04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुनियोजित आक्रमणबाट बालबाल बचंे

13 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

जेठ २० गते राजा रानी र युवराजको लास एउटै ठाउ“मा राखिएको थियो । युवराज दीपेन्द्रलाई राजा घोषणा गरिए पनि उनको मृत्यु भइसकेको थियो । रानीको टाउको नै उडेकाले गुडिया बनाएर जोडिएको थियो । बेलुका ४ बजे स्वयम्भूवाट राजारानीको शवयात्रा शुरु भयो । जब म शव यात्राका साथ स्वयम्भू पुगे मेरो मोटरमा ढुंगा वर्सिन थाल्यो । जिन्दावाद मर्ुदावादको नारा घन्कियो । त्यही दिन मलाई मार्ने सुनियोजित षड्यन्त्रभएको रहेछ । 
 
 
 
त्यो दिनको घटना भन्नुभन्दा अघि राजदरबार हत्याकाण्ड भएको दिन -२०५८ जेठ १९ गते शुक्रबार) को एउटा घटना बताउछु । यो घटनालाई मैले यो प्रसंगसंग जोड्न खोजेको मात्र ह“ु । राजा कहा“ हरेक शुक्रबार राजपरिवारका सदस्य र शाही नातेदारहरूको भोज हुने गथ्यो । त्यो दिनको -२०५८ जेठ १९) को भोजमा कसैले सल्लाह दिएछ कि प्रधानमन्त्रीलाई पनि बोलाउनु पर्छ भनेर । अनि राजा वीरेन्द्रले भने छन्- हैन, हैन उसलाई बोलाउनु हु“दैन । किनभने ऊ अर्कै खाले मानिस हो । हामी रक्सी खाएपछि जथाभावी बोल्छौं । एउटाले एउटा कुरा गर्छ अर्कोले अर्को । यहा“ महिलाहरू पनि हुन्छन् । उसलाई नबोलाउनु है भनेर राजाले रोके । अब त्यो दिनको कुरा के भयो भने अधिराजकुमार ज्ञानेन्द्र र राजा वीरेन्द्रका कान्छा छोरा नीराजन चितवनमा थिए । चितवनवाटै त्यसैदिन ज्ञानेन्द्रले नीराजनलाई काठमाडौं पठाइदिए र आफू पोखरातर्फलागे । अब त्यो कागताली पर्‍यो वा जे पर्‍यो विचरा नीराजन पनि घटनामा मारिए । उनी -ज्ञानेन्द्र) चाहि“ बचे । राजा वीरेन्द्रले नबोलाउनु भनेकाले म त्यो रात दरबार जानु परेन र म पनि बचें ।   
 
 
अब राजारानीको शवयात्रावाट निस्क“दा म माथि योजनावद्ध रूपमा चारैतिरवाट ढुंगा प्रहार भयो । म चढेको वुलेटप्रुफ गाडी चकनाचुर भयो । मेरा अंगरक्षहरूहरूले हवाईफायर गरे । मलाई मोटरको बीचमा राखेर सुरक्षा गरे । घटनामा मलाई केही नभए पनि उनीहरू घाइते भए । म माथि आक्रमण भइरहेको देखेपछि एउटा मोटरसाइकलमा आएको मानिसले हेल्मेट लाउनुस् भनेर मोटरभित्र फालिदियो । सुरक्षाका लागि मलाई हेलमेट लगाइयो । हेलमेट फाल्ने मानिस को थियो मलाई अहिले पनि थाहा छैन । हेलमेट फाल्ने मानिस पछि कता गयो त्यो पनि मलाई थाहा भएन ।   
 
 
घटनावाट बचेर प्रधानमन्त्री निवास बालुवाटार पुग्दा सबै मन्त्रीहरू भागेर त्यहा“ पुगिसकेका रहेछन् । किन आएको भनेर मैले उनीहरूलाई सोधे- सबैले जवाफ दिए हैन बा“च्नै गाह्रो भयो के गर्ने । घर फर्केर आउ“दा मेरो कोटभरि सिसाका टुक्रा मात्र थिए । सिसाका टुक्राले जिउ घोची घाउ बनाएको थियो । कपडा फेरेर फेरि राजारानीको अन्तिम संस्कार कार्यक्रममा भाग लिन आर्यघाट जान्छु भने । आक्रमणवाट मेरो बुलेटप्रुफ गाडी त्यसरी ध्वस्त भइसकेको छ भन्ने मलाई त थाहै थिएन । सबै सिसा चकनाचुर भएको रहेछ । छत कच्याककुचुक्क भएको रहेछ । त्यो देखेर कसरी म सकुशल आउन सफल भए भन्ने लाग्यो मलाई ।  
 
 
मन्त्रीहरूलाई भने म पनि घाटमा जान्छु तिमीहरू पनि आउनु भनेर हि“डिहालें । उनीहरू पनि पछिपछि आए । घाटमा समेत मेरो विरोधमा मर्ुदावाद जिन्दावादको नारा लाग्यो । मेरो त चौपट थियो त्यो बेला । जीवनमा मैले धेरै पटक आक्रमणको सामना गर्नुपरेको छ तर यस प्रकारको खतरनाक आक्रमण भने मैले कहिल्यै बेहोनु परेन । त्यो आक्रमण स्वतस्फर्ूत भएको होइन सुनियोजित रूपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो । राजाले असहयोग गरे रक्षामन्त्री महेश आचार्य र गृहमन्त्री रामचन्द्र पौडेल थिए । २०५८ असार २८ गते रोल्पाको होलेरीमा माओवादीले ७१ जना प्रहरीको अपहरण गरे । सेनासंगको लामो छलफल पछि नै होलेरीमा सेना पठाउने निष्कर्षा सरकार पुगेको थियो । अपहरण भएका प्रहरीलाई मुक्त गराउने र लुटिएका हतियार फिर्ता गराउने जिम्मेवारी सेनालाई दिएको थियो ।  
 
 
सेनालाई होलेरी पठाउने विषयमा प्रधानसेनापति र जेनरलहरूसंग कुरा हुदा मैले भनेको थिए । तपाईंहरू सक्नुहुन्छ कि हुन्न ।या अझै समय लिनर्ुपर्छ कि के गर्नुपर्छ भन्नुस् । तर सेनाले जिम्मेवारी लिए पछि काम पूरा हुनर्ुपर्छ हैन सेना फेल भयो भने मुलुक नै फेल हुन्छ । ल भन्नुस् के गर्ने - ४-५ जना जेनरल थिए । उनीहरूले भने हैन हामी सक्छौं । हतियार फिर्ता गर्न र अपहरणमा परेका प्रहरी मुक्त गर्न । मैले भने- सक्ने भए जानुस् । अनि सेना पठाउने निर्ण्र्ााभयो । सेनाले होलेरी अपरेसनको बेस स्टेसन दाङमा स्थापना गरेको जानकारी मलाई दिएका थिए । हरेक दिन सेनाले प्रधानमन्त्रीलाई व्रिफ गथ्यो । एउटा ठूलो नक्सा राखेर उनीहरू भन्थे सेना यहा“ पुग्यो । यति एरिया हाम्रो कव्जामा छ । सेनाले मलाई -प्रधानमन्त्री) ब्गिब्रफ गर्दा रक्षामन्त्री महेश आचार्य पनि साथमा रहन्थे । तर उता दाङको सीडीओको रिपोर्ट आउथ्यो । आर्मीले त्यस्तो कुनै स्टेसन यहा“ स्थापना गरेको छैन ।   
 
  सारा गलत सूचना आर्मीले दिएका रहेछन् । राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको रिपोर्ट पनि सेनाभन्दा फरक आउछ । यता आर्मी चिफ होलेरी आर्मीको घेरामा छ भन्ने रिपोर्ट गर्छन् । मैले सेनाको रिपोर्टमा विश्वास गरे । घेराउ भएको थियो । तर जब माओवादीलाई घेराउमा पारेपछि फिल्डबाट फायर गरौ कि के गरौं भनेर आदेश मागियो तर आर्मी हेडक्वाटरले नो भनिदियो । अनि घटनास्थलमा खटिएका सेना माओवादीसंग हात मिलाएर फर्किए । यो घटनापछि राजा ज्ञानेन्द्रसंग मेरो नराम्रोसंग भगडा भयो । यता संसद्मा एमालेलगायतका दलहरूले सरकारलाई असफल बनाउन संसद अवरुद्ध गर्दै आएका थिए ।   
 
  त्यो बेला कांग्रेसका साथीहरूले समेत मलाई राजिनामा दिनर्ुपर्छ भनेर सुझाव दिएका थिए । म राजीनामा दिने मानसिकता बनाएर बसेको थिए । सबै मन्त्रीहरूलाई समेत थाहा थियो । त्यो बेलाको प्रसंगमा कुरा गर्दा यहा“ आफ्नै साथीहरूको प्रसंग आउ“छ । म यो कुरा भनुकी नभनु जस्तो लागिरहेको छ । -गिरिजाबाबु भन्नुस् यो प्रसंग अहिले प्रसारण नगरौंला) त्यतिबेला रामचन्द्रजीले भन्नुभयो- गिरिजाबाबु म राजीनामा गर्छर्ुु मैले भने- हैन रामचन्द्रजी तपार्इं किन राजीनामा गर्नुहुन्छ । म नै राजीनामा गर्छर्ुु तपार्इंलाई त केही दोष छैन । जव म नै दर्ुइ तीन दिनभित्र राजीनामा गर्दैछु भने तपाईंले किन राजीनामा गर्ने । त्यत्ति कुरा भयो । नमानेर रामचन्द्रजीले मलाई राजीनामा लेखेर दिनुभएको थियो । मैले उहा“लाई सम्झाउन भनेर रक्षामन्त्री महेश आचार्य र शिक्षामन्त्री आमोदप्रसाद उपाध्यायलाई पठाए । उनीहरूको भनाइमा पहिला त उहा“ राजीनामा नगर्न सहमत हुनुभएको थियो ।   
 
 
तर पछि गएर कसले उहा“को सानो फोन -मोबाइल) मा फोन गरेछ । कसले फोन गर्‍यो थाहा छैन । कि उहा“ले कसैलाई फोन गर्नुभयो । अहिलेसम्म पनि मलाई थाहा छैन । अनि रामचन्द्रजी आएर राजीनामा दिन्छु भन्न थाल्नुभयो । अन्ततः २०५८ असार २९ गते मेरो हातमा राजीनामा पत्र दिएर संसद्मा बोलेर राजीनामा दिनुभयो । त्यसको साता दिन नबित्दै साउन ४ गते मैले राजीनामा दिए । राजासंग एमाले महासचिव माधव नेपालजीको मनमुटाव बढेको बेला एक दिन उहा“ले मसंग भन्नुभयो- थाहा छ गिरिजाबाबु राजाले मसंग के भने होलेरीमा मैले आर्मी मुभ हुन नदिएको हो । धेरै ढिलोमात्र मलाई यो कुरा थाहा भयो । माधवजीले भनेको त्यो क्षण म विर्सन सक्दिन“ । सेना मुभ हुन नदिने आदेश राजा ज्ञानेन्द्रले दिएका रहेछन् । राजासंग मेरो सम्बन्ध ब्रि्रनुको एउटा कारण त्यो पनि हो ।       
(पत्रकार जगत नेपालद्वारा लिखित गिरिजाप्रसाद कोइरालाको आत्मवृत्तान्तमा आधारित 'आफ्नै कुरा' पुस्तकबाट) 

Posted on: 2011-Jul-13


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar