04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सेन्चुरी बैंकको एक वर्षः सफलताको कथा

19 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
३२औं वाणिज्य बैंकको रुपमा, स्थापनाको एक वर्ष पुरा गरेको सेन्चुरी कमर्सियल बैंक स्थापित बैंकको रुपमा चिनिएको छ । कुशल नेतृत्वकै कारण बैंक प्रतिस्पर्धामा खरो उत्रन सफल भएको छ । राष्ट्र बैंकमा लामो समय काम गरेका अनुभवी व्यक्तित्व गणेशकुमार श्रेष्ठको नेतृत्वमा बैंक स्थापनाको पहिलो वर्षमै सबैसामु परिचित भएको छ । श्रेष्ठ राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट २०६५ मा अवकाशप्राप्त केन्द्रीय बैंकर हुन् । 

 

 
सेन्चुरी बैंकले स्थापनाको पहिलो वर्षलाई महत्वाकांक्षी बनाएको पनि थिएन । बैंक स्थापना हुँदा तरलता संकुचन र लगानीयोग्य रकमको अभावका कारण परिस्थिति ज्यादै कठिन थियो । वर्षभरमा सेन्चुरीले ४ अर्बको निक्षेप र  ३ अर्ब ७० करोड ऋण लगानी गर्ने योजना बनाएको थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार, आउँदो असारसम्म बैंकले यो लक्ष्य सजिलै हासिल गर्छ । बैंकले हरेक आवमा न्यूनतम ४ अर्ब निक्षेप संकलन, ऋण लगानी तथा १० ओटा शाखा खोल्ने रणनीति लिएको छ ।

 

 

अबको ४ देखि ५वर्षको अवधिमा बैंक मध्यस्तरको बैंकको तहमा पुग्छ । यसअघि बैंकहरूलाई यो अवस्थामा पुग्न १०–१५ वर्ष लागेको थियो । सेन्चुरीसँग अब कस्ता योजना छन् त, भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, बैंक गैरआवासीय नेपालीसहित ४३ जिल्लामा विभिन्न पेशा व्यवसायमा संलग्न व्यत्तिहरूको पहलबाट स्थापना भएको हो । श्रेष्ठ उनीहरूको भरोसालाई टुट्न नदिने बताउँछन् । सेन्चुरीजस्ता नयाँ बैंकका लागि समय अझै पनि सहज नभएको उनको भनाई छ ।

 

 

विकास बैैंक र फाइनान्स कम्पनीमात्र होइन, सहकारी संस्थासँग पनि बैंकले प्रतिस्पर्धा गर्नुपरेको छ । यसका बाबजुद पनि बैंकले फागुन २१ देखि संयुक्त अरब इमिरेट्सको दुबईबट रेमिट सेवा सुरु गरिसकेको छ । सुनचाँदी कर्जा सुरु गर्न बैंकहरूलाई दसौं वर्ष लागेको थियो । सेन्चुरीले स्थापनाको पहिलो वर्षमै सुरु गरेको छ । त्यस्तै, लघुवित्तका क्षेत्रमा काम गर्न बैंक सक्रिय रुपले लागेको छ । त्यस्तै बैंकले छिट्टै मोबाइल बैंकिङ, शाखासहित बैंकिङ र युटीएल फोनको विल तिर्ने सुविधा शुरु गर्न लागेको छ । भारतमा पनि एटीएम कार्ड प्रयोगमा ल्याउन एससीटी नेटवर्कसँग कुरा भइरहेको श्रेष्ठले जानकारी दिए ।

 

 
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त व्यक्ति निजी क्षेत्रको वाणिज्य बैंकको व्यवस्थापन प्रमुख भएर आउँदा गणेशकुमार श्रेष्ठका अगाडी धेरै प्रश्नहरू थिए । कतिपय देशहरूमा कमर्सियल बैंकरहरू केन्द्रीय बैंकमा जाने वातावरण मिलाइएको हुन्छ, तर हामीकहाँ त्यसको ठीक उल्टो केन्द्रीय बैंकरहरू वाणिज्य बैंकमा गएर काम गर्छन् । “हुन त, वाणिज्य बैंक र केन्द्रीय बैंक दुवै स्थानमा काम गरेको व्यक्तिले वास्तविक समस्या छिटो बुझ्ने भएकाले समाधान पनि छिटो खोज्न सक्छ,” श्रेष्ठ भन्छन् ।  

 

 
केन्द्रीय बैंकले देशको समग्र स्थिति अर्थात् सम्पूर्ण वित्तिय प्रणालीलाई हेर्ने हो । उसले आफूले ल्याएको नीति निर्देशनले कुन संस्थालाई असर गर्छ भनेर हेरिदैंन । यता बैंक तथा वित्तिय संस्थाले ती नीति निर्देशनले आफ्नो संस्थालाई कस्तो असर पार्छ भनेर हेर्ने हुन् । उनी कमर्सियल बैंकर गभर्नर हुने हो भने निति निर्देशन र बैंकहरूको अवस्था अहिलेको भन्दा अझ राम्रो हुने बताउँछन् । 

 

 
पाँच सय ६८ जना संस्थापक रहेका यस बैंकको चुक्ता पुँजी २ अर्ब रुपैंया छ । निजी क्षेत्रका बैंकहरूमा आगामी वर्ष सेन्चुरी बैंकले ९२ करोड रुपैंया बराबरको साधरण शेयर जारी गर्ने बताइएको छ । बैंकको अहिले प्रधान कार्यालय पोखरा, धादिङ, न्यूरोड र नारायणगढमा गरी चार शाखा र तीन एटीएम छन् । बैंकले ९२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । यो अवधिमा बैंकले २ अर्ब निक्षेप संकनल गरी पौने २ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । २०६६ देखि गृहकार्य भएपनि २०६७ फागुन २३ देखि बैंकले कारोबार सुरु गरेको हो । 

 

 

 
सफल नेतृत्व 

 

 

 

 
सेन्चुरी बैंकको व्यवस्थापनको नेतृत्व गर्ने सीइओ गणेशकुमार श्रेष्ठ राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । उनी मेहनत र लगनशीलतामा विश्वास राख्छन् । ६० वर्षे श्रेष्ठका पुर्खाहरू व्यापारको क्रममा भक्तपुरबाट तनहुँसम्म पुगेका थिए । उनले तनहुँको शान्ति निकुञ्ज प्राविमा प्राथमिक कक्षा अध्ययन गरे । २०१५ सालतिर उनको परिवार चितवन बसाइँ स¥यो । उनले विद्यालय तहको शिक्षा चितवन हाइस्कुलबाट पुरा गरे । चितवनकै वीरेन्द्र कलेजबाट २०३० सालमा स्नातक उत्तीर्ण गरे । पछि २०३९ सालमा उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरे । उनले २०३६ साल जेठदेखि राष्ट्र बैंकमा सहायक निर्देशकको रुपमा काम शुरु गरेका थिए र २०६५ सालमा सेवानिवृत्त हुँदा कार्यकारी निर्देशक थिए ।        

Posted on: 2012-Jun-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar