्धसहरी क्षेत्रमा मात्र सीमित छैनन्, यो अब गाउँ–गाउँमा पनि पुग्दैछ । हरेक महिना १४ हजार टन ग्यास खपत हुन्छ । प्रयोगकर्ताको संख्या हरेक दिन बढ्दै गएको छ । यदि हामीले वितरण व्यवस्था प्रभावकारी बनाउन सकनौं भने यस्ता समस्याहरु सधैं रही रहन्छन् । तथ्यांक भएन भने कालाबजारी गर्ने उद्योग या बिक्रेता नै किन नहोस् । उसलाई फाइदा हुन्छ । अझ उद्योगहरुले थोक खरिद गर्ने ठूला होटलहरुलाई सीधै ग्यास दिन सक्छन् । ग्यास बिक्रेता महासंघले शुरु गरेको कार्ड प्रणालीलाई सबै उपभोक्ताहरुले सहयोग गर्नुपर्छ । उपभोक्ता कार्ड लिएपछि उपभोक्तालाई पनि सजिलो हुन्छ । हाम्रो यो प्रयास उपभोक्ता हितकै लागि लक्षित छ । 

 

 
(लेखक ग्यास बिक्रेता महासंघका कार्यवहाक अध्यक्ष हुन्)

Posted on: 2012-Jun-26


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar