28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नयाँ बर्ष सबैको लागि सुभ होस् !

21 - May-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 हामीले बिसं २०७९ लाई बिदा गरिसकेका छौं । यसअर्थमा हामी अहिले बिसं २०८० को पुर्वसन्ध्यामा उभिएका छौं । बिसं २०७९ लाई फर्केर हेर्दा यसमा धेरै किसिमका राम्रा नराम्रा घटनाक्रमहरु देखिएको छ । बिशेगरी राजनीतिकरुपमा देखिएको अवसरवादी र सत्ता र शक्तिको लागि जुनसुकै किसिमको कार्य गर्न पनि सक्रिय हुने राजनीतिक दलको चरित्रले आम नागरिकमा चरम निराशा ल्यायो । मौसम अनुसार रंग बदल्ने प्रवृति प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुमा देखियो । 
यही प्रवृतिले गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको पाँचदलीय गठबन्धनको सरकार ढल्यो । गठबन्धन सरकारको प्रमुख शक्ति माओवादी केन्द्रले सत्ता प्राप्तीको लागि नेकपा एमालेका सभापति केपी ओलीसंगको सहकार्य गरी नयाँ सत्ता समिकरण गर्यो । सोही कारण नेकपा माओवादी केन्द्रका सभापति पुष्प कमल दाहाल (प्रचण्ड) नेपालको प्रधानमन्त्री बन्न सफल भए । प्रचण्ड प्रधानमन्त्री बने लगत्तै राष्ट्रपतिको चुनाव भयो । तर राष्ट्रपनि चुनावमा कसलाई राष्ट्रपति बनाउने भन्ने बिषयमा कुरा नमिल्दा केपी ओलीसंगको साथ पनि प्रचण्डले छोडे । केही महिना भित्रमा नैं प्रचण्ड पुरानै गठबन्धनमा फर्कियो । सोहीकारण राष्ट्रपति चुनावमा ओलीको हार भयो । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदबार बनेका पुर्व सभामुख सुवास नेम्वाङलाई हराउँदै दलिय गठबन्धनको बलियो सात पाएकै कारण नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल भए । यससंगै नेकपा एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बन्न सफल भएकै बिद्यादेवी भण्डारीको राष्ट्रपतिको दोस्रो कार्यकाल सकियो । बिसं २०७९ सालमा नैं छोटो समयमा नैं बलियो राजनीतिक छवि बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अनेकौं राजनीतिक दाउपेचको शिकार भए । संसदीय चुनावमा चितवन क्षेत्रबाट सर्वाधिक मतले चुनाव जितेर सांसद बनेका लामिछाने छोटो समयमा नैं गृहमन्त्री बन्न सफल भए । गृह मन्त्री भएलगत्तै गृह प्रशासन सुधारमा खरोरुपमा उत्रिएका लामिछाने बिरुद्ध नागरिकता र राहदानी दुरुपयोगको मुद्धाहालेर पदबाट राजनीमा दिन बाध्य बनाईयो । एक महिनामा नैं लामिछानेको गृहमन्त्री र सांसदको पद गुम्यो । अहिले लामिछानेको नागरिकता प्रकरण र राहदानी प्रकरण सम्वन्धी मुद्धाको टुंगो लागिसकेको छ । सो अनुसार यही बैशाख १० गते चितवनमा उपनिर्वाचन हुंदै छ । उक्त चुनावमा लामिछाने पुन मैदानमा उत्रिएका छन् । नयाँ बर्ष २०८० मा यस्ता राजनीतिक दाउपेच नहोस् । कसैमाथि पनि आग्रह पुर्वाग्रह नराखियोस् । राम्रो काम गर्नेहरुलाई प्रोत्साहन गर्नै र नराम्रो काम गर्नेहरुलाई दण्डित गर्ने कार्यको सुरुवात होस् । नयाँ बर्ष २०८० ले सबै नेपालीहरुलाई शुख, शान्ति र समृद्धि प्रदान गर्न सकोस । सबैको लागि शुभ होस् । जय नयाँ बर्ष ।

Posted on: 2023-May-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar