26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालको अर्थतन्त्रमा शैक्षिक परामर्श क्षेत्रको ठुलो योगदान छ : भट्टराई

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सरकारी तथ्यांक अनुसार हरेक वर्ष ६० देखि ७५ हजार युवा विद्यार्थी विदेश अध्ययनका लागि जाने गरेका छन् । प्रत्येक वर्ष अर्बौं रुपैयाँ वैदेशिक शिक्षाका नाममा देशबाट बाहिरिने गरेको छ । पछिल्लो तथ्यांक अनुसार कुल तीन लाख २३ हजार ९ सय ७२ जना विद्यार्थी विश्वका विभिन्न देशमा अध्ययन गर्दै छन् । 
गत वर्ष ६३ हजार तीन सय ५९ जनाले विदेश अध्ययनका लागि निवेदन दिएका थिए । जबकी २०६८/६९ मा १० हजार तीन सय २४ र २०७४/७५ मा ५६ हजार दुई सय १६ जनाले अनुमति पाएका थिए । अस्ट्रेलियापछि उच्च शिक्षाका लागि विद्यार्थीको रोजाइमा परेको दोस्रो देश जापान हो । गतवर्ष ६३ हजार नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएका थिए । उच्च शिक्षाका लागि खासगरी नेपाली विद्यार्थीले विश्वका ३९ भन्दा बढी मुलुकलाई शैक्षिक गन्तव्य बनाएको देखिन्छ । मुख्यतया उनीहरू ती देशमा स्वास्थ्य, व्यवस्थापन, विज्ञान प्रविधि लगायत विषयमा अध्ययन गर्न गएको देखिन्छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०१७/१८ मा ५८ हजार सात सय ५८ विद्यार्थी अध्ययनका लागि विदेश गएका थिए । यसमा अस्टे्रलिया जानेको संख्या मात्र ६३ हजार दुई सय ५९ रहेको थियो । जबकी २०१३ मा मात्र जम्मा १६ हजार पाँच सय विद्यार्थी विदेश अध्ययन गर्न गएका थिए । यसवापत १५ अर्ब १२ लाख नेपाली रकम विदेशिएको देखिन्छ । सन् २०१८ को जुन/जुलाईमा सबैभन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएको देखिन्छ । सन् २०१८ को तथ्यांकमा ६९ राष्ट्रमा अध्ययनका लागि विद्यार्थी गएको देखिएको छ । यसरी जानेमा ६० प्रतिशतले अस्ट्रेलिया आफ्नो पहिलो शैक्षिक गन्तव्य बनाएको देखिन्छ । यसका लागि उनीहरूले ४१ अर्ब नेपाली रकम खर्च गरेको पाइन्छ । सन् २०१८ मा अमेरिका अध्ययनका लागि जानेको संख्या एक हजार चार सय ९१ थियो ।  शिक्षा मन्त्रालयको यिनै तथ्यांकलाई हेर्दा पनि नेपाली बिद्यार्थीहरुको बैदेशिक शिक्षाप्रतिको मोह कस्तो रहेछ भन्ने प्रष्ट हुन्छ । नेपाली बिद्यार्थीहरुलाई बैदेशिक शिक्षामा जाने प्रकृयाको लागि आवस्यक परामर्श दिएर सहजकर्ताको भुमिका निर्वाह गर्ने संस्थाहरु भनेको शैक्षिक परामर्श संस्थाहरु नैं हुन । हाल नेपालको सबै क्षेत्रमा गरी चार हजार भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु रहेका छन् । यि संस्थाहरुको बिभिन्न छाता संगठनहरु रहेकाछन । शैक्षिक परार्मश संघ नेपाल (ईक्यान), फेकन, आईरन लगायतका संघहरुमा शैक्षिक परामर्श संस्थाहरु आवद्ध रहेका छन् । तर यि संघहरु मध्ये आम बिद्यार्थीहरुले सबैभन्दा बढी बिश्वास गरेको संघ भनेको इक्यान नै रहेको छ । इक्यानले संघमा आवद्ध हुनुको लागि तोकेको न्युनतम मापदण्ड, आचार संहिता, सरकार मातहतका बिभिन्न नियामक निकाय आदिको आवद्धताले पनि हुन सक्छ, नेपालमा इ क्यानलाई बढी बिश्वास गरिन्छ, संघका उपाध्यक्ष एवं अर्विट इन्टरनेशनल एजुकेशनका कार्यकारी निर्देशक शेषराज भट्टराई भन्छन ।  आम बिद्यार्थी, अभिभावक एवं नियामक निकायले इ क्यानका सदस्यहरुलाई बिश्वास गर्नु पर्ने भनेको संस्था बिचको कार्यदक्षता, जवाफदेयिता र बिश्वास नै हो, भट्टराई भन्छन । उपाध्यक्ष भट्टराईका अनुसार इ क्यानमा मात्र अहिले चार सय ५० भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु आवद्ध रहेका छन् । देशभर चार हजार भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु रहेको भएपनि ति संस्थाहरुले सोही प्रकृतिका अन्य संस्थाहरुमा पनि आवद्ध रहेका छन् । तर जुन संस्था जो संघसंग आवद्ध भएको भएपनि त्यो संस्थाले आम नेपाली बिद्यार्थीको हितमा काम गर्नुपर्ने उनको ठहर छ । शैक्षिक परामर्श क्षेत्रमा कहिलेकाँही ठगी र अपराधका समाचारहरु पनि सुनिन्छन तर त्यस्तो घटनाको इक्यानका सदस्यहरुको संलग्नता मुश्किलले दुई, तीन प्रतिशत मात्र हुन्छ बाँकी ९०, ९५ प्रतिशतका इक्यानमा बाहिरबाट हुुने गरेको भट्टराईको दावी छ ।  इक्यानले संघमा आवद्ध हुनको लागि पनि न्युनतम आचार संहिता तोकेको छ । त्यसको लागि इक्यानमा छुट्टै अनुशासन समिती रहेको छ । यदि इ इक्यानका सदस्हरुबाट कंही कतै गल्ती हुन्छ भने त्यसलाई कारवाही गर्न सम्वन्धी सरकारी निकायलाई घचघच्याउने देखि लिएर पीडितलाई क्षतिपुर्ती दिने बिषयमा समेत इक्यानले काम गरिरहेको छ, उनी भन्छन । नेपालको अर्थतन्त्रमा शैक्षिक परामर्श क्षेत्रको ठुलो योगदान रहेको र यो योगदानलाई अझ बढाउन परामर्श संस्थाहरुले समेत आफ्ना कमी कमजोरीहरुलाई सुधार गर्नुपर्छ । यसमा सरकारी निकायले पनि नीतिगत सेवा, सुविधा र सहुलियत दिएर शैक्षिक परामर्श संस्थाहरुलाई संरक्षण गर्नुपर्छ, भट्टराई भन्छन् ।

Posted on: 2022-Jun-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar