27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संविधानसभाको म्याद थप्ने किन ?

19 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
निर्धारित समयमा पाएको जिम्मेवारी पूरा गर्न नसकेर एक पटक जनताले समयावधि जपेर व्यूँताएको संविधानसभा फेरी घिटीघिटीको स्थितिमा पुगेको छ । जनताले डोको र नाम्लो गरेर चुहाएको पसिनामा पौडेर आनन्द लिन पल्केकाहरु पुनः संविधानसभाको म्याद थप्ने षडयन्त्रमा लागेका छन् ।   
 
नथपिएर संविधानसभा विघटन भयो भने देशमा अनिष्ट हुन सक्ने, पहाडै खस्ने जस्ता कुरा गरेर जनतालाई तर्सर्ाा पनि यिनीहरु अनेकानेक काल्पनिक डर, त्रास देखाउन थालिरहेका छ । उनीहरुको यो तर्कमा, बोलीमा कति वेइमानी र स्वार्थ लुकेको छ, त्यो कुरा उनीहरुले संविधानसभाले निश्चित अवधिमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर थपेको समयमा समेत पुनः त्यस्तै नालायकीपन र्छलङ्ग हुन आएकोमा 'चुँ' सम्म नगर्नुबाट सबैमा स्पष्ट भएको छ । यिनीहरु के-के न हुन्छ भन्ने प्रचारबाट जनतालाई झुक्याउन चाहन्छ, त्रास देखाएर ।   
 
  संविधान किन समयमै बन्न सकेन ? थपेको म्यादमा पनि किन यो पूरा गर्न सकिएन ? म्याद थप्नेहरुबाट कुनै त्रुटी भएको थियो ? अथवा देशको स्वार्थ प्रतिकुल उनीहरुले केही गरेका थिए, या म्याद थपि माग्नेहरु नालायक र निहीत स्वार्थी थिए र संविधानले थपिएको समयमा पनि पर्ूण्ाता पाउन सकेन ? पहिले यसको निक्र्यौल हुनु आजको राजनीतिमा अति आवश्यक कुरो भएको छ ।  
 
अन्यथा, अर्को पटक थपिने समय पनि यसै गरेर वित्ने छ भन्ने कुरामा जनताले शंका किन नगर्ने ? के ग्यारेन्टी छ कि (यो थपिएको समयमा बन्छ र हिजोकै जस्तो हुँदैन भन्ने ? यस सम्वन्धमा कुनै नेता, सभासद्ले मुख खोलका छैनन् । जति नवनोस् उनीहरुलाई उति ठिक । कौडीमा नविक्ने बोलीले लाखौ कमाइराखेको समयलाई, रातो पासपोर्टबाट धनरक्षा गर्ने मौकालाई किन छोट्याउन अघि र्सर्ने, भोलि यो आम्दानी र यो सुविधा कसरी कहाँ ? आदिआदिले हुडलिएको मनको वास्तविकतालाई जनताको सामु कसरी व्यक्त गर्ने ? मनमा यही द्वन्द्वहरु हैन त ? हैन भने कस्को गल्तीले संविधान दिन नसकेर देशलाई भड्खालोमा धकेलिदैछ त्यो कुरा स्पष्ट रुपमा आफूलाई सांसद भन्न मन पराउने र नेतृत्वपंक्तिमा देखा पर्ने नेतृत्ववर्गले जनताको सामु स्पष्ट गर्नु पर्‍यो ।   
 
पहिलो पटक समय थप गरेर संविधानसभाबाट निस्कदा प्रत्येक नेताहरुले जनतालाई दिएको आश्वासन 'चार महिना भित्रै हामी जनतालाई संविधान दिन्छौ' लाई सम्झेर संविधान निर्माणको लागि म्याद थप गर्ने माग गर्नु भन्दा पहिले आजका पार्टर्ीीेताहरु र सांसद सारा मिलेर टुँडिखेलको खुलामञ्चमा अथवा संसद भवनमै भएपनि लामवद्ध उभिएर दर्ुइ हातले कान समाएर जनतासँग 'त्यो भूल दोहोर्‍याउँदैनौ' भनेर माफी नमागेसम्म जनताले कुन विश्वासमा पुनः म्याद थप्ने ? कुन आधारमा, यिनीहरु सुध्रिन्छन् भन्ने ठान्ने ?    
 
समय छदै, देखावटी लाज त्यागेर देशमा फैलिएको अराजकता, दण्डहीनता, अभाव, महंगी र असुरक्षा आदिआदि बारे जनप्रतिनिधिले दायित्वबोध गरेर जनतासामु नेता र सांसदहरु सबै मिलेर उभिउन् र यो स्थितिको जिम्मेवारी स्वीकार्दै यसबाट देशलाई मुक्तगर्ने शपथ लिऊन, तव मात्र संविधासनभाको पुनः म्याद थप्ने बारे जनतासित चर्चा गरुन् । अन्यथा नेताहरु जनआक्रोशको शिकार बन्ने छन् । त्यस्तो काम नगरुन् । यो सानो हाम्रो सुझाव हो । जुन जनताको भित्री मनबाट निस्केको आवाज हो । जनताले धेरै सहे, सहनै नसकिने स्थिति सामना गरेर पनि सहे, यता उनीहरुको सहन शक्तिले पनि जवाफ दिइरहेको बेला छ - जनप्रतिनिधि भनाउनेहरु सजक हुन् ।   
 
 
अन्त्यमा, संविधानसभा विघटन भयो भने 'यो हुन्छ र त्यो हुन्छ' भन्ने कुरा लूट मच्चाइरहेकाहरुको प्रचार हो भन्ने कुरा जनताले बुझेका छन् । जनता आज खुलेआम भन्न थालेका छन् - अव यो भन्दा नराम्रो गति नै के छ र, जनताले दर्ुगती भोग्न बाँकी नै के छ र ! दर्ुगतिको डर मान्ने - राष्ट्रियता र राष्ट्रिय अस्तित्व आज देशमा फैलेको व्यापक हिंसा, अराजकता, दण्डहीनता, लुट र चोरीको जकडमा परिसकेको अनुभव गर्ने जनता खुलेआम भन्न थालेको सुनिन्छ - "हामी नेपाली अव खसौला नै कहाँ, यति खसी सकेका छौै कि अब खस्ने ठाउँ नै छ कहाँ - यति गिरीसकेका छौ कि अब गिर्ने ठाउँ नै कहाँ छ र !"  
     

Posted on: 2011-Jul-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar