24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालको पहिलो प्राईभेट ज्वलेरीकोरुपमा चिनाउने लक्ष्य लक्ष्य सहित फैलिदै छ, राशोभा

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काठमाडौं, असार 
“राशोभा संस्कृत नाम हो, यसको वास्तविक अर्थ के हो ? अहिले नैं त मलाई थाहा छैन, म यो नामको वास्तविक अर्थ के हो ? अझै गहिरेर बुझ्ने छु । तर मैले बुझेको एउटै अर्थ राशोभा हाम्रो जीवन हो, यसको प्रत्येक अक्षरहरु हामीसंग अर्थात भनौं हाम्रो परिवारसंग जोडिएको छ, संधै जोडिरहने छ । साँचो अर्थमा भन्नुपर्दा राशोभा मेरो बाबा र आमाको नामबाट केही अक्षर निकालेर हामीले बनाएका हौं, जसले अहिले हाम्रो सिंगो परिवारलाई एकै सुत्रमा बाँधेको छ, एउटा शुन्दर फुलको मालासरी । मेरो बाबाको नाम रामशरण के. सी हो, मेरो आमाको नाम शोभा के.सी हो । यसैबाट हामीले राशोभा बनाएका हौं, जुन कम्पनी मार्फत अहिले हामीले हिराको व्यापार गर्ने आएका छौं । राशोभा जसले तपाईलाई चम्काउने छ भन्ने स्लो गान सहित हामीले यो कम्पनी सुरु गरेका हौं, यसलाई हामीले नेपालको पहिलो प्राईभेट ज्वलेरीकोरुपमा चिनाउने लक्ष्य राखेका छौं ।” यो भनाई हो, राशोभाका निर्देशक शुधीरशरण के.सी को । उमेरले केही कम भएपनि व्यापार, व्यवसायमा अब्बल र राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा पनि व्यवसायीक अनुभव हाँसिल गरेका व्यक्ति हुन के.सी । केसीका अनुसार राशोभा संस्कृत शव्द हो, यसको शाव्दिक अर्थ त अहिले मलाई त्यति जानकारी छैन । तर यो नाम हामीले आफ्नो आमा र बुबाको नामबाट केही शव्द निकालेर बनाएका हौं । ज्वलेरी कारोबारको लागि हाम्रो शरण फाईन ज्वलेरी नामक एउटा कम्पनी छ, त्यो कम्पनीलाई हामीलाई राशोभाको नामबाट ब्राण्डिङ गरेका हौं । हिरा हाम्रो पुख्यौली व्यवसाय हो । मेरो बुवाको सिंगो जीवन तै हिराको व्यापारमा बितेको छ । उहाँको जीवनमा धेरै उतरचढावहरु, धेरै हण्डरहरु आएका थिए । ति सबैलाई चिदर्,े पन्छाउँदै अहिले हामीले राशोभा ब्राण्डलाई चिनाउने प्रयास गरेका हौं । मैले अन्य व्यवसाय पनि गर्न सक्थे । तर मेरो परिवार, आमाबुबाको सपनासंग जोडिएको व्यवसायबाट टाढा हुन् सकिन । म जे गर्छु, जहाँ गर्छ, यसमा नै केही गर्छ, यही संग जोडिएर नै केही गर्छु भन्ने लक्ष्य सहित म यसमा लागेको हुं ।  हामीसंग अहिले चार वटा कम्पनीहरु रहेका छन् । शरण फाईन ज्वलेरी, शरण हष्पिट्यालिटी प्रालि, टे्रड हाउस अफ नेपाल बि.भि र शरण इन्टरपाईजेज । यि कम्पनीहरुको नाम अनुसार काम पनि फरक फरक रहेको छ । यि सबै कम्पनीहरुमा गरी अहिले झण्डै ५० जना जति कर्मचारीहरु कार्यरत रहेका छन्, केसी भन्छन् ।  अनुभव र अध्ययन बिना कुनै पनि व्यापार व्यवयाय गर्न गाह्रो हुन्छ, व्यापार व्यवसाय गरेपनि टिक्न गाहे हुन्छ । जहाँसम्म मेरो व्यवसायीक अनुभवको कुरा छ, मैले नेदरल्याण्डमा इन्टरनेशनल बिजनेस एडमिनिस्टे्रशन पढेको हो । मलाई इन्टरनेशनल ट्रेडको बारेमा राम्रो जानकारी छ । मैले जेम्स एण्ड ज्वलेरीको बारेमा पनि धेरै अध्ययन गरेको छु । व्यापार व्यवसायको क्रममा युरोपका धेरै देश, धेरै शहर घुमे, एशियाका पनि धेरै देश र शहर घुमे । भारतको जयपुर जेम्स एण्ड ज्वेलरी बजारमा बिश्व कै सबै भन्दा ठुलो मध्येको एउटा हव हो । जयपुरमा पनि म निकै लामो समय बसें, काम गरे । जयपुरबाट नै युरोपको धेरै देश र शहरहरुमा गहना निर्यात हुने गर्दछ । यस्ते अनुभव र भोगाईबाट आफ्नै देशमा केही गर्ने सोच आयो । त्यही सोचका साथ म नेपाल फर्किए । त्यसपछि हामीले सन् २०१९ मा राशोभा सुरु गरयौं, उनी भन्छन् ।  राशोभाको लागि हाम्रो स्लो गान रहेको छ, साईन अन यु अर्थात जसले तपाईलाई चम्काउने छ । राशोभाले यही स्लोगानलाई चरितार्थ गर्छ । हामी नेपालमा पहिलो प्राईभेट ज्वेलरीकोरुपमा स्थापित हुन चाहान्छौं । काठमाडौंको न्युरोड, आदि, इत्यादि ठाउँको गहना बजार र ति गहनाको गुणस्तरको बारेमा त त्यति भन्न सक्दिन, तर जहाँसम्म राशोभाको कुरा छ, हामी कहाँ जिआईएद्धारा प्रमाणित गुणस्तरको गहना पाईन्छ । अन्तराष्ट्रियरुपमा प्रमाणित गहना मात्र हामी बेच्छौं । बेचिसकेपछि जो हाम्रा ग्राहक हुनुहुन्छ, उहाँहरुले पहिलो किनेको गहना आफ्नो घरायसी अथवा अन्य कुनै समस्याका कारण बेच्न, चाहानु हुन्छ भने त्यो पनि हामी आफै किनि दिन्छौं । अर्कोतर्फ गहना किने पछि त्यसको हेरचाह र सुरक्षा पनि राम्रोसंग गर्नुपर्छ । त्यसको लागि आवस्यक जानकारी र फलोअप पनि हामी गरिदिन्छौं, उनले भने ।  यो व्यवसायमा आफुहरु पुरानो भएपनि सन् २०१९ बाट मात्र हामीले राशोभा सुरु गरेका हौं । मैले माथि नै भने यसलाई हामीले नेपालको पहिलो प्राईभेट ज्वलेरीकोरुपमा चिनाउने लक्ष्य लिएका छौं । बिदेशमा यस्तो लक्ष्य लिएका धेरै वटा कम्पनीहरु हुन्छ । अन्य गहना पसलहरुमा जस्तो, पसलमा नै गएर भिडभाड गरेर गहना यहाँ किनिदैंन । हाम्रो यही शरण हस्पिट्यालीटी कै हाताभित्र शोरुम रहेको छ । शोरुममा भएका सबै गहनाहरु हाम्रो फेसबुक, इन्स्टाग्राम, हाम्रो आधिकारिक वेभसाईट आदिमा राखिएका छन् । ति साईटहरु मार्फत नै ग्राहकहरुले कुन गहना किन्ने, आफुले किन्ने गहना बजेट अनुसार छ कि छैन, निणर्य गर्नु हुन्छ, तिनै साईटहरु मार्फत गहना बुक गर्नुहुन्छ, अनि शोरुममा आएर गहना किन्नु हुन्छ । हामी कहाँ गहना किन्ने सबैजसो व्यक्तिहरु भिभिआईपीहरु नै रहेको उनको भनाई छ ।  हिराको कुनै निश्चित मुल्य हुदैंन, त्यही भएर यसलाई बहमुल्य मानिएको हुन सक्छ । तर यसको अन्तराष्ट्रिय मापदण्ड त हुन्छ नि, त्यही मापदण्डका आधारमा यसको मुल्य निर्धारण हुन्छ । फेरि अर्कोतर्फ हिरा भन्दैमा त्यति धेरै महंगो हुन्छ भन्ने पनि होईन । कुनै पनि ग्राहकले आफ्नो बजेट अनुसार, आफ्नो इच्छा अनुसारको साईज र आकारमा हिराको गहना बनाउन सक्नु हुन्छ । त्यति महंगो हुदैंन ।  हिरा अहिले आम मानिसको सुख, खुसी हाँसो संग जोडिएको छ । त्यहीकारण पनि प्रत्येक खुसीको पलहरुलाई अझ खुसी बनाउन, अझै यादगार बनाउन, जो आफ्नो हो, जो संधैको लागि आफ्नो हुन्छ, आफु संगै जोडिएको हुन्छ, त्यही व्यक्तिको केही पलको हाँसो र खुसीको लागि हिरा किनिन्छ, जो जीवन भर यादगार रहन्छ, त्यही हाँसो खुसीको लागि हिरा किनिन्छ, । यसमा पैसाले त्यति अर्थ राख्दैन, किनकी पैसा भन्दा धेरै माथि आत्मियता र खुसी हुन्छ । मैले ग्राहकबाट पाएको अनुभव यही हो । सायद अब पाउने अनुभव पनि यस्तै नै हुन्छ ।  बिदेशमा काम छ, दाम छ, तर नाम त छैन नि । तर नेपालमा काम गर्नुहोस काम, दाम र नाम सबै छ, बिदेशमा सीप सिक्नुहोस, अनुभव बटुल्नुहोस । अनि आफ्नै देश फर्किनुहोस, जसरी म फर्किए, मेरो परिवार फर्कियो अनि राशोभा जन्मियो । अहिले धेरै नेपालीहरु बिदेशमा हुनु हुन्छ, केही कमाउनुहोस पैसा अनुभव सबै । अनि आफ्नै देश फर्किनुहोस । सानो ठुलो जे हुन सक्छ, व्यवसाय गर्नुहोस । त्यो व्यवसायले केहीले रोजगारी पाउनु हुने छ । त्यो रोजगारीले देश नछोडीकन एउटा परिवारको हाँसो खुसी दिलाउन सक्छ । हाम्रो कर्म, हाम्रो परिवारको कर्म भनेको हो यही हो, हामीले अहिले यही कर्म गरिराखेका छौं । केहीलाई रोजगारी दिएका छौं । आफ्ना ग्राहकहरुको हाँसो, खुसी र सुखको एउटा अंग हुन पाएका छौं । आशा छ हामीसंगै जोडिएर अझै धेरै ग्राहकहरुको हाँसो खुसी साटिने छ, हामी उहाँहरुलाई खुसी राख्न सक्ने छौं, उनले भने ।

Posted on: 2022-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar