18 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

व्यवसायी मैत्री ऐन बनाउन माग

5 - May-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
काठमाडौं ।  नेपाली बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनमा महत्वपूणर् भुमिका निर्बाह गर्दै आईरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले परामर्श क्षेत्रका लागि छुट्टै शैक्षिक परामर्श ऐन बनाउन सरकारसँग माग गरेको छ । संघद्वारा हालै आयोजित ‘एडुक्लेभ कार्यक्रममा संघका अध्यक्ष शेषराज भट्टराईले यस क्षेत्रको दिगो व्यवस्थापन साथै सुधारका लागि शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको बताएका थिय । उनले भनेका थिय, शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्नुपर्छ, हजारौँले रोजगारी पाएका यस क्षेत्रमा सरकारको चासो नहुनु विडम्बनाको विषय हो । नेपालमा हाल पाँच हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजार बढीले रोजगार पाएको उनको दाबी थियो । कार्यक्रममा सहभागीहरूले परामर्श क्षेत्रका लागि छुट्टै ऐन आवश्यक रहेकोमा जोड दिँदै मुलुकमा शैक्षिक जनशक्तिहरूका लागि अवसर सिर्जना गरेर विदेशिएका युवाशक्तिलाई स्वदेश फर्काउनु पर्ने बताएका थिय । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताएका थिय भने कांग्रेस नेता डा मिनेन्द्र रिजालले नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीहरूले प्रत्येक व्यक्तिले इच्छा अनुसारको शिक्षा पाउनु पर्नेमा जोड दिएका थिय  । शिक्षाविद डा विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्नेमा जोड दिँदै नीतिमा भन्दा नियतमा खोट रहेको बताएका थिय । उनले शिक्षा क्षेत्रमा जिम्मेवारी बहन गर्ने काम भएको छैन भन्दै उले शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्ने बताएका थिय । कार्यक्रममा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले स्वदेश तथा विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको आईटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको बताउँदै आईटी विद्यार्थीहरूले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको जानकारी दिएका थिय । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले बुझ्न आवश्यक रहेको बताउँदै भनेका थिय, हामी खराब छैनौँ, खराब गर्नेलाई रोक्ने नीति नियम बनाउनुपर्छ, त्यसमा हामी सहयोग गर्न तयार छौ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने विदेशिएका युवाहरू स्वदेश फर्किने बताएका थिय । कार्यक्रमका अर्का अथिती शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले शिक्षा क्षेत्रका विज्ञहरूलाई समेटेर नै काम गरिरहेको र शिक्षा बिधेक छिट्टै मन्त्रिपरिषदमा टेबुल गर्ने जानकारी दिएका थिय । उनले अब एनओसी २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउने प्रतिबद्धता समेत जनाएका थिय ।  दुई सिफ्टमा सम्पन्न भएको उक्त कार्यक्रममा बरिष्ठ पत्रकारद्धोय दिलभुषण पाठक र जगदिश खरेल, पुर्ब गर्भनर दिपेन्द्र विक्रम क्षेत्रिलगाएत कन्सल्टेन्सी सञ्चालकहरुको उपस्थिती रहेको थियो । त्यसैगरी हालै नेपाल शैक्षिक परामर्श संघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीसँग भेटघाट गरेको छ । संघका अध्यक्ष शेषकान्त भट्टराई सहितको टोलीले मन्त्रालयका सचिव अधिकारीसँग भेटघाट गरी ज्ञापन पत्र बुुझाएको थियो । जापानमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको हकमा जापानिज स्कुल, कलेज तथा विश्व विद्यालयबाट प्राप्त इााभच ीभततभच वा ब्मmष्ककष्यल ीभततभच गरेको आधारमा एनओसी जारी गरिदिने सम्बन्धि ज्ञापन पत्र बुझाइएको शैक्षिक परामर्श संघले जनाएको छ । सोही ज्ञापन पत्र केही दिन अगाडी क्यानले तत्कालीन प्रवक्ता शिवप्रसाद सापकोटालाई पनि बुझाइसकेको छ । ज्ञापन पत्र बुुझ्दै सचिव अधिकारी र तत्कालीन प्रवक्ता सापकोटाले यस विषयमा आफूहरु सकारात्मक रहेको बताएको संघले जनाएको छ । ज्ञापन पत्र हस्तान्तरण तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष भट्टराईसहित महासचिव दिपकराज भुसाल, सचिव भवनाथ हुमागाई, सल्लाहकार महेश कार्की, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका सदस्य बासु नेपाल लगायत सहभागी थिए ।  त्यसैगरी शैक्षिक परामर्स संघ कास्कीले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम सम्पन्न गरेको छ । संघले गत चैत ३० गते ‘इडीयू ३६०’ नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा कार्यक्रमको आयोजना गरेको थियो । एक दिने कार्यक्रममा तीन सेसन सम्पन्न भएको थियो । (इक्यान) कास्कीका उपाध्यक्ष एवम् संयोजक सन्तोष शाहीका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन र तेस्रोमा मुख्य वक्ताले विचार दिएका थिए । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश हमाल थिए भने अन्य वक्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्काय (जीपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपिल अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहेका थिए । कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत सहभागीता गराइएको थियो ।  ग्लोवल एजुकेशनका विषयमा शिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका थिए । कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीति निर्माणका विषयमा समेत छलफल भएको थियो ।  आयोजकले बैदेशिक अध्ययनका बारेमा बुझाउन यस्तो कार्यक्रम गरीएको र प्रभाबकारी भएको बताएको थियो । परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक तथा यस क्षेत्रसँग सरोकार राख्ने व्यक्तिको सहभागीता रहेको थियो

Posted on: 2024-May-5


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar