03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मेहनती प्रशासक

7 - Dec-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 मेहनती प्रशासक 
- भुपेन्द्रबहादुर बस्नेत, महानिर्देशक, स्थानीय पर्ूवाधार विकास तथा ग्रामीण कृषि सडक विभाग -डोलिडार)  
 
भुपेन्द्रबहादुर बस्नेत पेशाले इञ्जिनियर हुन् । २०३६ सालमा ओभरसियरको रुपमा सडक विभागबाट सरकारी सेवा सुरु गरेका बस्नेत २०४४ सालदेखि स्थानीय विकास मन्त्रालय अर्न्तर्गत रहेर काम गरिरहेका छन् । सेवा सुरु गर्दा प्राविधिक कर्मचारी भए पनि अहिले उनी स्थानीय विकास मन्त्रालय अर्न्तर्गतको "स्थानीय पर्ूवाधार विकास तथा ग्रामीण कृषि सडक विभाग" -डोलिडार) मा महानिर्देशकको रुपमा कार्यरत छन् । प्राविधिक कर्मचारीबाट सेवा सुरु गरेर प्रशासक बनेका उनी एक सफल कर्मचारी हुन् । पेशाप्रतिको लगाव र मेहनतले आज उनलाई यो उचाइ दिएको छ ।   
 
 
उनका पिता नरेन्द्रबहादुर बस्नेत र माता टीकादेवी किसान थिए । पुख्र्यौली घर सोलुखुम्बु रहेका उनका २ दाजुभाइ र चार दिदीबहीनी छन् । सामान्य किसान परिवारमा जन्मेका उनको शिक्षादीक्षा चाहीं काठमाडौं पद्मोदयस्कुलबाट शुरु भयो । उनी सानैदेखि पढाइमा तेज थिए । जसका कारण विद्यालयका हरेक परिक्षाहरुमा उनले राम्रो अंक ल्याएर उत्तर्ीण्ा हुन्थे । मेधावी विद्यार्थीका रुपमा परिचित थिए । सडक विभागमा सेवा सुरु गर्दा उनी ओभरसियरका रुपमा थिए, पछि इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा नाम निकाले र इन्जिनियरिङ पढ्न थाले, यो क्रममा उनले सडक विभागमा सेवा सुरु गरिसकेका थिए । सेवा सुरु गरेलगत्तै २०३६ देखि २०४१ सम्ममा उनले पुल्चोक क्याम्पसबाट बर्ीइ उत्तर्ीण्ा गरे । त्यसयता २०४४ सम्म सडक विभागमै रहेर काम गरे ।   
 
 
२०४५ सालमा स्थानीय विकास मन्त्रालयमा रहेर उनी र्सार्वजनिक निर्माण विभागमा खटाइए, जुन २०४८ मा आएर विघटन भयो । २०५२ मा उनी "सिनियर डिभिजन इञ्जिनियर"का रुपमा बढुवा भए । २०६१ मा प्रथम तहको कर्मचारीका रुपमा बढुवा भए । २०६८ बाट उनी डोलिडारको महानिर्देशक बन्न सफल भए । बस्नेतको कामप्रतिको लगाव र मेहनत नै उनको सफलताका कारण हुन् ।  
 
 
एउटा प्राविधिकको रुपमा सेवा शुरु गरेर नीति निर्माण र कार्यान्वयन तहको कर्मचारीको रुपमा काम गर्न पाउनु उनका लागि पनि धेरै खुसीको कुरा भएको उनी बताउँछन् ।   
 
 
स्थानीय पर्ूवाधार विकास तथा ग्रामीण कृषि सडक विभाग २०५४ सालमा स्थापना भयो र जन्मदेखि नै एक खालको विवाद रह्यो । यसलाई कुन मन्त्रालय मातहत राख्ने - खासमा कृषकका उत्पादन बजारसम्म पुर्‍याउन सडक निर्माण गर्ने, गाउँमा अन्य पर्ूवाधारको विकास गर्ने उद्देश्य भएकाले यसलाई कृषि मन्त्रालय मातहत राख्नर्ुपर्छ भन्ने एक खालको लविङ अहिले पनि भइरहेको छ । कृषि मन्त्रालयले तयार गर्न लागेको २० वर्षो कृषि विकास रणनीतिले पनि डोलिडारलाई कृषि मन्त्रालयमै समाहित गर्नुपर्ने प्रस्ताव गरेको छ ।   
 
 
डोलिडारको तालुकवाला मन्त्रालय स्थानीय विकासबाट यसलाई झिक्ने कि नझिक्ने बहसको विषय छ । स्थानीय विकास मन्त्रालय मातहत भएकाले यसले विकास गर्ने पर्ूवाधारहरुमा राजनीतिक हस्तक्षेप बढेको एक तहका कर्मचारीतन्त्र -ब्युरोक्रेट्स)हरुको बुझाइ छ । राजनीतिक हस्तक्षेपका कारण एक ठाउँमा निर्माण हुनपर्ने पर्ूवाधार राजनीतिक पहुँच र दबाबका आधारमा अर्को ठाउँमा पुगिरहेका छन् । तर महानिर्देशक बस्नेत भने आफूले त्यस्तो राजनीतिक हस्तक्षेप अनुभव नगरेको बताउँछन् । "अलिअलि राजनीतिक लविङ त भैहाल्छ, तर त्यस्तो हस्तक्षेप छैन" उनी भन्छन् ।   
 
 
डोलीडारले देशका ग्रामीण क्षेत्रमा झोलुंगे पुल, सडक, खानेपानी र सिंचाईजस्ता पर्ूवाधार विकासका क्षेत्रमा काम गरिरहेको छ ।  
 
 
महानिर्देशक बस्नेतले १८ वर्षो उमेरदेखि सरकारी सेवा शुरु गरेका हुन् । उनले ३६ वर्षेखि अनवरत सरकारी सेवामा क्रियाशील छन् । पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर उनी "सोसल इन्जिनियरिङ" का विद्यार्थी हुन् । श्रीमति लरिसा, छोरा भीषण र छोरी आर्याका साथमा बस्दै आएका उनको सानो र सुखी छ । छोरा भीषण बाबुजस्तै इन्जिनियरिङ पढिरहेका छन् भने छोरी व्यवस्थापन संकायतर्फबीबीए अध्ययनरत छिन् ।   
 
 
लामो समय सरकारी सेवामा बिताइसकेका यी प्रशासकलाई रिटायर्ड लाइफको बारेमा सोध्दा भन्छन, "अहिलेसम्म त्यस्तो केही सोचेको छैन, तर केही सामाजिक काम गर्छु होला ।" सफल रहून् यी मेहनती प्रश्ाासक ।        

Posted on: 2011-Dec-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar