04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ट्रक/कन्टेनर व्यावसायी कोषमा ठूला व्यापारीको मस्ती

22 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

सिन्धुपाल्चोक/चीनको स्वशासित क्षेत्र खासा हुदै राजधानी काठमाडौं सम्म चल्ने कन्टेनरहरुबाट दैनिक २० लाख भन्दा बढी रकम घोटाला हुदै आएको छ । अवैधानिक तवरले नेपाल ट्रक कन्टेनर व्यवसायी संघले कन्टेनरहरुबाट रकम असुल्न थालेपछि व्यापक रुपमा घोटला बढेको हो ।

 
व्यवसायीहरुको हकहितको लागि भन्दै खोलिएको संस्थाले सोझा, इमान्दार र साना व्यवसायीहरुको ढाड सेक्न गरी रकम असुलेर ठूला व्यापारीहरुले झ्वाम पार्न थाले पछि अधिकांश साना र सोझा व्यापारीहरु मारमा परेका हुन् ।

 
कन्टेनर व्यवसायी संघले प्रति कन्टेनर एक टि्रपमा ११ हजार रुपैयाँ देखि ३६ हजार रुपैयाँ सम्म रकम असुल्ने गरेको छ । व्यवसायीहरुको हकहित र संस्थाको विकासको लागि भन्दै रकम उठाउने गरेको अधिकांश पीडित व्यवसायीहरुको भनाइ छ । 

 
खासाबाट अरनिको राजमार्ग हँुदै सिजनमा दैनिक ४० देखि ६० वटा सम्म कन्टेनर स्याउ राजधानी आउने गरेका छन् । भन्सार भएर सामान लोड गरिएको कन्टेनरहरुलाई बीचबाटोमा जाम गरि रकम उठाउनाले नेपाली बजारमा आम र्सवसाधरणले समेत महंगीको भार खेप्नुपरेको छ । 

 
तर सरकार भने यस विषयमा कानमा तेल हालेर नसुने झै चुप लागेर बसिरहेको छ । प्रत्यक्ष रुपमा आम जनता र र्सवसाधरण व्यापारीहरु प्रत्यक्ष रुपमा ठगीइरहँदा समेत सरकार वेखवर भएर बस्नु आम व्यवसायीहरु लागि चिन्ताको विषय बनेको छ । स्थापनको १० वर्षो इतिहासमा संस्थाले माखो नमारेको व्यवसायी अर्जुन सापकोटाको भनाई छ । 'पैसा उठाउने तर काम भने माखो नमार्ने कस्तो खालको सँस्था यो-' उनले प्रश्न गरे ।   
त्यसो त व्यावसायी कृष्ण क्षेत्रीको भनाइ पनि उस्तै छ । उनले आफ्नो कन्टेनर भोटेकोसीमा खसेको एक वर्षविति सक्दा पनि क्षतिपर्ूर्ति पाउनुको सट्टा ५ लाख रुपैयाँ पाए, त्यो पनिसापट स्वरुप । उनी जस्ता थुप्रै व्यावसायीहरु म्ाारमा परेको सापकोटा बताउँछन् । 

 
तर उक्त संस्थामा आउने अधिकांश पधाधिकारी भने गतिलैसँग फस्टाउने गरेको पीडित व्यापारीहरुको भनाई छ । सामान्य लाउन खाना समेत धौ-धौ पर्ने व्यापारिहरु रातारात पजेरो, प्राडो देखि काठमाडौमा महलसमेत जोड्न समेत सक्षम भएका छन् ।

 

र्सवसाधरण व्यापारीहरुलाई ठगिएको उक्त रकम भक्तपुरको लोकन्थलीमा हालको बजार मुल्य अनुसार करिव डेढ करोड बराबरको एउटा घरसम्म खरिद गरिएको छ तर उक्त घर कन्टेनर संघको भनि  ५० लाखमा खरिद गरिएको जनाइएको छ । सिन्धुपाल्चोकको र्सवसाधरण व्यावसायीहरुबाट उठाएको उक्त रकमले खरिद गरिएको घरमा ठूला व्यावसायीहरु र संस्थाका पधाधिकारीहरु ऐसआरम गर्ने गरेको पीडित व्यवसायीहरु बताउँछन् ।

 
तर संस्थाको उद्देश्य भने फरक रहेको छ, सिन्धुपाल्चोकमा उठाएको रकम जिल्ला र जिल्लाबासी व्यवसायीहरुको लागि मात्र खर्च गर्ने प्रावधान भए पनि त्यसलाई लत्याउँदै उनीहरुले घर, मोटर किन्ने काममा प्रयोग गरिरहेको प्रष्ट हुन्छ । 

 
यता नेपाल ट्रक कन्टेनर ब्यवसायीसँघका अध्यक्ष राजकुमार पौड्यालले भने विगतका समयमा यस्ता कमजोरी भए पनि हाल आफ्नो नेतृत्वमा आइसकेपछि त्यस्ता कमजोरी नभएको बताएका छन् । पौड्यालले सिन्डिकेड नतोडिनुमा साँघुरो बाटो र भौगोलिक बनावटलाई दोष दिएका छन् । उनले हाल नेपाल ट्रक कन्टेनरसँघसँग विमा सहित करिब ६ करोड रुपैयाँ रहेको जानकारी दिए । उनले हाल सम्म करिव एक सय ४० ट्रक/कन्टेनरको बिमा समेत गरिसकेको बताए उक्त रुटमा ११ सय कन्टेनर सञ्चालनमा छन् ।

 
पौड्यालले रकम उठाउनुमा संस्था र ब्यवसायीहक हितका लागि भनेका छन् । उनले पछिल्लो समयमा उठाउने २६ हजार रकम रहेको दाबी गरेका छन् । नेपाल ट्रक कन्टेनरसंघले स्थापनाकालमा करिब हजार कन्टेनरसँग २५ हजारको दरले रकम उठाएको भए पनि टि्रप अनुसारको रकम असुल गरेको साना व्यवासायीको गुनासो छ ।       


Posted on: 2011-Jul-22


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar