26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

विकासको लागि युवा मैत्री नीति कार्यान्वयनमा ल्यायौं

24 - Oct-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भुगोल जुनसुकै होस, भाषा र संस्कृति जुनसुकै होस । त्यो देशको बिकासको संवाहक भनेको युवा नै हुन । जब युवाहरु शारिरीक, मानसिक, प्राविधिकरुपमा सक्षम र सवल हुन्छन, त्यो देशले आर्थिक बिकास र समृद्धिको खाका आफै कोर्छन । कुनै पनि देशमा युवाहरु कमजोर हुन्छन वा कमजोर बनाईन्छन भने त्यस्तो मुलुकले आर्थिक बिकास र समृद्धिको खाका कोर्न सक्दैन । अथवा भनौ त्यो मुलुक आर्थिक तथा सामाजिक बिकासका दृष्टिकोणले समृद्ध हुन सक्दैन । यस अर्थमा बिकासको लागि पहिलो शक्ति भनेको नै युवाहरु हुन ।
 नेपाल जस्तो बिकासोन्मुख राष्ट्रमा युवाहरुलाई कमजोर बनाईएको छ अथवा भनौं आर्थिक बिकास तथा समृद्धिमा युवाहरुको महत्वलाई गौण बनाईएको छ । युवाहरु भनेका बिकासको संवाहकहरु हुन । यि संवाहकहरु सम्पुर्णरुपमा बलियो हुनुपर्छ । तर नेपालमा अझैसम्म पनि त्यस्तो हुन सकेको छैन । राजनीतिक दलको उच्च नेतृत्वले युवाहरुलाई खाली आफ्नो स्वार्थको लागि अर्थात भनौं, चुनावमा र नारा जुलुसमा मात्र सिमित राखेका छन । उनीहरुको क्षमतालाई बिभिन्नरुपमा दवाएर अगाडि बढ्न दिईएको छैन । राजनीतिक तहको उच्च नेतृत्वमा पनि युवाहरुको उपस्थिती न्युन रहेको छ । राजनीतीमा लागेका केही युवा नेता तथा कार्यकर्ताहरु पनि अन्य ठुला नेताहरुको निर्देशन अनुसार मात्र चल्ने गरेकाछन । आफैले राम्रो नराम्रो छुट्याएर नीतिगतरुपमा  निर्णय गर्ने क्षमता एकदम कम देखिएको छ । 
राजनीतिक तहमा युवा नेताकोरुपमा उपमा पाएका धेरै नेताहरु पनि ५० बर्षभन्दा माथिका रहेकाछन । उनीहरुले कहिले पनि युवाहरुलाई केन्द्रबिन्दुमा राखेर आर्थिक बिकास तथा समृद्धिको खाका कोर्न सकेका छैनन, कोरेका खाकाहरुलाई पनि कार्यान्वनमा ल्याउन सकेका छैनन । ति युवा भनिएका नेताहरु उच्च राजनीतिक नेतृत्वको पछि लागेर पैसा र पदको लागि मात्र अगाडि दौडि रहेका छन । यस अर्थमा पनि हाम्रो मुलुकको युवाहरु आफै कमजोर देखिएका छन । हरेक तहमा आफै निर्णय गर्ने सक्ने भएपनि अरुको खटनपटन र अरुको निर्देशनमा आत्र चल्ने हामी युवाहरु सबै कुरा भएर नि आफै कमजोर देखिएकाछन । राज्य सञ्चालनमा युवाहरुलाई केन्द्रमा राखेर युवामैत्री नीति ल्याउन, ति नीतिहरु कार्यान्वयनमा ल्याउन दवाव दिनको लागि हामी आफै नै चुकेका छौं । हामी युवाहरु युवा भईकन पनि कांग्रेस, नेकपा, समाजवादी लगायतका बिभिन्न पार्टीहरुका झण्डामुनी बसेका छौं । वास्तवमा युवा भनेका युवा हौं । हामी सबैको समस्या एउटै हो । शिक्षा, स्वास्थ, रोजगारी र सामाजिक सुरक्षा अनि मुलुकको आर्थिक बिकास र समृद्धि । हामी युवाहरु सबैको साझा समस्या यही नै हो । यो पुरा गराउनको लागि हामीले राजनीतिक नेतृत्वलाई घच्घच्याउनु पर्छ, दवाव दिनुु पर्छ । बाटो बिराएको राजनीतिक नेतृत्व र सरकारलाई सही मार्गमा ल्याउनको लागि बैचारिक भुमिका खेल्न सक्नुपर्छ । युवाहरु भनेको सबै एउटै हुन, बिभिन्न समुह, उपसमुह र गुटमा बिभाजन हुनु हुदैन ।   

Posted on: 2019-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar