मिटर व्याजको जालो आखिर को हुन मिटरव्याजी ?
काठमाडौं, असार
जेठ महिना, मध्य गर्मी, साँझको समय थियो । केही सितलताको महसुस गर्दे कोक पिउने हुटुहुटी यो समाचार लेख्ने पात्रलाई लाग्यो । त्यही हुटहुटी मेट्नको लागि मुस्ताङ आलुको लागि फेमस कुपण्डोलको एउटा रेष्टुरेन्टमा यो पात्र पुग्छ । भित्र अलि गुम्म हुन्छ, बाहिर हल्का हावा चलेको थियो । तर बाहिर एउटा मात्र टेवल थियो, तर कुर्सी भने चार वटा थिए । त्यही टेवलमा एक अपरिचित युवा बसेका थिए । दारी झुस्स आएको निरास जस्तै देखिने ।
केही असहजताका बिच यो पात्र त्यही युवक संग टेवल सेयर गर्दे बस्छ । यहाँ हजुरसंग कोही हुनुहुन्छ ? यो पात्रको सोधाईले ति युवक झसंग हुन्छन । अंह हुनुहुन्न बस्नुस न, ति युवक भन्छन । यो पात्र टेवलमा थचक्क बस्छ । ति युवक मोवाईल चलाईरन्छन । कसैलाई फोन गर्छन, लाग्छ, सायद उनी कुनै व्यक्ति अथवा भनौं व्यवसायीक साझेदारको प्रतिक्षा गरिरहेका छन । यत्तिकैंमा यो पात्रले एउटा कोक र मुस्ताङ आलु मगाउँछ । यतिखेरसम्म यि दुई पात्र संग त्यति धेरै संवाद भएको थिएन । जब कुन प्रसंगमा प्रहरीको कुरा चल्यो । उनी एक्सासी झोक्किए । ........यो पुलिस पनि मान्छे हो र ? यसमा मान्छेको व्यवहार नैं हुदैन । उनले भने । यति भनिरंहदा टेवलमा यि दुई पात्र मात्र थिए । ति युवकले भन्दै गए । बिजनेश राम्रो संग चलिरहेको थियो । बिजनेश बढाउनको लागि चिनेजानेकाहरुसंग व्याजमा केही पैसा लिएको थिए । बिजनेश चल्दा सबैलाई दिएकै दिएकै थिए । पुलिस साथीहरुलाई पैसा, खाजा, सिम कार्ड सबै दिएका थिएं । व्याजमा लिएको पैसाको किस्ता पनि तिरिरहेको थिए ।.............. यही बिचमा कोरोना आयो, लक डाउन भयो, सबै व्यापार चौपट । यस्तो अवस्थामा पनि पैसा दिनेहरुले छाडेनन् । पैसाको सावाँ व्याजको लागि ताकेता, धम्की कति दिए कति ? कतिको पैसा तिरियो । कतिको अझै केही रकम बाँकी छ । जति लिएको थिएं व्याजको स्याज भन्दै त्यसको ति गुणा पुर्याई सके अहिले पनि त्यही रकम तिर्दे छु । ति युवक भन्छन ।
अहिले पैसा कसैसंगै छैन । कसैसंगै छैन । पैसा छ त केवल दलालहरु संग, पुलिसको उच्च अधिकारीहरुसंग जसले गैरकानुनीरुपमा रकम आर्जन गरेका छ्न । हामी जस्तो दुई पाँच हजारको व्यापार गर्ने गुजारा चलाउनेहरु संग कहाँ पैसा हुन्छ, यसो भन्दै उनले वास्तविक मिटर व्याजकीको कुरा खुले । कोरोना कैं कारण व्यापार चौपट हुंदा त्यो ठाउँमा टिक्नको लागि चिनेजानेका केही व्यक्तिहरु मार्फत व्याजमा केही रकम लिएं । केहीको तिरें । केहीलाई भनेको समयमा तिर्न सकिएन । किनकी समय नैं त्यस्तो थियो, तर मैले यति टर्चर सहें । केही टर्चर अहिले पनि सहंदै छु । मलाई जसले मिटर व्याजमा पैसा दिएको थियो, ति व्यक्तिहरु त मिटर व्याजमा पैसा लिने ग्राहक खोज्ने, पैसा दिलाउने र त्यसबाट केही प्रतिशत कमिशन लिने व्यक्तिहरु मात्र रहेछन । मिटर व्याजमा पैसा लगाउने व्यक्ति त पुलिसको ठुलै व्यक्ति रहेछ । पैसा दिन ढिला हुंदा आफुलाई बांरबार प्रहरी चौकीबाट आएको धम्की, घर अगाडि गाडी तेस्र्यार तर्साउँदै पैसा दिन्छस कि उठाएर लैजाउँ, घर अगाडि गाडी देखिस भनेर दिने धम्की सबैबाट मैले बुझे वास्तविक मिटर व्याजी त प्रहरी नैं रहेछ । आफुलाई पनि एउटा डिएसपीले मिटर व्याजमा पैसा दिएको रहेछ भन्ने कुरा त्यसपछि मात्र मैले बुंझे उनले भने । मिटर व्याजमा पैसा लगाउनको लागि स्थानीय टोले गुण्डा, प्रहरीको उच्च अधिकारी, दलाल सबैको मिलेमतो हुंदो रहेछ, त्यसपछि मैले थाह पाएँ । टोलेगुण्डाले आफ्नो च्यानलमार्फत पैसा चाहिने ग्राहक जो समस्यामा छ, त्यस्ता व्यक्तिको खोजी गर्ने, प्रहरीका उच्च अधिकारीमा मिटर व्याजमा पैसा लगाउने, पहिलो किस्ताको व्याज रकम दिंदा नै असुल्ने गर्दा रहेछन् । त्यसपछि त रकम असुल्नको लागि बारंबारको धम्की आउने क्रम सुरु हुने रहेछ, ति युवकले भने ।
वास्तवमा कुपण्डोलको एउटा रेष्टुरेन्टमा भेटिएका यि वास्तविक तथा प्रतिनिधि पात्र त एउटा उदाहरण मात्र हुन, मिटर व्याजीको फन्दामा परेका । यस्ता धेरै व्यक्तिहरु छ, जो मिटर व्याज कै कारण आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेका छन, कतिले आत्महत्या गरेका छन, कतिको परिवार बिग्रिएको छ, कतिको घर खेत, उद्योग व्यवसाय डुवेको छ । कति मानसिकरुपमा बिक्षिप्त भएर बसेका छन । प्रहरीले मिटर व्याजीको आरोपमा केही व्यक्तिलाई कंही कतै पक्रेको छ, कारवाही गरेको छ भने त्यो पानी माथिको ओभानो मात्र हो । किनकी मिटर व्याजको पदापछाडिको ठुलो खेलाडी भनेको प्रहरी संगठन भित्रका पनि केही खराव व्यक्तिहरु नैं हुन, जुन कुराको पुष्टि माथिका एक जना पीडित युवकले भोगेको पीडाबाट पनि पुष्टि हुन्छ । यो घटनाले वास्तविक मिटर व्याजीको सुई प्रहरीतिर नैं देखाउँछ ।
Posted on: 2022-Jun-29
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story