27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

केही व्यक्तिहरुको उक्साहटमा धरौटीको नीति ल्याएर यस क्षेत्रलाई तहस नहस पार्न खोजिएको छ

30 - Sep- 2022, Posted by: Yuwahunkar

आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् । जसले गलत गर्छ, त्यस्ता कम्पनीलाई दण्ड जरिवाना दिने, कारवाही गर्ने नीति ल्याउनुपर्छ, धरौटी किन चाहियो ?

दिपक गुरुङ पुर्व अध्यक्ष इ-क्यान



 शैक्षिक परार्मश संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउने नाउँमा सरकारले अहिले केही व्यक्तिहरुको उक्साहटमा धरौटीको नीति ल्याएर यस क्षेत्रलाई तहस नहस पार्न खोजेको छ, । सरकारको जिम्वेवार निकायमा बसेका व्यक्तिहरुले केही सिमित व्यक्तिहरुको स्वार्थपुर्तीको लागि यस क्षेत्रमा आवद्ध हजारौंको पेटमा लात हान्ने गरी, रोजीरोटी खोस्ने गरी धरौटी सम्वन्धी नीतिगत व्यवस्था गरी कार्यान्वयन ल्याउन खोजेको छ, हामी यसको बिरोध छौं । 

शैक्षिक परामर्श  क्षेत्रमा समस्या छ, हामीले त्यसलाई नर्कान मिल्दैन । बैदेशिक रोजगार कम्पनी जस्तो कन्सल्टेन्सी होईन । त्यो क्षेत्रमा म्यानपावरले नै भिसा लगाउने देखि तोकिएको रोजगारी दिनेसम्मको ग्यारेन्टी लिन्छन । शैक्षिक संस्थाहरु जस्तो पनि हामी होईनौं । हामीले बिशुद्धरुपमा बैदेशिक शिक्षाको लागि जाने बिद्यार्थीहरुलाई आवस्यक पर्ने परामर्श दिने हो । यो क्षेत्रलाई व्यवस्थित गर्न त्यति गाह्रो छैन । आवस्यक ऐन ल्याएर त्यो ऐनको प्रभावकारी कार्यान्वयन गरेको खण्डमा यो क्षेत्र व्यवस्थित भई हाल्छन् । जसले गलत गर्छ, त्यस्ता कम्पनीलाई दण्ड जरिवाना दिने, कारवाही गर्ने नीति ल्याउनुपर्छ, धरौटी किन चाहियो ? 
केही शैक्षिक परामर्श संस्थाहरु र यसका सञ्चालकहरुले गलत गर्यो भनेर सिंगो सिंगो शैक्षिक परामर्श क्षेत्रलाई नैं बदनाम गराईएको छ । यसले गर्दा शैक्षिक परार्मश क्षेत्रमा काम गर्नेहरुको आत्मसम्मान गुमेको छ । अहिले नेपालमा ४५ सयको हाराहारीमा शैक्षिक परार्मश संस्थाहरु रहेका छन् । ति मध्ये १६ सय जति मात्र इक्यानमा आवद्ध छन । यि बाहेकका धेरैजसो संस्थाहरु झोले रहेका छन् । झोलामा कागजपत्र बोक्दै, बिद्यार्थी ठग्दै हिडेका छन भने केही हुरिवतास जस्तै छैन, जहाँ जहाँ राम्रो हुन सक्छ, त्यहाँ त्यहाँ मात्र काम गर्ने । वास्तवमा यि यस्ता परामर्श संस्थारुहलाई राज्यले कारवाही गर्नुपर्छ । राज्यसंग, कारवाहीको लागि श्रोत, साधन र कानुन सबै छ । यि यस्ता कन्सल्टेन्सीहरुले नराम्रो काम गर्यो भनेर सरकारले सबै कन्सल्टेन्सीहरुलाई एउटै बास्केटमा राखेर कारवाही गर्नु भएन् र हुंदैन पनि ।

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar