04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

जनकपुर चुरोट कारखाना अध्ययन प्रतिवेदन ...............

15 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 "दक्ष कर्मचारीहरु त्यहाँबाट अवकाश लिएर अन्यत्रै निजी कम्पनीहरुमा गइसकेका छन्" रविन्द्र अधिकारीको फोटोसँग यो टेक्स्ट हाइलाइट गर्ने । 

 
जनकपुर चुरोट कारखानाका सम्बन्धमा अध्ययन गर्न गठित व्यवस्थापिका संसद्को र्सार्वजनिक लेखा समिति अर्न्तर्गतको उपसमितिले जनकपुर चुरोट कारखाना  सञ्चालनका लागि प्रतिस्पर्धी व्यासायिक व्यवस्थापन निर्माण गर्न सरकारलाई सुझाव दिएको छ ।  
 
दक्ष तथा प्राविधिक कर्मचारीहरु अवकाश लिएर अन्यत्रै गइसकेको र अदक्ष कामदारको तलबभत्तामात्र जनकपुर चुरोट कारखानाले व्यय गर्नुपरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । कारखाना स्थापना भई पर्ूण्ा क्षमतामा सञ्चालन हुँदा ३६६ जना कर्मचारी उल्लेख्य थिए तर अहिले उत्पादन बन्द भए पनि कारखानामा स्थानी ९४३, करारमा ३९ र अन्य ३ गरी ९८५ कर्मचारी कार्यरत छन् ।  
 
"स्थापनाका सुरुवातका वर्षरुमा वाषिर्क २ अर्ब खिल्ली चुरोट उत्पादन हुन्थ्यो," उद्योग मन्त्रालयका एक सहसचिवले भने, "हरेक सरकार परिवर्तनसँगै कर्मचारीको संख्या थपियो, तर उत्पादन र संस्थानको मुनाफा भने ह्रास भयो ।"   
 
उपसमितिको प्रतिवेदनले ले कारखाना सञ्चालन हुन नसक्नुमा महाप्रबन्धक र व्यवस्थापनलाई दोषी देखाएको छ । कारखाना पर्ूण्ा क्षमतामा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड रुपैंया आवश्यक रहेको भन्दै कारखानाले फागुनदेखि उत्पादन बन्द गरेको हो ।  
 
कारखानमा यसअघिका उद्योगमन्त्री महेन्द्र रायले श्यामकुमार महतोलाई महाप्रबन्धक नियुक्त गरेका थिए । व्यवसायिक नेतृत्व र कुशल व्यवस्थापनको अभावमा कारखाना जर्ीण्ा बन्दै गइरहेको उपसमिति संयोजक रविन्द्र अधिकारीले बताए ।  
 

"कारखानामा अत्याधिक राजनीतिक र समाजिक दबाबका कारण युनियनमा आवद्ध कर्मचारी र मजदूरले काम गर्दैनन्," उनले भने, "सञ्चालक समिति, व्यवस्थापन प्रमुख, कर्मचारीहरु र मजदूरका बीचको विवादले पनि कारखाना बन्द गर्नुपर्ने अवस्था छ ।" अधिकारीका अनुसार काम गर्ने दक्ष कर्मचारीहरु त्यहाँबाट अवकाश लिएर अन्यत्रै निजी कम्पनीहरुमा गइसकेका छन् । 

 

 

 
प्रतिवेदनले सम्बन्धित मन्त्रालयका रुपमा सञ्चालन सम्बन्धमा उद्योग मन्त्रालय र वित्तिय विवरण सम्बन्धमा अर्थमन्त्रालयले आवश्यक अनुगमन र निर्देशन नदिएको जनाएको छ । आवश्यक कच्चा पदार्थ र स्पेयर पार्टस्  समयमै आयात र खरिद हुन नसकेकोले कारखाना ठप्प भएको हो ।    
 
र्सार्वजनिक खरिद ऐनको पर्ूण्ा प्रक्रिया पालना गर्नुपर्ने हुँदा खरिदमा समेत ढिलाइ हुने गरेको छ । कारखानाका मेसिनहरुमध्ये रोटकिटर, फिल्टर चुरोट उत्पादन मेसिन तथा उत्पादनतर्फजडान रहेको एसी प्लान्ट धेरै पुरानो तथा जर्जर अवस्थामा रहेका कारण उत्पादन नोक्सानी बढी हुने भएपछि उत्पादन बन्द भएको हो ।  
 
४४ वर्षपुराना मेसिन परिवर्तनका लागि मात्र ३० करोड लागत पर्ने केन्द्रीय कार्यालयले जनाएको छ । अहिलेको भौतिक अवस्थामा उत्पादनको स्केल तुलनात्मक रुपमा लाभदायी हुन नयाँ प्रवृत्ति र पुँजी थप्न सरकारी स्रोत व्यवस्थापन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।  
 
 
कारखानाको कुल सम्पत्ति ७० करोड ५५ लाख आँकलन गरिएको छ भने ०६६/६७ सम्मको सञ्चित नोक्सानी ८० करोड ८ लाख रहेको छ । आव ०६५/६६ देखि प्रतिमहिना एक करोड २३ लाख  घाटा हुन थालेपछि कारखानामा उत्पादन न्यून हुँदै आएको थियो ।  
 
 

गत वर्षनयाँ बानेश्वरस्थित क्षेत्रीय कार्यालयको जग्गा बेचेर मेसिन खरिद तथा मर्मत गरी कारखाना सञ्चालनमा ल्याउने भनिए पनि कर्मचारीको तलब सुविधामा रकम खर्च भैसकेको छ भने फागुन महिनादेखि कारखानाको उत्पादन पर्ूण्ा रुपमा बन्द रहेको छ ।
 
 
 

एक अर्ब रुपैंया अनुमान गरिएको नयाँ बानेश्वरको जग्गा संस्थानले ७२ करोड २० लाख ७४ हजारमा बिक्री गरेको थियो । जनकपुर वडा नं. ५ स्थित मिल्स एरियाको ३३ रोपनी जग्गामा सञ्चालन भइरहेको कारखानासँग अन्य सम्पत्तिको रुपमा बुटवलमा रहेको ६ कट्ठा २ धुर जग्गा र त्यहाँ निर्मित भवनको मूल्य एक करोड २३ लाखको भौतिक सम्पत्ति मात्र जचुकालीसँग बाँकी छ ।

 

 

 

अर्थ मन्त्रालयले दर्ुइ वर्षघि कारखानाका २४० कर्मच्ाारी निष्काशनको लागि २६ करोड रुपैंया दिएकोमा कारखानाले मन्त्रालयलाई त्यसको साँवासमेत भुक्तानी गर्न सकेको छैन । राजश्व सहित कारखानाले अर्थ मन्त्रालयलाई मात्र ३२ करोडभन्दा बढि तिर्न बाँकी छ । 

 

 

 
तत्कालीन शोभियत संघको प्राविधिक सहयोगमा २०२१ साल पुसमा स्थापना भएको जनकपुर चुरोट कारखाना शुरु गर्दाको बेलामा अधिकृत पुँजी ८ करोड, जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रहेको थियो । कारखानाले याक फिल्टर सहित देउराली, गैंडा र उपहार लगायत ब्राण्डका चुरोट उत्पादन गर्दै आएको थियो ।  

Posted on: 2011-Sep-15


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar