बिक्री कला र विज्ञान दुवै हो

बिक्री कला हो किनकी तिमी आशा नगरिएका मानिसहरुलाई भेटिरहेका हुन्छौ, कुरा गरिरहेका हुन्छौ । तिनीहरु चेतना भएका जीवात्माहरु हुन् । चेतना अचर रुपमा तर्कमा प्रवेश गर्छ । यसको व्याख्याका लागि सिर्जनात्मकता चाहिने भएकाले पनि यो कला हो । राम्रो व्यावसायी आफूलाई हरेक पक्षबाट नयाँ र अद्वितिय देखाउन चाहान्छ । यो विज्ञान पनि हो । यसका लागि निश्चित तह र अवस्था पार गर्नर्ुपर्छ । बिक्री गर्न सक्ने अनुपात वृद्धि भइरहेको हुन्छ । यो केही खास सिद्धान्तमा आधारित भएकाले यो विज्ञान पनि हो, जसले उस्तै खालका परिणामहरु दिन्छ ।
बिक्रीको रहस्यबाट बाहिर आउने हो भने यो कला र विज्ञान दुवै हो । यसको अर्थ नतिजाका लागि हामीले केही निश्चित सिद्धान्त र प्रक्रियाहरु पार गर्नर्ुपर्छ भन्ने नै हो ।
एउटा मानिस चाहेर पनि व्यावासायिक डाक्टर बन्न सक्दैन । उसले मेडिकल स्कुलमा पढ्नर्ैपर्छ, क्षमता हुनर्ैपर्छ , तालिम आर्जन गर्नैपर्छ । त्यसैगरी राम्रो बिक्रेताले पनि वैज्ञानिक र नवीन रुपले बिक्रीका लागि अपनाइने कला जान्नर्ैपर्छ ।
व्यावसायिक बिक्रेताका महत्वपर्ूण्ा गुणहरु
१) स्वस्थ र आत्मसम्मान भएको एउटा व्यावसायी निश्चित उद्देश्यले बाँचेको हुन्छ । ग्राहक उसको पहिलो प्राथमिकता हो र कमिशन दोस्रो । तिनीहरु आफैंमा आफ्नो कार्यकुशलताप्रति गर्व हुन्छ । यही गर्वका कारण तिनीहरु ग्राहकहरुलाई शक्तिशाली अवस्थामा देख्छन् र विनम्र व्यवहार गर्छन् ।
२) राम्ररी सन्देश दिनसक्ने सुन्ने र बुझाउने शैली । तिनीहरुलाई सोधिएको प्रश्न राम्ररी सुन्छन् र ग्राहकको समस्या पहिचान गरी समाधान दिन्छन् । जो बिक्रेता व्यावसायिक छैन । ऊ धेरै डुल्छ र अन्त्यमा व्यापार नै गर्न नसक्ने अवस्थामा पुग्छ । ग्राहकका आवश्यकता र चाहना पत्ता लगाउँछ । उसले उनीहरुलाई सहयोग गर्छ, नियन्त्रण गर्न वा प्रभावमा लिन चाहाँदैन ।
३) विश्वास र अठोट व्यावसायिक विक्रेता उसको उत्पादनप्रति इमान्दार र उत्साहीत हुन्छ । हरेक बिहान ऊ ग्राहकको समाधानको खोजीमा निस्कन्छ । जसले उसको सामान प्रयोग गरिरहेको छैनन्, तिनीहरुले महत्वपर्ूण्ा कुरा गुमाइरहेका छन् भनेर सोच्छ ।
४) आफ्नो कम्पनी र उत्पादनबारे जानकार एकपटक कुकुरको खानेकुरा उत्पादन गर्ने कम्पनीको मालिक एकदमै निराश थियो । किनकी सामान बिक्री भइरहेको थिएन । राष्ट्रिय सम्मेलनमा उसले १०० जनाभन्दा बढीको सङ्ख्यामा बिक्रीकर्ताहरुलाई सम्बोधन गर्दै भन्यो, 'किन हाम्रो उत्पादन बिक्री भइरहेको छैन । हामीसँग राम्रो प्याकिङ्ग र आकर्ष ग्राफिक्स डिजाइन भएका उत्पादनहरु छन् । हामीले प्रशस्त विज्ञापन पनि गर्यौं र बिक्रीकर्ताहरुको ठूलो समूह व्यापारका लागि लियौ । तर किन कुकुरको खाना बिक्री भइरहेको छैन ।'
बीचबाट एउटा व्यक्ति उठ्यो र भन्यो, 'सर, तपाईंले कहिल्यै कुकुरलाई त्यो खाना मन पर्छ कि पर्दैन भनेर विचार गर्नुभएको छ -'
तिमी त्रि्रो कम्पनी र उत्पादनबारे जानकार रहनर्ुपर्छ । कहीं पनि बढी वचनवद्धता र कहीं सामान नै नपुग्ने हुनुहुँदैन ।
- मूल्य निर्धारण र सामान पुर्याउने विषयमा तिमी जिम्मेवार र विश्वस्त हुनर्ुपर्छ ।
-तिमी राम्रो अवस्थामा रहनर्ुपर्छ र समस्याहरुको निदान गर्नर्ुपर्छ ।
- तिमीले त्रि्रो कम्पनीको महत्तता बुझेको हुनर्ुपर्छ । जसले त्रि्रो लचकतालाई अझ प्रष्ट पारोस् । तिमी के कुरामा अडान लिन्छौ र के मा लिदैंनौ भन्ने कुरा प्रष्ट हुनर्ुपर्छ । तिमीले व्यापार गर्न हिंडेको ठाउँको परिस्थितिबारे जानकार हुनर्ुपर्छ ।
बिक्रीकर्ताहरुले यसो गर्नर्ुपर्छ
१) नयाँ ग्राहक बनाउने
२) भइरहेको ग्राहकलाई सुरक्षित राख्ने
३) भइरहेका ग्राहकबाट नयाँ व्यवसाय सुरु गर्ने
४) ग्राहकहरुसँग सम्बन्ध र सहयोग कायम राख्ने
५) ग्राहकहरुको स्थायी स्रोत बन्ने
६) ग्राहकहरुलाई सक्रिय बनाउने र बढी नाफा कमाउन प्रेरित गर्ने
७) बिक्रीपछि मर्मत सम्भार लगायतका सेवा सुविधा प्रदान गर्ने
८) ग्राहकबाट विश्वसनीयता र सद्भावना आर्जन गर्ने
९) आफ्नो कम्पनीबारे बजारका प्रतिक्रियाबारे कम्पनीमा पृष्ठपोषकको काम गर्ने
निरन्तर शिक्षा
करिअर बनाउने सोच भएका व्यावसायीहरुले आफ्नो कार्य क्षेत्र र शैलीमा निरन्तर सुधार गर्नर्ुपर्छ । तिनीहरु नै उत्कृष्ट व्यक्तिहरु हुन् ।
विज्ञहरुले सोच्छन्, जो व्यक्ति आफ्नो शिक्षाका लागि हप्तामा ५ देखि ७ घण्टाको समय छुटयाउँछन्, तिनीहरु ३ देखि ५ वर्षा एउटा क्षेत्रको विज्ञ बनेर निस्कन्छन् । निरन्तर शिक्षाले क्षितिजहरु उर्घार्न सहयोग गर्छ । यसले तिनीहरुमा उत्पादनबारेको ज्ञान अभिवृद्धी गर्छ र मानिसहरुमा मनोविज्ञान बुझ्न मद्दत गर्छ ।
एकपटकको कुरा हो, एउटा काठकाट्ने मानिसले कुनै कम्पनीमा ५ वर्षकाम गर्यो तर कहिल्यै प्रोत्साहन पाएन । त्यसको एक वर्षछि कम्पनीले नयाँ मानिसहरु भर्ना गर्यो । तर नयाँ मानिसहरुले १ वर्षै प्रोत्साहन पाए । त्यसपछि पहिलेको कामदारले उसको सुपरिवेक्षकलाई सोधेछ, '६ वर्षसम्म मलाई किन प्रोत्साहन भएन -'
सुपरिवेक्षकले उत्तर दियो, 'हामी परिणाममा विश्वास गर्ने कम्पनी हौं । जसले बढी परिमाणमा काम देखायो, उसैलाई प्रोत्साहन गरियो । तिमी पनि धेरै काम देखाऊ अघि बढ ।'
त्यसपछि ऊ गयो र धेरै समय काम गर्न थाल्यो । एकदिन उसले नयाँ मान्छेलाई सोध्यो, 'त्रि्रो काम कसरी माथि गइरहेको छ -'
नया मान्छेले भन्यो, 'म हरेकपटक रुख काटिसकेपछि २ मिनेट मेरो बञ्चरोलाई धारिलो बनाउने काम गर्छु ।'
'तिमीले त्रि्रो बञ्चरोमा कहिले धार लगाएका थियौं -' भनेर उसले सोधेछ ।
त्यसपछि उसले भनेछ, 'ओहो, ६ वर्षघि ।'
यो कथाले सबै कुरा वर्ण्र्ाागर्छ । निरन्तरको शिक्षा भनेको बञ्चरोलाई धार लगाएजस्तै हो । पेशेवरहरु जहिले पनि शैक्षिक कार्यक्रममा हुन्छन्, आफ्नो दिमागरुपी बञ्चरोलाई धार लगाउन ।
पढ्न जानेर पनि नपढ्नुभन्दा पढ्नै नजान्नु धेरै राम्रो हो ।
Posted on: 2011-Sep-16

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story