24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सन्दीपको २०२१ ओडिआई प्रदर्शन

1 - Jan-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
काठमाडौ, पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने २०२१ ओडिआई क्रिकेटमा उत्कृष्ट प्रदर्शनका विश्वका स्टार बलरलाई पछि पारेका छन् । सन्दीपले २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने बलरमा दक्षिण अफ्रिका कागिसो रबाडादेखि अफगानिस्तानका राशिद खानसम्मका विश्व चर्चित स्टार बलरलाई धेरै पछि छाडेका छन् ।     सन्दीप २०२१ ओडिआईमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो स्थानमा अन्त्य गरे । सन्दीपले ६ खेलको ५ इनिङमा बलिङ गर्दै १८ विकेट लिए । उनले ४१।५ ओभर बलिङ गर्दै ५ मेडन सहित १ सय ३३ रन खर्चेर १८ विकेट लिएका हुन् । उत्कृष्ट प्रदर्शन ६–११ छ । श्रीलंका तीव्र गतिका बलर दुश्मन्था चामिराले १४ खेलमा १३ इनिङमा बलिङ गर्दै २० विकेटका साथ शीर्षस्थानमा वर्ष अन्त्य गरे ।   आयरल्यान्डका सिमी सिंह १३ खेलको ११ इनिङमा १९ विकेटका साथ दोस्रो स्थान रहे । सन्दीपले भन्दा दुई विकेट बढी लिएका चामिराले ८ खेल बढी खेलेका छन् । सन्दीप भन्दा एक विकेट बढी लिएका सिंहले ७ खेल बढी खेलेका छन् । समग्र खेल अनुसार सन्दीपको प्रदर्शन २०२१ कै उत्कृष्ट मान्न सकिन्छ ।   बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमान १० खेलमा १८ विकेटका साथ तेस्रो स्थानमै छन् । बंगलादेशका सकिब अल हसन ९ खेलमा १७ विकेट लिँदै चौथो स्थानमा छन् । अन्य स्टार बलर भने धेरै पछि छन् । वर्तमान समयका उत्कृष्ट स्पिनर राशिद खानले यस वर्ष ३ खेलमा ७ विकेट लिएका छन् ।     अष्ट्रेलिया चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले ३ खेलमा ११ विकेट लिएका छन् । दक्षिण अफ्रिका योर्कर किंग कागिसो रबाडाले ओडिआईमा यस वर्ष ७ खेलमा ९ विकेट लिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ६ खेलमा ८ विकेट लिएका छन् ।   यस्तो थियो सन्दीपको २०२१ ओडिआई प्रदर्शन   नेपालले २०२१ मा दुई मात्र ओडिआई सिरिज खेल्यो । गत असोजमा सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए ।   ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए । पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।     अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेका थिएनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए ।

Posted on: 2022-Jan-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar