26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

२०८० : नयाँ वर्ष, नयाँ सुरुवात !

21 - May-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हामी अहिले नयाँ बर्षको पुर्व सन्ध्यामा रहेका छौं । यो अवस्थामा हामीबिच निकै ठूलो चुुनौतीको पहाड छ । बिश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस केही बर्ष मत्थर भएपनि नयाँ बर्षको सुरुवात हुनै लाग्दा यसको ग्राफ बढ्दै गएको छ । यो महामारीले सिकाएको अर्को महत्वपूणर् कुरा भनेको आत्मनिर्भर अर्थतन्त्रको विकास पनि हो । जुन कुरा आजको विश्वमा असम्भव नै छ, तर गर्न खोजेको खण्डमा सबै कुरामा नभई हामी धेरै कुरामा आन्तनिर्भर हुुनसक्छौँ । बढ्दो व्यापारघाटालाई केही हदसम्म भए पनि नियन्त्रणमा राख्न सक्छौँ । 
यसको लागि हामीले स्वदेशी, श्रम, सीप र रोजगारीलाई प्रोत्साहन हुुने गरी आफ्नो आनीबानी र आचरण सुधार गर्नुपर्छ । अहिले एउटै वस्तुु तथा सेवाको प्रयोगमा पनि धेरै विकल्पहरु रहेका छन् । ती विकल्पमा आफ्नै स्रोत, साधन र सीपको प्रयोग भएको वस्तुु तथा सेवालाई स्वीकार्नसकेको खण्डमा मुुलुकको अर्थतन्त्र पनि केही कुरामा आत्मनिर्भर हुुनसक्छ । केही वस्तुु तथा सेवामा मुुलुक आत्मनिर्भर हुुनु भनेको मुलुकको बढ्दो वैदेशिक व्यापारघाटामा केही प्रतिशतले भने पनि कमी आउनुु हो । हाम्रोजस्तो पूणर्रुपमा परनिर्भर र रेमिट्यान्सको भरमा चलेको मुलुुकमा थोरै मात्रामा वैदेशिक व्यापारघाटामा कमी आउनुु पनि निकै महत्वपूणर् हुुन सक्छन् । नेपालले प्रत्येक वर्ष मुुलुकको बजेटबराबरकै वैदेशिक व्यापारघाटा व्यहोर्ने गरेको छ ।  यदि व्यापारघाटाको ग्राफ बढ्दै जाँदा हामीले गर्नपर्ने अभ्यास भनेको आत्मनिर्भरताको अभ्यास हो । जुन कुुरामा हामी आत्मनिर्भर हुुनसक्छौँ, त्यस्तो वस्तुु तथा सेवाको उत्पादन हामीले आफ्नै देशमा गर्नुुपर्छ । अहिलेको अवस्थामा कोभिड १९ कै महामारीका कारण ठूलो जनसंख्या स्वदेशमा आएको छ । त्यो जनसंख्यालाई मुलुकको आर्थिक विकास र समृद्धिमा लगाउन पनि हामीले आफ्नै देशमा रोजगारी सिर्जना गर्नुुपर्छ । आजको अवस्थामा त्यो रोजगारी सिर्जना हुुने भनेको नै कृषि, पर्यटन र पूर्वाधारबाट नै हो । हामीले त्यस्ता क्षेत्रमा आफ्नै श्रम, सीप र क्षमता उपयोग गर्नसकेको खण्डमा परनिर्भरतातर्फ उन्मुुख हुँदै गएको हाम्रो अर्थतन्त्र केही हदसम्म भए पनि आत्मनिर्भरतातर्फ धकेलिन सक्छ । धेरै युवाहरु आफ्नै देशमा स्वरोजगार हुुनसक्छन् । बढ्दो व्यापारघाटामा केही हदसम्म कमी आउनसक्छ । यो संकट र महामारीले मुुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारतर्फ धकेल्न सक्छ अर्थात् भनौँ हामीलाई पनि आत्मनिर्भरतातर्फ धकेलिने भोक लाग्नसक्छ । आफ्नै देशमा श्रम, सीप र रोजगारी सिर्जना गर्ने भोक लाग्नसक्छ । आफ्नै देशमा केही गर्न भोक लाग्नसक्छ । मुुलुकलाई आर्थिक विकास र समृद्धिमा लैजाने भोक लाग्नसक्छ, त्यसको सुरुवात यो नयाँँ वर्षबाट सुरु होस् !  हामीले बिसं २०७९ लाई बिदा गरिसकेका छौं । यसअर्थमा हामी अहिले बिसं २०८० को पुर्वसन्ध्यामा उभिएका छौं । बिसं २०७९ लाई फर्केर हेर्दा यसमा धेरै किसिमका राम्रा नराम्रा घटनाक्रमहरु देखिएको छ । बिशेगरी राजनीतिकरुपमा देखिएको अवसरवादी र सत्ता र शक्तिको लागि जुनसुकै किसिमको कार्य गर्न पनि सक्रिय हुने राजनीतिक दलको चरित्रले आम नागरिकमा चरम निराशा ल्यायो । मौसम अनुसार रंग बदल्ने प्रवृति प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुमा देखियो ।  यही प्रवृतिले गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनको सरकार ढल्यो । गठबन्धन सरकारको प्रमुख शक्ति माओवादी केन्द्रले सत्ता प्राप्तीको लागि नेकपा एमालेका सभापति केपी ओलीसंगको सहकार्य गरी नयाँ सत्ता समिकरण गर्यो । सोही कारण नेकपा माओवादी केन्द्रका सभापति पुष्प कमल दाहाल (प्रचण्ड) नेपालको प्रधानमन्त्री बन्न सफल भए । प्रचण्ड प्रधानमन्त्री बने लगत्तै राष्ट्रपतिको चुनाव भयो । तर राष्ट्रपनि चुनावमा कसलाई राष्ट्रपति बनाउने भन्ने बिषयमा कुरा नमिल्दा केपी ओलीसंगको साथ पनि प्रचण्डले छोडे । केही महिना भित्रमा नैं प्रचण्ड पुरानै गठबन्धनमा फर्कियो । सोहीकारण राष्ट्रपति चुनावमा ओलीको हार भयो । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदबार बनेका पुर्व सभामुख सुवास नेम्वाङलाई हराउँदै दलिय गठबन्धनको बलियो सात पाएकै कारण नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । यससंगै नेकपा एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बन्न सफल भएकै बिद्यादेवी भण्डारीको राष्ट्रपतिको दोस्रो कार्यकाल सकियो । बिसं २०७९ सालमा नैं छोटो समयमा नैं बलियो राजनीतिक छवि बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अनेकौं राजनीतिक दाउपेचको शिकार भए । संसदीय चुनावमा चितवन क्षेत्रबाट सर्वाधिक मतले चुनाव जितेर सांसद बनेका लामिछाने छोटो समयमा नैं गृहमन्त्री बन्न सफल भए । गृह मन्त्री भएलगत्तै गृह प्रशासन सुधारमा खरोरुपमा उत्रिएका लामिछाने बिरुद्ध नागरिकता र राहदानी दुरुपयोगको मुद्धाहालेर पदबाट राजनीमा दिन बाध्य बनाईयो । एक महिनामा नैं लामिछानेको गृहमन्त्री र सांसदको पद गुम्यो । अहिले लामिछानेको नागरिकता प्रकरण र राहदानी प्रकरण सम्वन्धी मुद्धाको टुंगो लागिसकेको छ । सो अनुसार यही बैशाख १० गते चितवनमा उपनिर्वाचन हुंदै छ । उक्त चुनावमा लामिछाने पुन मैदानमा उत्रिएका छन् । नयाँ बर्ष २०८० मा यस्ता राजनीतिक दाउपेच नहोस् । कसैमाथि पनि आग्रह पुर्वाग्रह नराखियोस् । राम्रो काम गर्नेहरुलाई प्रोत्साहन गर्नै र नराम्रो काम गर्नेहरुलाई दण्डित गर्ने कार्यको सुरुवात होस् । यसरी दण्डित गर्नको लागि आफ्नो, अर्काको, आफन्त नातावाद हेर्ने परिपाटीको पनि अन्त्य हुनुपर्छ ।  यसको लागिको राजनीतिक दलका शिर्ष नेताहरुमा आम नेपाली जनताप्रति जिम्वेवारी र जवाफदेहिता हुनु आवस्यक रहेको छ । नेताहरु जिम्वेवार भएको खण्डको ति नेताहरुको नेतृत्वमा बन्ने सरकारले मुलुकमा आमुल परिवर्तन ल्याउन सक्ने सार्मथ्य राख्न सक्छ । देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सक्छ । बिकास र पुर्वाधार निर्माणको काम गर्न सक्छ । शिक्षा, स्वास्थ, रोजगारी लगायतका क्षेत्रमा आमुल परिवर्तन गरी केही दशकमा होईन केही बर्षमा नैं सिंगो देशको मुहार फेर्ने सक्छ । अहिलेको अवस्थामा केही अपवाद बाहेक सिंगो नेपाली समाज रोग, भोक र शोकले ग्रस्त भएको छ । गाउँ र पहाड रित्तिदै गएको छ । रोजगारीको अभाव हुंदा केही रुपैंयाँ पैसाको लोभमा ग्रामिण क्षेत्रका लाखौं नेपाली युवाहरु खाडी मुलुक भासिएका छन् । उनीहरुले कमाएर स्वदेशमा पठाएको पैसा अर्थात रेमिटेन्स रकम नाना र खानामा नैं सकिएको छ ।  यो अवस्थामा मुलुकको दिगो आर्थिक बिकासको लक्षय निकै नैं चुनौंतीपुणर् हुन सक्छ । तर राजनीतिक दल र सरकारमा यो चुनौतीलाई सामना गर्न सक्ने शक्ति हुनु पर्छ । यो शक्ति भनेको लाखौं नेपाली जनताहरुलाई स्वदेशमा नैं राम्रो रोजगारी दिनु हो । जहाँ जे संभावना छ, त्यहीको उत्पादन तथा बजारीकरण गरी कृषिजन्य उत्पादनमाथिको परनिर्भरता घटाउनु पर्छ । यसो हुन सकेको खण्डमा मात्र सिंगो मुलुक आर्थिकरुपमा समृद्ध हुनु सक्छ । मुलक शान्त, समृद्ध र समुन्नत हुन सक्छ । यसको सुरुवात यो नयाँ बर्ष २०८० सालबाट सुरु होस । जय नयाँ बर्ष २०८० !

Posted on: 2023-May-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar