29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उदाउदा तार.............................

7 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
देश बनाउने भनेका युवाहरुले नै हुन । अनि देश बिर्गाने भनेका पनि युवाहरुले नैहुन । जुन देशका युवाहरु सक्षम हुन्छन, सबैकुराले पुर्ण हुन्छन, मिहेनती हुन्छन, त्यो देशसबै कुराले परिपुर्ण हुन्छ । त्यो देश आर्थिकसामाजिक, सास्कृतिक, भाषिक, बिकास रपुर्वाधार, शिक्षा, स्वास्थ सबै कुरामा अगाडिहुन्छ ।आजको दिनमा जापान, जापान हुन,चीन, चीन हुन, अमेरिका, अमेरिकाकोरुपमाबिश्वसामु चिनिनुको मुल कारण पनि तिदेशका कर्मठ युवाहरु नै ।   युवाहरु कै कारणति राष्टहरु सफल राष्टकोरुपमा बिश्वसामुचिनिएका हुन । जसको योगदान राजनीतिदेखि लिएर राज्य सञ्चालनका हरेक तह रतप्का हुने गरेको छ । त्यही कारण पनि तिराष्ट्रहरु आर्थिक तथा सामाजिक बिकासकोचरम उत्र्कषमा पुगेका हुन । ति राष्ट्र समृद्धबनेका हुन । ति राष्ट्रका नागरिक सुखी बनेकाहुन । तर हाम्रो देशमा अझै यस्तो हुन सकेकोछैन । आर्थिक बिकास र समृद्धिका कुराखाली नारामा मात्र सिमित रहेकाछन । यिनाराहरु जनतालाई भुलभुलैमा राख्नको लागिमात्र प्रयोग हुने गरेको छ । यदि यस्तो नहुंदोहो त नेपाल आज होईन धेरै बर्ष पहिले नैसमृद्ध बनिसक्थ्यो सबै नेपाली सुखी भईसक्थे ।आर्थिक बिकास र समृद्धिको नारा नेपालमाआज मात्र घन्किएको हो र ? बिसं २००७सालमा राणा शासनको अन्त्य हुंदा पनि त्यहीनारा घन्किएको थियो । तर अहिलेसम्म पनिमुलुकले आर्थिक बिकास र समृद्धिको ठोसबाटो समेत पल्यिाउन सकेको छैन ।यदि पहिल्याउन सकेको भए सायदमुलुकले १० महिनामा झण्डै ११ खर्ब रुपैयाँकोबैदेशिक व्यापार घाटा बेर्होने थिएन हो । राष्टबैकले केही समयअघि मात्र सार्वजनिक गरेकोचालु आर्थिक बर्षको १० महिनाको देशकोआर्थिक तथा बित्तीय अवस्था सम्वन्धी प्रतिवेदनअनुसार मुलुकको दश महिनामा कुल वस्तुआयात १९ दसमलव छ प्रतिशतले बढेर ११खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आयात २१आवरणदसमलव आठ प्रतिशतले बढेको थियो ।   वस्तुआयात गरिने मुलुकका आधारमा भारतबाटभएको आयात १७ दसमलव दुई प्रतिशत,चीनबाट भएको आयात ३३ प्रतिशत र अन्यमुलुकबाट भएको आयात १८ दसमलव आठप्रतिशतले बढेको देखियो । यस अवधिमा कुलवस्तु निर्यात १८ दसमलव एकप्रतिशतले बढेर ७८ अर्ब ५३करोड पुग्यो । । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो निर्यातनौ प्रतिशतले बढेको थियो ।गन्तव्यका आधारमा भारततर्फ३१ दसमलव नौ प्रतिशत रअन्य मुलुकतर्फ दुई दसमलवतीन प्रतिशतले निर्यात वृद्धिभएको छ । चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमीआएको देखियो । आर्थिक वर्ष२०७५÷७६ को दश महिनामाकुल वस्तु व्यापार घाटा १९दसमलव सात प्रतिशतले बढेर१० खर्ब ९९ अर्ब ६० करोडपुगेको देखियो । यस अवधिमानिर्यात–आयात अनुपात छदसमलव सात प्रतिशत कायमभएको छ । अघिल्लो वर्षकोसोही अवधिमा सो अनुपात छदसमलव आट प्रतिशत रहेकोथियो ।राष्ट बैकका उक्त तथ्यांकअनुसार यस अवधिमा बैदेशिकरोजगारीबाट प्राप्त रेमिटेन्सरकम भने १९ दसमलव छप्रतिसतले बढेर सात खर्ब २५अर्ब ३० करोड रुपैयाँ पुगेकोछ । उक्त प्रतिसतबेदन अनुसारअघिल्लो वर्षको सोही अवधिमाविप्रेषण आप्रवाह सात प्रतिशतलेबढेको थियो । अमेरिकी डलरमाविप्रेषण आप्रवाह नौ दसमलव तीन प्रतिशतलेवृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह१० दसमलव तीन प्रतिशतले बढेकोथियो ।   अन्तिम श्रम स्वीकृति (संस्थागततथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) काआधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८ दसमललव छप्रतिशतले घटेको देखिन्छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो संख्या छ प्रतिशतलेघटेको थियो । राष्ट बैकको यो तथ्यांकले पनिहाम्रो देशको अर्थतन्त्र कुन अवस्थामा छ भन्नेकुराको जानकारी प्रष्टरुपमा देखिन्छ । देशकोआर्थिक दुरावस्था कै कारण मुलकबाट दैनिकहजारौंको संख्यामा युवा युवतीरु रोजगारीकोखोजीमा बिदेशिन बाध्य रहेकाछन । अहिलेकै अवस्थामा पनि नेपालको कुल जनसख्याझण्डै तीन करोडको हाराहारीमा रहेको छ ।ति मध्यृपनि झण्डै ४१ लाख नेपाली युवाहरुताराहरुबिदेशी भुमीमा श्रम गरिरहेकाछन ।तर पनि अझै नेपाली युवाहरुको बिदेशीनेक्रम रोकिएको छैन । देशको दक्ष युवा शक्तिअर्थात भनौ काम गर्न सक्ने उमेरका लाखौंयुवाहरु बिदशिंदा अहिले देश बुढाबुढी रबालबालिकाहरु मात्र बस्ने देशकोरुपमारुपन्तारित हुदै गएको छ । यो अवस्थामायही भएका युवाहरु पनि स्वदेशमा आम्दानी,रोजगारी र आार्थिकरुपमा बलियो हुंने संभावनानिकै नै कम देखेर पनि हुन सक्छन उनीहरुपनि बिदेश जाने सपनाहरु बुनिरहेकाछन ।त्यहीकारण पनि पछिल्ला बर्षहरुमा नेपालकोअधिकांस गाउँ घरहरुमाबुढाबुढी र बालबालिकाहरुमात्र हुने गरेकाछन । कामगर्ने उमेर समुहका लाखौयुवाहरु बिदेशिदा देशबृद्धाआश्रम जस्तै हुने होभन्ने डर पनि उत्पन्न हुनथालेको छ ।   देशमा आम्दानी ररोजगारीको अभाव देखेरलाखौं रुपैयाँ तिरेर बिदेशगईरहंदा केही युवाहरु भनेआफ्नै देशमा कामगरिरहेकाछन । उनीअरुआफु मात्र रोजगार भएकाछैनन, अरुलाई पनि आम्दानीर रोजगारीका अवसरहरुदिएकाछन । आफनैदेश आफ्नै घर आँगनमाबसेर नाम र दाम बुदैकमाई रहेकाछन । आफुमात्र स्वरोजगार भएकाछैन । अरु व्यक्तिहरुलाईपनि रोजगारी दिएरस्वदेशमा नै बसेर केहीगर्न प्रेरित गरिरहेकाछन ।मध्येम्रुा केही व्यक्तिहरु हुनसाःख ग्रुपका प्रवल साःख,पञ्चकन्या समुहमा उदिप श्रेठ, टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट ।  
जसले जागिर कै बारेमा जानकारी दिने मेरो जब डट कम चलाए 
शैलेन्द्रराज गिरी 
 
मेरो जब डट कम पछिल्लो समय नेपाल युवा पुस्ता माझ निकै नै चर्चित बनेको छ । लाखौ नेपाली युवाहरु जागिर नपाएर सडकमा भौत्तारिरहेको अवस्थामा मेरो जवडटकम एउटा त्यस्तो प्लेटफर्म हो जसलेरोजगार दाता र रोजगारी चाहने व्यक्तिकोबिचमा सिधा समन्वय गरी जागिरमा लगाउनेकाम गर्छ । त्यहीकारण पनि पछिल्लो समययो साईट युवायुवतीहरु माझ निकै नै चर्चितबनेको छ ।
  मेरो जव डट कमका प्रर्वन्ध निर्देशक हुन,शैलेन्द्रराज गिरी । गिरी निर्माण व्यवसायीशम्भुराज गिराीका छोरा हुन । बुवा निर्माणक्षेत्रमा निकै नै जमेका व्यवसायी हुन ।तर शैलेन्द्रलाई बुवाले नै गरेको काम गर्नमन लागेन । अरु भन्दा केही फरक कामगर्ने ईच्छा जाग्यो । सोही अनुरुप उनलेमेरो जव डटकम सञ्चालनमा ल्याए । मेरोजबडट कम अहिले बेरोजगार युवाहरुलाईरोजारकाी व्यवस्थापन गरिदिने भरपदो माध्यमहुन । आफ्ना बुबाको ‘रिक्वेस्ट’मा उनी सोहीव्यवसायमा आबद्ध थिए । बुबाको अनुरोधकाकारण मात्रै पनि होइन, उनी भर्खरै पढाइसकेर नेपाल फर्किएकाले त्यही व्यवसायमालाग्नुको विकल्प थिएन ।   तर, उनले केही समयपछि नै यो व्यवसायलेमेरो कुनै परिचय बन्दैन भन्ने निष्कर्ष निकाल्दैकेही नयाँ काम गर्ने सोच बनाए । तर, उनलेयो सोचेका थिएनन् कि नयाँ काम गर्दा कतिदुःख पााइन्छ भनेर । त्यसपछि उनले बुबाकोव्यवसायबाट अलग भएर आफैंले केही गर्नेसोच बनाएर अघि बढे ।उनले धेरै ओटा व्यवसाय गरे, कुनै व्यवसायलेपनि परिचय दिएन । बुबाको विरासतकोव्यवसायमा रमाएको भए उनलाई कुनै दुःखहुने थिएन । तर उनी चाहन्थे नयाँ केही गरौं,जसले आफूलाई स्थापित गरोस् । त्यही नयाँगर्ने सोचमा उनले जागिरसम्बन्धी जानकारीदिने मेरोजब वेबसाइट कम्पनी खोले । अहिलेमेरोजब स्थापित भएको छ । गिरी यसैमा स्थापित व्यवसायी बनेका छन् ।     
जसले आफैले केही गर्ने सोच बनाए ।
 
मनकामना केबलकार,चितवन कोईलगायतको व्यवसायर व्यापारमा स्थापित राजेशबाबु श्रेष्ठका छोरा राहुल बाबु श्रेष्ठ पनि फरक पेसामा रमाइ रहेका छन् । लन्डनमा पढेका श्रेष्ठ बाबुको व्यापार र व्यवसायमा आबद्ध नभई आफूलाई मन पर्नेसेफ पेसामा रमाइरहेका छन ।श्रेष्ठ अहिले दुबईमा बस्दै आएका छन । राहुलको रुचि अनुसार नै उनले अहिले सेफको काम गरिरहेको छन ।उसलाई कुकिङमै बढी रुचि भएकाले नयाँ नयाँ स्वाद बनाउन नयाँ नयाँ खोज पनि गर्छ ।’ जो भोल्भो गाडी र डुकाटी बाईक बेच्छन 
उदीप श्रेष्ठ
नेपालको व्यवसायीक घरानामा पञ्चकन्या समुह एक सफल व्यवसायीक घराना हो । यो समुहको निर्माण, सवारीसाधन, लगायतका बिभिन्न क्षेत्रमा लगानीरहेको छ । यो व्यवसायीक घरानाका पछिल्लोपुस्ताका व्यवसायी हुन उदीप श्रेष्ठ ।विदेशमा पढाइ सकेर नेपाल फर्किएपछि श्रेष्ठले हजुर बुबाले सुरु गरेको व्यवसायलाई थप अघि मात्रै बढाएनन्, आफ्नो छुट्टै परिचयस्थापित गर्न साझेदार तथा एकल प्रयासमाविभिन्न व्यवसायमा हात हाले । उनी हजुरबुबाले सुरु गरेको व्यवसायबाट बिल्कुल अलगछैनन् । श्रेष्ठ पञ्चकन्या ग्रुपका निर्देशक हुन्भने उनी आफैंले सुरु गरेको व्यवसाय होभोल्भो गाडी । त्यस बाहेक पनि उनी डुकाटीतथा बेनेली बाइक पनि नेपालमा बिक्रीगर्छन् । यो व्यवसायमा हजुरबुबा प्रेमकुमारश्रेष्ठ तथा बुबा प्रदीपकुमार श्रेष्ठको सहयोगभए पनि मुख्य जिम्मेवारी र दायित्व उनीसँगैछ । यो उनकै स्वामित्वको बिजनेस हो ।हजुरबुबा तथा बुबाहरु उत्पादनमूलक क्षेत्रमाप्रख्यात छन् । उदीपले आफ्नै स्वामित्वमाट्रेडिङ बिजनेसलाई अघि बढाइरहेका छन् ।उदीप भन्छन ‘पहिलो पुस्ताबाट सुरु भएकोव्यवसाय तेस्रो पुस्तामा पुगेपछि स्वाभाविकरुपमा अन्त्य हुन्छ । पञ्चकन्याका लागि मतेस्रो पुस्ता हुँ । तर, मैले पूर्ण जिम्मेवारीलिएर पञ्चकन्या सम्हालेको छैन ।’ पुरानोव्यवसायलाई जीवित राख्न नयाँ तरिकाबाटसञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।पञ्चकन्यामा उनको योगदान अत्यन्तैकम छ । उनी सबैभन्दा बढी समय आफैलेसुरु गरेको तीन ओटा व्यवसायलाई समयखर्चिन्छन् । किनकि उनी आफैंले सुरु गरेकोव्यवसायलाई स्थापित बनाउनु छ । उदीपलेनेपालमा महँगा बाइक बिक्री गर्छन् । डुकाटीतथा बेनेली बाइक नेपालका लागि महँगाकोसूचीमा छन् । त्यसैगरी, भोल्बोका विभिन्नसामग्री समेत बिक्री गर्दै आएका छन् ।
 
जसले अटोमोवाईल क्षेत्रमा हात हाले
अविनव राणा
फिस्टेल एयरका मालिकविकास राणाका छोरा हुन । अभिनव अहिले बुबाको व्यवसायबाट बिल्कुल अलग छन् । एयरलाइन्स, फर्निचर तथा रियलस्टेट व्यवसाय गरेका बाबुको व्यवसायबाट अभिनवले फरक पाइलाचाल्दै अटोमोबाइल्समा हात हाले ।उदीपसँग मिलेर अभिनवले डुकाटी र बेनेलीबाइकलाई बिक्री गरिरहेका छन् । ‘हाम्रोरगतमै व्यवसाय छ, कि हामीभन्दा अग्रजलेसुरु गरेको व्यवसायलाई सम्हाल्नुपयो,कि आफैंले नयाँ व्यवसाय गर्नुपयो,’ युवाव्यवसायी उदीपले भने, ‘अग्रजले सुरु गरेकोव्यवसायलाई पनि धेरथोर समय दिने रसँगसँगै आफैं पनि नयाँ व्यवसायमालागेका छौं ।’हामीले सुरुगरेको व्यवसायमा बुबालाईसल्लाहकारको भूमिकामाराख्ने र कार्यकारी आफैं बसेरकाम गर्ने उनको भनाइ छ ।
‘मेरो हरेक व्यवसायमा बुबालेसल्लाह दिँदै आउनुभएको छ,’उनले भने । बुबाहरुको प्रेरणाबाट नैआफूहरुलाई नयाँ व्यवसाय सञ्चालनगर्न सजिलो भएको उनको भनाइछ । नयाँ व्यवसाय सुरु गर्न जति गाह्रोहुन्छ, हामीलाई त्यति गाह्रो हुँदैन,’उदीप भन्छन्, ‘आवश्यकपूर्वाधार मात्रैनभई आवश्यकज न श  ित्त m स म ेतपहिल्यैदेखि हुन्छन्,जसका कारणनयाँ व्यवसायगर्न सम्भवहुन्छ ।’ िव क ा सराणाले सुरुगरेकोव्यवसाय रछोरा अभिनवले सुरुगरेको व्यवसायको प्रकृति अलगअलगछन् । बुबा एयरलाइन्स व्यवसायी हुन भनेछोरा ट्रेडिङ व्यवसायमा छन् । ‘एउटै–एउटैप्रकृतिको व्यवसाय गर्दा नयाँ व्यवसायगर्नेले धेरै दुःख खेप्नुपर्दैन,’ अभिनव भन्छन‘तर, आफ्नो अग्रजले गरेको व्यवसायभन्दाअलग प्रकृतिको व्यवसाय गर्दा केही झन्झट हुन्छ ।’
अविनव राणा जसले टुटल चलाए 
निर्माण व्यवसायीका छोरा शिक्षित भट्टलेटुटल टुडे चलाएर आफ्नो व्यवसायलाईअघि बढाउँदै आएका छन् । सडकमा खालीसिट ओहोरदोहोर गर्ने बाइकको सदुपयोगगरेर यात्रुलाई गन्तव्यमा पु¥याउने कामसामाजिक उत्तरदायित्व हुने ठानेर यस्तोप्रविधिको विकास गरेको डोटीकोसिलगढीका भट्ट बताउँछन् । भट्टकोअवधारणालाई उनका अन्य १० जनासहयोगीले साथ दिएपछि बनेकोहो— ‘टुटल एप’ ।
विदेशमा चलनचल्तीमा रहेको यस्तो अभ्यासनेपालका लागि भने नयाँ हो ।सानैदेखि पाइलट बन्ने चाहना भएपनि भट्टले इलेक्ट्रोनिक एन्ड टेलिकमइन्जिनियरिङमा स्नातक गरे । केहीवर्ष निजी टेलिकम कम्पनीमाकाम गरेका उनी पोखराविश्वविद्यालयबाट सन् २००९ ब्याचकाएमबीए गो ल्डमेडलिस्टसमेत हुन् ।न ेप ा लइन्भेस्टमेन्ट बैङ्कमा डेपुटी म्यानेजरकोजागिर छोडेर नयाँ काम गर्ने सोच बनाएकाभट्टले साथीहरुसँग मिलेर नयाँ व्यवसायसुरु गरेका हुन् । उनीसहित आफ्ना १०जना साथीहरुसँग मिलेर सडकमा गुडिरहेकोसाझा बसलाई ‘ट्र्याक’ गर्ने ‘हाम्रो साझा’‘एप’ बनाए । त्यो एप धेरै नचलेपछि उनलेत्यसैलाई परिमार्जन गरेर साथीहरुकोसहयोगमा ‘टुटल एप’ बनाएका हुन् ।टेलिकम र बैङ्कमा काम गरेकोआफ्नो अनुभवलाई मिलाएर यातायातसँगसम्बन्धित नयाँ प्रविधिको विकास गरेको उनीबताउँछन् । सवारी चालक र यात्रुको जस्तोव्यवसायको व्यवहार नभई आवश्यकतापरेका बेला एकअर्कालाई सहयोग पु¥याउनेउद्देश्यले यो ‘एप’ बनाएको उनको भनाइछ । उनी भन्छन, ‘यसबाट मनग्गे पैसा कमाउँला भन्ने सोच छैन ।’
जसले अनलाईन बिजनेश चलाए प्रवल साःख 
प्रवल साःख किरण साःखका छोरा हुन  । बुबा स्टिल व्यवसायी हुन । तर छोराप्रवल अनलाईन बिजनेश गरिरहेकाछन । प्रबलले हाम्रो बजार डट कम बाट आफ्नोव्यावसायिक यात्रा सुरु गरेका हुन ।‘हजुरबुबाको बिजनेससँग पटक्कै मेलनखाने व्यवसाय सुरु गर्दा केही अप्ठ्यारो हुनेरहेछ,’ प्रबल भन्छन, ‘तर, मान्छेहरु सूचनाप्रविधिसँग अभ्यस्त भइसकेकाले सोचेभन्दाधेरै छिटो व्यवसाय सफल भयो ।
हरेकमानिसको आवश्यकता बन्दै गएको सामग्रीप्रबलले अनलाइनमार्फत उपलब्ध गराउँदैआएका छन् । घर, गाडी, जग्गा लगायतसम्पूर्ण सामग्री हाम्रो बजार डट कम मासहजै उपलब्ध छ । खासगरी, एकलतथा सामूहिक रुपमा व्यवसायगर्ने युवाको जमात बढ्दै गएकोछ । एक अर्का ‘बिजनेस म्यान’छोराबीच सहकार्यमा होस् वा आफैं होस नयाँ व्यवसाय सुरुगरिरहेका छन् । विदेशमा गएरपढाइ सकेर नेपाल फर्किएपछिआफ्नो पुख्र्यौली व्यवसायलाई सम्हाल्न भन्दा पनि नयाँसोचबाट व्यवसाय सुरु गर्ने प्रवृत्ति बढेको छ ।


Posted on: 2019-Jul-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar