04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शान्तिप्रकि्रया अघि नबढेकोमा दलहरुको हिलो छ्यापाछ्याप

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 असार ८, काठमाडौं । शान्ति सम्झौता र अन्तरिम संविधानको गलत व्याख्या गरेकाले सेना समायोजन र शान्ति प्रकि्रया अघि बढ्न नसकेको भन्दै प्रमुख दलहरु एक अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।    व्यवस्थापिका संसद्को आजको बैठकमा सभासदहरुले शान्ति-प्रकि्रया र संविधान निर्माणको काम अघि नबढ्नुको दोष एकअर्कालाई लगाएका हुन् । बैठकको विशेष समयमा बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् देव गुरुङले सेना समायोजन र संविधान निर्माण जोडिए पनि नेपाली कांग्रेसको अडानले संविधान निर्माण अघि बढ्न नसकेको बताए । उनले वृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावनाविपरीत व्यक्ति र हतियार अलग गराउने दलहरुको अडानका कारण शान्ति प्रकि्रया अवरुद्ध भएको टिप्पणी गरे । माओवादी विशेष समितिलाई हतियार बुझाउने हो भने नेपाली सेनाले पनि सुरक्षा परिषद्मा हतियार बुझाउनुपर्ने तर्क उनले गरे ।     बैठकमा नेपाली कांग्रेसका सभासद् रमेश लेखकले परराष्ट्रमन्त्री उपेन्द्र यादवलेआफूखुशी राजदुत बोलाउन नपाउने भन्दै विधि र कानुनी राज्यको उपहास गर्दै मन्त्री यादवले राजदूत फिर्ता बोलाउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । पत्रकारमाथि आक्रमण गर्ने युवा संघ मोरङ्का अध्यक्ष पर्शुराम बस्नेतलाई पक्रन नसक्नु सरकारको निरिहता भएको भन्दै लेखकले अपराधीलाई संरक्षण गरेर राज्यले साचारकर्मीलाई उपेक्षा गरेको आरोप लगाए ।     नेकपा एमालेका सभासद् प्रदीप ज्ञवालीले थपिएको संविधानसभाको म्याद थपिएको तीन महिनामा पनि काम पूरा हुनेमा आशंका व्यक्त गरे । उनले बृहत शान्ति सम्झौतामा स्पष्ट रुपमा सेना समायोजनबारे उल्लेख भए पनि दलहरुले गलत व्याख्या गरेर समायोजन प्रकि्रया रोकेको बताए ।     मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सर्वदेव ओझाले पत्रकारमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भए पनि सरकारले कारवाही नगरेकाले दण्डहीनता मौलाएको भन्दै चिन्ता प्रकट गरे ।     यसअघि बैठकको सुरुमै समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सरकार कामचलाउ भइसके पनि आफूखुशी महत्वपूर्ण निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतका लागि नेपाली राजदूत रुक्मशमशेर राणालाई फिर्ता बोलाउन गरेको निर्णयप्रति रोष प्रकट गरे । प्रमुख प्रतिपक्षीको सहमतिबिना राजदूतहरुलाई फिर्ता बोलाउने भनी दिएको सार्वजनिक अभिव्यक्ति तत्काल फिर्ता लिन समेत प्रमुख सचेतक घिमिरेले परराष्टमन्त्री यादवलाई आग्रह गरे ।  


Posted on: 2011-Jun-23

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar