26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गुड मर्निङ गुरु पूर्णिमा.....

7 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सुरेश रानाभाट, पोखरा   गुरुब्र्रम्हा गुरुर्विष्णु : गुरुर्देवोमहेश्वरः । गुरुरेव परंब्रम्हा तस्स्मै श्रीगुरवे नमः ।।
प्रस्तुत श्लोकको आशय ‘गुरु नै सबै हुन्, ब्रम्ह, विष्णु र महेश्वर, म उनलाई प्रणाम गर्छु ’ भन्ने हो । उत्तरआधुनिक समय रयान्त्रिक समाजमा गुरुको महत्व र घनत्वखस्किँदो छ । यद्यपि सनातन संस्कारमागुरुको स्थान उच्च थियो । ‘गु’ को अर्थअन्धकार वा अज्ञानता र ‘रु’ को अर्थ अन्धकारनाशक भन्ने बुझिन्छ । समग्रमा अज्ञानता,अष्पष्ठता हटाउनेलाई शाब्दिक अर्थमा गुरुभनिएको पाइन्छ । गुरुको मर्म भने शाब्दिकअर्थले मात्रै झल्काउन सक्दैन् । फराकिलोकोणबाट हेर्दा अन्धकारबाट उज्यालोतर्फलैजाने, असहजतालाई सहजतामा ढाल्ने,यथास्थितिबाट सकारात्मक परिवर्तन गराउने,पथ प्रदर्शन गर्ने जो कोही व्यक्ति पनि गुरु हुनसक्छ भन्ने मान्यता हो ।
 
दुई दशक पहिले पोखराको नदिपुरमाचिया पिउँदै गर्दा, म्यानेजमेण्टका लेक्चररसुशिल पन्तले प्रसन्न मुद्रामा एउटा वाक्यभनेका थिए ‘जीवनमा लेक्चरर भएर आजअत्यन्तै खुशी लागेको छ ।’ कारण थियो,पृथ्वीनारायण क्याम्पसमा एमविएसकाविद्यार्थीले गुरुपूर्णिमाको सन्दर्भमा आफ्नागुरुहरूलाई सम्मान गरेका रहेछन् । त्यहीमेसोमा उनी आफू पनि सम्मानित भएकोमाहर्षविभोर भएका रहेछन् । यस्तो खुशी हुनुमाधनपैसोको प्राप्ति फितलो थियो । आभार रआदर भाव नै सर्वोच्च थियो । हाम्रो संस्कारर संस्कृति जीवित रहोस् भन्ने सुशिल पन्तदाइको चाहना मैले विद्यार्थी हुँदै अनुभूतगरेको थिएँ ।कीर्तिपुरकालीन समयमा, काठमाडौंअनामनगरको उनकै कार्यालयमासामाजिक अभियन्ता तथा लेखक सोमतघिमिरेलाई सोधेको थिएँ, ‘दाइ ! तिम्रा गुरुगुड मर्निङ ⁄ गुरु पूर्णिमा.....को हुन् ?’ उनले गम्भीर भएर भनेका थिए,‘लम्जुङको मञ्ज्याङमा रहँदा जुठी दमिनी,घोल्टे दमै, बिर्खे कामी, हरे सार्की र चितवनझरिसकेपछिका अमरबहादुर माझी मेरागुरु हुन् । ’
विश्वविद्यालयका प्रोफेसरलेनपढाएका पाठहरू जीवनमै विश्वविद्यालयनगएका र नदेखेका पात्रहरुले पढाउँछन् भन्नेउनको अग्र्यानिक विचार थियो । बुद्धिजीवीकोधङ्धङ्गीबाट मुक्त हुनुपर्छ भन्ने जबरजस्तमान्यता थियो । जिन्दगीको पाठशालामातिनै पात्रका सत्कर्मले नै उनीहरूलाई गुरुमानेका रहेछन् । उनको यो अभिव्यक्तिले मेरावाल्यकालीन दिनहरूलाई स्मरण गराइदिएकोथियो । मेरो चेतनाको पर्खाल लडाइदिएकोथियो ।समयको अन्तरालमा गुरु गुडँ हुन्छ रचेलो चिनी बन्छ । दुवैको विशेषता गुलियोहुन्छ । अहिलेको जिन्स जेनेरेसन र साइवरपुस्ताले ह्याप्पी वर्थडे त सेलिब्रेट गर्छन् तरगुरुलाई सम्मान गर्न खासै रुचि र चासोदेखाउँदैनन् । अझ निजी विद्यालयको शिक्षामाहुर्केकाहरूले त पैसा तिरेर पढेको हो किनगुरुभक्ति देखाइरहनु प¥यो भन्ने मान्यताकोजगमा उभिएका छन् । केही पहिला गुरुकोसम्मानमा गुरुकै घरमा जाने संस्कार पनिथियो तर आज गुरु नै ट्युसनका नाममाचेलाकै घरमा गएपछि यसको शाख गिर्दो छभन्ने कुरा गुरुको ग्राफले नै देखाउँछ । गोरुलाईबरु नमस्कार भन्नलान् गुरुलाई देखेपछि मुन्टोबटार्ने प्रवृति विकसित भएको छ । गुरु भन्नेशब्द नै गाडीको चालकमा गएर अनुवादभएको छ । गुरु गडमा फर्किने सम्भावनानिकै कम छ, आजको यो कमोडिटीसोसाइटीमा ।
मेरा केही अनन्य रपरम मित्रहरू छन् जसलेमलाई टेलिफोन सम्बोधनएवम् भेटघाटमा गुरु भन्छन्र म पनि केही मित्रहरूलाईअनायस गुरु नै भनेरसम्बोधन गरिदिन्छु ।यो गुरु शब्द कता कताअ ा ँख ा म ा घुरान परेजस्तोबिजाउँछ मनमा । मलाई किन गुरु भने र मैलेकिन गुरु भनेँ प्रश्न आफैमा अनुत्तरित छ ।मित्र मण्डलीहरूमा हुन्छ किन यस्तो ? गमखान्छु, ‘फ्रेण्डसीप एण्ड फर्मालिटी डजन्ट गोटुग्यादर’ भन्ने अङ्ग्रेजी हरफले झस्काउँछ ।के यो औपचारिकताको पातालो च्यादर मात्रैहो त ? लाग्छ धार्मिक र शैक्षिक जगत्कोदायरामा मात्रै गुरु शब्द चलनचल्तीमा रहेपनिहार्दिकता र आत्मीयता झल्काउने कडीमापनि यसलाई प्रयोग गरिएको छ ।आत्मा र परमात्माको भिन्नता देखाउने,निर्वाणको बाटोमा हिडाउने साथै ज्ञानकोज्योतिले आलोकित पार्ने, पवित्र पात्रलाईपनि गुरु मानिएको छ । जीवनका गोरेटा रकुइनेटाहरूमा विविध प्रकारका गुरुहरूसँगझक्का भेट हुन्छ । कहिले साकार त कहिलेसाङ्केतिक रूपमा गुरुसँग मुलाकाजहुन्छ । मूर्त रूपमा भौतिक उपस्थिति नभएपनि मानसिक रूपले पनि गुरुको प्रतिविम्बमानसिक चित्र भएर मन, मष्तिस्क र मगजमाकैद भएको हुन्छ ।परामर्शदाता पनि कहिले काहीँ गुरु जस्तालाग्छन् । बजारका हजार बाटाहरू मध्येगन्तव्य सङ्केत गरिदिने अपरित पात्र पनितत्कालका लागि गुरु नै लाग्छन् । देवतार दानवबिचको युद्धमा शुक्राचार्यले दिएकोपरामर्शले विजय हाँसिल भयो भन्ने काहवतहाम्रा पुराणहरूमा सुरक्षित छन् ।
युग युगमास्थापित भएका नायकका पछाडि पनि गुरुरहेछन् । त्रेता युगमा विश्वमित्र ऋषि, द्वापरयुगमा कृष्ण स्वयम् गुरुका रूपमा उपस्थितभएर आफ्नो कर्तव्य र दायित्व वहन गरेकाथिए । अर्जुनहरूलाई अगाडि बढ्न प्रेरितगरेका थिए ।बुद्धलाई पनि गुरुको दर्जामा राखिएको छ ।शान्तिका अग्रदूत, अहिंशाका हिमायती, प्रेमर करुणाका प्रचारक बुद्धलाई बौद्धमार्गीहरूलेगुरुभन्दा माथिल्लो तहमा राखेका छन् ।कलि युगमा पनि गुरु आ–आफ्ना ठाउँमानेपथ्यमा छन् । विश्व मुक्केवाज माइकटाइसन र महमद अलिका पनि गुरु रिङ बाहिरैथिए । खेलकुद जगत्का गुरुहरूले आफ्नाचेलाहरूलाई सशक्त बनाएर नै मैदानमाउतारेका हुन्छन् । नेतृत्व गर्ने नेताहरू पनिस्वयम् गुरु हुन् यद्यपि विचार र सिद्धान्तबाटस्खलित भएपछि र द्रव्यको मोहमा फसेपछिशब्द आफैमा फिका बनिदिन्छ ।
गुरु पूर्णिमाको डिस्कोर्ष गज्जबको छ । गुरुले ज्ञानको बाटो देखाउँदापूर्णिमाको उज्यालो र पारदर्शितालाई बिर्सनमिल्दैन् । मनभित्रका अहङ्कार, घमण्ड,इष्र्यालाई दरीमुनि दापेर गुरुको समीपमा पुगेरआर्शिवाद लिँदा व्यक्तित्व ओइलाउँदैन झन्मौलाउँछ । पात्रोका पानाहरू त रुखका पातजस्तै पलाउँछन्, असार÷साउन महिनाकोपूर्णिमालाई गुरु पूर्णिमा मानिएको छ । चारवेदलाई लिपिवद्ध गर्ने, अथर पुराण, महाभारतर श्रीमद् भागवत् गीता लेख्ने व्यासकोसंझना पनि यसैभित्र अटाएको छ । व्यासलाईत अझ् दतरात्रय गुरुका पनि गुरु मानिएकोछ । गुरुकुल पद्धतिको शिक्षामा गुरुको महिमाव्यापक छ । शिष्यहरू गुरुका प्रति नतमसतकहुन्छन् । शिक्षित र दीक्षित भइसकेपछि गुरुकोसेवा पनि अपरीहार्य मानिन्छ । आधुनिक शिक्षाप्रणालीमा पनि स्वार्थका सीमारेखाबाट माथिउठ्ने र आफूसँगको ज्ञान हस्तान्तरण गर्ने गुरुकिमार्थ ओझेलमा पर्दैनन् । गुरुले पनि त गुरुहुनुको मर्यादा राख्नुपर्छ भन्ने फरककोण पनिस्थापित भएको छ ।गुरुलाई ‘मैनबत्ति’, ‘माझी’, ‘पथप्रदर्शक’आदिका उपमाले पनि सम्मान गरेको पाइन्छ ।भनिन्छ असल गुरुहरूले किताब बन्द गरेरह्रदय खोलेर जीवन र जगत् पढाउँछन् ।आफ्नो साधारण ज्ञानले पनि चेलाहरूलाईअसाधरण बनाउन ल्याकत राख्छन् ।   गुरुकोगुरुत्व, महत्व, र घनत्वलाई चानचुने मान्नसक्दैनन् चेतनशील र सज्जन व्यक्तिले । हाम्रोपूर्वीय दर्शनबाटै प्रभावित भएर पश्चिमाहरूलेपनि १९ औं शताब्दीदेखि ‘टिचर्सडे’ मनाउँदै आएका छन् । सन् २०११ मेमाअमेरिकाका पूर्व राष्ट्रपति बराक ओमाबालेशिक्षकहरूसँगको एउटा तस्विर सार्वजनिकगरेका थिए । प्राविधिक दुई तिहाइको दम्भछोडेर भावनात्मक एकताको कडीमा योमुलुकका प्रधानमन्त्री के.पी. ओलीले पनिआफ्ना राजनीतिक गुरुलाई संझनु अन्यथाहुँदैन् । यसो गर्दा उनको उचाई सगरमाथावा सो सरहको बन्ने थियो । गुरु पूर्णिमाकोमहिमा आफैमा सन्देश भएर आलोकित हुनेथियो ।दुनियाँ जगत्मा बाँडेर बढ्ने कुरा केबलज्ञान मात्रै हो । यो पुस्तागत हस्तान्तरणकोसिद्धान्तमा आधारित छ । जुनसुकै धर्म, आस्थार सम्प्रदाय भए पनि ज्ञान र सिप लिनकालागि गुरुको महत्व छ र रहिरहने छ । ज्ञाननिर्माण, चेतना निर्माण र विवेक निर्माणमागुरु आफैमा अभियन्ता हुन् । गुरुलाई गालीहोइन् ताली नै पर्याप्त हुन्छ । जन्मदिने आमा,पालनपोषण गर्ने बाबाभन्दा पनि माथिल्लोकोटीमा गुरुलाई राखिएको छ । चन्द्रमालेपूर्णिमालाई उज्यालो दिन पनि सूर्यकोप्रकाशलाई परावर्तन गराएको तथ्यलाईविज्ञानले पनि नकारेको छैन् । आजकोउत्तरआधुनिक समाजमा गुरुकाप्रति आभारव्यक्त गर्न गुरु दक्षिणा स्वरुप एकलव्यलेद्रोणाचार्यलाई दिएको औंला दिनुपर्दैन् । एउटैएसएमएस काफी छ, आभार र सम्मानकालागि । लेट्स कम्पोज दि म्यासेज, गुडमर्निङ गुरु.....

Posted on: 2019-Jul-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar