04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संकटको बेला युवाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ ।

24 - Feb-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
देश यतिखेर संकटमा रहेको छ । यो संकट नेपाललाई मात्र होईन, बिश्वको सबै राष्ट्र अथवा भनौं सबै देशहरुलाई परेको छ । यो संकटको मुल कारण बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) हो । अहिले यो भाईरस पनि म्युटेट भएर ओमिक्रोन हुन बन्न पुगेको छ । जसको चौतर्फी मारमा यतिखेर सिंगो बिश्व नै परेको छ ।    कोरोना भाईरसलाई नियन्त्रण र रोकथाम गरी आम नागरिकको जीउधनको सुरक्षा गर्न र संव्रmमण थप फैलन नदिनको लागि सरकारले केही क्षेत्रहरुमा प्रतिवन्ध लगाएको छ । बिशेषगरी समुहगतरुपमा हुने व्यवसाय, पठनपाठन आदिमा सरकारले प्रतिवन्ध लगाएको छ । कोभिड १९ कै महाहारी र यसबाट उत्पन्न भएको असहज आर्थिक अवस्थाका कारण अर्थतन्त्र निकै कमजोर बनेको छ । आन्तरिक उत्पादन नहुंदा बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । कोभिड १९ को कारण उत्पादन र उपभोगको चव्रm बिथोलिंदा बिश्व श्रमबजारबाट ठुलो परिमाणमा रोजगारी कटौंती भएको छ । सोहीकारण पछिल्लो समय बैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात रेमिटेन्स रकम पनि घट्दै गएको छ । संकटको बेलामा जनताको जीउधनको सुरक्षा गर्नु मात्र राज्यको दायित्व होईन । संकटको बेला आम नागरिकलाई शारीरीक र मानसिक पुर्णरुपमा स्वस्थ राख्नु पर्ने दायित्व पनि सरकारको हो ।    यस अर्थमा सरकार माहामारी नियन्त्रण गर्ने नाउँमा आम नागरिकप्रति जिम्बेवार बन्नु पर्छ । कुनै पनि हालतमा आम नागरिकको शिक्षा, स्वास्थ, रोजगारी र बाँच्न पाउने अधिकारी कुष्ठित हुुन दिनु हुदैंन । अहिले कोभिड १९ कै कारण ठुलो परिमाणमा रोजगारी कटौती भएकाछन । यसले गर्दा हजारौंको संख्यामा युवाहरु बेरोजगार भएकाछन । के देशमा होस वा के परदेशमा सबै क्षेत्रमा रोजगारी कटौती भएको छ । देशको समग्र आर्थिक बिकासको मेरुदण्ड भनेको नै युवाहरु हुन । बेरोजगारीको चपेटामा परेर युवाहरु निराश हुनु हुदैन, राज्यले युवाहरुलाई निराश बनाउने वातावरण बनाउँनु हुदैंन ।   देशमा नै उपलब्ध श्रम, सीप र क्षमताका आधारमा युवाहरुलाई रोजगारी दिनुपर्छ । कृषि, पुर्वाधार, प्रवधि, पयर्टन, जलबिद्युत, ऊर्जा, मानव श्रोत व्यवस्थापन, जडिबुडी, पशुपालन, व्यवसायीक कृषि आदिमा पर्याप्त मात्रामा ऋण तथा अनुदान दिएर भएपनि युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउनु पर्छ । यसको गर्न सकेको खण्डमा मुलुकको आन्तरिक उत्पादन बलियो हुन्छ । प्रत्येक बर्ष बढ्दै गएको बैदेशिक व्यापार घाटा केहीहदसम्म भएपनि कम हुन्छ । यसअर्थममा युवाहरुलाई स्वरोगार बनाउने दिशामा राज्य पक्ष बलियो हुर्ने पर्छ । यसबाट नै मुलुकको समग्रह दिगो आर्थिक बिकास संभव हुनसक्छ ।   

Posted on: 2022-Feb-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar