29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

घरजग्गा ऋण संकटको असर

19 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  ल डा. पृथ्वीराज लिगल    
यतिबेला अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंक मिलेर अर्थतन्त्रमा पर्याप्त सुधार आएको भनिरहेका छन् । उनीहरू आर्थिक तथा वित्तिय क्षेत्रको सुधारका लागि काम गरिरहेका दातृ निकायहरूलाई पनि अर्थतन्त्रमा सुधार आएको सन्देश दिन चाहान्छन् । तर के साँच्चै अर्थतन्त्रमा सुधार आएको हो त ?    
 
अर्थतन्त्रमा सुधार देखाउनसमग्र आर्थिक परिसूचकहरू– शोधानान्तर बचत, विदेशी विनिमय सञ्चिति तथा निर्यात व्यापारमा वृद्धि देखाउने गरिन्छ । यथार्थ के हो भने, डलरसँगको विनिमय दर यसअघि ७० को औसतमा थियो । अहिले ८५ सम्म पुग्यो ।  भारतीय रुपैंया बाहेक अन्य तेश्रो मुलुकको विनिमय दर पनि बढेको छ । 
 
 
डलरको विनिमय दर बढेपछि विनिमय सञ्चिति त्यत्तिकै पनि २० प्रतिशत बढ्थ्यो नै । तेश्रो मुलुकको विनिमय बलियो हुने बित्तिकै रेमिट्यान्स आय र विनिमय सञ्चिति बढ्नु, शोधानान्तर बचत आश्चर्य मान्नुपर्ने कुरा होइन । आयात खस्केको कारण व्यापार असन्तुलनको ठूलो परिमाणमा केही कमी आएको छ । तर, हाम्रो व्यापारमा ठूलो असन्तुलन छ । अझै पनि निर्यात बढ्न सकेको छैन । सबैभन्दा धेरै व्यापार हुने भारतसँगको व्यापार असन्तुलन अझै बढीरहेको छ भने सन्तोष लिने ठाउँ कहाँ छ ? भारतीय रुपैंयाको सञ्चिति बढाइयो भने पनि  हामी त डलर बेचेर भारु किनिरहेका छौं । झण्डै डेढ अर्ब डलर बराबरको भारु हामीले अघिल्लो वर्ष मात्र खरिद गरेका छौं । अर्को डेढ अर्ब भारतसँग औद्योगिक कच्चा पदार्थ किन्न खर्च गरेका छौं । तीन अर्ब डलर त हामीले भारु खरिद गरेर उसलाई भुक्तानी गर्न र डलरमा भुक्तानी दिन खर्च गरेका छौं ।   
 
खाद्यान्न उत्पादन वृद्धि र पर्यटक आगमनमा वृद्धिले यो वर्ष कृषि र पर्यटनले झण्डै ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग गर्छ । पर्यटनबाट अघिल्लो वर्षसम्म आउने आम्दानी नकारात्मक थियो । यात्राका लागि हामीले खर्च गरेको रकम हामीले आम्दानी गरेभन्दा बढी थियो । अहिले पनि यसरी रकम बाहिरिन रोकिएको छैन । औद्योगिक क्षेत्रले अझै गति लिन सकेको छैन । समस्या जस्ताकोतस्तै छ । लगानी आउने वातावरण बनेको छैन । यति ठूलो खाडललाई हामीले कति सन्तुलन गर्न सकेका छौं । निर्माण कार्यमा मन्दी आएको छ । रियल स्टेट, हाउजिङ धेरै मात्रामा आउँदा सिमेन्ट, स्टील उद्योगहरू बढेको थियो । लगानी प्रशस्त आएको पनि सिमेन्ट र फलामे छड उद्योगमा नै हो ।   
 
अब रियलस्टेटमा मन्दी आएपछि नेपालमा आएको अर्बौं लगानीमा खुल्न लागेका सिमेन्ट र फलामे छड उद्योगको स्थिति के हुने भन्नेमा प्रश्नचिन्ह लागेको छ । उद्योगहरूमा लगानीकर्ताको र त्यो भन्दा बढी झण्डै ७० प्रतिशत बैंकहरूको लगानी हो । भोलि त्यो लगानीको प्रतिफल आएन भने त यो लगानी डुब्छ । हाउजिङ र रियलस्टेटमा बैंकहरूको धेरै पैसा फसेकाले धेरै बैंकहरूको ब्यालेन्स सीट नेगेटीभ भयो । आउँदा दिनहरूमा अझै बढी नेगेटीभ हुने भयो । अब त सिमेन्ट र छड उद्योगको लगानी समेत डुब्ने भयो । हिजो ‘हाउजिङ लोन’लाई सरकार र राष्ट्र बैंकको नीतिले प्रोत्साहन ग¥यो । आज तपाईले जग्गा किन्नुहुन्छ भने भोलि नाफा खाएर बेच्न सक्ने स्थितिमा पु¥याइयो ।   
 
हाउजिङमा बैंकहरूले ऋण लगानी बन्द गर्ने बित्तिकै यो समस्या देखिएको हो । जो पहिला  कमाए, उनीहरू नाफामै रहे । तर, जो पछि बैंकबाट ऋण लिएका हुन्, उनीहरू फसे । उनीहरूले सस्तो भाउमा बेच्न पनि सकेनन् । लगानीको प्रतिफल नआएपछि उनीहरूले ऋणको साँवा ब्याज तिरेका छैनन् । अहिले वाणिज्य बैंकहरूको धेरै ऋण लगानी यहाँ अड्केर बसेको छ, समस्या यही हो । अब यो समस्या घरजग्गा ऋणमा कडाइँ गर्दैमा रोकिनेवाला छैन । हिजो कै खरिद बिक्री मूल्यलाई लक्षित गरेर धमाधम फ्ल्याटहरू बने, अपार्टमेन्ट र व्यावसायिक उद्देश्यले ठूला घरहरू बने । अब कसले किन्ने ? व्यवसायीलाई बिक्री नभएसम्मका लागि त्यसलाई मर्मतसम्भार गरी सम्हाली राख्दा पनि खर्च बढ्ने भयो ।   
 
घरजग्गासँग सम्बन्धित सिमेन्ट, छड, प्लास्टिक पाइप, बाथरुम फिटीङ्ग उत्पादन जस्ता उद्योगहरूमा समस्या र आयातमा कमी आउने नै भयो । घरजग्गाको बजार देखेर यहाँ उद्योगधन्दा लगाउनेहरू त थचक्क बस्ने नै भए । समस्या त सरेर अर्को क्षेत्रमा जान थाल्यो । यसको असर अन्य क्षेत्रमा थुप्रिन थाल्यो भने त संकटको अनुमान नै गर्न सकिदैंन । पुरै बैंकिङ्ग प्रणाली नै धरापमा पर्ने भयो । यो समस्या समाधानका लागि के गर्ने भनेर हामीले बेलैमा सोच्नुपथ्र्यो । संसारभरी आएको आर्थिक मन्दीको जड नै यही थियो । तर हामीले यसबाट  पाठ सिकिएन । अब पनि यसलाई कसरी सुल्झाउन केही कदम चालिएन भने धेरै ढीला हुनसक्छ । बैंकहरूमा वित्तिय संकट आउन थाल्यो भने एकपछि अर्को गर्दै बैंकहरू ढल्दै जान्छन् । आम जनतामा नै यसको असर पर्छ ।   
 
हामी बोलिरहेका छौं । केन्द्रीय बैंकका गभर्नरले पनि यसलाई समाधान गर्छु भनिरहनुभएको छ । तर यथार्थमा कुनै सकारात्मक परिवर्तन आएको छैन । बैंकहरू अहिले एकदम तरल अवस्थामा छन् । राष्ट्र बैंकले हरेक महिना अण्टसण्ट सर्कुलर ल्याएर केही समयपछि फिर्ता लिइएको छ, संशोधन गरिएको छ । समस्या समाधानका लागि नीतिमा स्थिरता आएन । उद्देश्य र गन्तव्य के हो भन्ने पनि भएन । खालि परिक्षण र त्रुटीबाट अघि बढीरहेको छ । समस्या समाधानका लागि गम्भीर हुनुप¥यो । शान्त रुपमा सकारात्मक हस्तक्षेपबाट समस्या समाधान गर्नुपर्छ । अहिले पनि विश्ब बैंक र आईएमएफको प्रतिवेदनले, अहिले पनि नेपालको अर्थतन्त्र राम्रो छैन भनेर भनिरहेका छन् । सरकार र दातृ निकायहरूको छुट्टाछुट्टै तथ्यांकले वास्तविकताभन्दा गलत आँकडाहरू आउन  थालेको संकेत गर्छ । आइएमएफको ‘कन्सल्टेसन फो’ ले पनि यसको स्पष्ट सन्देश दिएको छ । अघिल्लो वर्ष मात्रै सरकारले संकट भएपछि आइएमएफसँग सहयोग मागेको थियो । सरकारले जसत अर्थतन्त्र ठीक छ भनेर देखाउन खोजे पनि  त्यस्तो छैन भनेर चिन्ता व्यक्त गर्छन् । हाम्रो वास्तविकता पनि यही हो ।

Posted on: 2012-Jun-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar