26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हुण्डी मार्फत हुने नगद कारोबार अन्त्य होस

3 - Apr-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
कुनै पनि मुलुकले आर्थिक बिकास र समृद्धि हाँसिल गर्नु छ भने पहिलो त्यो मुलुकले सुशासन कायम गर्नुपर्छ । सुशासन बिना कुनै पनि किसिमको आर्थिक बिकास र समृद्धि संभव छैन । त्यसमाथि पनि हाम्रो जस्तो मुलुकमा आर्थिक बिकास र समृद्धिको निकै नै ठुलो आवस्यकता रहेको छ । यो आवस्यकता पुरा गर्नको लागि पनि सरकारको पहिलो प्राथमिकता सुशासन हुनुपर्छ ।    तर नेपालको हरेक क्षेत्रमा बेथिती रहेको छ । बेथिती रोक्न र कारबाही गर्नको लागि पर्याप्त मात्रामा ऐन, कानुन र नीति नियमहरु भएपनि यसको कार्यान्वयन पक्ष फितलो हुंदा सुशासन कमजोर देखिएको छ । यसको एउटा सानो उदाहरण हो, अवैधरुपमा हुने रकम स्थानान्तर अर्थात हुण्डी हो । नेपालमा बिदेशी मुद्राको प्रमुख श्रोत नै रेमिटेन्स हो । नेपालको ठुलो युवा जमात अहिले पनि बैदेशिक रोजगारीका क्रममा दुबई, कतार, मलेसिया, जापान, कोरिया, अमेरिका, अष्टे«लिया लगायतका मुलुकहरुमा रहेका छन् । यि मुलुकमा काम गरेर नेपालीहरुले आफ्नो देशमा पठाउने पैसा नै रेमिटेन्स हो । तर पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत गैरकानुनी भनेर परिभाषित गरेको हुण्डीको कारोबार फस्टाउँदा यसको सिधा असर रेमिटेन्स क्षेत्रमा देखिएको छ ।    बिश्वव्यापीरुपमा फैलिएको कोरानो भाईरस (कोभिड १९) चरम उत्र्कषमा रहेको अवस्थामा समेत बढेको रेमिटेन्स अहिले घट्दै आएको छ । यसको प्रमुख कारण नै हुण्डी हो । वैधानिक भन्दा पनि अवैधानिक माध्यममार्फत रकम कारोवार हुंदा राज्यकोषमा आउने अर्बो रुपैयाँ खेर गएको छ । आन्तरिक र बाह्य दुबैरुपमा अहिले हुण्डी फस्टाएको छ । यसरी हुण्डी फस्टाउनुको प्रमुख कारण सम्वन्धीत सरोकारवाला निकायको कमजोरी हो । यस्तो कारोबारमा संलग्न हुने व्यक्तिहरु कहिले काँही पक्राउ परेपनि ति भरिया मात्र हुने, मुख्य कारोबारीसंग प्रहरी प्रशासन पुग्न नसक्ने र पुगी हालेको खण्डमा पनि पैसा र पहुंचका आधारमा ति व्यक्ति कारवाहीको दायरामा आउन नसक्नुले पनि हुण्डी कारोबार फस्टाएको हो । ठुला हुण्डी कारोबारी कारवाहीको दायरमा नआउँदा साना हुण्डी कारोबारीको मनोवल बढ्दै जान्छ सोही कारण पनि अहिले यस्तो कारोवार गर्नेको संख्या हजारौ पुगि सकेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा नै हुण्डी कारोबारीहरुले आफ्नो व्यवसायीक सञ्जाल बिस्तार गरिसकेका छन् । यस्तो सञ्जाल अब भने राज्यले तोड्नु पर्छ ।   कुनै पनि माध्यमबाट हुने आर्थिक एवं वित्तीय कारोबारलाई रोकेर देशमा सुशासन ल्याउनुर्छ । देशमा सुशासन कायम भएको खण्डमा मात्र मुलुकले सहीरुपमा आर्थिक बिकास र समृद्धिको गति पहिल्याउन सक्नेछ । यसमा कसैको दुईमत छैन ।    

Posted on: 2022-Apr-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar