26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

संकटमा ब्रम्हलुट गर्नेहरुलाई कडा कारवाही गरियोस

5 - Nov-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
अहिले सिंगो बिश्व नै कोरोना भाईरस (कोभिड १९) को महामारीसंग लडिरहेको छ । सिंगो मानव समुदायको अदृश्य दुश्मन बनेर यो भाईरसले बिश्वको अर्थतन्त्र नै जर्जर बनाईदिएको छ । यही भाईरसकाकारण बिश्वमा धेरै मानिसहरुको दैनिक रोजीरोटी र रोजगारी खोसिएको छ । झण्डै एक बर्षअघि चीनको वुहान शहरबाट फैलिएको यो भाईरससंगको सिंगो मानव समुदायको लडाई अझै कतिसमयसम्म जारी रहने हो, थाहा छैन ।    यही अन्यौलताका बिचमा पनि अहिले मानव समुदाय एकजुट भएर भाईरस बिरुद्धको युुद्धमा खटिएको छ । कोही पर्दा अगाडि बसेर खटिएकाछन त कोही पर्दा पछाडि बसेर खटिएकाछन । नेपालले पनि कोरोना भाईरसबिरुद्धको लडाईलाई जारी राखेको छ । त्यसको लागि सरकाले २०७६ चैत ११ गतेदेखि देशव्यापीरुपमा लक डाउन गर्यो । यो लक डाउनले चार महिना अर्थात एक सय २० दिनसम्म निरन्तरता पायो । यस अवधिमा सिंगो मुलुकलाई ठप्प बनाईयो ।   दैनिक उपभोग्य र अत्यावस्यक बस्तु तथा सेवा खरिदको लागि भन्दै दैनिक एक घण्टा जति बजार खोलियो । सो पश्चात तत्कालीन अर्थमन्त्री डा. युुवराज खतिवडाले लक डाउनको अन्त्य भएको घोषणा गरे । सो पश्चात केही समय बजार चलायमान भयो । सार्वजनिक तथा नीजि सवारी चोर बिजोरमा सञ्चालनमा आए । उद्योग, बजार कलकारखाना, होटल रेष्टरेन्ट सबै किसिमका बजारहरु आंशिकरुपमा भएपनि खुले अर्थतन्त्र चलायमान भयो ।   यो अवस्थामा अर्थतन्त्र पुरानै अवस्थामा चलायमान हुदै थियो । सरकारले कोभिड १९ को संक्रमण बढेको खण्डमा त्यसको नियन्त्रण तथा रोकथामको लागि लक डाउन वा निशेधाजा जारी गर्ने अधिकार स्थानीय तहलाई दियो । सो पश्चात अहिलको अवस्थामा ४५ वटा जिल्लामा निशेधाज्ञा जारी गरिएको थियो । निशेधाज्ञाले गर्दा आम सर्वसााधाणको दैनिक जीवन निकै नै कष्टकर बन्दै गएको अवस्थामा केही व्यक्ति तथा समुदाय भने आफ्नो सबै दायित्व बिर्सिएर कमाउनतिर मात्र लागे । गैरकानुनीरुमा धन आर्जन गर्न खोज्ने केही व्यक्ति तथा व्यवसायीक समुहले कोभिड १९ को महामारीको समयलाई आर्थिक उपार्जनको लागि सुनौली समय मात्यो ।   त्यही समुहका कारण देशभर दैनिक उपभोग्य बस्तुु तथा सेवा, औषधी तथा फलफुुल सबै क्षेत्रमा कालो बजाररी भयो । संकटमा ब्रम्हलुट गर्न खोज्ने एउटा समुह रातारात उदायो । त्यो समुहमा केही औद्योगिक घराना, राजनीतिक दलका नेता तथा कार्यकर्ता, केही मन्त्री र सरकारी निकायका उच्च अधिकारीहरुको समेत नाम जोडियो । तर अहिलेसम्म संकटकमा ब्रम्हलुुट गर्ने र गर्न खोज्नेहरुलाई न सरकारले कारवाही गर्यो, न त अन्य निकायले नै । संकटमा बम्हलुुट गर्र्ने तथा गर्न खोज्नेहरु अहिले पनि छाती फुलाएर हिंडिरहेकाछन । कानुनी राज्यमा यो सुहाउँदैन । भ्रष्टाचार गर्ने र गर्न खोज्ने सबैलाई दण्डित गर्ने पर्छे । यसबाट राज्य कुनैपनि हालतमा पछि हट्नु हुदैन ।     

Posted on: 2020-Nov-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar