02 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पचाल झरना पर्यटकको पर्खाइमा छ । कालिकोटको मात्र नभई देशकै पर्यटन विकासमा टेवा पुर्‍याउने पचाल नेपालकै अग्लो झरनामा सुचिकृत हुनुपर्नेमा ढिलाई हुँदा उचित महत्व पाउन सकिरहेको छैन ।

24 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

पचाल झरना पर्यटकको पर्खाइमा छ । कालिकोटको मात्र नभई देशकै पर्यटन विकासमा टेवा पुर्‍याउने पचाल नेपालकै अग्लो झरनामा सुचिकृत हुनुपर्नेमा ढिलाई हुँदा उचित महत्व पाउन सकिरहेको छैन । जिल्ला प्राबिधिक कार्यालय कालीकोटले नेपालकै अग्लो झरना भनि जिल्ला बिकास समिति मार्फ पर्यटन मन्त्रालयमा थप तथ्यका लागि पठाएपनि सम्बन्धित निकायले खासै चासो नदेखाएकोले ओझेलमा परेको हो । 

 

 
सदरमुकाम मान्म देखि १८ कोष उत्तर पर्ूवमा रहेको राम्नाकोट गाविस वडा नं. ७ र ८ मा पर्ने पचाल झरना ४ सय ८२ मिटर अग्लो झरना भएको जिल्ला प्राविधिक कार्यालय कालिकोटका प्राविधिकले बताएका छन् । घना जंगल र धार्मिक स्थल पुग मालीकाबाट बग्ने पानीका मुहानहरु एकै ठाउ“मा मिसिएर झरना बनेको छ । कालीकोट जिल्लाको प्रमुख पर्यटकिय स्थलको रुपमा बिकास गरी पर्यटक भित्रयाइ आम्दानि बढाउन सकिने भएपनि पचाल झरनाको अहिले सम्म गुरु योजना बन्न सकेको छैन । हाल सम्म जिल्ला बिकास समितिले पचाल झरना संरक्षणका लागी कुनै पनि पहल नगरेको स्थानीय मोतिराज बम बताउछन् ।   
 
जिल्ला तहमा दर्ुइ बर्षअगाडि जयकृष्ण सञ्जालको संयोजकत्वमा कालीकोट पर्यटन समिति गठन गरिएको थियो । समितिले जिल्लाका सम्भाबित पर्यटन क्षेत्रको पहिचान र नक्साङ्कन गरे पनि ठोस पहल कदमी हुन नस्क्दा ओझेलमा परेको बताउछन् कालीकोट पर्यटन बिकास समिति सदस्य नेशनल शाही ।   
 
सम्बन्धित निकायले कालीकोट जिल्लामा पर्यटन बिकासका निम्ति ठोस योजना नबनाउदा जिल्लाका पचाल झरना,बढीमालीका,चुलीमालीका,पुगमालीका,महावै,पंचदेवल,रा“घे दह,त्रिवेणी पाटन,देउरा पाटन,गणेश गुफा लगाएतका धार्मीक तथा पर्यटक स्थल ओझेलमा परेका छन् । सिगो कर्ण्ााली र कालीकोटको आर्थिक उन्नतिका लागी पर्यटनको बिकास र कर्ण्ााली नदीको कालीकोट देखि कैलाली चिसा पानि सम्म र्‍याप्टीङका साथै यह“ाका अनमोल जडीबुटीको ब्यवस्थापन गर्न सके मात्र गरिबि निवारणमा टेवा पुग्ने शाहीको भनाइ छ ।
 
 
जिल्ला विकास समिति कालीकोटका जिल्ला बिभागिय सल्लाहकार लेक बिक्रम शाह भन्छन् कालीकोटको पचाल झरना नेपालकै अग्लो झरना- हर्‍याथुङ झरना भन्दा करिव १ सय ३० मिटर अग्लो भएको जिल्ला प्राबिधिक कार्यालयले बताए पनि प्रचारको अभावमा ओझेलमा परेको छ । शाहका अनुसार पचाल झरनाको पर्यटन बिकासका लागी बित्त चित्र तयार गरी पर्यटन बिकास बोर्डमा पठाए पनि हाल सम्म कुनै सुनुवाइ भएको छैन । कालीकोटमा धार्मिक तथा पयंटकिय क्षेत्रको पहिचान गरी आवश्यक पर्ुवाधार तयार गर्न सकेमा यहा“को आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।                          


Posted on: 2011-Jul-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar