28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बहुदलीय प्रतिस्पर्धाका नाममा संस्थागत भ्रष्टाचार

3 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 म नितान्त राजनीतिक परिवारको व्यक्ति हुँ । तर मैंले राजनीतिमा आउँछु भनेर सोचेको थिइँन । जब म राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएँ, तब मैंले देश र जनताप्रति ठूलो जिम्मेवारी महशुष गरेको छु । विशेषगरी राप्रपामा आस्था राख्ने देशभरका कार्यकर्ता तथा तथा राष्ट्रियताको मुद्दामा चिन्तित सम्पर्ूण्ा जनताप्रति मैले यहाँ रहेर अहिले खँस्कदै गएको राष्ट्रियताको सवालमा सशक्त आवाज उठाइ लामो समयदेखि अनिर्ण्र्ााो बन्दी बन्न बाट मुलुकलाई मुक्ति दिने संकल्प गरेको छु । म विगतमा प्रत्यक्ष राजनीतिमा नदेखिएको भएता पनि सदैव मेरो बुबा -जोगमेहर श्रेष्ठ) सँग प्रायःजसो राजनीतिक कार्यक्रमहरुमा सरिक भइरहन्थे । हरेक राजनीतिक घटनाक्रमहरुलाई नजिकबाट नियाल्दै जानी-नजानी राजनीतिमा घुलमिल हुँदै आएको थिएँ । 

 

 
मैंले आफू स्वयं राजनीतिमा प्रवेश गर्ने बारेमा सोचेको थिइँन । म व्यवसायले इन्जिनियर भएर आफ्नै इन्जिनियरिङ पेसामा लागि रहेको थिएँ । गत वर्षबुबाको देहावसानपश्चात परिस्थितिले कोल्टे फेर्‍यो । हामीप्रति सद्भाव र विश्वास राख्ने देशभरीका साथीहरुले काठमाडौंको संगठनको रक्षार्थ मैंले राजनीतिमा प्रवेश गर्नुपर्ने सल्लाह सुझाव दिए । यर्सथ, म मेरो यो युवा जीवनबाट राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीे केन्द्रीय सदस्यका रुपमा राजनीतिक मैदानमा आएको छु । विभिन्न चरणका भेटघाट र छलफलपछि राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले मलाई यो जिम्मेवारी प्रदान गर्नुभएको छ । म यो जिम्मेवारी सम्हालेलगत्तै काठमाडांैका सबै नयाँ तथा पुराना साथीहरुलाई समेटेर संगठनलाई अझ बढी सुदृढ र संगठीत गर्ने अभियानमा लागेको छु ।        इन्जिनियरिङ पेसामा मेरो १५ वर्षलामो अनुभवपछि अब मैंले राजनीतिमा नयाँ अनुभव लिदैछु । राप्रपा स्वदेशमै स्थापना भएको राष्ट्रवादी पार्टर्ीीो । त्यसकारण सम्पर्ूण्ा राष्ट्रवादी र देशभक्तहरु एक भएर साझा विचार राख्ने थलोको रुपमा यो पार्टर्ीीई विकास गर्नर्ुपर्छ ।        जब म राजनीतिमा आएँ, त्यतिबेला एउटा नयाँ मुद्दालाई पनि बहसमा लिएर आएँ, निवार्चन आयुक्तले केही समयअघि ५० लाख मतदाता नक्कली भनिसकेपछि यसलाई गम्भीर ढंगले लियौं । यो अत्यन्त संवेदनशील मुद्दा पनि हो । यसले संविधानसभाको वैधानिकतामाथि पनि प्रश्न उठाएको छ । सत्ताबाट बाहिरिएपछि भारतविरुद्ध नाराबाजी गर्ने र राष्ट्रिय स्वाधीनताको कुरा गर्ने दलहरु यस मुद्दामा भने मौन छन् । यो दुःखलाग्दो कुरा हो । राष्ट्रिय स्वाधीनताको नारा त केवल भारतसँगको बार्गेनिङजस्तो भएको छ । राप्रपाले नक्कली मतदाताका सम्बन्धमा छानबिन माग गर्दछ र अहिले भइरहेको मतदाता परिचयपत्र वितरण नागरिकताको आधारमा मात्र हुनर्ुपर्दछ ।        अहिले देशको राजनीतिक  अवस्था एकदम कहालीलाग्दो र निराशाजनक छ । संविधानसभाले कयौंपटक प्रध्ाानमन्त्री चयन गर्न नसकेका उदाहरणहरु पनि हामीले देख्यौं । जुन एकदमै हाँस्यास्पद र लज्जाजनक थियो । १५ हजार नेपाली जनताको रगत खर्चेर ११ वर्षलामो जनयुद्धपश्चात् मुक्तिका लागि आगामी दिनमा कहिल्यै आन्दोलनमा उत्रन नपर्ने शर्तम्ाा अन्तिम पटक २०६२/६३ मा तीन प्रमुख दलहरुलाई जनताले साथ दिएका थिए । तर जनआन्दोलनपश्चात् संविधानसभामार्फ् नयाँ संविधान यी प्रमुख तीन दलको मुख्य प्राथमिकता हुनुपर्ने हो । तर विडम्बना विगत तीन वर्षेखि देश झन अन्योलग्रस्त अवस्थाबाट गुज्रीन बाध्य रहेको छ । देश सरकारविहीन जस्तो अवस्थामा छ, सरकारको उपस्थिति कहिंकतै पनि देखिदैंन । दण्डहीनताले प्रश्रय पाइरहेको छ । मूल्यवृद्धि, भ्रष्टाचार, बेरोजगारीले देश आक्रान्त भइरहेको छ । तर प्रमुख ३ दल अझै सत्ताको खेलमा लिप्त छन् ।        यसले जनतामा ठूलो नैराश्यता पैदा गरेको छ । कहिल्यै सहमतिको नाम लिएर नथाक्ने ३ प्रमुख दलहरु देशलाई निकास दिन असफलप्रायः भइसकेका छन् । देशलाई लामो समय अनिर्ण्र्ााो बन्दी बनाउने संविधानसभाको औचित्य पनि करिब-करिब समाप्त भइसकेको छ । देशलाई यस जटिल अवस्थाबाट निकास दिनका लागि यसको विकल्पबारे सोच्न आम जनता अब बाध्य भएका छन् ।        विद्यमान राजनीतिक परिस्थितिमा राष्ट्रलाई राजनीतिक सहमति अपरिहार्य छ । तर सहमतिको नाममा राष्ट्रलाई लामो समयसम्म अनिर्ण्र्ााो बन्दी बनाइराख्नु घोर अप्रजातान्त्रिक तथा गैरजिम्मेवार कदम हो । तर्सथ "राष्ट्रिय सहमति" भाषण र नारामा होइन, व्यहारमा लागू हुनर्ुपर्दछ । यसका लागि तीन प्रमुख दल आफ्नो दलगत स्वार्थबाट माथि उठेर सहमतिको खाका तयार पार्नर्ुपर्दछ । सहमतिका आधारमा प्रध्ाानमन्त्री को बन्ने होइन, कसरी संविधानसभाको प्रमुख दायित्व, संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने भन्ने कुरामा केन्द्रीत हुनर्ुपर्दछ । यसका लागि सबै सम्बन्धित पक्षले कबुल गरेका पर्ूव शर्तहरु इमान्दारीका साथ पालना गर्नु पर्दछ । "शान्ति" र "संविधान" का बारेमा प्याकेजमा सहमति नै अहिलेको राजनीतिक सहमतिको मुख्य आधार हुनर्ुपर्छ ।      (लेखक राप्रपाका केन्द्रीय सदस्य हुन्) 

Posted on: 2011-Jun-3


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar