नयाँ बर्ष संगै समृद्धिको दिशामा मुुुलक
2017-04-20 15:24:48 | Comments: 0
हामीले २०७३ साललाई बिदा गरिसकेका छौ । अहिले हामी २०७४ सालमा प्रवेश गरेका छौ । मानौ बिगतमा जे जस्तो भए राम्रोको लागि भए, हाम्रो लागि नै भए । अहिले २०७४ सालको पुर्र्व सन्ध्यामा छौं, हामी यो सालमा पनि जे जति कामहरु हुुन्छन, हाम्रै लागि हुन्छन, राम्रैका लागि हुन्छ । तर यसको लागि बिगतनको गल्ती कमजोरीहरु सच्याएर अगाडि बढ्नुु पर्र्छ, त्यो चाहे राजनीतिक क्षेत्र होस, आर्थिक क्षेत्र होस वा सामाजिक क्षेत्रमा सबैमा यसरी नै अगाडि बढनुपर्छ ।
फ्रिडम अफ रिलिजन बट, नट फ्रिडम फ्रम रिलिजन
2015-08-11 03:39:00 | Comments: 0
२७ अगस्त २००७ मा अमेरिकामा डेमोक्रेटिकतर्फका उपराष्ट्रपतीय उम्मेद्वार जोसेफ लिबरम्यानले ‘द कन्स्च्यिूसन ग्यारेन्टिज फ्रिडम अफ रिलिजन, नट फ्रिडम फ्रम रिलिजन’ अर्थात् संविधानले धर्मको स्वतन्त्रताको प्रत्याभूत गरेको छ न कि धर्मबाट स्वतन्त्रता भन्ने अभिव्यक्ति दिएपछि अमेरिकी धर्म निरपेक्षताको मोडेलको विषयमा व्यापक विवाद भयो । आमसञ्चारका विद्यार्थीका लागि पनि रुचीकर पात्र अर्का राष्ट्रपतीय उमेद्वार अल गोरले आफूले चुनाव जितेमा हरेक कार्यकारी र महत्वपूर्ण निर्णय लिँदा आफ्नो स्थानमा जिसस भए के गर्नुहुन्थ्यो होला त्यही गर्नेछु भन्ने भाषणै गरे । तर, जर्ज डब्ल्यू बुसले हरेक क्याबिनेट बैठक प्रार्थनाबाट शुरु गरेर गोरलाई पनि पछि पारिदिएका थिए । उनी मन्त्रिपरिषद बैठक सकिएपछि पनि प्रार्थना गर्ने गर्थे ।
<<<1>>>
Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story