27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लुटन देशै जोकरहरु तर देशलाई विश्वमा हास्य पात्र नबनाउ

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

संसारका कुनै पनि मुलुकमा के धार्मिक, के राजनीतिक के सामाजिक व्यवस्था -संस्था) हरुमा आफ्नो आयु आफ्नै समुहको निर्ण्र्ाााट बढाउन पाउने व्यवस्था-चलन- पद्धति छैन । यो त्यहाँ मात्र हुन्छ जहाँ 'डकैति' प्रधान समाज हुन्छ । 
 
 
नेपालको विधानसभाले आफ्नो कार्यकाल तीन पटक भैसक्यो आफै बढाएको यो कुन आधारमा र कुन न्यायपद्धति अनुसार अथवा विश्वमा आजसम्म देखा परेको कुन राजनैतिक व्यवस्था अनुसार वढायो त्यो उही जानोस् । 'नांगा नाचे हजार ठाउँ' भने जस्तो नांगिएका सांसद नेताहरुले जे पनि गर्न सक्छन् ।  
 
जे गर्दैनन् त्यही वेस भन्नु पर्छ । यो भन्दा भन्दै पनि यिनीहरुले आफ्नो आयु बढाउने खेलमा जसरी देशको सामाजिक जीवनमै असर पार्दछन् - पत्रकारहरुको काम हुन्न हप्तौदेखिन पत्रिकाहरुको समाचार हर्ेर्नुस्, ठूलठूला अक्षरमा 'कुरा मिल्यो'-'सहमतिको सरकार बन्छ', 'वार्ता टुंगियो', 'झलनाथ कर्ुर्ची सितै सति जान खोजे' भन्ने जस्ता समाचार सिवाय जनताले पढ्न पाएनन् ।   
 
वरपर यस्तै, सहमतिको सरकार बनेपछि, बजार अनुगमन टोली बन्छ अनि महंगी नियन्त्रण हुन्छ । शिक्षालयहरुको हड्तालमा त्यस्तै - सहमतिको सरकार पर्सिसम्म बन्ने पक्का, त्यसपछि विद्यालयहरुको समस्या समाधान हुन्छ - जस्ता कुरा बाहेक हरक्षेत्रमा हलो अड्काउने त सहमतिको 'गाँठो' नै भयो ।  
 
यसका निम्ति यो गाँठोलाई नेताहरुले कमसेकम पाँच सात वर्षो लागि थन्क्याएर केही काम गरुन र जनतालाई कान न्यानो गरेर बस्न दिन संविधान सभाको म्यादलाई पाँच सात वर्षकै निम्ति थप्ने प्रस्ताव सभासदबाट पास गरुन् । पास भै हाल्दछ - भोखा र नांगाको भीडले त्यसै पाइने भत्ता तलव छोड्ने कुरा छैन ।  
 
जनताको कान त्यतिसम्म त न्यानो हुन्छ । किन सबैको कचकच र विदेशी अगाडि देशलाई जोकर बनाइरहने । जबकि नेतामा अवल, मध्यम र निम्न खाले जोकरहरु प्रसस्तै छन् ।  

Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar