नेपालमा बिट क्वीन कारोवारमा ठुुलो गिरोह सक्रिय
2017-10-25 01:57:18 | Comments: 0
नेपाल पनि गैरकानुुनी मानिएको बिट क्वीनको कारोवारमा राष्टिय तथा अन्तराष्टियस्तरका ठुलो गिरोह सक्रिय रहेको फेला परेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले नेपाल मै पहिलो पटक बिट क्वीनको कारोवारमा संलग्न भएको आधारमा सात जना व्यक्तिहरुलाई पक्राउ गरेपछि यस्तो रहस्य खुुलेको हो । व्युरोका प्रहरी उपरिक्षक जीवन कुुमार श्रेष्ठका अनुसार नेपालमा पनि बिट क्वीनको कारोवार हुुने गरेको भन्ने जानकारीको आधारमा अनुसन्धान गर्दे जाँदा ति व्यक्तिहरु पक्राउ परेका हुुन । पक्राउ पर्नेहरुमा सिन्धुली कल्पवृक्ष वडा नम्वर चार घर भई हाल काठमाडौ महानगरपालिका बानेश्वर बस्ने ३८ बर्षिय ज्ञान प्रसाद पौडेल, अर्गााखाँची घरर भई हाल काठमाडौको बानेश्वर बस्ने ३४ बर्षिय माधव खनाल, काठमाडौ जिल्ला घर घई कामनपा भाटभटेनी वडा नम्वर चार बस्ने २५ बर्षिय प्रशान्त प्रताप शाह, नुुवाकोटको बेलकोटल घर भई काठमाडौ कलंकी बस्ने २४ बर्षिय बिन्दा ढकाल, सिन्धुुपाल्चोकको हेलम्वुु गाँउपालिका वडा नम्वर सात घर भएका ४४ बर्षिय मिङमार तामाङ, काठमाडौ जिल्ला घर भई ललितपुर हरिसिद्धी बस्ने दमन बस्नेत र रुपन्देही जिल्लाको रुपन्देही उपमहानगरपालिका ११ बस्ने मनिष कुमार गिरी रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताएकाछन । श्रेष्ठका अनुसार ति व्यक्तिहरुलाई काठमाडौ र चितवनको बिभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट बिट क्वीन कारोवारको लागि प्रयोग गरिने मोवाईल र ल्यापटप समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गैरकानुुनीरुपमा नेपालमा आर्जन गरेको रकम हुुण्डी मार्फत बाहिरिदंै
2017-10-25 01:53:44 | Comments: 0
गैरकानुनीरुपमा पैसा कमाउने र उक्त पैसालाई लुकाउने प्रवृत्ति नेपालमा बढ्दै गएको छ । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार नेपालमा गलत ढंगले कमाइएको अधिकांश पैसा हुुण्डी मार्फत बिदेशिने क्रम बढ्दै गएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयको एक अन्तक्र्रियामा बोल्दै सिटौलाले नेपालमा वैधानिक तवरले अत्यधिक पैसा कमाउनेको संख्या ज्यादै न्यून रहेको जानकारी दिए । उनले सरकार तथा उपभोक्तालाई छलेर पैसा कमाउने प्रवृत्ति बढेको भन्दै त्यसलाई कारबाहीको दायरामा ल्याउन नयाँ नियम कानुनहरु आइसकेको जानकारी दिए । नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि कुमार नेपालले अवैध रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रचलन विश्वव्यापी रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन विश्वका धेरै मुलुकले सम्पत्ति शुद्धीकरणको कानून बनाई लागू गरेको जानकारी दिए ।
राजश्व बिभाग आक्रामक
2017-10-25 01:49:27 | Comments: 0
बजार सुधारको लागि पछिल्लो समय आन्तरिक राजश्व बिभाग आक्रामक बनेपछि कालोबजारियाहरुको भागदौड सुरु भएको छ । विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले आफूअन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तीव्रता दिएको हो । विभागअन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउँदै दशैं, तिहारजस्तो चाडबाडको समयमा बढी कारोबार हुने र सो क्रममा बिलबीजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्षजस्तै यस वर्ष पनि बजार अनुगमनलाई तीव्रता दिइएको विभागले जनाएको छ ।
नेपालको आर्थिक वृद्धिदर औसत चार दसमलव पाँच प्रतिशतमा सीमितः बिश्व बैक
2017-10-25 01:46:25 | Comments: 0
नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा चार दसमलव पाँच् प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले चालू आवमा आर्थिक वृद्धि सात दसमलव दुुई प्रतिशत पुग्ने प्रक्षेपण गरेको भएपनि बिश्व बैकले भने बदलिंदो परिभेष संगै आर्थिक बृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । विश्व बैंकले यसअघि पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यो प्रक्षेपण घटाएको हो । बैंकले सन् २०१८ मा नेपालको वृद्धि पाँच प्रतिशतको दरमा र सन् २०१९ मा चार दसमलव पाँच प्रतिशतको दरमा हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।
कहाँबाट आउँछ सेयर बजारमा यतिका पैसा ?
2017-10-10 02:08:35 | Comments: 0
नेपालको अर्थतन्त्र सानो र कमजोर भए पनि सेयर बजारको अवस्था पनि पत्याई नसक्नुुको रहेको छ । बार्षिकरुपमा झण्डै आठ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेर्होने यो मुुुलकको बार्षिकरुपमा दुुई खर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच हुुने गरेको छ । नेपाली पुंजी बजारमा पछिल्लो आर्थिक बर्षमा दुुई सय पाँच अर्ब दुुई करोड रुपैयाँको सेयर कारोवार भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७२—०७३ मा यस्तो कारोवार रकम एक सय ६४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो भने आव २०७१—०७२ मा बार्षिक सेयर कारोवार रकम ६५ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । बोर्डका अनुसार पछिल्लो आवमा दुुई सय आठ वटा सुचीकृत कम्पनीहरुबाट उक्त परिमाणमा सेयर कारोवार भएको हो । आव २०७१—०७२ मा सुचीकृत कम्पनीहरुको संख्या दुुई सय ३२ रहेको थियो भने आव २०७२—०७३ मा सुचीकृत कम्पनीहरुको संख्या दुुई सय ३९ रहेको थियो । औषतरुपमा दैकिन सेयर कारोवार रकम भने आव २०७३—०७४ मा ८९ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तो कारोवार आव २०७१—०७२ मा ३० करोड २९ लाख रुपैयाँ रहेको थियो भने आव २०७२—०७३ मा ७० करोड ६६ लाख रुपैयाँ रहेको छ ।
<<<123>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story