04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

परेवा उडान प्रतियोगीतामा जवरा प्रथम

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

शान्तिको प्रतिकको रुपमा लिइने परेवाको इमान्दारीताको विषयमा हामी सबैलाई विधितै छ । परापर्ूवकालमा दूतको रुपमा होस वा अहिले शान्तिको प्रतिकको रुपमा होस यसको इमान्दारीता सवैलाई र्सवमान्य नै रही आएको छ । त्यसैले कुनै पनि महत्वपर्ूण्ा कार्यक्रमको शुरुवातमा अहिले पनि परेवालाई उडाइन्छ ।

 

 

 

भारत, पाकिस्तान भूटान, श्रीलंका, बहराइन हुँदै नेपालमा पनि २०५७ सालदेखि नेपाल परेवा पालक संघले यसको संरक्षण गर्दै आएको छ । देशभर फैलिएका परेवा पालकहरुलाई संगठित गरेर एउटै छाता संगठनमा ल्याउन र नश्ल अनुसार परेवाको इमानदारीता पनि फरक फरक हुने भएकोले राम्रो भन्दा राम्रो नश्ल सुधार गर्ने उद्देश्यले स्थापना भएको परेवा पालक संघले स्वच्छ मनोरञ्जनको रुपमा उडाउँदै आएको परेवा अहिले आएर नेपालमा पनि एउटा रोचक खेलको रुपमा समेत विकास गरेको छ । 

 

 

 
अन्तर्रर्ााट्रय स्तरमा सयौं वर्षअगाडिदेखि यस्तो प्रतियोगीताको आयोजना भएपनि नेपालमा २०५७ सालदेखि मात्रै यसको शुरुवात भएको परेवा पालक संघका अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताउनु भएको छ ।   
 
 
संघले यस पटक पनि हालै आयोजना गरेको १२ औं राष्ट्रिय परेवा उडान प्रतियोगीता आयोजना गर्‍यो । यस पटकको प्रतियोगीतामा गोरख शम्शेर जवराले कुल पाँच वटा परेवा २६ घण्टा ३३ मिनेट आकासमा उडाएर प्रथम उपाधीमाथि कव्जा गर्न सफल हुनु भयो ।  
    त्यस्तै सानुराजा रञ्जीतले २६ घण्टा १६ मिनेट परेवा उडाएर द्वीतिय हनुुभएको छ भने हरिशकोजु श्रेष्ठले २१ घण्टा १३ मिनेट परेवा उडाएर तृतीय स्थान हात पार्न सफल हुनु भएको छ । जसमा गोरख शम्शेर जवराको नौ वटा परेवाले कुल ९ घण्टा ३८ मिनेट आकाशमा उडेर उत्कृष्ट परेवाको उपाधी हात पारेको छ ।  
 
 
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र दिइएको थियो । सो प्रतियोगीतामा काठमाडौं, ललितपुर र भक्तपुरका २१ जना परेवा पालकहरु सहभागी भएका थिए ।  
 
  प्रतियागीताको नियम ः प्रतियोग्तिाको लागि उमेरको हकवन्दीमा ३० वर्षपूरा गरेको हुनपर्दछ भने सहभागीले संघको सदस्यता लिनु जरुरी छ । विहान ६ देखि साँझ ७ वजेसम्म हुने प्रतियोग्तिामा सहभागीसँग सात वटा परेवा हुनु जरुरी छ । जसमा दर्ुइवटा परेवा अतिरिक्तको रुपमा रहने छन् ।  
 
 
परेवा धपाउन प्रतियोगीलाई १० मिनेटको समय दिइन्छ जसमा एक घण्टाभन्दा अगावै परेवा ओर्लेमा वा ओर्लेको परेवा प्रतियोगीले दिएको निश्चित स्थानभन्दा अन्यत्रै बसेमा त्यस्ता परेवा प्रतियोगीताबाट स्वतः बाहिरिएको मानिन्छ । मौसमको खरावी वा परेवालाई वाज, जमल जस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियागीलाई फेरी परेवा उडाउन दिइनेछ ।
 
 
 
उडाइएका ५ परेवाको उडान अवधि गणना गरी सबैभन्दा बढी समय उड्ने परेवा पालक विजयी घोषित गरिन्छ । 
   


Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar