03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

तिज पर्वलाई विकृति देख्नु र भन्नु - संस्कृति विरोधी

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

विश्वका महागुरु, हिमवतखण्ड नेपालका देव महादेव र जगतजननी नेपालमाता पार्वतीको जीवन कथाको आधारमा तीजपर्वको उत्पत्ति भएको हो । शास्त्रपति देश नेपाल विश्वको मणिमुकुट राष्ट्र पनि हो । महान राष्ट्रिय विभूति वेदव्यास, वाल्मिकी, पर्शुराम, कश्यव, भृगु आदि गरिएका ८८ हजार ऋषिमषर्ीहरुको तपोभूमि, जन्मभूमि एवं कर्मभूमि पनि हो । पर्ूर्वीय धर्म दर्शन मानव सृष्टिको उषाकालिन सभ्यता र संस्कृति विश्वकै पहिलो व्यवहारिक, सन्तुलित उत्तम पद्धति पनि हो । संसारकै पहिलो कृतिको रुपमा ऋगवेदलाई लिने गरिन्छ । यथार्थमा वेद जीव जीवात्मा र जगतकै मुख्य संविधान पनि हो ।

 

 
पञ्च कृतिको आत्मा वेदलाई धर्मको शिर, मूल र मुहान पनि भन्ने गरिन्छ । वेद, पुराण, योग, गीत संगीत, नृत्य, कला अािद रचना गरिएको देश नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र हो । देवी देवताको देश नेपालमा जगत सिद्ध, किराँत देश, मिथिला, पाशुपत क्षेत्र, हिमवत खण्ड, गोसाइकुण्ड, मुक्तिनाथ, शांकर क्षेत्र, रुद्रक्षेत्र, श्रीपशुपतिनाथ, लुम्विनी आदि रहेका छन् । अखण्ड सनातन र्सार्वभौमसत्ता सम्पन्न धर्म सापेक्ष हिन्दु राष्ट्र नेपालमा विभिन्न जात्रा रथयात्रा, पर्वपूजा, उत्सव, दशैं, तिहार, छठ र तीज आदि गरिएका पर्वहरु धुमधामसँग वर्षोनी मनाउने परम्परा रहिआएको छ । काठमाडौं उपत्यकामा मनाइने उत्सव, मध्ये तीज पर्व पनि एक हो ।   
 
तीज महिलाहरुको मुख्य ठूलो चार्डपर्व महिला दिवस र उत्सवको रुपमा लिन सकिन्छ । भव्य रुपमा मनाइने तीज महापर्व भाशुल्क तृतीया, चौथी र पञ्चमीको दिनलाई ऋषि पञ्चमी पनि भन्ने गरिन्छ । भाद्रशुक्ल चतर्ुर्थीको दिन ब्रत वस्ने र पञ्चमीको दिन भगवान देवादिदेव महादेव-पार्वती, गणेश, कुमार र सप्तषिर् एवं ऋषिपत्नी अरुन्धतिको पूजा अर्चना गर्ने परम्परा रही आएको छ । सप्तऋषिहरुमा कश्यप, अत्रि, भारद्वाज, गौतम, जन्मदन्नी, विश्वामित्र र बरिष्ठ पर्दछ । ऋषिपूजन हाम्रो पिता-पर्ूखाको सम्मान, धर्म संस्कृति, परम्परा, रितिस्थितिको संरक्षण निरन्तरता र जगर्ेना पनि हो ।  
 
हाम्रो आराध्यादेव, हिमालयमा सदैव तपस्यामा लिन हुनुहुने महादेव पार्वती नेपलाका प्रमुख देवता हुनुहुन्छ । भगवान शिवको १००८ नाम र रुप छन् । तीज पर्व उनै परमप्रभु परमेश्वर भगवान शिव र पार्वतीको स्मरण गर्दै मनाइने नेपालको प्रमुख पर्व मध्ये एक हो । तीज पर्व किन र कसका लागि भन्दा पनि नेपालमाता पार्वतीको जन्मोत्सवका लागि भने पनि हुन्छ । फेरिदै गएको तीज पर्वले महिलाहरुमा समभाव, सहिष्णुता, सद्भाव, दलित र धनीगरिवबीचको एकतामा प्रगाढ मित्रता थपिएको छ । तीज पर्वलाई विकृति देख्ने भन्ने र सोच्नेहरु संस्कृति विरोधी, विधर्मी, नेपालको इतिहास भेट्न खोज्ने राष्ट्रद्रोही भने पनि फरक पर्दैन । खासगरी तीज पर्व नेपालको राष्ट्रिय महान पर्व हो । नेपाललाई आफ्नो निवासभूमि वनाएर वस्नु हुने महादेव-पार्वती, गणेश र कुमारको वर्षा एकदिन मात्रै भएपनि पर्वको रुपमा मनाउन पाउनु नेपालीका निम्ति गौरबको विषय हो ।  
 
तीज पर्वको मुख्य देवता महादेव पार्वती नै हुन् । आज विश्वलाई उनै भगवान महादेव-पार्वतीले सृजना गर्नु भएको योग, कला, गीत, संगीतले जोडेको छ । भगवान शिवलाई विश्वका ज्ञानी, ध्यानी, सन्त, महात्मा, विद्वान, विदुृषीहरु ग्ाना-बजाना, योग, ध्यान र नृत्य गर्नु पर्ूव पूजाअर्चना एवं स्मरण गर्दछन् । उनै भगवान महादेवको योगका कारण विश्व नै अहिले एउटा घरको रुपमा जोडिएको छ । शिवधामवासी नेपालीहरु अहिले स्वधर्म संस्कृतिको विपक्षमा अध्ययनको अभाव र अन्जानमा अन्यत्र फस्न पुगेका छन् । आफ्नी आमा काली र छ्याकी भएपनि अर्काकी सुन्दरी आमालाई आफ्नो भन्न सकिदैन । तर वैदिक सनातन हिन्दु धर्म अति नै उदार भएको हुँदा, धर्म सम्प्रदायमा राखेर हेरियो । धर्म सापेक्ष हो भने सम्प्रदाय निरपेक्ष हो । हिन्दु धर्म कुनै सम्प्रदाय होइन ।  
 
हिन्दु धर्म प्रचार प्रसार र परिवर्तनको विषय नै होइन । सनातन हिन्दु धर्म यति उद्धार छ कि यसले अहिलेसम्म आफ्नो धर्मको प्रचार गरेको इतिहास नै छैन । अहिले तीजको विषयलाई लिएर विधर्मी तथा धर्मको उपेक्षा गर्नेहरुले अपव्याख्या गरेको पाइयो । यो वास्तविक सत्य होइन । त्यसैले हाम्रा हरेक सनातन हिन्दु धर्म अनुरुप गरिने कर्महरु सवै वैज्ञानिक र व्यवहारिक छन् । वेदका प्रत्येक ऋचाको जसरी अनेक अर्थ लाग्छ, त्यसैगरी तीज लगायतका धर्मकर्म, जात्रा तथा पर्व उत्सव अािदको् ऐतिहासिक महत्व राख्दछ । शिव विना मानिस बाँच्न सक्दैन भने वेद विना पञ्चप्रकृतिको धर्म नष्ट हुन्छ । योगले संसारका मनुष्यलाई एकतामा जोडेको छ भने यज्ञहोम कर्मले प्रकृति र अध्यात्मको सम्वन्धका बारेमा जानकारी गराउँछ ।   
 
तीजको ब्रत अरुको लागि नभई आफ्नै स्वास्थ्यको लागि हो । सधै योग, पूजापाठ गर्ने स्वास्थ्य महिलाले मात्र पुरै निलाहार ब्रत बस्न सक्नेले मात्र वस्नु पर्दछ । अस्वस्थ महिलाहरुको लागि भने दिनमा भगवान महादेव-पार्वती, गणेश, कुमारको पूजा अर्चना गरेर एक छाक खाएर साँझ चिया, दुध, पानी फलफूल खान शास्त्रले नै निर्देशन गरेको छ । जीउले नसक्नेहरुले कुनै पनि ब्रत लिनु हुँदैन । अहिले समाजमा हरितालिकाको निलाहार ब्रत र दरखाने तथा एक महिनादेखि भएका नाचगानको विषयलाई केहीले विकृति भने पनि त्यो विकृति नभई सुसंस्कृतिको विकास हुँदैछ भनेर हर्ेर्नु पर्ने अवस्था सृजना भएको छ । निलाहार ब्रत वस्न सक्ने र स्वास्थ्य महिलाले मात्र पानी, दुध, फलफूल खाएर बस्छन् तर अस्वस्थ महिलाहरुको लागि भने निलाहार ब्रत नबस्नु भनेको छ ।  
 
कुनै पनि ब्रत, पूजा अर्चना दान र सेवा कार्यहरु आफ्नो आनन्द र सन्तुष्टिका लागि गरिन्छ । आफ्नो असल कर्म र समय मूल्यवान रहेछ भन्ने बुझेर हिड्नेहरुले राष्ट्र, समाज र घरलाई समेत शुन्दर वनाउँछन् । सेवा, दान र धर्मले तत्काल सवैलाई आनन्द अनुभूति गराउँछ । श्रीमतीको ब्रत, धर्म, कर्म र दानले श्रीमानको स्वास्थ्य लाभभन्दा पनि घरपरिवारमा शान्ति र आनन्द छाउँछ ।   
 
तीजको ब्रत रैथाने देवताको भएको हुँदा, नेपाली महिला सवैले मनाउनु पर्दछ । यो आयातित र लादिएको पर्व नभई महिलाको हक अधिकारको निम्ति एक आपसमा सवै जातजाति वसेर छलफल गर्ने, खाने नाच्ने, गाउने रमाउने, उत्सव भएकोले नारी मुक्ति दिवसको रुपमा समेत लिने गरिन्छ । ब्रतले स्वास्थ्य सुन्दर वनाउँछ त्यसैले योग गर्नेहरुले महिनामा एक दिन एकछाक छाडेर ब्रत बस्दा उपयुक्त नै भनिएको छ । जहाँसम्म एक महिनादेखि नाचगान भयो, गहनागरिया, साडी चोला पोतेको पर््रदर्शन गरियो भन्ने सर्न्दर्भमा भने वास्तविकता र सत्य यथार्थता तर्फनगई हचुवाको भरमा विवाद गरेको देखिन्छ ।   
 
राजधानी काठमाडौं उपत्यकामा अहिले झण्डै ६५ लाख नेपालीहरु बस्दछन् । सयौं संघसंस्था, राजनीतिक दल लगायतले दरखाने कार्यक्रम अयाोजना गरी रहेका छन् । प्रत्येक राजनीतिक दल र संघसंस्थाहरुले आफ्ना सदस्य, पदाधिकारी र इष्टमित्रहरुलाई बोलाउने हो, एक दलका महिला अर्को दलमा जादैनन् र एक संस्थाका मान्छे अर्को संघसंस्थामा जाँदैनन् अर्थात सवै कार्यक्रममा सवै जाँदैनन् । यस्ता दरखाने भाषण गर्ने, नाचगान गर्ने तीजको कार्यक्रमहरुले धनीगरिव, सवै जातजाति र दलित समेतलाई एउटै कोठामा समान रुपमा सम्मान प्रदान गर्दै जातीय एकता कायम गरी रहेको छ । यसरी छुवाछुत, उचनीच, धनी-गरिब नभनी विद्वेश र विभेद अन्त्य गर्दै आएको महान् तीजको पर्वलाई बिकृति भन्न सकिदैन ।   
 
कुनै पनि धर्म शास्त्रमा जातीय विभेद नभएता पनि विदेशी तर राजनीतिकर्मीले आफ्नो अनुकुल वनाएका शास्त्रहरु अधिकांस नेपाली समाजमा भित्र्याइएको र तीनै का मतियार कार्यकर्ताले जातीय भेदभावका कुरा उठाएको अवस्थामा तीज जस्तो राष्ट्रिय बर्गले मुलुकमा सकारात्मक र रचनात्मक प्रभाव पारिरहेको छ । नेपाली हिन्दु महिलाहरुका लागि तीज पर्व धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो । बिगतका वर्षरुमाभन्दा अहिले तीज पर्व नेपाल अधिराज्य भर विशेष कार्यक्रमका साथ महिला उत्थानका निम्ति र समाज रुपान्तरणका लागि फलदायीसिद्ध भएको छ भने उनीहरुको शैली, गीत, संगीत र संस्कृतिमा समेत परिवर्तन हुँदैछ ।   
 
 
महादेव पार्वतीको अनादिकालिन कथामा आधारित तीज पर्व वैज्ञानिक र व्यवहारिक वनाउने र सत्य तथ्य तर्फढाल्नु पर्ने देखिन्छ । यस पर्वलाई अहिले दलका भ्रातृसंगठन, विद्यालय, क्याम्पस, सहकारी, महिलावादी संघसंस्था लगायतले विविध कार्यक्रमका साथ मनाउनुलाई विकृति कदापि भन्न सकिदैन । तीज मान्ने तर ब्रत नवस्ने पनि धेरै छन् । उदारवादी सनातन धर्म संस्कृतिमा कुनै कसैलाई पनि ब्रत बस्ने, नाँचगान गर्ने, निलाहार बस्ने बाध्यता भने छैन ।  
 
 

जबरजस्ती ब्रत बस्न कर लगाउनु पनि हुँदैन र तीज पर्वमा रातो पहिरन चुरा पोते भने महिला तथा विधवा दुवैले लगाउन कुनै शास्त्रले रोक लगाएको पनि छैन । वेदले चार कर्मको रुपमा व्राहृमण, क्षेत्रीय, वैष्य र शुद्रलाई व्याख्या गरेको छ भने नेपाली भृगु सहिताले पनि चार जात र धर्म नभई मनुका चार छोराका नाममा व्राहृमण, क्षेत्री, वैष्य र सुद्र भनेको छ । एउटै ऋषिका सन्तानलाई राजनीतिकर्मीहरुले अहिले दलित र जनजातिका आधारमा टुक्रयाउँदै छिन्न भिन्न गर्दै आरक्षणको समेत कोटा वितरण गरिरहेका छन् । यस्तो समाज र राष्ट्रमा महान तीज पर्वको राजनीतिक दलहरुले दलित तथा जातीय भेदभाव नीतिलाई ध्वस्त पार्दै सत्य मार्गतर्फसमाजलाई डोर्‍याएको छ । बालबालिका, रोगी, वृद्ध, अपाङ्ग, सुत्केरी र गर्भवती महिलाहरुले ब्रत वस्न नहुने समेत शास्त्रले नै बताएको छ । 
 
 
 
 
वर्षा एक पटक त्यसमा पनि महिलारुको लागि आउने तीज आफैमा महत्वपर्ूण्ा छदैछ । पुरै निलहार बस्नु, श्रीमानको गोडाको पानी खानु, श्रमिानको दर्ीघायुको लागि ब्रत वसेको भन्नु जस्ता कुरा वेद विपरित छन् । वेदादिशास्त्र पुरै वैज्ञानिक र व्यवहारिक हुँदाहुँदै अवैज्ञानिक र अन्धविश्वासी कुरामा कमजोर गराउँदै फसाउन हुँदैन । नेपालको प्राचीन इतिहास, धर्म, दर्शन, वेदवाणी हुन । देव देवताका अस्तित्व यहाँका हरेक शक्तिपीठहरुमा सक्रिय छन् । तीजको गीत नृत्य, ब्रत र दरखाने प्रथालाई अझ विस्तार गरौं । सवै जात जाती समेट्ने प्रयासले नै स्वधर्म र संस्कृतिलाई मजवुत गराउँछ र दलित, गरिव र धनीबीचको विभेदको अन्त्य हुन्छ । सबैलाई चेतना भया ।   

Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar