27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

डाक्टरको दक्षता माथि विरामीको हथौडा ! ! अराजक बन्दै समाज, मुकदर्शक बन्दै सरकार

17 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 स्वास्थ नैं संवेदनशिल क्षेत्र हो । शिक्षा र रोजगारी संगै स्वास्थ पनि आम नागरिकको नैर्सगिक अधिकार हो । यो अधिकारबाट कोही कसैलाई कंहीबाट पनि बन्चित गराउनु हुदैंन । सरल, सहज र सुलभ स्वास्थ सरकारको पहिलो दायित्व हुनु पर्छ । नागरिकमाथिको यो दायित्व पुरा गर्ने जिम्वेवारी सरकारको हो । तर सरकारले यो जिम्मेवारी पुरा नर्गदा अथवा यो जिम्वेवारी पुरा गर्नका सरकारबाट भएका गल्ती कमजोरीको भागिदार यतिखेर स्वास्थकर्मीहरु हुन थालेका छन् ।
स्वास्थ केन्द्र, अस्पताल सञ्चालन भएपनि ति स्वास्थ केन्द्र अस्पतालहरुको लागि पर्याप्त जनशक्ति नहनु, स्वास्थ सेवा सञ्चालनको लागि आवस्यक सम्पुर्ण पुर्वाधारहरु नहनुले पनि बिरामीहरुले सहजरुपमा भने जस्तो स्वास्थ सेवा पाउन सकेका छैंनन । सोहीकारण बिरामीका आफन्तहरुको निशानामा पछिल्लो समय चिकित्सकहरु पर्न थालेका छन् । आफ्नो बिरामीको राम्रो उपचार नभएको बहानामा स्वास्थकर्मीहरुमाथि कुटपिट, धरकपड र हुल हुज्जत बढ्दै गएको छ । जसको केही घटनाहरु  पछिल्लो समय देखिएका छन् । यही असोजको १४ गते सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भयो । सो दिन दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले बताए । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी) मा आएका बिरामीले कुटपिट गरेका हुन् । ‘बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको रहेछ । तर, ती विशेषज्ञ क्लासमा हुुनुहुँदो रहेछ । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एकछिन समय लाग्छ भनेपछि उहाँमाथि कुटपिट भयो । उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गर्यो । घटना यतिमा नैं साम्मे भएन । अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिए, स्वास्थकर्मीहरुमाथिको कुटपिट अन्त्य होस भन्दै । कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिए । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्ना दिए । आन्दोलनमा उत्रिएका डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।  यो त एउटा प्रतिनिधि घटाना मात्र हो । यस्तै घटना चितवनको भरतपुर अस्पातलमा भयो । त्यहाँ डाक्टरमाथि भएको कुटपिटको भिडियो नैं सार्वजनिक भयो । उक्त भिडियो निकै भाईरल भयो । सो घटनापछि डाक्टरहरुले आफ्नो कुटाई खाने पालो कहिले आउने हो भन्दै, सुरक्षाको माग गर्दे आन्दोलनमा उत्रिए । देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारे । अस्पताल तथा स्वास्थ चौकीहरुलाई मन्दिर मानिन्छ । अनि यहाँ कार्यरत स्वास्थकर्मीहरुलाई भगवान सरह मानिन्छ । त्यहीकारण सबैजसो हस्पिटलहरुमा भगवानको मुर्ति राखिएको हुन्छ । स्वास्थकर्मीहरुलाई भने यस अर्थमा भगवान मानिन्छकी उनिहरुले शारीरिकमा बिरामी भई कमजोर बनेका आम मानिसहरुलाई उपचार गरी बिशेष बनाई नयाँ जीवन दिन्छ । बिरामी भएकै कारण गुमेको परिवार, आफन्त, साथीभाईहरुको गुमेको हाँसो फर्काइ दिन्छन । यसकारण पनि स्वास्थकर्मीहरुलाई भगवान मानिएको हो ।  तर आजकल केही मानिसहरु अराजक बन्दै गएका छन । उपचारको नाउँमा तलमाथि भएको भन्दै यिनै मानवरुपी भगवानमाथि कुटपीट, हुलहुज्जत हुने गरेको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भरतपुर हष्पिटल आदिमा स्वास्थकर्मीहरुमाथि भएको कुटपीट यस्तै घटनाका केही उदाहरणहरु हुन । स्वास्थ क्षेत्र शान्त क्षेत्र हो । यहाँ कुनै पनि किसिमको हुलहुज्जत, झै झगडा, कुटपीट लुछाछुडी, डकैती, चोरी हुनु हुदैंन । यो क्षेत्र निकै नैं संवेदनशिल क्षेत्र हो । तर अहिले यो क्षेत्रको संवेदनशिलताई नजरअन्दाज गरेर केही सिमित व्यक्तिहरुको स्वार्थको लागि द्धन्द्ध निम्ताउने काम हुने गरेको छ । यो क्षेत्रलाई अशान्त बनाउने काम भएको छ । केही व्यक्ति तथा समुहको यस्तो कु कार्य ले सिंगो चिकित्सा क्षेत्र त्रसित बन्दै गएको छ । सबै किसिमका चिकित्सकहरुले आफ्नो कार्यक्षेत्र भित्र नैं असुरक्षित महसुस गर्न थालेका छन् ।  यस्तो हुनुको प्रमुख कारण राज्य पक्षको कमजोरी हो । राज्यको सम्वन्धीत निकायले चिकित्साक्षेत्रलाई सुरक्षित बनाउन नसक्नुले पनि चिकित्सकहरुमाथि हातपात र कुुटपिटका घटनाहरु बढ्दै गएका छन् । यसलाई रोक्नको लागि राज्य पक्ष जिम्वेवार हुनु पर्छ । राज्यको सुरक्षा संयन्त्र चुस्त र दुरुस्त हुनु पर्छ । आमनागरिकले पनि उपचारको नाउँमा केही तलमाथि हुँदा सिंगो चिकित्सा क्षेत्रलाई नैं आतंकित बनाउने गरी धरकपडमा उत्रिनु हुदैन । जिम्वेवार नागरिक जिम्वेवार बन्नु पर्छ । उपचारको नाउँमा केही तलमाथि भयो भनेर सिंगो अस्पताललाई नैं आतंकित बनाउँदा उक्त हष्पिटलमा उपचार गरिरहेका अन्य बिरामीहरुको स्वास्थ पनि ख्याल गर्नुपर्छ । आफ्नो बिरामी मात्र बिरामी, आफ्नो स्वास्थ मात्र स्वास्थ हो, अरुको बिरामी र अरुको स्वास्थ केही होईन भन्ने किसिमको मानसिकताबाट आम नागरिक माथि उठ्नु पर्छ । अस्पतालाई शान्त राख्नु पर्छ । राज्य पक्षले पनि स्वास्थ क्षेत्रलाई शान्त राख्नको लागि सबै किसिमका पर्याप्त पुर्वाधारहरु, सबै किसिमका सुरक्षा संयन्त्रहरुलाई चुस्त दुरुस्त राख्नु पर्छ । अनिमात्र स्वास्थ क्षेत्र शान्त क्षेत्र बन्न सक्छ । स्वास्थकर्मीहरुको मनोवल बढ्न सक्छ । तर सरकारले अहिलेसम्म पनि स्वास्थ क्षेत्रलाई शान्ती क्षेत्रकोरुपमा बिकास गर्न जुन काम गर्नुपथ्यो, अहिलेसम्म पनि गर्न सकेको छैंन ।  दिन दहाडै स्वास्थकर्मीहरुबाट आक्रमण हुंदा सरकार रमिते बनिरहेको छ । मुकदर्शक बनिरहेको छ । तर पछिल्लो समय स्वास्थ क्षेत्रमा देखिएको जुन बेथिती थियो, त्यसपछि भने सरकार स्वास्थकर्मीहरुमाथि हुने धरकपडलाई नियन्त्रण गर्न केहीहदसम्म जिम्वेवार देखिएको छ । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी व्यवस्थाको बडापत्र राख्ने व्यवस्था गर्नु यसकै एउटा राम्रो सुरुवात हो । स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड तथा सजाय सम्बन्धी कानुनी व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय गरेको थियो । सोही अनुसार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सजायसम्बन्धी जानकारीमूलक बडापत्र टाँसिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ ( पहिलो संशोधनसहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टास्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । उक्त सूचना पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा  दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याए  स्वास्थ्यकर्मी–कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पु¥याए तीन वर्षसम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुनसक्छ । यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा  एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।    कुटपिट गर्नेलाई तीन वर्ष बढी सजाय   ससर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सहमत भएको छ । सरकार र आन्दोलनरत चिकित्सकहरुबिच भएको छ बुँदे सहमतिसँगै अनुसार सरकार उक्त कानुन निर्माण गर्न सहमत भएको छ । मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।  सरकारले घटनामा संलग्नहरुलाई कानुन अनुसार कारबाही गर्ने बताएपनि चिकित्सकहरुले आन्दोलन जारी राखेका थिए । विद्यमान कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबल नउठ्ने भन्दै उनीहरुले कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग गरेका थिए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना दुबै सजय हुने व्यवस्था छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजायको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । पाँचबुँदे सहमतिको तेस्रो नम्बरमा भनिएको छ, ‘‘ यो लगायतका विषयमा कानुन संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अगाडि बढाउने ।’ सरकार र संघर्ष समितिबीच कुटपिटमा संलग्नहरुलाई अहिलेकै ऐन अनुसार कारबाही गर्ने र मणिपाल लगायतका स्वास्थ्य संस्थामा सुरक्षा भरपर्दो बनाउने सहमति भएको छ । साथै चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधानमा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने लगायतका तत्काल सुधार गर्नुपर्ने विषयहरुमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।  स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेको कुटपिट तथा दुर्व्यवहारका घटनाको कारक तत्व पत्ता लगाई निराकरणका लागि गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे सुझाव दिन १० दिनभित्र अर्को उच्चस्तरीय कार्यदल पनि बनाउने भएको छ । दुबै कार्यदलको प्रतिवदेनको मुल मर्म कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता छ । यो सहमतिसँगै स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ । अब आफूहरु नियमित काममा फर्किने स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले जानकारी दिएका थिए ।    डाक्टर कुटेर सहानुभूति हु“दैन, मुख्यमन्त्री पाण्डे   गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन् । स्वास्थ्य संस्थाप्रति जनताको विश्वास जगाउन र चिकित्सकको मनोबल बढाउन डाक्टर कुट्ने र स्वास्थ्य संस्था तोडफोड गर्ने व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको भनाइ छ । गोरखा अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले डाक्टरमाथि कुटपिट गर्ने व्यक्ति आफ्नै पार्टीका कार्यकर्ता भए पनि सहानुभूति नरहने जिकिर गरे । ‘अस्पतालमा भएका घटनामा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस्, चाहे अरु कसैको होस्, त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति, सद्भाव केही पनि रहँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ ।’ डाक्टरमाथि एकपछि अर्को आक्रमणका घटना हुनु दुखद् भएको भन्दै उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा सबै गम्भीर हुनुपर्ने धारणा राखे । ‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवानले बचाउँछन् भन्छन्, डाक्टर भगवान होइनन्’, उनले भने, ‘मलाई लाग्दैन कि कुनै पनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नु पनि हुन्न ।’ पछिल्लो केही समययता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका विभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यो दुखद् घएको बताए । ‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतिपूर्ति दिने प्रथा पनि हो’, उनले भने, ‘हुलदंगा गर्यो िभने क्षतिपूर्ति बढी पाउने, नपाउनेले पनि पाउने । त्यस्तो प्रवृत्तिले पनि चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड हुन नदिन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकले काम नै गर्न नसक्ने भयौँ भनेर नबस्न पनि उनले आग्रह गरे । डाक्टरहरुलाई राज्यले सुरक्षा दिने भन्दै मुख्यमन्त्री पाण्डेले कामै छोडेर नबस्न पनि आग्रह गरे ।     

Posted on: 2023-Oct-17

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar