27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विद्यार्थीको हितमा ध्यान दिनुपर्छ

19 - Jan-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
काठमाडौं मुलुकको आर्थिक अबस्था संकटपूणर् बनिरहेको बेला शैक्षिक परामर्स ब्यबसाय कसरी सञ्चिालन गरीरहनुभएको छ ? हो, अहिले आर्थिक संकटले मुलुकलाई गाँजेको छ, त्यसको मारमा हामी जस्ता शैक्षिक परामर्सदातृ संस्थादेखि विभिन्न पेसा, ब्यबसाय, तह र तप्काका मानिसहरु परिरहेका छौ । यसका बाछिटाले हामीलाई पनि संिकटमा पारी रहेको छ । तथापि नेपाली बिद्यार्थिहरुमा उच्चशिक्षा अध्यनकोलागी बाहिर जाने क्रम नघटेको हुनाले र विदेशिहरुले पनि नेपाली बिद्यार्थिलाई अध्यनमा नरोकेको हुनाले हाम्रो ब्यबसायमा त्यस्तो संकटकै अबस्था छैन, निराशै हुने अबस्था छैन । तर राज्यको दृष्ट्रिकोण र नीतिगत तहमा हाम्रो उनुपस्थिति नहुँदा एवं विदेशि गनतब्य मुलुकको भिसा सिष्टममा स्पष्टता नभएको र कतिपय अबस्थामा कतिपय देशले भिसा सिष्टममा कडाई गरेको हुँदा हामी अवसर र संकटको विचमा रहेका छौ । हामी हाम्रो समस्याका बारेमा सजग छौ, राज्यले हाम्रो ब्यबसाय प्रति लिने सक्ने अबरोध बारे पनि हामी सजग छौ । यसैका सन्दर्भमा पहिले घरौटिको विषयलाई लिएर झण्ड आन्दोलननै गर्नुपरेको अबस्थाबाट पनि हामी भोलीका लागी सजग छौ । हाम्रा ब्यबसाय विरुद्धका गतिबिधिहरु हाम्रालागी स्वीकार्य हुँदैनन् । इक्यानको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा मैले यो कुरालाई पनि ख्यालमा राखेर शैक्षिक परामर्सदातृ संस्थाका हितमा अगाडि बढिरहेको छु ।  नीतिगत रुपमा कस्तो अबस्था छ त ? नीतिगत रुपमा हिजोका हाम्रा जुन खालका एजेण्डाहरु थिय, समस्याहरु थिय म इक्यानको अध्यक्ष भएर आई सकेपछि मेरो नेतृत्वमा धरौटिका सन्दर्भमा हामीले एउटा टुङगोमा पुर्यायौँ । हामीले शैक्षिक परामर्स ब्यबसायमा धरौटि आबाश्यक छैन, चाहिँदैन भन्ने अबस्थामा पुर्यायौ । भोलीका दिनमा यो क्षेत्रलाई कसरी मर्यादित र ब्यबस्थित बनाउने, शैक्षिक परामर्स ब्यबसायमा आबद्ध ब्यबसायलाई नीतिगत रुपमा कसरी सबल र सरलीकृत गर्ने भन्ने सन्दर्भमा चाहि अझै काम गर्नुपर्ने छ । त्यसका आधारमा यो ब्यबसायलाई अझ राम्रो बनाउने गरी हामीप्रतिका राज्यका नियामक निकायहरुसँग बसेर काम गर्ने, छलफल गर्ने पनि गरीरहेका छौ ।  शिक्षा सचिबले एउटा अन्तवार्तामा सरकारले शैक्षिक परामर्स संस्थाबाट धरौटी लिई छोडछ भन्नुभएको थियो । तपाईले यो नलिने बनाएको कुरा गर्नुभयो अहिले सरकारको नीति बदलियको हो, यसमा तपाईहरु विस्वस्त हुनुहुन्छ ? हामी विश्वस्त छौ । किनभने शिक्षामन्त्रालयले बिद्यालय शिक्षा ऐनको संशोधन गरी रहँदा पनि यो ब्यबसायलाई मर्यादित बनाउने भन्ने कुराचाहिँ भएको हो तर धरौटी लिने, त्यसकालागी ऐन शंसोधन गर्ने कुरा भएको छैन भन्ने कुरा आएको छ । त्यो हाम्रोलागी सकरात्मक कुरा हो । तथापि विद्यालय शिक्षामा होइन हामी त उच्चशिक्षा अन्तर्गग पर्छौ भन्ने थियो । त्यसमा जताबाट आए पनि हामीलाई धरौटी नचाहिने भन्ने कुराभएको छ । हामीले नीति निमार्ता तह सम्म पुगेर यसकारण हामीलाई धरौटी लिनुपर्दैन भन्ने कुरा बुझाएका छौ र त्यसको तयारी पनि गरी सकेका छौ ।  तपाईको नेतृत्वमा अघि बढिरहेको इक्यानले के कुरालाई फोकस गरीरहनुभएको छ ? मेरो नेतृत्वको इक्यानले दुई, तिनवटा कुरालाई आफनो उदेश्य बनाएको थियो । हामीप्रति राज्य तथा समाजको दृष्टिकोण, पब्लिक डोमनमा मिडिया, नागरिक समाज लगायतको दृष्टिकोण परिवर्तन गराउन धेरै सफल भएका छौ । विद्यार्थी विदेश जानुको मुख्य कारण नै कन्सल्ट्यान्टहरू हुन् भन्ने धारणलाई परिवर्तन गरेका छौ । कन्सल्टेन्सीहरुको भुमिका महत्वपूणर् छ, हुनुपर्छ, प्रोफेसनल हुनुपर्छ, इन्ट्रिग्रेटेड हुनुपर्छ भन्ने तरिकाले काम गरिरहेका छौ । अझ यसलाई स्पष्ट रुपमा भन्दा इक्यानका गतिविधिलाई व्यावसायिक हित र सामाजिक उत्तरदायित्व भित्र केन्द्रित गरेका छौ । सदस्यहरूको सशक्तीकरणका कार्यक्रम, विभिन्न तालिमहरू भइरहेका छन् । यसले इक्यानको गतिबिधि र सक्रियता बढेको छ । हामीले यो बीचमा इक्यानलाई एउटा सशक्त संस्थाका रूपमा स्थापित गर्न सफल बनाएका छौ भन्ने लाग्छ । यसबीबमा हामीले प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न निकायहरूलाई अहिलेको बास्तविक अबस्था यस्तो छ भनेर बुझाउन सफल भएका छौ । पहिले हाम्रो फोरममा मन्त्रीहरू आउने, नीति निमाणर् तहका ब्यत्तित्वहरु आउने अवस्था थिएन । अहिले हाम्रा विभिन्न इभेन्ट्स तथा फोरममा उहाँहरू आउने गर्नुभएको छ । उहाँहरुले बोलाएका विभिन्न ठाउँमा गएर हामीले पनि हाम्रा कुरा राखेका छौ । इक्यानलाई सबैले चिन्ने र बुक्ने वातावरण बनेको छ । डिप्लोम्याटिक इन्गेजमेन्टमा पनि हामीले धेरै काम गरेका छौ । यसको जस कसलाई जान्छ ? यसका पछाडि हाम्रा अग्रजहरू, कार्यसमिति परिवार र सम्पूणर् इक्यान सदस्यहरूको योगदान महत्वपूणर् रहेको मैले महसुस गरेको छु । इक्यानलाई सबैले चिन्ने अवस्था बनेको छ । विद्यार्थी विदेश पठाउने संस्था मात्रै होइन इक्यान भन्ने पुष्टि भएको छ । सरकारी नियमक निकायले तपाईहरुलाई छलफल परामर्समा बोलाउने गरेको छ कि छैन ?  पहिले पहिले बोलाउँदैन थियो तर पछिल्लो समयमा शिक्षा सम्बन्धि विषयमा हुने विचार गोष्टि, भेला, बैठक, अध्यन, अनुसन्धान, ऐन नियमका सन्दर्भमा काम गर्नुपर्ने अबस्था आउँदा मन्त्रालयका सचिब, सहसचिब, शिक्षा महाशाखाको अधिकारीले बोलाउने, सहभागी गराउने गर्नुभएको छ ।  हामीले यो बीचमा इक्यानलाई एउटा सशक्त संस्थाका रूपमा स्थापित गर्न सफल आर्थिक आवाज मएका छौ भन्ने लाग्छ । यसका पछाडि हाम्रा अग्रजहरू, कार्यसमिति परिवार र सम्पूणर् इक्यान मेम्बरहरूको योगदान महत्वपूणर् रहेको मैले महसुस गरेको छु । इक्यानलाई सबैले चिन्ने अवस्था बनेको छ । विद्यार्थी विदेश पठाउने संस्था मात्रै होइन इक्यान भन्ने पनि पुष्टि भएको छ । चुनौति के के छन नी ? नीतिगत चुनौतिदेखि गैह्र कानूनि बाटोबाट हामीलाई बदनाम गर्नेगरी आएका, कानूनका छिद्र प्रयोग गरेर रातारात पैसा कमाउने उदेश्यकासाथ भित्रिएका कन्सल्टेन्सी नाम धारीहरुलाई कानूनको दायरामा ल्याउने, हाम्रै ब्यबसायमा आबद्ध छर बाहिर छरपस्ट रुपमा हिँडि रहनुभएका साथीहरु संस्थागत एजेण्डामा नउभिरहेको, इन्टिग्रिटीमा नबसीरहेको छ, त्यसलाई कसरी ट्रयाकमा ल्याएर ब्यबस्थापन गर्ने भन्ने चुनौती छ । अर्को अष्टेलिया, अमेरीका, बेलायत, क्यानडा जस्ता देशहरुले नेपालीको साईजलाई कहिले फराकिलो, ठुलो बनाई दिने,धेरै लगिदिने, कहिले भिसै दिन अनकनाउने प्रकृया र अबस्था चुनौतिपूणर् छ ।  शैक्षिक परामर्स संस्थाहरुले बिद्यार्थिलाई ठग्छन भन्ने कुरा पनि तपाईहरुलाई आरोप आउँछ नी ?    समाजमा गलत तत्वहरु हुन्छन, एजुकेशन कन्सल्टेन्सीहरुमा पनि त्यस्ता ब्यक्तिहरु छन । उच्चशिक्षा अध्यन गर्न जाने सन्दर्भमा बिद्यार्थिहरु, अभिभाबकहरु ठगिनु हुँदैन भन्ने नीतिकासाथ हामी अगाडि बढेका छौ, त्यसकालागी ईक्यानले निर्देशिका नै जारी गरी सकेको अबस्था छ । यसलाई कसैले अटेर गरेर काम गर्छ, बिद्यार्थिलाई ठग्छ भनेर र त्यस्तो उजुरी इक्यानमा आयो भने हामी निर्ममताकासाथ कानून र हाम्रो निर्देशिकालाई हेरेर कारबाही गर्छौँ र थप कानूनि कारबाहिकोलागी सम्बन्धित राज्यका निकायमा पत्रचार गर्छौ, कारबाहिकालागी सिफारीस गर्छौ । अर्को यस्तो यस्तो गर्दा ठगिनु पर्दैन, यस्ता यस्ता संस्थामा गएर बुझेर काम गर्दा ठगिँदैन, कुनै पनि समस्या आउँदैन भनेर हामीले आम बिद्यार्थिलाई बिभिन्न फोरमबाट डिजिटल एप्सबाट सूचना र जानकारी दिने काम पनि हामीले गरीरहेका छौ ।  त्यस्तैगरी हाम्रा इक्यानका सदस्हरु व्यावसायिक क्षेत्रमा अनुशासित छन् । उनीहरु कुनैपनि अनैतिक खालका गतिविधिमा संलग्न हुँदैनन् र हुनुहुँदैन पनि । कसैले गरिहालेमा हामी कारवाही पनि गछौं । कन्सल्टेन्सी व्यवसायमा देखिएका विकृतिलाई नजिकबाट निहालेर त्यसलाई रोक्ने काम पनि गरेका छौ । हाम्रो यो अभियानमा सम्पूणर् इक्यानका सम्पुणर् सदस्य साथीहरूको साथ र सहयोग रहँदै आएकोछ, नीति नियम नित्र रहेर काम गरिरहनुभएको छ ।  तपाईले पनि थाहा पाउनुभएको होला केहि समय अगाडि रसियामा इलिगल रुपमा नेपाली कामदार लगेको सन्दर्भमा एकपटक केहि कन्सल्टेन्सीको नाम आयो । त्यसमा हामीलाई प्रहरीले सोधेको थियो । त्यसमा हामीले कन्सल्टेन्सीले यस्तो काम गर्दैनन्, गर्न पाउँदैनन् । त्यस्तो कसैले गरेको हो भने तिनीहरु सजायका भागिदार हुन्छन, कारबाहिको भागीदार हुन्छन भनेर भनेका थियौ । यस्ता खालका अबैध काममा लाग्नेलाई थाहा पाए सम्म हामी सूचना प्रहरीलाई आँफै दिन्छौ ।  ब्यबसायीक एकताको अर्थात महासंघ बनाउने कुरा कहाँ पुगेको छ ? यो सरह्रानीय प्रयास हो, यसलाई हामीले समर्थन नै गरेका छौ । यो परिकल्पनालाई इक्यानले पहिलो दिनदेखिनै स्वीकार र समर्थन गर्दै आईरहेका छौ । किनकि धेरै संघ संस्थाहरु हुँदा ब्यबसायीक कुराहरु परस्परमा बाझिने भएर सहि निणर्य र कार्यान्वयनमा जान असहज हुन्छ । साझा ब्यबसायीक ऐजेण्डाहरु आउन पाउँदैनन् र ब्यबसायहरु आफ्ना माग र मुद्यामा कमजोर बन्छन । त्यस्तो बेला राज्यले कमजोर सोच्छ, माग पुरा गर्न आनाकानि गर्छ, उस्तै परे अनेकत्ताको फाईदा उठाएर दमनै गर्छ । यस्तो अवस्थामा आफ्ना ब्यबसायीक हक हितकोलागी महासंघ आबाश्यक भएको, त्यसको परिकल्पना पनि गरीएको तर महासंघ जुन ढंगले अगाडि बढनुपर्ने हो त्यो ढंगले अगाडि नबढेको, त्यसमा सबे ब्यबसायीलाई एकताबद्ध गर्न आबाश्यक छ । यद्यपि यो दर्ता भैसकेको छ । यसलाई सामुहिक छाता संगठन बनाउन ढिला भएको छ । तर अब एक दुई महिनाभित्रै महासंघको नेतृत्व कसले गर्ने भन्ने सन्दर्भमा एउटा खाका तयार गरेर हामी अगाडि बढने निणर्य गरीसकेको छौ । अबको तीन महिना पछि यसको डिक्लेरेशन पनि हुने यहाँलाई म जानकारी दिन चाहुन्छु । शैक्षिक परामर्स संस्थाहरुले बिद्यार्थिलाई ठग्छन भन्ने कुरा पनि तपाईहरुलाई आरोप आउँछ नी ?    समाजमा गलत तत्वहरु हुन्छन, एजुकेशन कन्सल्टेन्सीहरुमा पनि त्यस्ता ब्यक्तिहरु छन । उच्चशिक्षा अध्यन गर्न जाने सन्दर्भमा बिद्यार्थिहरु, अभिभाबकहरु ठगिनु हुँदैन भन्ने नीतिकासाथ हामी अगाडि बढेका छौ, त्यसकालागी ईक्यानले निर्देशिका नै जारी गरी सकेको अबस्था छ । यसलाई कसैले अटेर गरेर काम गर्छ, बिद्यार्थिलाई ठग्छ भनेर र त्यस्तो उजुरी इक्यानमा आयो भने हामी निर्ममताकासाथ कानून र हाम्रो निर्देशिकालाई हेरेर कारबाही गर्छौँ र थप कानूनि कारबाहिकोलागी सम्बन्धित राज्यका निकायमा पत्रचार गर्छौ, कारबाहिकालागी सिफारीस गर्छौ । हाम्रा इक्यानका सदस्हरु व्यावसायिक क्षेत्रमा अनुशासित छन् । उनीहरु कुनैपनि अनैतिक खालका गतिविधिमा संलग्न हुँदैनन् र हुनुहुँदैन पनि । कसैले गरिहालेमा हामी कारवाही पनि गछौं । कन्सल्टेन्सी व्यवसायमा देखिएका विकृतिलाई नजिकबाट निहालेर त्यसलाई रोक्ने काम पनि गरेका छौ । हाम्रो यो अभियानमा सम्पूणर् इक्यानका सम्पुणर् सदस्य साथीहरूको साथ र सहयोग रहँदै आएकोछ, नीति नियम नित्र रहेर काम गरिरहनुभएको छ ।  तपाईले पनि थाहा पाउनुभएको होला अस्ति एकपटक कुनै एक कन्सल्टेन्सीले रुसमा नेपाली कामदार पठाएको कुरामा प्रहरीले हामीलाई सोधेको थियो । त्यसमा हामीले कन्सल्टेन्सीले यस्तो काम मगर्दैनन्, गर्न पाउँदैनन् । त्यस्तो कसैले गरेको हो भने तिनीहरु सजायका भागिदार हुन्छन भनेर भनेका थियौ । यस्ता खालका अबैध काममा लाग्नेलाई थाहा पाए सम्म हामी सूचना प्रहरीलाई आँफै दिन्छौ ।  अन्य काम र लक्षित कार्यक्रमहरू के कस्ता छन् त ?  कहिले काँहि हामीलाई अमेरिकन एम्बेसीले नचिनेको अवस्था थियो । हामीले त्यसलाई चिर्न एम्बेसीसँग सकारात्मक सहकार्य गरयौ । एम्बेसीको एजुकेसन डिपार्टमेन्ट युएसइएफसँग हामीले अहिले सहकार्य गरिरहेका छौ । अष्ट्रेलियन हाइ कमिसनले अष्ट्रेलियामा हुने पोलिसी चेन्जका विषयमा इक्यानलाई बोलाएर जानकारी दिने पनि गरेको छ । यसमा हाम्रो सहभागिता राम्रो रहदै आएको छ । यस विषमा पनि हामी बलियो रूपमा प्रस्तुत हुने गरेका छौ । जापान, क्यानडा, अष्टेलिया लगायतका देशका हाइ कमिसनमा पनि इक्यान प्रतिष्ठित छ भने युके र ब्रिटिस काउन्सिल हाम्रो महत्वपूणर् स्ट्राटिजिक पार्टनर नै हुन् । पव्लिक डोमन, पोलिसी फोरममा हाम्रो उपस्थिति राम्रो छ । एफएनसिसिआइमा हाम्रो संलग्नता भएको छ । यो सुखद कुरा हो ।  अर्बिड कसरी चलिरहेको छ बताई दिनुस न ? अर्बिड पुरानो संस्था हो । यसको इतिहाँस नेपाली समाजमा ठुलो छ । अन्तराष्ट्रिय शिक्षा आकाँक्षिहरुकालागी यो माइलस्टोन नै हो, उच्चशिक्षा पढन जानेृ बिद्यार्थिको पहिलो रोजाईको संस्था हो भन्दा फरक पर्दैन । त्यसकालागी हामीले त्यसको इथिक्स, भ्यालुज र परिकल्पनालाई ध्यानमा राखेर काम गरीरहेका छौ । यो बिद्यार्थिको पहिलो रोजाईको संस्था हो । यो विरासत रहिनै रहनेगरी टिकाई नै रहनेगरी योजना बनाएर अगाडि बढेका छौ । त्यसकालागी आबाश्यक भाषा कक्षाहरु आइएल्स, टफेल, स्याट, एरिज, रिम्याट, पिटिई जस्ता कार्षहरु पनि हामीले सञ्चालन गर्दै आईरहेका छौ । हामी एउटा कर्पोरेट वएबाट अगाडि बढेको संस्था हौ । यहाँ करीब ५० जना जति स्टाफहरुले आ आफ्नो दक्षता सो गरेर काम गर्नुहुन्छ । उहाँहरु नेपालबाट बाहिर पढन जाने बिद्यार्थिलाई के गर्दा राम्रो हुन्छ, सहज हुन्छ, ठगिने कुराबाट जोगिनुहुन्छ भन्ने काममा दिनरात लाग्नुहुन्छ । यहाँबाट बाहिर गएका बिद्यार्थिहरुले संसारका थुप्रै ठाउँहरुमा आफ्नो ब्यबसायीक दक्षता प्रर्दशन गरेर आर्थिक र शैक्षिक हैसियत राम्रो बनाउनुभएको छ । यो संस्थामा क्यालिबर जनशत्ति, क्षमतावान जनशक्ति जो छन उनीहरु यहाँबाट छिरी सकेकपछि पहिलो स्टेफको सफलता हाँसिल गरेको अनुभूति हुनेगरेको बिद्यार्थिले कल्पना गर्ने गरेका छन । त्यसको पुर्ति गर्ने वा विदेशको राम्रो युर्निभरसिटीमा पढन जाने सपना पुरा गर्ने संस्थाको रुपमा प्रमुख केन्द्रको रुपमा यो संस्थाले काम गरीरहेका छ, हामीले काम गरीरहेका छौ । यसले त्यो रिक्वाएरमेन्ट पुगेका बिद्यार्थिहरु यहाँबाट विना झन्झट सहि ठाउँमा, सहि रुपले राम्रो अबसरको पढाई हुने कलेजमा जान सक्छन भन्ने पहिचाहन बनाएको छ । यो बिद्यार्थिको राम्रो शिक्षा दिक्षा र अवसरको सपनाको संस्था बनेको छ । त्यसमा कमि आउन नदिने गरी काम गरीरहेका छौ ।  यसलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्नुभएको छ हैन त ? हो, आजका दिनमा हर्ने हो भने विदेशमा ६० वटा भन्दा बढि कन्सल्टेन्सी त यहिबाट गएर काम गर्ने बिद्यार्थिहरुले सञ्चालन गर्नुभएको छ । यसबाट पनि अर्बिट के हो भन्ने बुझन सकिन्छ । म के दाविकासाथ भन्छु भने अर्बिड जस्ता कन्सल्टेन्सीका कारण शैक्षिक परामर्स क्षेत्र आजकादिन सम्म बद्नाम भएको छैन ।  हामीले नयाँ नयाँ बिषयहरु, खासगरी इन्र्फमेसन टेक्नोलोजी, साईन्स, इन्भाईरोमेन्टसँग सम्बन्धित विषयहरु, म्यानेजरीयल सब्जेक्टहरुका बिषयमा बिद्यार्थिहरुलाई पठाउँछौ । हामीले पठाएका बिद्यार्थिले उत्कृष्ठ काम गर्नुभएको, गोल्डमेडलिष्ट भएको हामीसँग प्रसस्थ उदाहरण पनि छ । र उहाँहरु पढाई सकेर यहाँ आएर पनि थुप्रै संघसंस्थामा प्रमुख जिम्मेवारीको भुमिकामा भएको यथार्थता हामीसामु छ । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे एफएनसिसिआइको शिक्षा, शिप विकास र रोजगार समितिको सदस्यमा मनोनित हुनु पनि यसको उदाहरण मान्न सकिन्छ । यो हाम्रोलागि एउटा महत्वपूणर् उपलब्धि हो र यसले हामीलाई थप हौसला पनि मिलेको छ ।  


Posted on: 2024-Jan-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar