29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चाड पर्वले कता लाँदै छ, युवा पुस्तालाई ?

29 - Sep-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भूवन के. सी. (जेरोम्) 
काठमाडौं, असोज
चाडपर्व भनेको सिंगो समाज अनि राष्ट्रलाई बाँध्ने बलियो डोंडी हो, यो डोंडी कमजोर भएमा परिवार कमजोर हुन्छ, समाज कमजोर हुन्छ, अनि सिंगो राष्ट्र नै कमजोर हुन्छ । सामाजिक सद्भाव बलियो राख्नको लागि पनि चार्ड पर्वको निकै नै ठुलो भुमिका रहेको छ । 
आजभन्दा १०, १५ बर्षअघिसम्म पनि नेपाली चाडपर्वहरु नेपाली भुुगोलमा मात्र सिमित रहेको थियो तर अहिले नेपालीहरु शिक्षा र रोजगारीको शिलसिलामा बिश्वका सबैजसो मुलुकका फेलिने क्रम बढेसंगै नेपाली चाडपर्वहरुले पनि बिश्वमा चिनिने अवसर पाएकाछन, नेपाली चाडपर्वहरुले आफ्नो भुगोल पार गरेका छन । परिवार, समाज र सिंगो राष्ट्रका नागरिकहरु बिच आपसी भाईचारा, सद्भाव र अपनत्व कायम राख्नको लागि पनि चापर्वहरुको निकै नै महत्व रहेको छ । दुख भुलेर आफन्त, साथीभाई नातागोता भेटेर रमाईलो गर्ने अवसर पनि चाडपर्वले नै जुराईदिएको हुन्छ  । पृथ्वी नारायण शाहले भनेको जस्तै नेपाल चार जात ३५ बर्णको साझा फुलवारी हो । त्यही भएर पनि यहाँ भाषिक, सास्कृतिकरुपमा बिविधता रहेको छ । त्यही बिबिधतता भित्र थुप्रै चाडपर्वहरु रहेकाछन । ति मध्ये पनि महत्वपुर्ण चाड, दशैं, तिहार र छठ हो । 
यि मध्ये पनि अहिले हामी दशैंको पुर्व सन्ध्यामा रहेकाछन । वास्वतमा जातजात, भाषाभाषी, उमेर समुह अनुसार फरक फरकरुपमा दशैं मनाईन्छ । तर जसले जसरी दशैं मनाए पनि त्यसको एउटैं उदे्श्य संस्कृतीको जर्गेना, आपसी सद्भाव, भाईचारा र अपनत्वमा बृद्धि गर्नु नै हो । यसमा कसैको दुईमत छैन । तर पछिल्लो समय नेपाली चाडपर्वको मौलिकता हराँउदै गएको छ । चाडपर्व मनाउने क्रममा बिकृतीहरु पनि बढ्न थालेकाछन । यसले गर्दा हाम्रो सिंगो समाज पनि बिकृत हुदै गएको छ । एकाध व्यक्ति तथा समुहले चार्ड पर्व मनाउने बहानामा गर्ने बिभिन्न हर्कतले सिंगो समाजलाई दुषित बनाउँदै गएको छ । चाडपर्व मनाउने नाउँमा मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्ने, झै झगडा गर्ने, उच्चश्रंखल गतिबधि गर्ने क्रम बढ्दै गएको छ । यसले गर्दा एकाध व्यक्ति तथा समुहमा चाड पर्वप्रति नै बितृष्णा समेत जाग्न थालेको छ । चाडपर्वलाई सभ्य भएर मनाउनुपर्छ । चाडपर्व मनाउने क्रममा कसैलाई हानी पुर्याउनु हदैन । यसबाट नै सिंगो चाडपर्वको गरिमा स्थिापित हुन्छ ।    आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई   अहिले पनि कतिपय गाउँघरमा दशैं आउनै लाग्दा औला भाँच्ने चलन छ, दशैं आयो, खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँदा, धत्त पापी म छटै बसौला भन्दै पाँच वटा औलालाई पाँच वटा फरक कित्तामा बर्गिकरण गरिएको छ । यो भनाई तात्र्पय हो, हाम्रो समाजमा जसरी भएपनि अर्थात चोरेर, ढाँटेर, छलेर जे गरेर भएपनि दशैं हाँसोखुसीका साथ मान्न पर्छ भन्ने आम मान्यता रहेको छ । त्यही मान्यतालाई आत्मसाथ गर्दे यो उखान आएको हुन सक्छ ।    वास्तवमा दशैं सबैको लागि हो । सबैले आफ्नो क्षमता अर्थात भनौ आफ्नो गच्छय अनुसार चाडपर्व मनाउनु पर्छ, हुने खानेले मात्र होईन हुदा खानले पनि समानरुपमा आफ्नो क्षमताले भ्याए अनुसार चाढपर्व मनाउनु पर्छ । चाड पर्व मनाउने क्रममा अरुको नक्कल गरेर अनावस्यक खर्च गरेर ऋणको भारी  कहिले पनि बोक्नु हुदैन । लक्ष्मी प्रसाद देवकोटाले आफ्नो प्रख्यात कृति मुना मदनमा भने जस्तै गरी हातका  मैला सुनका थैला के गर्नुु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले । वास्तवमा यही भावबाट प्रेरित भएर दशैं मनाउनु पर्छ । अरुको देखासिकी र हो हल्लामा लागेर दशैंलाई दशा बनाउनु हैदन । आयो दशैं ढोल बजाई गयो दंशै ऋण बोकाई भने जस्तो गरी दशैंलाई दशा बन्न दिनु हुदैन ।    तर नेपाली समाजमा पछिल्लो समय अरुको देखासिंकीमा दशैं मनाउने प्रवृति बढेर गएको छ । आफ्नो आर्थिक अवस्थाले नधाने पनि ऋण लिएर भए पनि दशै मनाउने प्रचलन बढ्दै गएको छ ।  सदियौंदेखि चलिआएको दशै देखासिखी भन्दा आफ्नो आर्थिक स्थितिले भ्याउनेगरी मनाउनुपर्छ । आफन्त भेटघाट गरेर आफ््नो जे छ त्यसैमा रमाएर मनाउनुपर्छ । अरुको देखासिकीमा मनाएको दशैंले दशा निम्ताउँछ । त्यसकारण दशैं मनाउने क्रममा आफ्नो आर्थिक अवस्था पनि हेर्नु पर्छ । आफ्नो अवस्थामा भ्याउनसम्म दशैं मनाउनु पर्छ, यसमा अनावस्यक तडक भडक गर्नु हुदैन ।       दशैंलाई बिकृत नबनाईयोस    दशैं संगै पछिल्लो समय बिकृत पनि भित्रदै गएको छ । बिशेष गरी युवाहरु दशैं भन्ने बित्तिकै तास खेल्ने मादक पदार्थ सेवन गर्ने भन्ने सोच आई हाल्छ, वास्तवमा अबको समृत समाजलाई नै बिकृत हुनबाट जोगाउनु यस्तो मानसिकतामा परिवर्तन आउनु पर्छ । त्यो परिवर्तन ल्याउने भनेको युवा बर्गले नै हो । युवा बर्गले नै यसको नेतृत्व गरेर चाडपर्वलाई बिकृती मुक्त हुनबाट जोगाउनु पर्छ ।    दशैमा साथीभाई भेट भएपछि जुवातास खेल्ने र जाडरक्सी खाएर धेरै मानिसहरु दुर्घटनाको शिकार समेत बन्ने गरेकाछन ।  दशै सभ्य तरीकाले मनाउनुपर्ने र देखासिखीमा लाग्नु हुदैन । दशै भड्कीलो र खर्चीलो बन्दै गएको छ । दशैलाई त्यस्तो हुुनबाट जोगाउनुु पर्छ । देखासिकीमा ऋण लिएर पनि नयाँ कुरा खानैपर्ने र नयाँ लुगा लगाउनै पर्ने प्रवृति दशैंको निकै नै बढेको छ । दशैं मनाउने नाउँमा हुने यस्ता बिकृतीहरुलाई रोक्नु पर्छ । दशैका लागि पैसा जोहो गर्ने, किनमेल गर्ने क्रम पनि उत्तिकै बढ्दैछ । गाउँदेखि शहरसम्म जुवातास खेल्ने र जाडरक्सी खाने गरि भड्कीलो तरिकाले दशैमा विकृति हुने गरेको छ । हुने खानेको लागि भन्दा पनि हुँदा खानेको लागि होकी जस्तो भान हुन थालेको छ । आफन्त, साथिभाई तथा शुभेच्छकहरु आापसमा भेट भएर शुभकामना आदान प्रदान गर्दै ठूलावाट आशिर्वाद थाप्ने संस्कृति हो, यसलाई त्यहीरुपमा मनाउनु पर्छ  । फोटो राख्ने   आफ्नो धर्म र सँस्कृति जोगिने गरि दशै मनाउनु पर्छ  रबि राणा नेता तथा समाजसेवी   दशै सबैको चाड हो । यसलाई सोहीरुपमा सभ्य र मर्यादित भएर मनाउनुु पर्छ । दशैंको मौका छोपेर उच्श्रंखल कार्य कसैले पनि गर्नु  हुदैन । आफ्नो धर्म र सँस्कृति जोगिने गरि दशै मनाउनु पर्नेमा जोड दिए । दशै हिन्दु नेपालीहरुको महान् चाड हो ।   त्यसैले अरुको देखासिखी नगरी सभ्य र गक्ष अनुसार मनाउनु नै सवैको भलाई देखिन्छ । घाटी हेरी हाड निलौ, तडग भडक कम गरौ, सभ्य समाजका लागि सँस्कृतिको जर्गेना गरौ । वर्षमा एकपटक आफन्त भेटघाट र सदभावको पर्वको रुपमा आउने दशै भब्य मनाएपनि सभ्य र कम खर्चिलो हुनेगरि दशैं मनाउनु पर्छ । आपसी भाईचारा र सद्भाव बढ्ने गरी ठुला बढाको हातबाट आर्शिवाद थापेर दशैं मनाउनु पर्छ ।    देखासिखी भन्दा आफ्नो आर्थिक स्थितिले भ्याउनेगरी  दशैं मनाउनु पर्छ सुनिता खिञ्जुु बिद्यार्थी तथा सहकारीकर्मी    दशै देखासिखी भन्दा आफ्नो आर्थिक स्थितिले भ्याउनेगरी मनाउनुपर्छ । आफन्त भेटघाट गरेर आफ््नो जे छ त्यसैमा रमाएर दशैं मनाउनुपर्छ । दशै मनाउने क्रममा पछिल्लो समय बिकृतीहरु पनि भित्रन थालेकाछन । त्यो बिकृतीलाई हामी युवा जमातले निरुत्साहित बनाउनु पर्छ । दशैंलाई आम नेपाली नागरिकको खुसीको प्रतिककोरुपमा स्थिापित गर्नसक्नु पर्छ । दशैमा जुवातास खेल्ने र जाडरक्सी खाने प्रवृति बढी रहेको छ । यसले अन्य अपराधिक गतिबिधीहरु बढाउन मद्धन पुग्छ । त्यसकारण दशैंमा जुवातास खेलेर वा मादक पदार्थ खाएर भन्दा पनि अन्य तरिकाबाट मनोरञ्जन लिनुपर्छ ।    खाएर धेरै मानिसहरु दुर्घटनाको शिकार वन्ने गरेका समाचारहरु पनि वाक्लै सुनिन्छन् ।’ दशै सभ्य तरीकाले मनाउनुपर्ने र देखासिखीमा लाग्न नहुने कमलामाई ६ का विजय तामाङको भनाई छ । कमलामाई नगरपालिका ६ रातमाटाकी अम्विका कार्की र विजय तामाङले भनेजस्तै हरेकको मनमा छ दशै भड्कीलो र खर्चीलो मनाउन हुन्न तर देखासिकीले मान्छेहरु त्यतै तानिदै गएका छन् । ऋण लिएर पनि नयाँ कुरा खानै पर्ने र नयाँ लुगा लगाउनै पर्ने गलत प्रवृति देखिन थालेको छ । हुुन त केहीले धनीका लागि रमाइलो र ऐश आराम गर्ने समयकोरुपमा पनि दशैंलाई लिने गरेकाछन । तर दशैं, धनी गरिब, दिनहिन, सबैको लागि हो । सबैले आफ्नो हैसियत, संस्कृति र परंपरा अनुसार दशैं मनाउनु पर्छ ।    चाडपर्बलाई बिकृत बनाउनु हुदैन लेखु सहयात्री गायक तथा गितकार   दशैं सिंगो नेपाल र नेपालीको महान चाड हो । यो चाड मलाई पनि मन पर्छ । बिशेष गरी बाल्यकालमा दशैं मनाएको क्षणहरु अहिले पनि मानसपटलमा आईरहन्छ । त्यसैगरी, त्यहीरुपमा दशैं मनाउन पाए पनि हुने जस्तो लाग्छ । तर त्यो समय, त्यो बालापान फर्केर आउने रहनेछ । यो दशैंमा जन्मघर जाने मेरोा कुनै योजना छैन ।    यही काठमाडौंमा नै बसेर दशैं मनाउने छ । दशैकै लागि भनेर त्यस्तो बिशेष कुुनै कार्यक्रम छैन । आफन्त, साथीभाई, परिवारको साथमा बसेर रमाईलो संग दशैं मनाउनु छ । आम नेपाली नागरिकले जसरी दशैं मनाउँछन, मेरो दशैं पनि त्यस्तै हुन्छ खासै फरक हुदैन । दशैमा नवदुर्गाको पूजाआजा गरि बिजयादशमीको दिन मान्यजनको हातबाट आर्शिवाद सँगै निधारमा टिका थाप्न पाउनु हामी नेपाली लागि अहोभाग्य हो  । परिवारका सबै सदस्यहरुको साथमा बसेर रमाईलो संग दशैं मनाउने योजना रहेको छ ।      परिवारको साथमा दशैं मनाउँछु रमेश प्याथ अध्यक्ष भिआर फिटनेश लोकन्थली   दशैं परिवारको साथमा मनाउछु । परिवारको खुसीमा आफुलाई पनि खुसी लाग्छ ।  विशेष गरि आफन्त र साथी भाई सँगको भेटघाट अनि वर्षभरिको कामको थकान यहि दशैंमा मेटाउँछ ।  परिवार संग बसेर खायो, पिओ रमाईलो गरेर दशैं मनाउँछु । दशैंमा परिवारको साथमा बिभिन्न मठ मन्दिर जाने योजना बनाएको छ । अरुबेला कामको व्यस्तताले गर्दा मन्दिरहरु जाने खासै समय पाउँदिन । दशैंमा भने फुर्सदिलो हुने हुंदा मठमन्दिर जान्छ, सबै आफन्त कहाँ टिका थाप्न जान्छ । समग्रमा भन्नु पर्दा मेरो यो बर्षको दशैं परिवारका सदस्यहरुसंगै रमाईलो गरी बित्छ ।      अरु बेलाको कामको थकान दशैंमा मिटाउँछु मनिष राउत कलाकार    अरु बेला आरा गर्ने खासै समय मिल्दैन । दिन दिनै काम, कार्यक्रम आदिमा व्यस्त भईन्छ । तर  दसैंमा भने यो सबै व्यस्ततालाई केही समको लागि थाँती राखेर भएपनि ममी, ड्याडीको साथमा बसेर दशैं मनाउने योजना बनाएको छु ।   यो दशैंमा भ्याली बाहिर वा अन्य कुनै ठाउँमा घुम्न जाने खासै सोच छैन । आफ्नै घरमा बसेर परिवारको साथमा बसेर रमाईलो गर्ने दशैं मनाउने योजना रहेको छ । दशैंमा आफ्नै टोलछिमेकका पनि धेरै आफन्त र साथीभाईहरु भेटिन्छन । सबैसंग भेट हुुने अवसर पनि हो, दशैं । सोही आधारमा यो दशैंमा आफन्तहरु संगै बस्ने योजना रहेको छ । त्यसपछि लगत्तै कामहरु सुरु हुन्छ । त्यतिबेला आफन्त साथीभाईसंग बस्ने अवसर नजुट्न सक्छ । त्यसकारण यो बर्षको दशैंलाई रमाईलो संग मनाउन परिवार सगै बस्छु ।      किन मनाईन्छ ? दशैं यस्ताछन कारणहरु    दशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।    प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।   दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रणयात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ ठाउँमा मेलाहरू लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ । रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैको उत्सव सुरु भएको हो । दसैं पर्वले दश प्रकारका पापहरू जस्तै काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ ।       दशैंको सामाजिक महत्व   भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवम् उमङ्गको सीमा हुँदैन । यस खुसीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा (म्यानमार) मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।    नेपालमा दशैं    दशैं नेपालीहरूको सबैभन्दाविशेष पर्व मानिन्छ । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ’विजया दशमी’ का नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौं दिनलाई दशमी वा दशै भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती रहेको छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।     घटस्थापना   आश्विन शुक्ल पक्षदेवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवीदेवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी(देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैं घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ ।      महासप्तमी   नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।       महाष्टमी   नवरात्रिको आठौं दिनमा महाकाली (भद्राकाली) को विशेष पूजा(आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । मांसाशनं ये कुर्व्न्ति तैः कार्यं पशुहिंसंनम् ्रमहिषाकजवराहाणां वलिर्दानं विशिष्यते (देवीभागवत नवरात्रप्रकरण ) यी दिनहरूमा मानिसहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ ।    देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न्रअभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक््र्र (मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् ।    महानवमी   नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ । सुदूर पश्चिमको प्रमुख शक्तिपिठ मध्ये एक उदयदेव मन्दिरमा पनि लगभग एक सय राङगा र ५० बोकाको बलि चढाउदै आइरहेको छ ।     विजया दशमी लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ । यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ  ।    वैदिक ज्योतिष अनुसार चन्द्र वर्षमा ३५४ दिन हुने कुरा बताइएको छ । चान्द्रकला विज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ्रयस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्बढ् हुने कुरै भएन ,कृष्णपक्षमा पनि केवल १४ औं दिन मध्यान्हपछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४ औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन ।   आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेदपुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् । तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ । जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ । षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ’आवाहनं नजानामि नजानामि विर्जसनम् ।   पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदार कहाँ तथा मान्यवर कहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन ।       


Posted on: 2019-Sep-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar