27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फैलिदै छ हनी ट्रयापिङ सञ्जाल

19 - Jan-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 युवा हुंकार डेक्स
काठमाडौ, माघ बढ्दो बेरोजगारी, छोटो अवधिमा पैसा कमाउने महत्वकाँक्षा आदिले गर्दा पनि मानिसहरु अपराधमा संलग्न हुने गरेको पाईन्छ । यसबाहेक बाहेक साथीभाईहरुको संगत, लागुऔषध सेवन आदिले गर्दा पनि मानिस अपराध कर्ममा होमिने गरेको देखिन्छ । धेरैजसो अपराधमा आर्थिक उपार्जन जोडिएको हुन्छ । मान्छेले आवेग र रिसमा गर्नै अपराध बाहेक अधिकांश अपराध आर्थिक अपराधसंग जोडिएका हुन्छ । पछिल्लो समय नेपाली समाजमा निकैं नैं बिकरालरुपमा फैलिएको एउटा अपराध हो, हनी ट्रयपिङ ।  बिभिन्न उमेर समुहका युवतीहरुले मायाँजालमा पारेर वा यौनका लागि आमन्त्रण गरेर युवाहरुलाई फसाउने र आर्थिकरुपमा बार्गेनिङ गरी रकम असुली गर्नै कार्य नै साँचो अर्थमा हनि ट्रयापिङ हो ।  सजिलै पैसा कमाउनको लागि पछिल्लो समय यस किसिमको अपराधमा संलग्न हुने किशोर, किशोरी, युवायुवतीहरुको संख्या बढ्दै गएको छ ।  यस्तो अपराधमा महिलाहरुले अर्थात कुनै शुन्दर युवतीहरले मायाको भाव देखाउँदै ‘इमोसनल्ली एट्याचमेन्ट’ गराउँछन् । त्यतिले उद्देश्य पूरा नभए थ्रेट दिन्छन् र अपहरणमा संलग्न गराउँछन् । यो सबै गर्नुुको एउटै कारण हो, छिटो पैसा कमाउने महत्वकाँक्षा । पैसाकै लागि युुवतीहरुले कुुनै धनाड्य पुुरुषहरुलाई फसाउने गरेकाछन । सामाजकि प्रतिष्ठा, प्रहरी लगाएर थुनिदिने भन्दै यस्तो कर्जामा संलग्न महिलाहरुले लाखौरुपमा बार्गेनिड गर्ने गरेकाछन । हनी ट्रयापिङमा सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने सम्मको कार्यहरु हुुने गरेको छ । जुुन बिगतको घटनाहरुबाट पनि पुष्टि भईसकेको छ ।  यो अपराधमा मुख्य अभियुक्तलाई अपराध गर्न मद्दत वा अपराध गर्ने परिस्थिति सिर्जना गर्ने मतियारका रूपमा युवतीहरूलाई प्रयोग गर्ने प्रवृत्ति देखिन्छ  अपराध गर्न सहयोग गर्ने, उक्साउने, परिस्थिति मिलाउने वा अन्य किसिमबाट सहयोग पुर्‍याउने कार्यलाई मतियारका रूपमा लिइन्छ । सुन्दरताको आवरणमा अपराध गर्न उक्साउने पुरुषहरूले युवतीहरूलाई अपराधिक कार्यको कुनै आभास दिँदैनन । न्यून शैक्षिक योग्यता भएका कारण हुन सक्ने कुराको जोखिम लेखाजोखासमेत गर्न सक्दैनन । तिमीलाई केही हुँदैन भनी फकाउने र आर्थिक प्रलोभन समेत दिने गरेका छन । केही हजार रुपैयाँ दिने समेत गरेकाछन । यसकारण पनि यस्तो अपराधमा बढी मात्रामा शैक्षिक योग्यता कम भएका शुन्दर युवतीहरुको प्रयोग बढी हुुने गरेको जो । जो सजिलै संगै यस्तो कार्यमा संलग्न हुन्छन, अरुलाई फसाउन पनि सक्छन । यसमा मुख्य व्यक्तिकोरुपमा तिनै युवतीहरुको प्रेमिकाले भुमिका खेलेको समेत बिभिन्न घटनाबाट देखिएको छ । प्रेममा फसाएर युवतीहरूलाई जे अह्रायो त्यही शिरोपर गर्ने खालको मानसिकतामा फसाउने गरेका छन । मिहिनेत नगरिकनै पैसा कमाउन पाइने भएकोले युवतीहरू यस्तो कार्यमा फस्ने गरेको पछिल्लो अनुसन्धानबाट देखिएको छ ।  

को हुन हनी ट्रया्परहरु ?

हनी ट्रयापिङको कार्यमा संलग्न धेरैजसो युवायुवतीहरुको आर्थिक अवस्था कमजोर रहेको पाईएको छ भने केही युवायुवतीहरुले छिटो धनी हुने र बिलासी जीवन बिताउने महत्वकाँक्षाबाट पनि हनि ट्रयापिङ जस्तो आर्थिक अपराधमा संलग्न हुने गरेको देखिएको छ ।  कमजोर आर्थिक अवस्था भएकैकारण उनीहरुले चाँडै धनी हुने सोचका साथ आफ्नो आफ्नै सहकर्मी साथी संग प्रयोग गरेर योजनाबद्धरुपमा धनाड्य पुरुषहरुलाई मायाको नाटक गर्दे, शारिरीकरुपमा आर्कषित पार्दे नजिक हुुने । ति पुरुषहरुसंग हरेक कुुरामा निकै नै आत्मिरुपमा प्रस्तुुत हुुने गर्छन । हरेर किसिमबाट ति पुरुषको मन जितिसकेपछि पछि केही फोटो र भिडियो क्लिपहरु समेत खिच्न  यस्तो अपराधमा संलग्न व्यक्तिहरु सफल हुुन्छन । अनि उनीहरुले त्यही फोटो र भिडियोको माध्यमद्धारा बार्गेनिड गर्न सुरु गर्छन । पुुरुषलाई शारीरिक र मानसिकरुपमा डर, त्रास र धम्की दिएर लाखौं रुपैयाँ माग्ने काम हुुन्छ ।  यस्तो अपराधमा काठमाडौ उपत्यकामा नै स्थायी घएर भएका व्यक्तिहरु भन्दा पनि उपत्यका बाहिरबाट काठमाडौ आई बसोवास गर्ने व्यक्तिहरु संलग्न हुुने गरेकाछन । राजधानीमा टिक्न र आफ्नो महंगो आवस्यकताहरुलाई पुरा गर्न उनीहरुले यस्तो अपराध गर्ने गरेको देखिन्छ  । बढ्दो बेरोजगारी, महंगी र सजिलै संगै पैसा कमाउने गलत सोचका कारण पनि यस्तो अपराध बढेको छ । यस्तो अपराधमा फिरौती माग्ने, अपहरण गर्ने र हत्या समेत हुुने गरेको बिगतको घटनाहरुबाट देखिएको छ । पछिल्लो १० बर्षमा हनी ट्रयापिङका घटनाहरु निकै नैं बढेका छन् । बिसं २०७४ असारमा केन्द्रीय अनुसन्धान ब्युरोले दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षिय कोलबहादुर थापामगर जो कुबिनका नामले समेत चिनिन्थे उनीहरलाई पक्राउ गर्यो । ‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा ति दुई व्यक्तिहरु पक्राउ परेका  थिए । प्रहरीका अनुसार थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । ति दुबै व्यक्तिहरु व्यापारी अपहरण गरी फिरौती असुुलेको अभियोगमा पक्राउ परिसकेकाछन । त्यो घटनामा नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, काठमाडौं न्युरोडका व्यापारी र कन्टेनर व्यवसायीको अपहरणमा संलग्न आशिकाको संलग्नता भेटिएको थियो । त्यतिबेला देखि नै आशिका हनी ट्यापरकोरुपमा प्रयोग हुुने गरेकी थिईन । यी सबैको अपहरणमा आशिकालाई हनी ट्रयापका रूपमा प्रयोग गरिएको पाइयो ।’ पछिल्लो पटक यो गिरोहको चंगुलमा पर्ने एक व्यावसायीले ७ पुस ०७३ मा प्रहरीलाई दिएको उजुरी अनुसार, आशिकाले आफूलाई ‘सरु केसी’ भनेर फोन गरी भेट्न बोलाएपछि उनी गाडी लिएर बालाजु, माछापोखरी गए, जहाँ कुरेर बसेकी आशिका भेटिइन । दुवैबीच कतै रेस्टुराँमा बसेर खाजा खाने सहमति भयो ।   आशिकाले चिनेकै रेस्टुराँ जान आग्रह गरेपछि व्यावसायीले सहमति जनाए र गोंगबुकै एक होटलसहितको रेस्टुराँमा पुगे । यतिन्जेलसम्मको गफगाफमा आशिकाले भर्खरै चिनेका व्यावसायीलाई कोठामै बस्न राजी गराइसकेकी थिइन । व्यवसायी युवतीसँग यौन सम्पर्कका लागि लालायित थिए । भर्खरै चिनजान भए पनि उनी त्यसका लागि मानसिक रूपमै तयार थिए । होटलको कोठामा गएपछि आशिका नुवाइधुवाइ गर्न भनेर बाथरुम छिरिन । त्यहीबेला बाहिरबाट कसैले ढोका ढकढक्यायो । खोल्दा चार जनाको युवा समूह छिर्‍यो र आफूलाई सीआईबीको प्रहरी भन्दै व्यवसायीलाई नियन्त्रणमा लियो । अर्धनग्न अवस्थामा रहेकी आशिकासहित व्यवसायीलाई पक्रेर उक्त समूहले कुनै अज्ञात स्थलमा लग्यो, जसलाई सीआईबीको ‘सेफहाउस’ भनिएको थियो । त्यसपछि शुरु भयो, धम्काउने र फिरौती असुल्ने काम भयो । जसमा उनीहरुले २० लाख रुपैयाँ मागे ।  यसैगरी बिसं २०७४ साउनमा शुक्रराज तामाङ पक्राउ परे । केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले  उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुुको ठोस कारण थियो, हनी ट्रयापिङ’ अर्थात युवतीहरुलाई प्रयोग गरी अपहरण गर्ने र त्यसपछि असुली गर्ने । सोही आधारमा ३४ बर्षिय तामाङलाई सिआईबीले काठमाडौंको बासबारीबाट पक्राउ गरेको थियो । युवतीहरुलाई प्रयोग गरी मायाँ जालमा पार्ने र त्यसपछि विभिन्न नाटक गरी पैसा असुल्ने कामलाई प्रहरीले ‘हनी ट्रयापिङ ’ भन्ने गरेको छ । सोही अभियोगमा आधारमा तामाङ पक्राउ परे । यसैगरी बिसं २०७३ सालमा नै २५ वर्षीया राधिका श्रेष्ठ मृत भेटिईन । शारीरीकरुपमा निकै नै शुन्दर देखिने राधिकाको शौन्दर्यबाट जो कोही पनि मन्त्रमुग्द हुुन्थे । अन्तमा त्यही शौन्र्दय उनको लागि अभिसाप बन्यो । राधिकाको त्यही ‘सुन्दरता’लाई प्रयोग गरेर कमाउने योजना बनाए, प्रेमी प्रकाश लामिछानेले । भक्तपुर, बागेश्वरी ४ का लामिछाने सुन्दरताको आवरणमा अपराध गर्ने अर्को कुख्यात गिरोहका नाइके थिए । उनको गिरोहमा आफ्नै प्रेमिका र छिमेकी किशोर गिरी, सरोज घोरासैनीलगायत संलग्न थिए । धादिङ, धार्के ४ की राधिका काठमाडौं मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलमा काम गर्थिन । एकैचोटि धेरै पैसा कमाउने लालचमा लामिछाने र श्रेष्ठले साडी पसलका मालिक श्यामसुन्दर अग्रवाललाई फसाउने योजना बनाए । ५ फागुन ०७३ दिउँसो साढे एक बजे व्यवसायी श्यामसुन्दर अग्रवालको मोबाइलमा घण्टी बज्यो । मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलका सञ्चालक अग्रवाल बिदा लिएर बसेकी कामदार राधिकाले अर्जेन्ट काम छ भन्दै बोलाएपछि दिउँसो सुन्धारास्थित सनराइज गेस्ट हाउस पुगेका थिए । ४०४ नम्बर कोठामा सँगै बसेर दुवै जनाले मदिरा पिए । पूर्वयोजनाअनुरूप सोही गेस्ट हाउसको ४०३ नम्बर कोठामा बसेका राधिकाका प्रेमी प्रकाशसहित किशोर र सरोज उक्त कोठामा छिरे । व्यवसायी श्यामसुन्दरलाई कुटपिट गरे । हातखुट्टा बाँधेर मुखमा कार्टुन टेप टाँसिदिए । १० लाख ७० हजार फिरौती रकम लिए । कोठामा बन्धक बनाई भागे । वसन्तपुर पुगेर फिरौती रकम बाँडफाँट गरे । जसमध्ये किशोर र सरोजले दुईरदुई लाख लिए भने बाँकी आठ लाख ७० हजारसहित ट्याक्सी लिएर प्रकाश/राधिकाको जोडी घर लाग्यो । तर, व्यवसायी अग्रवालले कामदार राधिकालाई चिनेकोले सोही माध्यम बनाएर पोल खुल्ने र प्रहरीले पक्राउ गर्ने भयले प्रकाशलाई पिरोल्यो । व्यवसायी अग्रवालकै शैली दोर्होयाउँदै घर पुगेकी प्रेमीकालाई उनले मुखमा टेप लगाई घाँटी थिचेर हत्या गरे । यि बिगतका बर्षहरुमा भएका हनी ट्रयापिङका केही घटनाहरु मात्र हुन ।  पछिल्लो समय धेरै ठाउँहरुमा यस्ता थुप्रै घटनाहरु हुने गरेका छन् । कसैले चिकित्सकको नाउँमा आफ्नो शुन्दरताको उपयोग गर्दे धनाढ्य व्यक्तिहरुलाई ठगेकाछन भने कसैले प्रेमि पे्रमिका बनेर धनाड्य बर्गहरुलाई ठगी रहेकाछन । राजधानीमा पछिल्लो समय  ठग्ने र ठगिने क्रम बढ्दै गएको छ । जसको शुन्दर युवतीको प्रयोग बढी हुने गरेको छ । युवतीहरुले जस्तो सुकै मै हुं भन्ने किसिमको पुरुषहरुलाई आफ्नो मायाँजालमा पारेर आफ्नो बेडसम्म ल्याउन सक्ने क्षमता हुुने भएकै कारण पनि यस्तो कार्यमा शुन्दर युवतीहरुको प्रयोग बढी हुुने गरेको हो । ति युवतीहरुको शुन्दरता जस्तो सुकै पुरुष पनि नजिक हुन्छन र सिधै फस्छन । सो पश्चात ति युवतीहरुले पैसाको बार्गेनिड गर्न सुरु गर्छिन  र बार्गेनिड नमिलेको खण्डमा मात्र उक्त मुद्धा प्रहरीसम्म पुग्छ ।

 

हनी ट्रयापिङमा प्रहरी दृष्टिकोण

नेपालमा पछिल्लो समय मायामोहजालमा पारेर रकम असुली गर्नै धन्दा निकै फैलिएको छ । हनी ट्रयापिङ यही घटनाको पर्यावाची नाम हो । यसबाट धेरै जना पुुरुषहरु पीडित हुुने गरेकाछन । बिशेष गरी पैसावाल व्यक्तिहरु अर्थात उद्योगी व्यवसायीहरु बढी मात्रामा हनी ट्रयापिङका घटनाबाट पीडित हुुने गरेकाछन । बढ्दो बेरोजगारी, महंगो शौख पुरा गर्नको लागि सजिलै संगै पैसा कमाउने माध्यमकोरुपमा हनी ट्रयापिङलाई अगाँल्ने युुवतीहरुको संख्या पछिल्लो समय राजधानीमा बढ्दै गएको छ । तर पनि यि घटनाका पीडितहरुको आफ्नो आफुुलाई परेको समस्या बारेमा खुुलेर प्रहरी समक्ष नआउनुु दुुखद रहेको छ । जुुन युवतीले आत्मियता देखाएर पैसाको बार्गेनिङ गरी, त्यो युवतीको बारेमा उजुरबाजुुर गर्दा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने र अनावस्यक झमेला आउन सक्ने भन्दै पीडित पक्षलाई पीडकले भने अनुसार रकम दिएर हनी ट्रयापिङको घटनालाई मिलाउने गरिएको छ । यसले गर्दा पनि यस सम्वन्धी निकै कम घटनाहरु मात्र प्रहरी कहाँ आउने गरेकाछन । जुुन घटना प्रहरी कहाँ आउँछन, ति घटनाहरु भने बार्गेनिङ नमिलेका घटनाहरु हुुन ।  अपराध महाशाखामा हनी ट्यापिङबाट पीडित भएका केही घटनाहरुको मात्र उजुरी आएको छ । त्यसमापनि प्रहरीले हनी ट््रयापिङ नै शिर्षक राखेर कारवाही प्रकृया अगाडि बढाउनको लागि सोही बिषयसंग सम्वन्धीत कानुुन छैन । त्यसकारण प्रहरीले हनी ट्रयापिङ सम्वन्धी मुुद्धालाई अभद्र व्यवहार, बार्गेनिङ, गाली गलौज आदि शिर्षकमा अनुुसन्धान गर्ने गरेको छ । पछिल्लो समय उपत्यकमा आत्मियता देखाएर व्याल्कमेलिङ गर्ने धन्दा मौलाउँदै गएको छ । बिशेषगरी युवतीहरु यसकिसिमको धन्दामा संलग्न रहने गरेकाछन । उनीहरुलाई पर्दा पछाडिबाट बसेर कुनै युुवकले साथ र निर्देशन दिने गरेको हुुन्छ । ति युुवाको निर्देशन र सहयोग कै आधारमा युवतीले कुुनै उद्योगी, व्यापारी वा धनाढ्य बर्गलार्ई मायाँजालमा फसाएर पैसाको बार्गेनिङ गर्ने, आफ्नो आर्थिक स्वार्थ सिद्ध घटनाहरु बढिरहेकाछन । उपत्यकामा मात्र नभएर पछिल्ला समय उपत्यका बाहिर पनि यस्ता घटनाहरु बढि रहेकाछन । तर घटना जहाँ भएपनि यस्ता घटनामा पीडित हुुने व्यक्तिहरु भनेको उद्योगी व्यवसायीहरु नै हुुने गरेकाछन । बिगतमा बिभिन्न समयमा भएका अभद्र व्यवहार र ब्ल्याकमेलिङका घटनामा संलग्न भएका अभियोगमा पक्राउ परेका व्यक्तिहरुबाट पनि यो तथ्य बाहिर आएको छ । हनी ट्रयापिङको घटनाबाट जोगिन सर्वप्रथम त सम्वन्धीत व्यक्ति आफै चनाखो हुुनुुपर्छ । त्यसको बावुजत पनि आफुु त्यसमा परियो भने उक्त घटनाका बारेमा निर्धक्क भएर प्रहरी समक्ष आफुले भोग्नुु परेको पीडाका बारेमा जानकारी दिनुुपर्छ ।  प्रहरीले सोही अनुरुप अनुुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउँछ ।  

हनी ट्रयापिङको घटना नयाँ होईन

नेपालमा हनी ट्रयापिङ पहिला पनि हुने गथ्र्यो । पहिला त्यस्ता घटनाहरुमा सामाजिक प्रतिष्ठामा आँच आउने सक्ने भन्दै सार्वजनिक हुने थिएन । पीडित पीडा लुकार बस्थे । त्यसको उजुरु प्रहरीसम्म पुग्ने थिएन । तर अहिले भने पीडितहरु पीडा लुकाएर बस्दैनन । प्रहरीमा उजुरी दिन्छन । त्यहीकारण पनि पछिल्लो समय हनी ट्रयापिङ नेपालमा नयाँ जस्तो देखिएको हुन सक्छ, तर त्यस्तो होईन, यस्ता घटनाहरु पुरानै हुन ।  नेपालमा हनी ट्रयापिङ सम्वन्धी धेरैजसो घटनाहरु बाहिर ल्याईदैन । यस्तो कार्यमा जो जो संलग्न छन, उनीहरुले नै त्यो घटनालाई गुपचुुपमा राख्छन, सहमतीमा मिलाउँछन । प्रहरी समक्ष आउने यस्ता केसहरु भनेका लेनदेन नमिले पछि मात्र आउनुु हुुन । यसअर्थमा कति व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेकाछन, कति व्यक्तिहरु हनी ट्रयापिङका माध्यमबाट पीडित छन भन्ने  ठोस तथ्यांक प्रहरी समक्ष छैनन । प्रहरीले मुुद्धा दर्ता भएपछि अनुुसन्धान गर्छ, कारवाही प्रकृया अगाडि बढाउँछ । तर त्यसमा पनि हनी ट्रयापिङ नै भनेर मुुद्धा दर्ता हुदैन । ठगी, अभद्र व्यवहार लगायतका शिर्षकमा मुुद्धा दर्ता हुुन्छ । सोही अनुसार कारवाही प्रकृया अगाडि बढाईन्छ ।  जो प्रत्यक्षरुपमा हनी ट्रयापिङमा संलग्न रहने गरेकाछन, उनीहरुको पहिलो टार्गेट, उद्योगी, व्यवसायी, बैकर, सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरु रहने गरेकाछन । यि व्यक्तिहरुसंग पैसा पनि हुुने र सामाजिक प्रतिष्ठामा आँच आउने डरले जतिसुुकै रकम पनि दिन तयार हुन्छन भन्ने मानसिकता कै आधारमा हनी ट्रयापिङ कार्यमा संलग्न व्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई टार्गेट बनाएका हुन्छन । यसको लागि ति व्यक्तिहरु अर्थात हनी ट््रापिङ कार्यमा संलग्न युवतीहरुले बिभिन्न माध्यम मार्फत पैसावाला व्यक्तिहरुसंग नजिक हुुने, हरेक कुरामा निकै नै आत्मिय हुुने । संगै खान खाने, बस्ने, अंगालो मारेर फोटो खिच्ने लगायतका बिभिन्न क्रियाकलापाहरु गर्ने गर्छन । यसरी सम्पुणर्रुपमा नजिक भईसके पछि तिनै फोटोहरुलाई देखाउँदै ति युवतीहरुले पैसाको बार्गेनिङ गर्न थाल्छन ।  जो व्यक्ति त्यस्ता युवतीहरुको ट््रयापमा पर्छ, त्यो व्यक्तिले पनि आफ्नो घरपरिवार, सामाजिक प्रतिष्ठा आँच आउन सक्ने भन्दै युवतीले मागे अनुसारको रकम दिन तयार हुन्छ । वास्तवमा यस्ता धेरै घटनाहरु भएका हुन्छन । यि घटनाहरु प्रहरी समक्ष नै आउँदैनन । पीडक र पीडित दुुबैले नै पैसाको समझारीमा मिलाएका हुन्छन । यस्ता धेरै घटनाहरु काठमाडौमा घटिरहेकाछन । यस्ता घटना अर्थात भनौ हनी ट््रयापिङमा संलग्न व्यक्तिहरु जो कोही भएपनि कारवाही गर्न प्रहरी तयार छ, । यसबाट जो पीडित हुुनुुहुुन्छ । बिना हिच्चकिचाहट प्रहरीमा आउनुुहोस । प्रहरीले हरेक कुराहरुमा गोप्यता कायम गर्दे दोषीलाई कारवाही गर्छ । कुुनै पनि युवायुुवतीहरुल छिट्टै नजिक नहुुनुुहोस, आत्मिय पनि हुुनु हुदैन,  त्यो नजिक हुुने खोज्ने व्यक्तिहरुको पृष्ठभुमी राम्रो संग बुुझेर मात्र उ संग नजिक हुनुुहोस, वास्तवमा समाजमा हुुने यस्ता घटनाहरुबाट जोगिनको लागि सम्वन्धीत व्यक्तिहरु आफै सजग हुुनुुपर्छ । आफै सजग भएको खण्डमा यस्ता घटनाहरु ठुुलो संख्यामा कमी आउँछ ।  प्रहरीले सदैव चाहेको हुन्छ, समाजमा कुुनै पनि खाले अपराध नहोस । तर प्रहरीले मात्र यस्तो चाहना गरेर हुुदैन । समाजका हरेक नागरिकहरु आफ्नो समाजलाई शान्त, भयरहित, अपराध मुक्त बनाउन कटिवद्ध भएर लाग्नुु पर्छ । हनी ट्रयाप भन्नेबित्तिकै हामी परिबन्दमा पारेर ठगी र शोषण गर्ने महिलालाई सम्झन्छौँ । कुनै पुरुषलाई फसाएर यौन क्रियाकलापमा संलग्न गराउने र अन्त्यमा पैसाका लागि ब्ल्याकमेल गर्ने प्रवृत्तिलाई प्रायः ‘हनी ट्रयाप’ भन्ने गरिन्छ । र, यसमा अक्सर महिलालाई नै दोषी देखाउने गरिन्छ । तर, महिला अधिकारकर्मीहरुको विश्लेषणमा ‘हनी ट्रयापिङ’ मा महिला मात्र होइन, पुरुषहरु पनि उत्तिकै दोषी छन् । पछिल्लो समय नेपालमा हनी ट्रयापका घटना बढ्न थालेका छन् । प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् । सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको भए पनि हनी ट्रयापबाट महिला पनि उत्तिकै पीडित भएको महिला अधिकारकर्मीको बताउँछन ।  हनी ट्रयापमा पुरुषहरुलाई पीडितका रुपमा देखाइने गरिए पनि पुरुष पूरै पीडित र महिला पूरै अपराधी हुँदैनन् । यौन आशक्ति र सम्पत्ति एवं मोजमस्तीका लागि पुरुषहरु महिलासम्म पुग्ने गरेका कारण हनी ट्रयाप व्यवसायका रुपमा फैलिएको हो । हनी ट्रयापका केसहरु अध्ययन गर्दा पहिले पुरुषहरूले नै सम्पर्क गरेको र अगाडि बढेको देखिन्छ । पुरुषहरूले सुरु-सुरुमा म्यासेज, फोन आदिमार्फत् मायाप्रेमका कुरा गर्ने, केही सरसामान किनिदिने आदि गर्छन् । पछि उनीहरु सम्बन्धमा बसिसकेपछि महिलाले अधिकार र सम्पत्ति खोजेको देखिन्छ । अनि सम्बन्धमा खटपट आउन सुरु हुन्छ र महिलाहरुले ब्ल्याकमेल गरेको पनि देखिन्छ ।’ हनी ट्रयापका केही केसहरु नितान्त आपराधिक मनसायबाट सुरुवात भएको पनि देखिन्छन् । तर, धेरै केसहरु सुरुमा सहमतिको व्यक्तिगत सम्बन्धबाट सुरु भएर अन्त्यमा हनी ट्रयापमा परिणत भएको पाइन्छ । ‘पछिल्लो समय महिलाहरुलाई फसाएर कमाउ धन्दामा लाग्ने पुरुषहरुको सङ्ख्या पनि बढिरहेको छ । महिलाका बारेमा बुझ्ने र सम्पत्ति भएकी एकल महिला, श्रीमान् विदेश वा शहरमा भएकी महिला आदि खोजीखोजी नजिक हुने, सम्बन्धमा रहने र अन्त्यमा सम्पत्ति सबै खाएर बिचल्ली बनाउने पुरुषको सङ्ख्या पनि बढिरहेको छ । यो पनि हनी ट्रयापिङ नै हो ।’ हनी ट्रयापमा केही पेसेवर गिरोह नै संलग्न रहेको देखिन्छ । हनी ट्रयापिङ गरेर पैसा कमाउने गिरोहकै कारण यस्ता घटना अचेल बढिरहेका छन् । महिलालाई प्रयोग गरेर पुरुषहरुलाई परिबन्दमा पार्ने र त्यसबाट आर्थिक लाभ लिने गिरोह नै यसमा संलग्न छ । कतिपय अवस्थामा हनी ट्रयापमा संलग्न भनिएकी महिला नै पीडित भएकोसमेत पाइएको छ । त्यसकारण, ती महिलालाई कसले, कसरी परिचालन गर्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ ।  

श्रीमती खोज्ने गिरोह

पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती खोज्दै हिँड्ने गिरोह महिलालाई फसाउन सक्रिय रहेको देखिएको छ । वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमती खोज्दै हिँड्ने पुरुषहरूको संख्या अत्यधिक छ । त्यस्ता महिलासँग नजिक हुने, सम्पत्ति सबै लिने र पछि बिचल्ली पारेर छाड्ने युवाको बढिरहेको छ । ‘काम नगरी शहर बजारमा कसैले उच्च शैलीको जीवनशैली बाँचिरहेको छ भने उसले केही न केही त गरेकै हुन्छ । शहरमा बसेपछि सुरुमा बाँच्ने आधार र पछि महत्वाकांक्षा बढ्दै जाँदा उनीहरुले फ्ल्याट नै भाडामा लिएर यौन अखडा चलाउने गरेको समेत पाइएको छ । आपराधिक मनोवृत्ति बोकेका पुरुषहरूले सम्पत्ति र यौन क्रियाकलापका लागि त्यस्ता महिलाको खोजी गरिरहेका हुन्छन् । सुरुमा त्यस्ता गिरोहले पुरुषलाई विदेश पठाउने बेलादेखि नै सहयोगका नाममा नजिकिएका हुन्छन् । ती युवालाई विदेश पठाउन ऋण खोजिदिनेदेखि पासपोर्ट बनाउन जाने र एअरपोर्टसम्म पनि उनीहरु पुग्छन् । अनि जब युवा विदेश जान्छन्, त्यसपछि महिलासँग नजिक हुन्छन् र बैंक खाता खोलिदिनेदेखि विदेशबाट पठाएको पैसा लिन जान पनि महिलालाई सहयोग गरेको नाटक गर्छन् । अनि महिलासँग नजिक भएपछि यौन सम्बन्धसम्म पुग्छन् र महिलाको सम्पत्तिमा आँखा लगाउन थाल्छन् । महिलासँग पैसा लिन थाल्छन् र अन्तिममा आफैले सम्बन्धमा रहेको सूचना महिलाको परिवारसम्म पनि पुर्याउने गर्छन् । अनि सबै थाहा भइहाल्यो, अब के गर्ने भागौँ भन्छन् । अनि महिलाले भएको सम्पत्ति बोकेर हिँडेपछि पुरुषले त्यो सम्पत्तिमा कब्जा जमाउँछ । सम्पत्ति सबै आफ्नो बनाइसकेपछि भने महिलालाई बेवास्ता गर्न थाल्छन् र भारतमा लगेर बेच्नेसम्मका हर्कत गर्छन् । यो पनि हनी ट्रयाप नै हो ।  

फल्याट लिएर यौन अखडाको धन्दा

काठमाडौंमा फ्ल्याट भाडामा लिएर यौन अखडा बनाउने महिला र पुरुषको संख्या बढ्दै गएको छ । त्यस्ता मानिसहरु ग्रामीण क्षेत्रबाट शहरमा आउने र फ्ल्याट भाडामा लिएर बस्ने गरेका छन् । उनीहरुमध्ये कतिपय, विवाहित, डिभोर्सी, एकल त कतिपय अविवाहित नै हुन्छन् । काठमाडौंमा उनीहरुको अरु पेसा वा व्यवसाय नभए पनि उनीहरुको जीवनशैली सम्पन्नको जस्तो हुन्छ ।  काम नगरी शहर बजारमा कसैले उच्च शैलीको जीवनशैली बाँचिरहेको छ भने उसले केही न केही त गरेकै हुन्छ । शहरमा बसेपछि सुरुमा बाँच्ने आधार र पछि महत्वाकांक्षा बढ्दै जाँदा उनीहरुले फ्ल्याट नै भाडामा लिएर यौन अखडा चलाउने गरेको समेत पाइएको छ ।’ कुनै व्यक्ति धनी भेटिएको अवस्थामा ब्ल्याकमेलसमेत गरी धेरै रकम असुल्ने गरिएको र हनी ट्रयापमा पार्ने गरिएको छ । यदि कोही व्यक्ति शहर बजारमा बिना काम बसिरहेको छ र उसको आम्दानीको स्रोत पनि अरु केही छैन भने बुझ्नुस् कि ऊ कुनै न कुनै रुपले यस्तै कार्यमा संलग्न हुन सक्छ । यस्तो अपराधका लागि सुरुमा बाँच्ने आधारबाट सुरु भई पछि छिटो र धेरै कमाउने उच्च महत्वाकांक्षाले काम गरेको हुन्छ ।

 


Posted on: 2024-Jan-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar