27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सबैले व्यवसायिक मर्यादा कायम राखौं

20 - Aug-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शिक्षा क्षेत्र भनेको मुलुकको सबै नागरिकलाई अझ जिम्बेवार, देशभक्त, कर्मशिल, मिहेनती एवं सिप र क्षमतायुक्त बनाउने क्षेत्र हो । यो क्षेत्र कुनै पनि हालतमा कमजोर हुनु हुदैन । यसमा बेथिती पनि हुनु हुदैंन । यो क्षेत्र कमजोर भयो भने सिंगो मुलुक कमजोर हुन्छ, सिंगो मुलुकको अर्थतन्त्र कमजोर हुन्छ, बिकास अवरुद्ध हुन्छ । किनकी मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक पुर्वाधार लगायतका सबै क्षेत्रमा बलियो बनाउने भनेको शिक्षा नैं हो । यो शिक्षा युवासंग जोडिएको छ । यस अर्थमा पनि मुलुकको शिक्षा क्षेत्र बलियो हुनुपर्छ, बेथिती मुक्त हुनुपर्छ । यसमा कसैको दुईमत छैन । 
जहाँसम्म शैक्षिक परामर्श संस्थाहरुको कुरा छ, मुलुकको समग्र एवं दिगो आर्थिक बिकास र समृद्धिमा यो क्षेत्रमा भुमिका पनि निकै नैं ठुलो रहेको छ । आजको दिनमा नेपाल चलेको छ, नेपालको अर्थतन्त्र चलायमान भएको छ भने त्यो रेमिटेन्सले गर्दा नैं हो । यो रेमिटेन्समा कुनै नै कुनैरुपमा शैक्षिक परार्मश संस्थाहरुको योगदान रहेको छ । यो योगदानलाई राज्यले नजरअन्दाज गर्नु हुदैन । किनकी प्रत्येक बर्ष नेपालले बैदेशिक रोजगारीबाट प्राप्त गर्ने झण्डै ११ खर्ब रुपैंयाँ बराबरको रकममा शैक्षिक परामर्श संस्थाहरुको नैं हात रहेको छ । यि संस्थाहरुमार्फत अमेरिका, जापान, क्यानडा, युके, अष्टे्रलिया पुगेका नेपाली बिद्यार्थीहरुले अध्ययन सकिएपश्चात काम गरेर पठाएको पैसा नैं रेमिटेन्स हो । उक्त रेमिटेन्समा शैक्षिक परामर्श संस्थाहरु बाहेक बैदेशिक रोजगार व्यवसायीहरुको पनि निकै ठुलो हात रहेको छ । तिनै म्यानपावरहरु मार्फत, दुबई, कतार, मलेसिया, साउदी अरब, कोरिया पुगेका नेपाली युवाहरुले पठाएको रकमले नैं आज मुलुक चलेको छ ।  मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउने शैक्षिक परामर्श क्षेत्रमा पनि अहिले बेथिती मौलाएको छ । राज्यकै कमजोर संयन्त्रका कारण यो क्षेत्रमा बेथिती मौलाएको हो । केही गलत दुषित मनासायबाट ग्रसित भएका व्यक्तिहरु यो क्षेत्रमा आएकै कारण यो क्षेत्रमा बेथिती बढेको हो । त्यो समुहले गर्दा राम्रो काम गर्ने शैक्षिक परामर्श संस्थाहरुको नाम पनि बदनाम भएको छ । यो अवस्थामा सरकारले त्यस्ता गलत मनासायबाट प्रेरित भएर आएकाहरुलाई कारवाही गर्नुपर्छ । व्यवसायीक आचार संहिता कायम गर्न लगाउनु पर्छ । यदि काम गर्दैन भने दण्डित गर्नु पर्छ । लोभ र लालचमा फसेर सरकारी निकायका कर्मचारीहरुले गतल तत्वलाई प्रसय दिनु हुंदैन ।

Posted on: 2023-Aug-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar