04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

वायु सेवा, माओवादीको पेवा

24 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

पर्यटन तथा नागरिक उड््ययन मन्त्री खड्गबहादुर विश्वकर्माले नेपाल वायु सेवा निगमलाई आफ्नो पेवा बनाउँदै कार्यकारी अध्यक्षमा माओवादी कार्यकर्ता भर्ना गरेका छन् । कुनै पनि संस्थामा व्यवस्थापनको अनुभव नै नभएका साहित्य लेखनमा संलग्न कालीकोटका मनरुप शाही नेपच्यून निगमका कार्यकारी अध्यक्ष बनेका छन् । 

 
निगममा दर्ुइ वर्षेखि कार्यकारी अधिकारको विषयलाई लिएर अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक केबी लिम्बूको टकराव चल्दै आएको थियो । मन्त्री विश्वकर्माले कंसाकारको स्थानमा शाहीलाई नियुक्त गरेका हुन् । नीति निर्माण तथा व्यवस्थापकीय क्षमतामा कुनै अनुभव नै नभएका माओवादी कार्यकर्ताले अब निगमलाई कता लैजाने हुन्, यो प्रश्नको विषय बनेको छ । 

 
शाहीलाई यसअघि समाजकल्याण मन्त्री हुँदा विश्वकर्माले समाजकल्याण मन्त्रालयको कोषाध्यक्षमा नियुक्त गरेका थिए । शाही विश्कर्माको भित्रिया कार्यकर्ताबाहेक अन्य कुनै पनि क्षमताले वायु सेवा निगमको कार्यकारी अध्यक्ष हुन उपयुक्त व्यक्ति नभएको निगमका कर्मचारीहरु बताउँछन् । निगममा भित्रिन नपाउँदै शाहीले निगमका लागि जहाज किन्ने भाषणबाजी शुरु गरेका छन् । 

 
यसअघि निगमको कार्यकारी अध्यक्ष हुँदा सुगतरत्न कंसाकारले युरोपेली विमान कम्पनी एयरबसको जहाज खरिदका लागि अघि बढाएको प्रक्रियालाई महाप्रबन्धक केवी लिम्बूले अमेरिकी विमान कम्पनी बोइङको लविङ गरी तुहाइदिएका थिए । 

 
एयरबसलाई बैना -लकअप मनी) पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारमाथि विशेष अदालतमा दायर गरेको मुद्दाको हालै मात्र उनका पक्षमा फैसला भएको थियो । निगममा दर्ुइ कार्यकारी प्रमुखको विवाद र झगडाले वायुसेवा निगम माओवादी मन्त्री विश्वकर्माको पेवा बन्न पुगेको छ ।   

Posted on: 2011-Jul-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar