26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मुलुकलाई सही दिशामा लान राजनीतिमा युवा नेतृत्व आउनु पर्छ ।

4 - Dec-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
कुनै पनि मुलुकको लागि राजनीति सबै किसिमको बिकासलाई गति दिने मुल नीति हो । यो नीति कमजोर भयो भने सिंगो मुलक नै फेलियर हुन्छ । अर्थात भनौ मुलुकको अर्थतन्त्रका हरेक परिसुचकहरु नकारात्मक हुन्छन ।   अहिले जतिपनि मुलुकहरु आर्थिक तथा सामाजिक बिकासमा पछाडि परेकाछन त्यसको मुल कारण पनि राजनीति नै हो । यदि राजनीति स्थिर भईदिएको भए ति मुलुकहरु आर्थिक तथा सामाजिक बिकासमा पनि अगाडि हुन्थे । कंगो, युगाण्डा लगायतका मुलुकहरु आर्थिक बिकासमा पछाडि पर्नुको मुल कारण पनि यही नै हो । यदि ति राष्ट्रमा राजनीतिक स्थिरता कायम भएको भए ति मुलुकहरु चरम गरिबीमा पर्ने थिएनन, चरमरुपमा आर्थिक संकट उत्पन्न हुने थिएन अथवा भनौ आन्तरिक द्धन्द्ध हुने थिएन ।    यसको अर्थ राजनीति स्थिर भए मात्र मुलुकले सहीरुपमा आर्थिक, तथा सामाजिक बिकासको गति पहिल्याउन सक्छ । तर यो गति पहिल्याउनको लागि स्पष्ट दृष्टिकोण सहितको दक्ष युवाशक्ति राजनीतिमा आउनुु पर्छ । राष्ट्रिय राजनीतिमा युवाहरुको स्थान सुनिश्चित गरिनुपर्छ । नेपालको राजनीति केहीहदसम्म अस्थिर हुनु, अल्पकालीन तथा दिर्घकालीन बिकासले ठोस गति लिन नसक्नुको मुल कारण पनि यही नै । किनकी स्वस्थ युवाहरुको दिमाग पनि स्वस्थ नै हुन्छ अर्थात बिचार पनि स्वस्थ नै हुन्छ । जुन युवा शारीरिकरुपमा स्वस्थ हुन्छ । त्यो युवा मानसिकरुपमा पनि स्वस्थ हुन्छ । उसले नै राष्ट्रिय राजनीतिमा रचनात्मक कामहरु गर्न सक्छन । जसले सिंगो मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सकोस ।    अहिले नेपालको राजनीतिमा युवा नेतृत्वको अभाव रहेको छ अर्थात भनौं गराईएको छ । राजनीतिमा लागेको अघिल्लो पुुस्ताले कुुनै पनि बहानामा राष्ट्रिय राजनीतिमा युवा पुुस्तालाई अगाडि बढ्न दिएको छैन । हुन सक्छन यसमा ति पुस्ताका केही नीहित स्वार्थ छ । तर मुलुकको आर्थिक तथा सामाजिक बिकासका अगाडि जानको लागि मुलुुकको आर्थिक समृद्धि भन्दा ठुलो अन्य स्वार्थ हुन सक्दैन । त्यसकारण अघिल्लो पुस्ताले युवाहरुलाई राजनीतिमा स्वागत गर्नुपर्छ, उनीहरुको लागि बिशेष स्थान सुरक्षित गर्नुपर्छ । किनकी बिकासको संवाहक भनेको नै युवा पुस्ता हो ।   युवाशक्तिलाई नजरअन्दाज गरेर दक्ष युवा शक्तिलाई रोजगार वा बैदेशिक शिक्षाको नाउँमा बिदेश पठाएर कहिले पनि यो मुलुकले दिर्घकालीन आर्थिक तथा सामाजिक बिकास गर्न सक्दैन । यो कुरा उच्च राजनीतिक नेतृत्वले बुझ्नु पर्छ । यो बुझाईमा अझै पनि कंहीकतैबाट ढिलाई गरिन्छ भने ईतिहाँसको युवा पुस्ताले अहिले उच्च राजनीतिक नेतृत्व र त्यसका अगुवाहरुलाई धिक्र्काने छ ।   

Posted on: 2019-Dec-4

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar