कुन नेताका छाउरा हुन त?
सम्पादकीय माथि अनमोल वचन
संकटबाट बच्न भनेर उत्तरोत्तर वेइमानी गर्दै जाने राजनैतिक प्रवृत्तिले देशलाई खाडलमा पार्छ ।
कुन नेताका छाउरा हुन त?
ती नेता कुन पार्टर्ीी हुन जस्का दर्ुइ छाउरा प|mान्समा शरणार्थीको रुपमा छन् भन्ने प्रश्न आाज राजधानीको गल्लीमा सुन्न थालिएको छ ।
नेपालमा जीउन गाह्रो भएको देखाएर छोराद्वय शरणार्थी वनाउने ती को हुन् ?
सभासदले तपाईलाई नबेचुन होशियार है
काठमाडौं - कुन सभासदले कुन बेला देशलाई नै झ्वाम्म पारेर भाग्ने हुन् कसले भन्न सक्छ । आज त एउटा मात्रै भागेका छन्, रातो राहदानी मात्र बेचेर अर्कैले अर्कै थोक पनि बेचेर हिड्न सक्ने छ । नेपाली जनताले चनाखो हुन जरुरी छ ।
बन्यो नयाँ नेपाल
काठमाडौं - कार्यालयको यहाँ नाम नदिऊँ, पाठकहरुलाई ज्ञान होस् कि यो राष्ट्रको सम्पर्ूण्ा सरकारी गैरसरकारी कार्यालयहरु, शिक्षा, अस्पताल लगायतको कुरा हो । आवश्यक र्फम भरेर अधिकृतलाई बुझाउँदा भनेको सुनिन्छ, बाबु बाजेको नाम लेख्नुस्-नलेख्नुस् मतलब छैन । आफ्नो नाम र योग्यता लेख्नुहोस् अनि कुन राजनैतिक दलको सदस्य हुनुहुन्छ, प्रभावशाली नेतामा कोसँग सम्वन्ध छ, स्पष्ट लेख्नुहोस् । त्यो न छुटाउनु होस । नत्र यहाँ दर्खास्त थन्किन्छ । कारवाही हुँदैन ।
सुजाताले नै भगाएको हो त?
ज्वाई माथिको प्रहरी निगरानीमा राख्न दुरुपयोग अनुसन्धान आयोगको निर्देशन हटाउन भरमग्दुर दौडधुप गर्दा शिथिल भएकी सुजाताको इशाराले अन्तिममा आफ्ना ज्वाई रुवले चौधरीलाई ढाका -बंगलादेश भगाएको कुरा प्रचारमा आएको छ । यसरी भगाउनमा अरु दलका अधिकार प्राप्त नेताहरुको पनि मिलोमतोको चर्चा छ ।
आजको बोली
कुनै नेतालाई हेला नगर
तर तिनको चरित्रलाई भने घृणा गर्न नछोड ।
सवै छाडी पुच्छराँ हात
काठमाडौं - जिम्मा लिएको काम गर्न नसकेर भत्ता मात्र पचाई जनतालाई अन्धकारमा राख्दै आफैले आफ्नो आयु थप्दै जाने संसदको समितिले अब बजार अनुगमन गर्ने रे ।
यो सुनेका नागरिकहरु भन्छन् - अब बजार पनि नेपाली जनताको पहुँचबाट बाहिरीने भयो । अनुगमन कर्ताले घरबारी जोड्ने भए - हर्ेर्दै जाउँ नयाँ नेपाल ।
पंगु प्रधानमन्त्री
काठमाडौं । झलनाथ खनालजीले प्रधानमन्त्री पदबाट राजीनामा गरेर संविधानसभामा आफ्नो कार्याकालमा गरेको भनेर नेपालमा सहज रुपमा आई र भइरहेका कुराहरु साथै मित्रराष्ट्रहरुको 'पाइलाइनमा' रहेका सहायता कार्य समेत जोडेर मैले गरे भन्न खोजेको सुने, काठमाडौंका पत्रिका एवं पुस्तक पसलहरुमा नयाँ चर्चा शुरु भएको छ, खनालले मुल कुरा देशको समाप्तै भएको आफ्नो पालाको शान्ति सुरक्षामा 'चुँ' पनि गरेनन् । उनले सबभन्दा पहिले आफ्नै सिर्जनाको युथ फोर्सका नेताले खुला रुपमा आमसभाबाट देशको व्यवस्थापन पक्षलाई दिएको हाँक सरकारको शान्ति सुव्यवस्थाबारे उडाएको धज्जीले आफ्नो अनुहारमा पोतिएको कालो टाटोलाई प्रधानमन्त्री क्बाटरको ऐनामा आफ्नो मुख नहेरिकन आएका रहेछन् भन्ने चर्चा गर्नेहरुको राय थियो । उनीहरुबाट सुनिन्थ्यो नेपालमा यस्तो पंगु प्रधानमन्त्री राणाकालदेखि यता आजसम्म नेपालीले पाएका थिएनन्, जसले व्यवस्थालाई ठाडै अपराधी लुकाएर हाँक दिएको, सहेको होस् र प्रशासनलाई पंगु सावित गराएको होस् र्।र् इतिहासमा रुञ्चे प्रधानमन्त्री भनेर राणाकालिन प्रधानन्त्री पद्म शमशेर चिनिन्थे भने पंगु भने खनाल चिनिने छन् ।
नयाँ नेपालको नयाँ रुप
काठमाडौं । जुन देशमा शान्ति सुरक्षा भन्ने कुरा प्रधानमन्त्री र गृहमन्त्रीको भाषणमा मात्र सीमित हुन्छ, अपराधीलाई पाहुना बनाएर नेताहरुले संरक्षण गर्दछन्, त्यस देशका आम नागरिकको जीवन कस्तो हुन्छ, आजको नेपालको स्थिति देख्ने पर्यटकहरुले खुब स्वाद लिई-लिई आफ्नो देश पुगेर कथाको रुपमा बताउन थालेको सुनिन्छ ।
Posted on: 2011-Sep-9
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story