08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

खेलाडी पलायनले खेलकुदलाई पीरोल्यो

15 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

नेपाली खेलकुद प्रतिभा पलायनको कारण निकै ठूलो संकटमा परेको छ । विभिन्न प्रतियोगितामा सहभागिता जनाउने बहानामा होस वा अन्य कुनै कारणले नेपाली खेलाडी , प्रशिक्षक र पदाधिकारी विदेशमा जान्छन र उतै भासिने  गरेका छन । यसको प्रत्यक्ष मार नेपाली खेलकुदले पाइरहेको छ ।  
 
 
यसरी खेलाडी विदेशमा बस्दा राष्ट्रको बेइज्जत त हुने नै भयो । अर्को तिर खेलाडीको पलायनको कारण नेपालले प्रतियोगितामा पदक जित्ने सम्भावना पनि क्षिण भयो । खेलाडी विदेशमा भाग्ने परिपाटीका कारण विदेशी दुतावासले नेपाली खेलाडीलाई प्रवेशाज्ञा दिदा खेरी सचेत हुन पर्ने अवस्था समेत सिर्जना भएको छ ।  
 
जसका कारणले गर्दा धेरै प्रतियोगितामा नेपालको सहभागिताको अवसर गुमेको छ । नेपाली खेलाडी विदेशमा पलायन हुन थालेको  दर्ुइ दशक भइसकेको छ ।  खेलाडी पलायनले फुटबल, क्रिकेट देखि करातेसम्मलाई नराम्रोसँंग गाजेको छ । पलायन हुने खेलाडीको पहिलो गन्तब्य बनेको छ अमेरिका ।  
  जापानको ओसाकामा सन १९९७ मा भएको प्रतियोगितामा चार खेलाडी बबिन विष्ट, राजेश थापा, सौगेस श्रेष्ठ र नरेन्द्र श्रेष्ठ हुन ।  नेपाली खेलाडी विमानस्थलबाटै भागे । भागेका मध्ये बबिन स्वदे्श फर्किएर महाबिर क्लबबाट व्यवसायिक फुटबल समेत खेले ।  
 
केही वर्षअघि उनको सवारी दर्ुघटनामा निधन भइसकेको छ । भागेका मध्ये सौगेश श्रेष्ठलाई रेप|mी बनाएर अखिल नेपाल फुटबल संघले पुरस्कृत  गर्‍यो । नरेन्द्र खेलाडी तथा प्रशिक्षक संघको अध्यक्ष छन । राजेश विराटनगरमा नै व्यवसायमा संलग्न छन ।  
 
दक्षिण कोरियामा भएको एसियन कप फुटबलको छनोटमा भाग लिन गएका सुक्र तामाङ, दिपक लामा र नारायण मानन्धरले स्वदेश र्फकनु भन्दा कोरियामा लुक्नु नै श्रेयस्कर ठाने । सन २००२ मा भएको उक्त घटनाले अन्तराष्ट्रिय सञ्चार माध्यमको चासो समेत आकर्षा गर्न सफल भयो ।  
 
यसैगरी फुटबलका अर्का हस्ती बसन्त थापाले पनि सन २००६ मा जापान पलायत भए । उनी अहिले अमेरिकामा रहेर भविष्य बनाइरहेक ाछन। बसन्तका जोडीदार राजन रायमाझी पनि अहिले विदेशमा छन । उमेर समूहमा नेपाली फुटबललाई नयाँं उचाई दिने तीन खेलाडी प्रलय राजभण्डारी, विराट थापा र राजिव श्रेष्ठ अमेरिकामा छन।  
 
 
प्रलय र राजिव अध्ययन र कलेज फुटबललाई बढाइरहेका छन । विराट भने अमेरिकी सेनामा कार्यरत छन । सन २००६ मा सन्तोष श्रेष्ठ, सौगात सुब्बा र शेखर थापाले पनि नेपाली फुटबलमा सिप तिखार्नु भन्दा भाडाको सेना बनेर ब्रिटिस आर्मीमा सेवा गर्नु नै उत्तम ठाने ।    
 

एकजन  तुलाधर, संगित रजक, गोपाल थापा, तिलक गुरुङ, राजेश शाही र प्रशान्त गुरुङ पनि अहिले विदेशमा नै छन ।देशले लगानी गरेका यस्ता प्रतिभाशाली फुटबलर  विदेशमा पलायन हुँंदा नेपाली फुुटबलले लिनु पर्ने गति लिन सकेन । यसैगरी नेपाली फुटबलमा झन्डै एक दशक राज गरेका देव नारायण चौधरी समेत अमेरिका पलायन भए ।
 
 
 
तेक्वान्दोका खेलाडी पनि विदेशमा पलालयन हुने क्रम दिनानुदिन बढिरहेको छ । अमेरिकामा नेपाली तेक्वान्दोको दह्रो उपस्थिती छ । विधान लामा देखि रेणुका थापा मगर सम्मका खेलाडी सपनाको देशमा आफ्नो भविष्यको रेखा कोर्न तल्लिन छन। सन १९८८ मा दक्षिण कोरियामा भएको सियोल ओलम्पिकमा पर््रदर्शनी खेलको रुपमा रहेको तेक्वान्दोमा काश्य जितेर इतिहास रचेका विधान लामा अहिले अमेरिकामा छन । यसैगरी दिवाकर डन महर्जन, लव गोर्खाली र नारायण गुरुङ समेत अमेरिकाको भमिमा आफूलाई स्थापित गराइसकेका छन । यतिमात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघका संस्थापक महासचिव कुमार कार्की समेत अमेरिकामा जिवनलाई सही ट्रयाकमा ल्याउन प्रयासरत छन ।  
 
यतिमात्र होइन अन्तराष्ट्रिय प्रतियोगितामा सफल जोडी हो , किशोर श्रेष्ठ र सविता राजभण्डारीको जोडी हो । आठौ सागका स्वर्ण्र्ाादक विजेता किशोर र ११औ एसियाडमा रजत पदक जित्ने सविता अमेरिकामा सफल जिवन बिताइरहेका छन । एसियाली खेलकुदमा सबैभन्दा सफल खेलाडी हुन, सबिता । सबिताको पदचिन्हलाई हाल सम्म कुनै पनि खेलाडीले पछ्याउन सकेका छैनन । ओलम्पियाडम सहभागी जनाइसकेकी सिता र्राई पनि अमेरिकामा नै छन ।  यसैरी पद्मा र्राई र विभा र्राई लगायतका खेलाडी पनि अमेरिकामा नै छन । अमेरिकामा मात्र ५० जना जति नेपाली तेक्वान्दो खेलाडी अमेरिकामा छन ।  
 
  नेपालमा कराँंतेका भित्रयाउने मध्येका एक हुन , थानेश्वर र्राई। तर तिनै टिएस गुरु वुढेशकालमा आफ्नो भविष्य बनाउन अमेरिकामा बसिरहेका छन । उनले देशलाई दिएको योगदान नेपालले सही ठम्याउन सकेन । उनी लगायतका धेरै करातेका खेलाडी अमेरिका र विदेशी भूमिमा छन । ब्याडमिन्ट्नको नम्बर एक जोडी पशुपति पनेरु र सुमिना श्रेष्ठ पनि पातालको प्रवाश अर्थात अमेरिकामा नै छन ।  
 
  अन्य खेलका खेलाडीहरु विभिन्न बहाना वा प्रतियोगितामा भाग लिन जाँंदा विदेशीने गरेको कटु यथार्थ छ । तर क्रिकेट यसमा अपवाद छ । क्रिकेटका खेलाडी भने करियर बनाउने र उच्च शिक्षा अध्ययन गर्न विदेश हानिएका छन ।  
 
नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा सफलता दिलाउने कप्तान देखि अधिकांश नेपाली क्रिकेटर विदेशमा नै छन । चाहे बुलेट ओपनर वरदान चालिसे हुन वा स्ट्रोक प्लेयर कनिष्क चौगाई । शशी केसरी हुन वा नेपालको लागि अन्तराष्ट्रिय प्रतियोगितामा  पहिलो शतक बनाउने मोनिक श्रेष्ठ । चाहे सागर पन्त हुन वा भरपर्दा विकेट किपर ब्याट्सम्यान दिपेन श्रेष्ठ । यी सबै कुनै नै कुनै कारणले विदेशीएका छन । जसको मार नेपाली क्रिकेटले अहिले पनि भोगिरहेका छ र कयौ वर्षभोग्नेमा दर्ुइ मत छैन । खेलाडी मात्र होइन नेपाल क्रिकेट संघ -क्यान)का पर्ूव कोषाध्यक्ष प्रदिप कार्की, अन्तराष्ट्रिय अम्पयार गणेश भक्त श्रेष्ठ हुन वा चयन समितीका पर्ूव अध्यक्ष सुशिल चौगाई पनि विदेशमा नै छन ।  
 
सन २००२ मा न्युजिल्यान्डमा भएको यू १९ विश्वकपमा नेपालले टेस्ट खेल्ने मान्यता पाएको बंगलादेश र पाकिस्तानलाई हारको स्वाद चखाउँंदा मूख्य भूमिका खेलेर  म्यान अफ दि म्याच भएका वरदान चालिसले अहिले अमेरिकामा नै छन । वरदानको अभावमा नेपालले भरपर्दो ओपनरको अभाव महसुस गरिरह्यो ।  
 
नेपालका लागि पहिलो अन्तराष्ट्रिय शतक बनाउने खेलाडी हुन , मोनिक श्रैष्ठ । मोनिकले सन २००१ मा  सिंगापुरमा भएको यु१७ एसियाकप क्रिकेटमा शतक बनाएका थिए । मोनिक पनि उच्च शिक्षाको लागि अमेरिका हानिए । नेपालले सनरु २००१, २००३ र २))५ मा यू १९ एसिया कप क्रिकेटको उपाधि उचाल्दा कनिष्क चौगाईले ठूलो भूमिका खेले । सन २००५ मा  त उनी टोलीका कप्तान नै थिए। सन २००६ मा उनकौ कप्तानीमा नेपालले श्रीलंकामा भएको यू १९ विश्वकपको प्लेट च्याम्पियन बन्ने सौभाग्य पायो । तर अपसोच तीनै कनिष्क अहिले नेपालमा छैनन । उनी अमेरिकामा आफ्नो भविष्य बनाउन तल्लिन छन । सन २००८ मा उनी मलेसियामा आयोजना भएको एसीसी इलाइट कप खेल्न आएका थिए । तर अमेरिका बर्साईका कारण उनमा पहिलेको जस्तो कमाल देखाउने शक्ति भने बांकी थिएन ।  
 
सन २००५ मा नेपालले यू १५ एसिया कप जित्दाका कप्तान शशी केसरी  पनि उच्च शिक्षा अध्ययन गर्न बेलायतमा छन । त्यसबेलाका विकेट किपर दिपेन श्रेष्ठ पनि अमेरिकामा छन । नेपालका अर्का रहर लाग्दा ब्याट्सम्यान यशवन्त सुवेदी पनि अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरेर ब्याट र बल छोडेर कपी र कलममा जोड दिइरहेका छन । नेपालको यू १५ र यू१७को उमेर समूहमा नेपालका गौरव बढाउने एन्जल आचार्य हुन वा सागर पन्त दुवै अमेरिकामा छन ।  
 
बन्टु बटाजु र रवि थापा जस्ता नेपाली क्रिकेटका प्रतिभावान खेलाडी पनि अमेरिकामा नै छन ।   
  अमेरिकामा रहेका नेपाली खेलक्षेत्रका खेलाडी र पदाधिकारीले यूएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलभपेन्ट इन्क -युएनएसएसीडीआई) खोलेका छन । थानेश्वर राइको अध्यक्षतामा गठित संस्थाको प्रथम उपाध्यक्षमा एथलेटिक्सका पर्ूव प्रमुख प्रशिक्षक नरबहादुर  दाहाल द्धितिय उपाध्यक्षमा सागमा स्वर्ण्र्ााजित्ने कराते खोडी समबहादुर गोले छन ।  
 
यसैगरी संघको तृतीय उपाध्यक्षमा सोतोकानका निमा शर्ेपा र र चतर्ुथ उपाध्यक्षमा  तेक्वान्दोका मोहन वैद्य रहेका छन । युएनएसएसीडीआईको महासचिवमा सोतोकान कराते कै सान्त बाबु थोक र चिवमा उसुका चेमाङ दोर्जे लामा छन । सिन्जिन करातेका जन्मदाता केशव लामा युएनएसएसीडीआईका कोषाध्यक्ष हुन । सहकोषाध्यक्षमा जय देव लामा छन ।  लामा क्योकुशिनका खेलाडी हुन । यसैगरी सदस्यमा महेश जोसी -कराते), प्रेमबहादुर तामाङ -कराते), मकेन्द्र बहादुर सिंह --कराते), मोहन विष्ट -कराते), पार्की र्राई -कराते), आङ छिरिङ लामा र्-पर्वतारोहण), राजेश रुम्बा -उसु), बन्दना श्रेष्ठ -तेक्वान्दो), खर्ुर्सिद अहमद खान - एथलेटिक्स), सोनाम लामा - उसु), यज्ञलान श्रेष्ठ - एथलेटिक्स)  , धनराज गुरुङ - कराते),जनक सुवेदी -कराते), प्रलय राजभण्डारी -फुटबल) र दर्ुगा गुरुङ -तेक्वान्दो) छन । युएनएसएसीडीआईको सल्लाहकारमा चन्द्रमान लामा -कराते), आनन्दु लामा -कराते), सुनिल चौधरी भलिबल, विधान लामा तेक्वान्दो, सिता पाण्डे -खेल पत्रकार एवं बास्क्ेटबल सघंकी पर्ूव महासचिव), चन्द्र लामा -उसु), मनोज श्रैष्ठ बक्सिङ प्रकाश तुलाधार -बक्सिङ) र प्रकाश श्रेष्ठ टेबल टेनिस छन ।  
 
 
यसैगरी अमेरिकामा बस्ने तेक्वान्दो खेलाडीले अन्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ समेत गठन गरेका छन ।  

Posted on: 2011-Sep-15


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar