28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुरक्षित उपत्यका हाम्रो अभियान

17 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हुङ्कार संवाददाता
काठमाडौं  हाम्रो अभियान दशै, तिहार, छड पर्ब र भिन्तुनाको उपलक्षमा काठमाडौ उपत्यका प्रहरी कार्यालयले यि ३ जिल्लामा शान्ति सुब्यबस्था काम गर्ने, अपराध नियन्त्रण गर्ने र अनुसन्धान गर्ने काममा हाम्रा ३ वटा परिसर, बृत्तहरु, प्रभाग, विट, सिआर विहरु र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत खटिने सुरक्षाकर्मिहरुले सबैसँग समन्वय गरेर शान्ति सुव्यवस्था गर्ने र अपराध नियन्त्रण गर्ने कार्य प्रभाबकारी रुपमा कार्यान्वयन गरीरहेका छन । त्यसमा दशै, तिहार, छड पर्ब र नेपाल संबत भिन्तुनाका अबसरमा हुन सक्ने सुरक्षा चुनौतिहरुलाई ध्यानमा राखेर र विगतमा भएका सुरक्षा चुनौति, कमिकमजोरीहरुलाई समेत सच्याएर र आगामि दिनहरुमा हुन सक्ने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सामाजिक अपराध नियन्त्रण गर्ने, चोरी, डकैतिहरु नियन्त्रण गर्ने, मादक पदार्थ सेवन गरेर हुने अशान्ति, झै झगडा गर्ने, कुटपिट गर्नेदेखि र शान्ति सुब्यबस्था कायम गर्ने काम प्रहरी उपत्यका कार्यालयको निर्देशन र समन्वयमा भैरहेका छन । त्यसको तयारी सकिएर कार्यान्वयनमा गैसकेको छ ।  त्यसैगरी टाफिक ब्यबस्थापनको सन्दर्भमा काठमाडौ उपत्यकाबाट बाहिरी जिल्लाहरुमा जाने यात्रु महानुभाबहरुको सुरक्षा प्रबन्ध गर्ने, विभिन्न यातायात ब्यबसायीहरुसँग समन्वय गर्दै भाडा दरका कुरा, रुटका कुरा,टाफीक जामको बिषय र सुरक्षित यात्राका बिषयमलाई ध्यानमा राखेर उपत्यकाका ३ वटै सुरक्षा कार्यालयबाट बनाईएको विशेष सुरक्षा योजना छ, त्यो बिशेष सुरक्षा योजनालाई काठमाडौ उपत्यका प्रहरी कार्यालयले एकिकृत सुरक्षा योजना बनाएर थप म्यानपावर समेत खटाएर कार्यान्वयको अबस्थामा गैसकेको छ । यो सुरक्षा योजनालाई हामी निरन्तर दशै, तिहार, छड र नेपाल संबत सम्म लैजान्छौ, कार्यान्वयन गर्छौ ।  परिचालित जनशत्ति  यसमा हाम्रा ११४५ वटा सुरक्षा टोलि सहित ७५५६ जना सुरक्षा जनशत्ति परिचालित गरेका छौ । त्यसको अनुगमन गर्ने, मनिटरीड. गर्नको लागि पनि हाम्रा विशेष टोलीहरु छन ।  समन्वय र कार्यान्वयन  नेपाल प्रहरीलाई सरकारले उपलब्ध गराएको सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरेर समाजमा शान्ति सुब्यबस्था कायम गर्ने हाम्रो मूल कार्य हो । त्यसैका आधारमा हामीले यो योजनाको सफल कार्यान्वयनकोलागि नागरीक समाज, पब्लिक पाटनरहरु र आम नागरीकहरुसँग पनि समन्वय गरेर योजना अगाडि बढाईरहेका छौ । त्यसकोलागि ति सबै स्टेक होल्डरहरुसँग बसेर छलफल अन्र्तकृयाहरु गर्ने, नागरीक सुनवाईहरु गर्ने, बिभिन्न स्थान बिशेष ठाउँहरुमा हुन सक्ने समस्या जस्तो न्युरोड र भत्तपुरको जगातिमा हुने सुरक्षा समस्या फरक हुन्छ त्यसलाई आधार मानेर सुरक्षा योजना परिचालित गरेका छौ । त्यसैगरी बढि भिँडभाड हुने क्षेत्रहरु जस्तै समिड. महल, सुपरमार्केटरु र बसपार्क यरीयालगाएत उपत्यकाका १४ ठाउँहरुमा टाफीक प्रहरी र प्रहरीहरु खटाएर हामीले नागरिक सहायता कक्ष, हेल्प डेक्स सञ्चालन गरेका छौ । जसमा हामीले महानगरपालिकाहरुसँग पनि समन्वय गरेर ति सहायता कक्षहरु सञ्चालित गरीसकेका छौ । त्यसबाहेक भिँडभाड कम गर्न र ब्यबस्थापन गर्न सिसिटिभी क्यामरा त छँदैछ त्यसबाट नेदेखिने ठाउँहरुकोलागि दोहोरो लेन क्यामरा र ड्रोन क्यामराको समेत ब्यबस्था गरेका छौ । त्यस बाहेक गस्तिमा खटिएका सुरक्षा गस्तिहरुले प्रबिधिको उपयोग गर्दै सुरक्षा योजना अगाडि बढाएको हुनाले यो पटक हाम्रो सुरक्षा योजना प्रभाबकारी रुपमा जान ब्यबस्था गरेका छौ । किनकि यो संघिय राजधानि पनि भएकोले र यहाँ धेरै जनसंख्या भएको बिदेशबाट समेत आउने पर्यटक आउने पर्यटकीय शहरु भएको हुनाले काठमाडौ ब्यबस्थित र सुरक्षित शहर बनाउने योजनाकासाथ हामीले काम गरीरहेका छौ । यहाँबाट बाहिर जाने नागरीकहरुले ढुक्ककासाथ यात्रा गर्न सक्ने गरीको सुरक्षा ब्यबस्था र योजना हामीले गरेका छौ । साथै यहाँ चोरी, लुटपाट र डकैतिहरु पनि बढि हुन सक्ने भएकोले त्यसलाई समेत मध्यनजर गरेर सुरक्षा योजना बनाएका छौ । हामीले सनासाना टोलीदेखि युनिफर्ममा प्रहरी खटाउनेदेखि उपत्यका भरीका सामुदायि प्रहरी युनिटहरु र अन्य थुप्रै गस्ति समेत परिचालित गरेका छौ ।  स्रोत साधन यसकालागि सरकारले उपलब्ध गराएको स्रोत साधन र प्रविधिको समुचित उपयोग गर्दै यि सबै चुनौतिलाई चिरेर काम गरीरहेका छौ । हामीसँग भएका सवारी साधनदेखि मर्मत संभार गर्नुपर्ने सवारी साधनलाई मर्मत संभार गरेर र अन्य लजिष्टिक बस्तुहरुको व्यवस्थापन गरेर हामी हाम्रो कामलाई प्रभावकारी ढंगबाट अगाडि बढाउँछौ । स्रोत साधनकै अभाबका हाम्रा कुनै पनि गतिबिधि र रणनीतिहरु काम याबि नहुने हुँदैनन् । त्यसका अलबा हामीलाई उपत्यकाका महानगरपालिकादेखि बिभिन्न संघ, संस्था र अन्य स्टेक होल्डरहरुले समेत सहयोग गरीरहेको हुनाले ति सबैसँग सहकार्य र समन्वय गर्दै काम अगाडि बढाएका छौ । साथै यसकालागि ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नागरीक समाज, बिभिन्न ब्यबसायि लगाएत आम नागरीको पनि राम्रो सहयोग छ, समन्वय छ । अपराध नियन्त्रण  त्यसैगरी अपराध नियन्त्रणकालागि यि सबै स्टेक होल्डर लगाएत पब्लिकबाट पनि बिभिन्न खालका सूचना लिने दिने काममा हामी मिहनतकासाथ लागि रहन्छौ । हाम्रो अभियानलाई सबैले साथ सहयोग गर्ने काम भैरहेको हुनाले हामीलाई सुरक्षा योजना सफल बनाउन थप सहयोग भएको छ । उपत्यका लगाएत मुलुकको शान्ति सुरक्षा र विकासकालागि नागरिकको पनि यो काममा सहयोग आबाश्यक छ, हामीसँगै हुन जरुरी छ । त्यो भै पनि रहेको छ । यि सबैको साथ सहयोगले हामी उपत्यका लगाए सीँगो मुलुकको शान्ति, सुबेवस्था गर्ने र अपराध नियन्त्रण गर्ने कार्यमा सफल र सक्षम भैरहेका छौ ।  उपत्यकाको मात्रै होइन सिँगो मुलुकलाई सुब्यबस्थित र सुरक्षित गर्न सुरक्षा फौजको मात्रै होइन पब्लिकको पनि ठुलो सहयोग आबाश्यक पर्छ । यो कामकोलागि पब्लिक हामीसँग साथमा हुनुपर्छ । उहाँहरुको सहि सूचना दिनेदेखि हाम्रा योजना कार्यान्वयनमा उहाँहरुको महत्वपूण भुमिका हुन्छ । त्यो भएर मात्रै हाम्रो सुरक्षा योजना कार्यान्वय गर्न सहज हुन्छ । यो कुरा हामीले हाम्रा हरेक कार्यक्रममा जानकारी गराएकोले यसमा हामीलाई उहाँहरुको साथ सहयोग प्राप्त भैरहेको छ ।  हामीले शान्ति सुरक्षाकासाथै अन्य अपराधिक गतिबिधिहरु जस्तै डकैति, तस्करी, लागुऔषध ओसारपसार देखि चोरी शिकारी अपहरण, फिरौति, काटमार जस्ता जगन्य अपराध नियन्त्रण गर्ने त्यस्ता अपराध कर्ममा सम्लग्न हुनेहरुलाई कानूनि कारबाहि गर्ने, कानूनको दायरामा ल्याउन सबै खाले सुरक्षा रणनीति अपनाउने गरेका छौ । त्यसकालागि हामीलाई उपलब्ध भएको स्रोत साधनलाई अधिकतम उपयोग गरी तदअनुरुपमा सुरक्षा योजनाहरु बनाएर समाजमा शान्ति सुब्यबस्था अमनचैन कायम गर्न देखि नागरीकको सुरक्षा गर्ने कामहरु ब्यबस्थित रुपले गरीरहेका छौ । सुरक्षा अपील सुरक्षित उपत्यका, हाम्रो अभियान भन्ने योजनाकासाथ हामीले अहिले काम  गरीरहेका छौ । त्यसमा हाम्रो सिँगो उपत्यका प्रहरी, हाम्रा एक्सन प्लान, हामीले बनाएको टिम, हाम्रा सुपरिभिजन, सुरक्षा रणनीति र प्रहरीको असल आचरणकासाथ प्रभाबकारी रुपले अगाडि बढाएका छौ, सुरक्षा योजनाहरु बनाएका छौ । यसका आधारमा हामीले मुस्कान र नम्र ब्यबहार सहित नागरिकसँग प्रहरी सँगसँगै रहेर अगाडि बढने हाम्रा योजना सफल पार्ने काममा दत्तचित्त भएर हाम्रो अभियान अगाडि बढिरहेका छ । यसमा सबैको साथ सहयोगकासाथ चाडबाढ असल आचरणकासाथ मनाउन म उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा आम उपत्यकाबासीलाई अनुरोध गर्दछु । हामीले सामुदायिक प्रहरी सेवा अन्र्तगत बिभिन्न सूचनाका माध्यमबाट सबैलाई सूचना गर्दै, अन्र्तकृया गर्र्देै र पोष्टरीङ गर्दै सबै सामु हाम्रा योजनाहरु सुनाएका, पुरयाउँदै आएका छौ । यसलाई सबैको सहयोग हुने आसाकासाथ सुरक्षित उपत्यका हाम्रो अभियानलाई सफल बनाई दिनहुन पुन आग्रह गर्दछु ।  

Posted on: 2023-Oct-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar