फेस बुक चलाउदै हुनुहुन्छ, यस्ता कुराहरुमा ध्यान दिनुहोस
2018-05-20 00:25:10 | Comments: 0
फेसबुक अहिले बिश्व बजारमा दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ । अहिले बिश्मा फेसबुक प्रयोगकर्ताहरुको सख्या निकै नै बढिरहको छ । यो अवस्थामाफेसबुकको सबै उपयोगिताबारे भने हामीलाईजानकारी नहुन पनि सक्छ
यस्तो छ, मोवाईलमा इन्टरनेट डाटा बचाउने तरिका
2018-05-11 06:49:38 | Comments: 0
बिश्वका सबैजसो मुलुकहरुमा पछिल्लो समय मोवाईल प्रयोगकर्ताहरुको सख्याँ बढ्दै गएको छ
फड्को मार्दै जापान हिड्न र बोल्न सक्ने सेक्स डल बजारमा
2018-05-11 05:52:27 | Comments: 0
युवती संग भन्दा सेक्स डलहरुसंग यौवन साट्नेहरुको संख्या नेपालमा पनि बढ्दै गएको छ
चीनद्वारा बेइजिङबाट दुई घण्टामा न्यूयोर्क पुग्ने विमानको सफल परिक्षण
2018-03-27 02:36:27 | Comments: 0
बिश्वको महाशक्ति राष्ट चीनको ‘चाइना एकेडेमी अफ साइन्स’का अनुसन्धानकर्ताहरुको एक समूहले एक हापरसोनिक विमानको सफल परिक्षण गरेका छन् । विशेष हवाई सुरुङ्ग(विन्ड टनेल)मा गरिएको परिक्षणमा विमानले ५६०० माइल प्रति घण्टाको गति लिएको थियो । यसबारे खोजपत्र चीनियाँ जर्नल ‘फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनमी’मा प्रकाशित भएको छ ।
सामसुङ र एप्पलको कडा प्रतिस्पर्धा
2017-10-11 01:49:27 | Comments: 0
प्रविधि र सञ्चारको क्षेत्रमा अहिले निकै नै प्रतिस्पर्धा बढेको छ । यो प्रतिस्पर्धाको पछिल्लो समय निकै खरोरुपमा उभिएका कम्पनीहरु हुुन सामसुङ र एप्पल । यी कम्पनीहरु विश्वको स्मार्टफोनको बजारमा सबैभन्दा अगाडिठ रहेको कारण पनि यी कम्पनीहरुको बीचमाा प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । दक्षिण कोरियन र अमेरिकी कम्पनीहरु पछिल्लो समय आफ्ना उत्पादनहरु पनि एकअर्कालाई लक्षित गर्दै ल्याउने गरेका छन् । यस्तोमा पछिल्लो समय पुनः यी दुई कम्पनीहरु आमुन्नेसामुन्ने भएका छन् । अहिले अमेरिकी कम्पनी आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ र यो वर्षमा आफ्नो आइफोन ८ बजारमा ल्याउने तयारी पनि उसको रहेको छ । साथै सामसुङ कम्पनीले केही आकर्षक फिचर्सहरुको साथमा सामसुङ ग्यालेक्सी नोट ८ बजारमा ल्याइसकेको छ । यसले दुई कम्पनीहरु पुनः एकापसमा व्यापारिक प्रतिस्पर्धामा देखिएका हुन् । यसअघि पनि यी दुई कम्पनीहरु एकैसाथ नभिडेका होइनन् तर पछिल्लो समय चिनियाँ स्मार्टफोन निर्माताहरुले स्मार्टफोनको बजारमा अफ्नो पाइलो बलियो बनाउँदै लगेको अवस्थामा दुई कम्पनीको प्रतिस्पर्धाको कस्तो नतिजा दिन्छ भन्ने कुरा भने महत्वपूर्ण रहने छ । अहिलेको यो प्रतिस्पर्धामा पनि कमजोर देखिएको खण्डमा चिनियाँ कम्पनीहरुले सामसुङलाई उछिन्नसक्ने देखिन्छ । यदि एप्पललाई पछि पार्दै आफ्नो उत्पादन सफल बनाउन सफल भएको खण्डमा भने बजारमा नयाँ रोचक अवस्था आउनसक्ने देखिन्छ । यो अवस्था आएमा एप्पल तथा सामसुङ करिब बराबरको अवस्थामा रहनेछन् र चिनियाँ कम्पनीहरु पनि उनीहरुकै हाराहारीमा पुगिसकेका हुनेछन् । यो अवस्थाले विश्वको प्रविधिको क्षेत्रमा नै नयाँ आयाम थप्नसक्ने देखिन्छ । साथै नयाँ प्रविधि विस्तारको सम्भावना पनि निकै बलियो हुनसक्छ ।
<<<12>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story