04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ग्यास सिलिण्डरमा जोखिम

21 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काठमाडौं । गत महिना सुनसरीको खनारमा नेपाः पेट्रोलियम ट्रेड लिंकका सञ्चालक शिवप्रसाद घिमिरेले उद्योग परिसरको एक्सन ल्युब आयल प्रालिमा नेकरिङ्ग तथा फुटरिङ्ग परिवतएन गर्ने उद्देश्यले  विभिन्न २४ थरी ग्याँसका १५ हजार तीन सय ४४ ग्याँस भण्डारण गरिएको २३८ सिलिण्डरमा फुटरिङ्ग काटी सुगम ग्यास प्रालिको बनाइएको पाइयो । त्यहाँ ७४० ओटा फुटरिङ्ग तथा नेकरिङ्ग काटिएको अवस्थाका सिलिण्डरहरु पाइए । यससँगगै तीन हजारभन्दा बढि सुगम ग्यासको नाम कुदिएका फुटरिङ्ग र नेकरिङ्ग जफत गरी स्थानीय तथा उपभोक्ता अधिकारवादीहरुले स्थानीय घरेलु तथा साना उद्योग कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

 

 
अन्य कम्पनीको ग्यास सिलिण्डरको भल्व प्रोटेक्सन रिङ्ग -नेकरिङ्ग) तथा पीँध -फुटरिङ्ग) परिवर्तन गरी आफ्नो कम्पनीको बनाएको भन्दै उद्योग मन्त्रालयले यससम्बन्धमा तयार गरिएको छानबिन प्रतिवेदनको कार्यान्वयनका लागि कार्यान्वयन निकायहरुमा पत्राचार गरेको छ । तर उपभोक्ताको जीउधनमाथि खेलवाड गर्ने सञ्चालक घिमिरेलाई कुनै कारबाही भएको छैन ।   
 
चुल्होमा दाउरा बालेर खाना पकाउने चलन विस्तारै घट्दै गएको छ । शहरीकरणसँगै अधिकांश घरमा ग्याँस चुल्हो बल्न थालेको छ । तर, ग्यास सिलिण्डर कति खतरनाक हुन्छ भन्ने ज्ञान चाहिँ उपभोक्तामा कमै छ । बजारमा पुराना र पिंध काटिएका सिलिण्डरहरु छ्यापछ्याप्ती भेटिन्छ । यसरी पिध काटिएको ठाउँमा ग्यास लिक भएर कुनै पनि बेला विष्फोट हुन सक्ने यस्तै सिलिण्डरहरुको अधिकतम प्रयोग पनि भइरहेको छ ।ग्यास कम्पनीहरुको लापरबाहीकै कारण यति घातक सिलिण्डर  भान्छामा पुगेको छ । अर्कोतर्फबजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य विभागले समेत अनुगमनमा त्यति ध्यान पुर्‍याएको पाइँदैन ।   
 
नयाँ सिलिण्डर प्रयोग हुन थालेको १० वर्षछि सिलिण्डरको हाइड्रोलिक परिक्षण गर्नुपर्ने हुन्छ । यो काम ग्याँस कम्पनीहरुले गर्नुपर्ने हो । तर, नेपाल आयल निगमको यो नियम कार्यान्वयनमा ग्याँस कम्पनीहरुले उदासिनता देखाइरहेका छन् । अनि नियम लागू गराउन सरकारी अधिकारीहरुले पटक्कै ध्यान दिएको पाइदैन् । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ भन्छन्, "सरकारको लाहपरवाहीका कारण उपझोक्ताहरुको ज्यान समेत जोखिममा परेको छ ।"   
 
यता, ग्याँस कम्पनीहरुको यही लापरवाहीकै कारण भान्छामा राखिएको ग्याँस सिलिण्डर कुनै पनि बेला विष्फोट हुने खतरा छ । जानकारहरुले त घरघरमा राखिएका ग्यास सिलिण्डरलाई शक्तिशाली बम कै संज्ञा दिएका छन् । भारतको नयाँ दिल्लीमा हाइड्रोलिक परिक्षण बारे जानकारी लिएर फर्केकाहरु, अब पनि सिलिण्डरहरु परिक्षण नगरि प्रयोग गरिने हो भने यो घर घरमा सिलिण्डर बम बन्न सक्ने खतरा रहेको औंल्याउँछन् ।   
 
सिलिण्डर जथाभावी गुडाउँदा,  फ्याँक्दा पातलिएर पड्किने खतरा हुन्छ । ग्यास जस्तो संवेदनशील पदार्थ यसरी गुडाउन र फाल्न त नहुने हो तर भइरहेको छ यही । गोदाममा मात्र होइन, ग्यास बिक्रेता र कम्पनीमा समेत थुप्रै सिलिण्डर राखिएको हुन्छ, जहाँ सिलिण्डर गुडाउने र फ्याक्ने गरिन्छ ।  
 
ग्यास सिलिण्डर दयनीय अवस्थामा छन्, तिनले अनाहकमा धेरै मानिसको ज्यान लिन सक्छ भन्ने थाहा हुँदाहुँदै ग्यास कम्पनीका संचालकहरु र नेपाल आयल निगम कानमा तेल हालेर बसेको छ । एलपी ग्यास उद्योग संघका केन्द्रीय सदस्य रन्जित सिंह भन्छन्, "केही समय अघि फुटरिङ काटिएका यस्ता सिलिण्डरहरु प्रशस्त बजारमा देखिन्थ्यो तर अहिले यस्ता सिलिण्डरहरु छैनन् ।"   
 
अहिले संचालनमा रहेका ३२ वटै ग्यास कम्पनीका संचालकले यस्तै सोचेर त होला नि घातक ग्यास सिलिण्डर बेचेर लाखौ कुम्ल्याइरहेको । बजारमा रहेका नेपाल ग्याँस, साल्ट ट्रेडिङको हालै बजारमा आएको एससीटी ग्याँस र पर्ूवाञ्चल क्षेत्रमा विक्री वितरण हुँदै आएको कोसी ग्याँसका सिलिण्डर प्रायः अन्य सबै कम्पनीले नेकरिङ र फुटरिङ्ग परिवर्तन गरि प्रयोग गरेका छन् ।   
 
जहाँ अन्याय-अत्याचार हुन्छ, त्यहाँ व्रि्रोह हुन्छ । त्यसैले त ग्यास कम्पनीका संचालकले गरिरहेको अन्याय विरुद्ध ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल आक्रोशित छन् । ग्यास कम्पनीका संचालकको गैरजिम्मेवारपनकै कारण ठूलै दर्ुघटना हुन सक्ने चेनावनी उनले दिएका छन् । "सिलिण्डरहरु पड्कडा हुने क्षति हामीले सोचेभन्दा निक्कै बढी हुन्छ । भारतमा भएको एउटा घटना पछि उसले ग्यासमा निक्कै कडाइ गरेको छ तर नेपालमा भने त्यस्तो हुन सकेको छैन," उनले भने ।   
 
उनले त्यसै यति हृदयस्पर्शी कुरा गरेका होइनन् । विगतमा भएका केही घटनाले नै यिनको कुरालाई पुष्टि गरिदिन्छ ।  
 
काठमाडौंमा पटक पटक ग्यास सिलिण्डर पट्केका र लिकेज भएर मानिसको ज्यानै गएको घट्ना सुनिन्छ । सिलिण्डर पट्केकै कारण काठमाडौमा माओवादी सभासद् रामकुमारी यादवको ज्यान गयो । धर्मस्थलीका एकै घरका दर्ुइ जनाको ज्यान गएको थियो । अघिल्लो वर्षअसार ६ गते विकेश र बिमला महर्जनको अनाहकमा ज्यान गएको थियो । ग्यास बिक्रेता महासंघले मृतकका परिवारलाई साढे चार लाख रुपैयाँ क्षतिपर्ूर्ति दिएर घट्नालाई थामथुप पार्‍यो । गत महिना स्यांजा र नयाँ बानेश्वरमा पनि यस्तै घट्ना भयो । यी त पछिल्ला प्रतिनिधि घटना मात्र हुन्, यसअघि पनि यस्ता धेरै वटा घट्ना भएका छन् । अनि यस्तै घटना दोहोरिने खतरा झन्झन् बढिरहेको छ ।   
 
ग्यास कम्पनीका मालिकहरुले र्सवसाधारणको ज्यान जांदा समेत कुनै चिन्ता लिएका छैनन्, कमाउ धन्दामै मस्त छन् । तर, जनताको जीऊधनको रक्षा गर्छर्ुुनेर कहिल्यै नथाक्ने सरकार पनि यो मामिलामा चुपचाप देखिन्छ । ग्यास सिलिण्डर पड्केर र्सवसाधारणको ज्यान गएको कुरा समेत थाहा पाउदो रहेनछ, ग्यांस बिक्री बितरणको स्वीकृति दिने नेपाल आयल निगम । निगमका कार्यकारी निर्देशक दिगम्बर झा भन्छन्, "अब हामी ग्यास सिलिण्डरहरुको कडाइका साथ अनुगमन गछौर्ै र खतनाक सिलिण्डरहरु भेटिएकै ठाउमा नस्ट गर्ने योजना छ ।"  
 
तर, केही साता अघिमात्र ललितपुरको सानागाउँमा तारा ग्याँसले अन्य कम्पनीका खाली सिलिण्डर जम्मा गरेको पाइयो । तर उसलाई पनि कारबाही भएको छैन ।     
ग्यास कम्पनीका मालिकहरु आयल निगमकै कारण ग्यासमा भद्रगोल भएको दावी गर्छन् । ग्यास उद्योग संघका केन्द्रीय सदस्य सिह भन्छन्, "सरकारले कति ग्यास कम्पनी चाहिने हो भनेर तोकेको छैन भने अनुगमन संयन्त्र नबनाएर लामो समयसम्म निगमकै कारण ग्यासमा भद्रगोल भएको हो ।"    
 ग्यास कम्पनी सञ्चालनको अनुमति दिने निकायले नै सिलिण्डरको अनुगमनमा चासो देखाएको छैन । अब कसले हटाउला पुराना र बिष्फोटको खतरा रहेका ग्यास सिलिण्डर भन्ने प्रश्न उठेको छ ।  
 
फुटरिङ काटिएका र पुराना सिलिण्डर खतरा मात्र छैनन् । यस्ता सिलिण्डरभित्र फोहोर टासिन्छ, ग्यास ठोस बनेर बस्छ, यही कारण यस्ता सिलिण्डरका लागि पैसा पुरै तिरे पनि ग्यास भने कम मात्र पाइन्छ । एक कम्पनीले अर्को कम्पनीको सिलिण्डरको पिध काटेर प्रयोग गर्ने, नियमित हाइड्रोलिक टेस्ट नगर्ने, जथाभावी रुपमा राख्ने र गुडाउने गर्दा सिलिण्डरहरुको आयु त घटेको छ नै, यस्ता सिलिण्डरमा हुनु पर्ने जति ग्यास समेत हुँदैन । अझ पछिल्लो समय त अन्य ग्याँसका सिलिण्डरमा बढी तौल भएका नेकरिङ्ग र फुटरिङ्ग जोडिदिएपछि उपभोक्ताले पैसा तिरेको परिमाणमा ग्यासको तौल समेत हुँदैन ।   
 
उपझोता सुदीप कार्की भन्छन् मलाई त अहिलेसम्मम यसबारे जानकारी नै छैन । आयल निगमले नै यस्ता कुरामा मौन र्समर्थन गरेर ग्यास कम्पनीहरुलाई मनपरी गर्ने छुट दिइरहेको बेला उपभोक्ताले जानकारी पाउन पनि कसरी ? थाहा पाएर पनि गर्नु पो के छ र ? त्यसैले जे जति ठगिए पनि चुप छन्, बिचरा उपभोक्ता । ग्यास विक्रेता संघका अध्यक्ष अर्याल भन्छन्, "उपझोक्तालाई जानकारी नै नभएको बिषयमा कसरी बोल्न सक्छन् ।"   
 
जताततैबाट उपभोक्ता ठगिंदा रहेछन् । आम उपभोक्ताले १३ सय २५ रुपैयामा खरिद गरिरहेको ग्यास सिलिण्डर ठूला होटललाई भने सस्तोमा दिईदो रहेछ । दर्ुइ सय रुपैयाँ सस्तो । हो, ठूला ठूला होटलले प्रतिसिलिण्डर ११ सय ५७ रुपैयाँ मात्र तिरे पुग्छ । ठूला होटलहरुले राजश्व तिर्दा ग्यासमा तिरेको राजश्व फिर्ता लिन्छन् जसले गर्दा होटललाई ११ सय ५७ र र्सवसाधरणलाई १३ सय २५ परेको छ ग्यास विक्रेता संघका अध्यक्ष अर्यालले भने, "ग्याँसमा भ्याट छुट गरे यो विषय टुगिन सक्छ । यो ग्यास बिक्रेताले नै दिएको जानकारी हो ।"     
 
नेपालमा आधा भन्दा बढी ग्यास ठूला होटलमै खपत हुन्छ । अहिले नेपालमा मासिक १४ देखि १५ हजार मेटि्रक टन ग्यास खपत भइरहेको छ भने यो परिमाणको ग्यासका लागि १० लाख सिलिण्डरहरु प्रयोग भइरहेको छ । गरिब उपभोक्तालाई महङ्गो र ठूला होटललाई सस्तोमा ग्यास सिलिण्डर दिने कुरा न्यायोचित छैन । यद्यपी ठूला होटल र र्सवसाधारणलाई एउटै मूल्यमा ग्यास उपलब्ध गराउने प्रयास भने नभएको होइन । ग्यासलाई भ्याट छुट बनाउने प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएन ।   
 
२०२८ सालमा नेपालमा ग्यास भित्रिएको  रहेछ । २०४६ सालपछि मात्र उपभोक्ताले यसको बढी प्रयोग गर्न थालेका रहेछन् । तर, ग्यास सिलिण्डरहरुको अहिलेसम्म एक पटक पनि हाइड्रोलिक टेस्ट भएको छैन् । जबकी दर्ुइ पटक टेस्ट भइसक्नु पथ्र्यो । तर यस्तो परिक्षण गर्ने तरिकाकै टुंगो लागेको छैन् रे ।  
 
देशमा ग्यासको उपयोग बढिरहेको छ । अब पनि पुराना सिलिण्डरको परिक्षण नगर्ने हो भने खतरा झनै बढ्ने छ । अनाहकमा धेरै जनाले ज्यान गुमाउनु पर्नेछ । यस्ता थोत्रा सिलिण्डरको हाइड्रोलिक परिक्षण गरी थप दर्ुघटना हुन नदिन बेलैमा सचेत हुनु पर्दछ । अनि थोत्रा, फुटरिङ काटिएका सिलिण्डरमा कम ग्यास भरिएर उपभोक्ता ठगिने क्रम रोक्न पनि ढिलो भैसकेको छ । तत्काल यो कार्य सम्भव नभए घातक सिलिण्डरबाट हुने क्षतिको उचित क्षतिपर्ूर्ति दिने कानुनी ब्यवस्था गरिनु पर्दछ । यसका लागि बेलैमा जनताको आवाज नसुन्ने राज्य र कमाईमा मात्र ध्यान दिने ग्यास उद्योगीहरुलाई उपभोक्ताको प्रचुर दबाब चाहिन्छ ।     
 
एरोटेक र गृहलक्ष्मीलाई पनि कारबाही     
 

सुगम ग्यासको निरिक्षणका क्रममा उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदनमा सिलिण्डर उत्पादक एरोटेक प्रालि र गृहलक्ष्मी मेटल इण्डस्टि्रज विवादमा तानिएका छन् । सुगम ग्यासका लागि नेकरिङ्ग र फुटरिङ्ग चितवनको भण्डारास्थित गृहलक्ष्मी मेटल इण्डस्टि्रजमा उत्पादन भएको पाइएको छ । एलपी ग्यास सिलिण्डर उत्पादक कम्पनीको रुपमा परिचित गृहलक्ष्मीले छुट्टै फुटरिङ्ग र नेकरिङ्गमात्र उपलब्ध गराइ नेपा पेट्रोलियम ट्रेड लिंकलाई सहयोग गर्नुले सिलिण्डर उत्पादक उद्योगको उद्देश्य विपरित रहेको प्रतिवेदनमा औल्याइएको छ । रामपुर, बाराअर्को सिलिण्डर उत्पादक कम्पनी एरोटेकले सिलिण्डरमा आवश्यक पर्ने फुटरिङ्ग तथा भल्व प्रोटेक्सन रिङ्ग   -नेकरिङ्ग) वीरगंजको लिंकस इन्जिनियरिङ्गबाट खरिद गर्ने गरेको भन्दै निरिक्षण प्रतिवेदनले एरोटेकले सात वर्षेखि अर्को कम्पनीसाग फुटरिङ्ग तथा नेकरिङ्ग खरिद गरिरहेको उल्लेख गरेको छ । सिलिण्डर उत्पादनका लागि आवश्यक सबै सामान आफ्नै उद्योगमा बनाउनुपर्नेमा उद्योग स्थापनाको उद्देश्य विपरित काम गर्ने गृहलक्ष्मी र एरोटेक प्रालिले औद्योगिक व्यवसाय ऐन, २०४९ को बर्खिलाप गरेकेा प्रतिवेदनमा औंल्याइएको छ । निरिक्षणका क्रममा अमलेखगन्जको नेपाल सिलिण्डर प्रालिमा भेटिएका बाबा र सहारा ग्याँसको सिलिण्डरमा साल्ट ट्रेडिङ्ग कर्पोरेसनले हालै बजारमा ल्याएको एसटीसी ग्याँसको फुटरिङ्ग पाइएकाले निरिक्षण टोलीले त्यी सिलिण्डरहरु नियन्त्रणमा लिएको जनाएको छ ।
 

Posted on: 2011-Jul-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar