26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आम नागरिकको चरम निराशा सम्बोधन होस

28 - Sep-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सरकार भएपछि वास्तबिकरुपमा सरकार भएको अनुभूती आम नागरिकले गर्न सक्नु पर्छ र गर्नु पनि पर्छ । यसमा कसैको दुईमत छैन । तर अहिले आम नागरिकहरूले सरकार भएर पनि सरकार नभएको अनुभव गर्ने गरेको आवाज जताततै सुनिन्छ, सार्वजनिक बसमा चढ्नुहोस, फूटपाथमा हिड्नुहोस, चिया पसलमा बस्नुहोस, गाडी नपाएको झोंकमा भौत्तारिएर ट्याक्सीमा चड्नुहोस, कुनै कामको लागि सरकारी कार्यालयमा जानु होस, उपचारको लागि अस्पतालहरूमा जानुहोस, दैनिकउपभोग्य बस्तु तथा सेवा खरिद गर्नको लागि बजार जानुहोस, कही पनि सरकार भएको अनुभव गर्न नपाएको अनुभव जताततै सुनिन्छ ।
आम नागरिकले रोजगारी पाएका छैनन, बजारमा बस्तु तथा सेवाको मुल्यले आकास छोएको छ । शिक्षा, स्वास्थ, रोजगारी सबैमा बेथिती छ । यही बीचमा सरकारले मुल्य बृद्धि नियन्त्रणमा रहेको केही पनि बस्तु तथा सेवाको मूल्य नबढेको कुरा गर्छ । सरकारले जनताको मन जितेको कुरा गर्छ । सार्वजनिक यातायातमा बच्चाबूच्ची, बूढापाका बिरामीहरुले चढ्न सक्ने अवस्थामा छैन, जताततै अस्तव्यस्त रहेको छ । सार्वजनिक यातायातलाई अहिलेसम्म यात्रुमैत्री र सबैको पहुंचको सिमामा राख्न नसकेको सरकारले अहिले मेट्रो र मोनोरेलको कुरा गरेर जनतालाई भुलाई रहेको छ ।
शिक्षा, स्वास्थ, रोजगारीको कुरा गरेर जनतालाई दीवा सपना देखाई रहेको छ तर अहिले आम नागरिकहरूले बिस्तारै सरकारले देखाएको सपनाबाट बिउँझिएर यर्थाथमा आउन थालेको अनुभव बजारमा हिंडदा देखिन थालेको छ, सुनिन थालेको छ । अहिले आम नागरिक सरकार प्रति चरम निराश भएकाछन । सरकार मातहतका केही मन्त्रीहरूले प्रधानमन्त्रीलाई खुसी बनाउको लागि आम नागरिकलाई बेखुसी बनाई रहेकाछन । देशमा करोडौं, अर्बौ रुपैयाँ कर छली गरेका व्यक्ति तथा संस्थाबाट उक्त कर उठाउन नसकेको सरकारले दिनमा केही सय कमाउने नागरिकलाई प्यान नम्बर अनिवार्य गरेको छ ।   त्यो सामान्य नागरिकको शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी गर्न नसकेको सरकारले उसले गिटी कुटेर कमाएको केही पैसामा जुकाले रगत चुसे जस्तो गरी कर लगाएको छ । कर धेरै प्रकारका छन, प्रत्यक्ष अप्रतक्ष्य कर । अप्रतक्ष्य कर हामीले धेरै ठाउँमा तिरिरहेका छौ तर अहिले सरकारले प्यान अनिवार्य गरेर आम नेपाली नागरिकको मर्ममा प्रहार गरेको छ । मुलुकको समृद्धिको लागि सबैले कर तिर्नुपर्छ र तिरेका पनि छन तर यस्तो किसिमको व्यवस्था कहिले पनि भएको थिएन । यदि दुई तिहाईको बहुमत भएको सरकारले चुनाव जितेपछि यस्तै गर्छ भन्ने आम नागरिकले सोचेको भए सायद नेकपाले दुई तिहाईको बहुमत नल्याउन पनि सक्थ्यो । यसअर्थमा पनि सरकारले अबको समय जनताको चरम निराशाको कारक तत्व के हो त्यो पहिल्याएर जनताको निराशाको सहीरुपमा सम्वोधन गर्नुपर्छ । ढिला गर्नुहुदैन ।

Posted on: 2019-Sep-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar