04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक गतिविधि

19 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

नबिलद्वारा विद्यालयलाई सहयोग

 
नबिल बैंकले दाङको एक प्राथमिक विद्यालयको पर्ूवाधार विकासमा सहयोग गर्ने भएको छ । सेभ द चिल्डे्रनको एडप्ट अ स्कुल कार्यक्रमअर्न्तर्गत दाङको धनौरीस्थित रात्रि प्राथमिक विद्यालयको दर्ुइ कक्षा कोठा निर्माण, खेलकुद र मनोरञ्जनका सामग्रीका लागि सहयोगस्वरुप बैंकले ५ लाख रुपैया“ प्रदान गर्ने भएको हो । 

 
बीओकेका थप दर्ुइ एटीएम  

 
बैंक अफ काठमान्डूले राजधानीको सुन्धारास्थित सिभिल मल र त्रिपुरेश्वरस्थित ब्लर्ुबर्ड मलमा एटीएम काउन्टर थप गरेको छ । यी सहित बीओकेका एटीएमको संख्या ४७ पुगेको छ ।  

 
एलजीका चार नया“ सेट बजारमा

 
मोबाइल बजारमा सिजी इम्पेक्सले एलजीका चारवटा नया“ मोडेलका सेट बजारमा ल्याएको छ । कम्पनीले साढे २४ हजार रुपैया“ पर्ने एलजी पी ५००, साढे ५ हजार पर्ने पपाया १३००, ९ हजार पर्ने रोजमेरी ३१०, ५ हजार ३ सय पर्ने ए १६५ मोडलका सेट बजारमा ल्याएको हो । सबै सेटमा दई सिम राख्न मिल्ने सुविधा छ । साथै एमप्रि्री र एमपिफोर प्लेयर, रेडियो एफएम, क्यामरा, जीपीआरएस, वाइफाई चलाउन सकिने सुविधा छ । कम्पनीले प्रत्येक सेटमा २ जिबीको मेमोरी सित्तैमा र एक वर्षो वारेन्टीसमेत दिएको छ ।

 
  जनता बैंक ताप्लेजुङमा

 
    पहिलो वाणिज्य बैंकका रूपमा जनता बैंकले सेवा प्रारम्भ गरेको छ । सदरमुकाम फुङलिङ शाखामा वैशाखको तेश्रो सातादेखि कारोबार शुरु भएको हो । बैंकको प्रमुख जिल्ला अधिकारी देवराज ढकालले उद्घाटन गरेका थिए । यो बैंकको सातौं शखा हो । बैंकको कुल पु“जी २ अर्ब रहेको छ । पा“च रुपैया“मै खाता खोल्न सकिने बैंकमा पहिलो दिनमै खाता खोल्नेको भीड लागेको थियो । ग्रामीण तथा दर्ुगम क्षेत्रमा समेत कम्प्युटर सेवासहित उपशाखा विस्तार गर्न लक्ष्य लिएको बैंकका प्रमुख सञ्चालन अधिकृत प्रमोद बोहराले बताए । बैंकले चालू आर्थिक वर्षभत्र विराटनगर, रौतहट, बिर्तामोड, इनरुवा, बुटवल र भक्तपुरमा शाखा खोल्ने तयारी गरेको बोहोराले जानकारी दिए ।

 
  टुरिजम डेभलपमेन्ट बैंकको बैतडीमा शाखा

 
  काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले बैतडीमा शाखा स्थापना गरेको छ । सो शाखाबाट वैशाख २० बाट औपचारिक कारोवार सुरु गरेको बैंकले जनाएको छ । बैतडी शाखाकोे बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज क“डेल, बैतडी जिल्ला न्यायाधीश स्वीकृति पराजुली र बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिराज बिष्टले संयुक्त रूरुपमा उद्घाटन गरेका थिए ।   

 
राष्ट्रिय अर्थतन्त्रको उदीयमान क्षेत्रहरूमा बैंकिङ गतिविधि प्रवेश गराउ“दै मुलुकको भविष्यको एक महत्वपर्ूण्ा हिस्सा बन्ने दूरदृष्टिलाई आत्मसात् गर्दै बैंकिङ पहु“च नपुगेका ग्रामीण जनताको सेवा गर्ने प्रतिबद्धता पूरा गर्न बैतडीमा शाखा खोलिएको बैंकले जनाएको छ ।

 
  सो शाखाबाट विभिन्न ब्याजदरका शून्य मौज्दातमा सजिलो बचत खाता, साधारण बचत खाता, नारी बचत खाता, विशेष बचत खाता, पर्यटन सहयात्री बचत खाता, सुपर सेभिङ, मुद्दती खाता खोल्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बैंकले व्यापारिक पर्यटन विकास कर्जा, कर्जातर्फओभरड्राफ्ट, चालू पु“जी, स्थिर पु“जी, परियोजना कर्जा, साना तथा मध्यम व्यवसाय कर्जा, अल्पअवधि डिमान्ड कर्जा, हायरपर्चेज कर्जा, विपन्न वर्ग कर्जा, कन्सोर्टियम कर्जालगायत र उपभोक्ता कर्जातर्फघरकर्जा, सवारीकर्जा, व्यक्तिगत कर्जा, मार्जिन कर्जा, मुद्दती रसिद कर्जा, सरकारी ऋणपत्र कर्जा, शैक्षिक कर्जा वैदेशिक रोजगार कर्जा आदि प्रवाह गर्ने लक्ष्य राखेको छ ।  
 
ग्लोबल बैंकको सेवार् इपीएस टोपिक- ३ मा

 
  नेपाल सरकार र गणतन्त्र कोरियाबीचको सम्झौता अनुरूप गणतन्त्र कोरियामा नेपाली कामदार पठाउने सिलसिलामा कोरिया भाषा परीक्षाको लागि आवेदन संकलन गर्न तोकिएको मिति यही वैशाख १९ गते देखि वैशाख २२ गतेसम्म ग्लोबल बंैक लि.ले परीक्षार्थीहरूबाट परीक्षा शुल्कबापतको रकम संकलन गर्ने कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गरेको छ । उक्त कार्यको लागि ग्लोबल बैंक लि. ले वेद विद्याश्रम मा.वि, पशुपति, एन्फा टेक्निकल सेन्टर, च्यासल, ल्याबोरेटोरी स्कुल, कर्ीर्तिपुर तथा पर््रदर्शनीमण्डप, बुटवलमा आफ्ना करिब ८० जना जनशक्ति परिचालित गरी ३० वटा नगद संकलन काउन्टरबाट सेवा प्रदान गरेको थियो ।   

 
करिब ५७ हजार परीक्षार्थीहरूले आवेदन बुझाएको उक्त कार्यक्रममा रकम संकलन गर्ने कार्य छिटोछरितो रुपमा बैंकले गरेकोले आवेदकहरूलाई फारम बुझाउन सहजता महसुस भएको दाबी बैंकले गरेको छ उमेरलगायत अन्य कारणले अयोग्य देखिएका आवेदकहरूको परीक्षा शुल्क बैंकले तुरुन्तै संकलन केन्द्रबाटै फिर्ता गर्ने व्यवस्था पनि मिलाएको थियो । ग्लोबल बैंक लि.ले यस कार्यक्रमको पहिलो तथा दोस्रो संस्करणमा पनि उक्त सेवा प्रदान गरेको थियो ।

Posted on: 2011-Jul-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar