26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

“हिडन क्राइम” पत्ता लगाउँछु , अपराध शुन्य नेपाल बनाउँछु

18 - Jul- 2016, Posted by: Yuwahunkar

प्रहरीले सदैव अपराध शुन्य समाज चाहेको हु्रन्छ । सिंगो नेपाली जनताको चाहना पनि यही हो । यसको लागि प्रहरी र जनता एकै सिक्काको दुुई पाटाकोरुपमा अगाडि बढ्नु पर्छ । बिश्वमा अपराध शुन्य समाज आजको दिन कंही पनि संभव नहोला, कुनैपनि रुपमा त्यहाँ अपराध भएको हुन सक्छ । तर सत्य के हो भने अपराध र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न सकिन्छ, अपराधलाई निरुत्साहित गर्न सकिन्छ । यही अभियानमा सक्रियरुपमा लागेका कारण यतिखेर महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द््र खनाल चर्चामा रहेकाहुन ।

Sarbendra Khanal



 “हिडन क्राइम” पत्ता लगाउँछु , अपराध शुन्य नेपाल बनाउँछु ः खनाल

प्रहरीले सदैव अपराध शुन्य समाज चाहेको हु्रन्छ । सिंगो नेपाली जनताको चाहना पनि यही हो । यसको लागि प्रहरी र जनता एकै सिक्काको दुुई पाटाकोरुपमा अगाडि बढ्नु पर्छ । बिश्वमा अपराध शुन्य समाज आजको दिन कंही पनि संभव नहोला, कुनैपनि रुपमा त्यहाँ अपराध भएको हुन सक्छ । तर सत्य के हो भने अपराध र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न सकिन्छ, अपराधलाई निरुत्साहित गर्न सकिन्छ । यही अभियानमा सक्रियरुपमा लागेका कारण यतिखेर महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द््र खनाल चर्चामा रहेकाहुन । 
विकासोन्मुख राष्ट्र नेपालमा संविधान जारी भएपछि कानुनको शासनबाट स्थायी शान्ति शुव्यवस्था कायम भई आम नेपाली जनताको सामाजिक, आर्थिक विकास होला भन्ने आस कहिले पुरा होला ? किन अझै पनि विभिन्न बहानामा बन्द, हड्ताल, हत्या, हिंसा, आतंक,चोरीडकैति, लुटपाट, ठगी जस्ता विभिन्न अपराधिक क्रियाकलापहरु बढिरहेका छन ? यस्ता अपराधिक क्रियापलापमा  के कस्तो निगरानी र अनुसन्धान भइरहेको छ ?, अपराध अनुसन्धान गर्दा के–कस्ता चुनौति रहेका छन ? जस्ता विभिन्न जिज्ञासाहरु सबैतिर उत्पन्न भइरहेको पाइन्छ । यस्ता अपराधलाई पर्दाफास गदै समाजमा आफुलाई एउँटा भिन्दै पहिचान स्थापित गरिसकेका नेपाल प्रहरीका खम्बा रुपमा कहलिदै आएका महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालसंग यूवा हुङ्कार मासिकका तर्फबाट एकेन्द्र घोडासैनीले गरेको कुराकानीको संपादित अंश 
महानगरिय प्रहरी अपराध महाशाखामा आउनु भएको कति भयो ?
म महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखामा आएको एक बर्ष हुन लाग्यो ।
 
अहिलेको उपत्यकाको अपराध र अनुसन्धानको अवस्था के छ ?
उपत्यकाको कुरा गर्दा विभिन्न सामाजिक तथा आर्थिक सम्बन्धि अपराधिक क्रियाकलाप बढिरहेको पाइएको छ । विशेष गरेर आर्थिक अपराधहरुको सख्या बढि हुने गरेको पाइन्छ । धेरै अपराधहरु हिड्न रुपमा रहेका छन । १०÷२० बर्ष अघिका ठगि, लेनदेनका अपराधहरु बढि आइरहेका छन । यस्ता अपराधलाई पनि हामी अनुसन्धान गरिरहेका छौ । हाम्रो अनुसन्धानले कुनैपनि अपराधको सत्य तथ्य पत्ता लगाई अपराधिलाई कुनै पनि हालतमा कानुन बमोजिम कारबाहिको दायरमा ल्याउने संकल्प सहित नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा गहन रुपमा  लागि परेको छ ।
 
मुख्यतया अपराध हुने क्षेत्रहरु र अपराध कस्तो प्रकृतिको हने गरेका छन ?
काठमाडौंमा सामान्यतया अपराधहरु प्राय सामाजिक भन्दा पनि आर्थिक कुरासंगै जोडिएको पाईन्छ । समाजमा हुने अपराध सामाजिक असमानता, द्धन्दको कारण उत्पन्न हुने केहि समय पश्चात त्यसको छानविन समाधान भईहाल्छ यस्तो चलिरहेको हुन्छ तर केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थ, मनसायले हुने, पेशा नै अपराधिक गतिविधिमा हुने अर्थात करियर क्रिमिनलहरु धम्क्याउने, दबाब दिने, अपहरण गर्ने, हत्या गर्ने जस्ता अपराध हुन्छन तर हाल त्यस्ता अपराधमा कमी भइरहेका छ, हामीले यस्ता अपराध निर्मुल पारिसकेका पनि छांै ।
 
नेपालमा लागूपदार्थ ओसारपसार गर्ने ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग भएको र विभिन्न अपराधिक गिरोह पनि सक्रिय रहेको भन्ने सुनिन्छ नि ?
अपराधिले कहाँनेर कमजोरी छ भनेर अवसर लिन पर्खिरहेको हुन्छ अहिले सम्मका घट्नाक्रमलाई हेर्ने हो भने नेपालमा पनि केहि यस्ता अपराधि फेला परेको पाइन्छ । किनकि नेपाल पनि अन्तराष्ट्रिय रुपमा खुला सिमाना प्रयोग गरिरहेको मुलुक भएकै कारणले यस्तो अपराधको संभावना रहन्छ पनि, तर अन्तराष्ट्रिय रुपमा नेपाल लागुपदार्थ ओसार, मानब बेचबिखनको ट्रान्जिट प्वान्टको रुपमा प्रयोग भएको छ भन्ने कुरामा म सहमत छैन र देख्दिन । किनकी अपराधले कोसिस गर्दागदै पक्राउ परिहाल्छन र अपराध हुन्छकी भन्ने ठाउँमा हाम्रो प्रहरी संजालभित्र समन्वय भइरहेको हुन्छ । नेपालमा प्रहरीको पहुचमा नरहेको कुनै ठाउँ छैन, अपराधि नेपाल नभित्रियोस भनेर नेपाल प्रहरीको डिआइजीको नेतृत्व विमान स्थलमा पनि कडा चेकजाँच गर्ने व्यवस्था गरिएको छ, तर विभिन्न कस्टम चेकजाँच गर्दा गोल्डेन गेट भन्दा भित्रका कतिपय क्षेत्र प्रहरीको क्षेत्रभित्र नपरेको पनि छ यसो भन्दा अपराधक भएको छ प्रहरी सतर्कता छैन भन्ने होइन।  अझै हामीले त आउने आगन्तुकको विवरण पनि राख्नु पर्छ भनेर एअरपोर्ट व्यावस्थापनलाई जानकारी दिएका छौ । त्यसकारण पनि अपराधि सजिलै अपराधिक क्रियाकलाय गर्न                                                                                                                                                                                                                                                                                             पाउदैनन् ।
 
अपराधि बिदेशिएका छन भन्ने सुनिन्छ नि ? डनहरुले विदेशतिर लगानि गर्ने अर्थात सम्पति सार्ने गरिरहेको भन्ने कता कता सुन्न पाइन्छ यसबारे केहि निगरानीे भएको छ ?
यो कुरा केहि हद सम्म साचो हो केहि अपराधिहरु भागेका छन । अपराध गरि समाजमा यस्ता घट्ना घटाउने र शान्ति सुरक्षामा असर गरि कसुर गर्ने जोसुकै होस त्यसलाइ हामी कुनै हालतमा छोड्दैन । उनिहरु विदेशिय पनि हामी संसारको कुनाबाट पनि पक्राउ गर्नेछौं त्यो खालको संयन्त्र हामी संग छ कीनकी नेपाल इन्टरपोलको सदस्य राष्ट्र पनि भएकाले अपराधि जुनसुकै देशको होस त्यो अपराधि नै हो  जहाँ लुकेर बसे पनि उसलाई कानुनि अनुसार कारबाहिको भागिदार बनाएर छोड्छौं  । भर्खरै म लगायत हाम्रो प्रहरी टिम मलेसिया र श्रीलंका पनि गएर आएको थियौं यस्ता विषयमा त्यहाको स्थितिका बारेमा श्रीलंकामा महिलाहरुलाई श्रमशोषण गर्ने त्यहाबाट दुबै ओसारपसार गर्ने ठाउँमा इन्टरपोलको चिफ समेत लिएर म गएको छु , यसरी ठाउँ ठाउँमा एजेन्ट राख्ने गरेका पाइयो यस्ता कुराहरुका बारेमा केहि दिन सम्म अध्ययन तथा जानकारी प्राप्त गरेका छौ र हामीले हाम्रो संयन्त्रलाई अझै प्राविधिकरुपले प्रवाहकारी बनाउनु पर्ने महशुस भएको छ । तर विगतमा अधराधिक क्रियाकलाग लागेका अहिले सुध्रिएर नेपाल प्रहरीलाई नै सुचना दिने, लिने र आफनो पेशा व्यावसायको रिपोर्ट पनि दिने गरेका व्यक्ति पाइएको छ । त्यसैले अब हाम्रो उदेश्य अपराध शुन्य नेपाल बनाउने हो ।
 
 
यसरी अपराधिलाई अनसन्धान गर्दा के कस्ता चुनौतिहरु देख्नु भयो?
हो । यस्तो चनौति रहेका छन । अनुसन्धान गर्दा राष्ट्रिय तथा अत्तराष्ट्रिय कानुनि स्पस्टता नहुनु, विदेशमा सोहि देशको कानुन आकर्षित हुने र निश्चित सिमा तोकिएको छ त्यसले कहिले काहि अनुसन्धान प्रक्रिया अगाडी बढाउन सम्स्या हुने, ढिलो हुने गर्दछ भने केहि व्यवहारिक र प्राविधिक चुनौति पनि हुने गर्दछन किनकि अनुसन्धानको क्रममा कहिलेका काहि निर्दाेष व्यक्तिसंग पनि बयान लिनुपर्ने , पक्राउ पर्ने बाध्यता रहन्छन र प्रविधि सम्बन्धि साधनस्रोतको अभाव छ तर चनौति छ भन्ने वित्तिकै पिडितले न्याय नपाउँने, अनुसन्धान प्रभावित हुदैन । समस्याहरुको समाधानको लागि आवश्यक समन्वय गरि उपाय निकाल्नु सक्नुपर्छ ।
 
राजनितिक दबाब कत्तिको आउने गरेका छ ? दबाबमा कतिपय मुु्द्दाहरु दर्ता नै नहुने पनि हुन्छ रे नि ?
 
मलाई दबाब छैन । यसो भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । लाग्दैन पनि, मलाइ के लाग्छ भने हामीलाई एउटा कानुनि जिम्मेवारी छ त्यो नै हाम्रो म्यान्डेट जस्तो लाग्छ र आफु कमजोर भयो भने यस्ता कुरा हुने गर्दछन हुन सक्छ तपाइले भन्या जस्तो मेरो पनि २÷३ पटक सरुवा पनि भा छ, जँहा भयो त्यहाँ गाछु के भो त ? त्यो के कारणले हुन्छ मलाई मतलब छैन कीनकि हामी जहाँ गए नि देशको प्रहरी प्रशासनको कानुनि र पदिय जिम्मेवारीको दायर भित्र रहि राम्रोसंग जिम्मेवारी निर्वाह गर्ने हो । काम गरेको नगरेको मुल्याङ्कन संगठन भित्र तथा आम नागरिकले र तपाइको जस्तो मिडियाले पनि गर्नुहुन्छ नै । किनकि राम्रो मान्छेलाई होइन कामलाई भन्ने हो । त्यसैले मैले यसलाई सामान्य रुपमा लिन्छु कसैले केहि भनि हालेका सुचनाको रुपमा प्राप्त गरि अध्ययन गर्नुपर्छ यस्ता सुचनाले अनुसन्धान गर्ने सहयोग पनि गर्छ वा गदैन तिर ख्याल चाहि गनुपर्छ । कसैले चिनजानकोले हेर्दिनु पर्ला भनेर कसैले भन्ला त्यो भन्दा बढि कसैले घो¥याएर त भन्न्ने होइन नि । त्यसमा हामी त कानुनको पालना गर्ने गराउने व्यक्ति हो, व्यक्तिले के भन्यो भनेन त्यो संग जरुरत छैन र सत्य, तथ्य र विवेकपूर्ण काम, निर्णय गर्ने सक्ने व्यक्तिलाई कसैको प्रभावले फरक पादैन जस्तो लाग्छ  ।
अर्काे कुरा दबाबले मुद्दा नै दर्ता नहुने विगत कहि कतै भएका हुन सक्छन त्यो म भन्न सक्दिन । तर हाल यस्तो हुन सक्दैन किनकि अहिले मानिस स्वंयम कानुनी प्रक्रिया सम्बन्धमा जानकार छु यस सम्बन्धमा अन्य प्रहरी सहायता केन्द्र, वकिल वा अन्य जानकार व्यक्तिको सल्लाह लिन पाइरहेको हुन्छ यस्तो कतै भइहाले पनि त्यो भन्दा अन्य निकाय जस्यो महिला आयोग मार्फत पनि मुद्दा वा उजुरी दिने व्यवस्था छ ।
 
 
प्रविधि संगै बढेको साईबर अपराध न्युनीकरणको लागि प्रहरीले कस्तो भुमिका खेल्दै आएको छ ? 
 
महत्वपूर्ण विषय उठाउँनु भयो । विज्ञान र प्रविधिको विकास संगै पछिल्लो समयमा देखा परेको साइबर अपराध बढेको छ । विभिन्न मामाजिक संजाल, प्रविधिको दुरुपयोग गरि संचार माध्यममा विकृती फैलाउने, ह्याकिङ्घ गर्ने जस्ता सम्बन्धमा थुपै उजुरी प्रहरीमा आउँने गरेका छन । प्राविधिक रुपमा अत्याधुनिक साधनसा्रेतमा हामीसंग छैन तर पनि हाम्रो स्रोतसाधन अनुसार यस्तो अपराध नियन्त्रण गर्न अपराधको प्रकृति र प्रवृत्ति अनुसार निश्चित प्रक्रिया अनुसार नै नियन्त्रण गरिरहेका छौ । यो सम्बन्धमा नेपाल इलेक्ट्रोन कारोबार ऐन २००८ पनि ल्याइको छ । यसले पनि सबै कुरा समेटेको छैन ।
 
सिआईभीलाई देशभर विस्तार गर्ने अध्ययन वा योजना केहि भा छ ?
सिआइभिको संरचना विस्तार भन्दा पनि ठाउ ठाउँ ठाउँमा ब्यूरोहरु राख्ने, सेटेलाइट राख्ने योजन भएको छ जसले गर्दा अनुसन्धान कार्यलाई सहयोग पुग्छ । यस्तो कुरा राष्ट्रिय योजना परे अनुरुप विस्तारै आवश्यकता अनुसार देशव्यापी हुन सक्छ  ।
 
नेपालको एउटा बिडम्बना भन्नु पर्छ इतिहासमा राजदरवार अत्या काण्ड जस्ता कति पय घटनाहरु रहस्यममा नै छन् वास्तवमै  त्यस्ता घटनाको अनुसन्धान नागरिकको लागि चित्त बुझदो छैन । यस्ता घट्नाको अनुसन्धान किन हुन सक्दैन होला ?
नेपालको इतिहासमा यस्ता घट्ना घट्नु रहस्यमय त हो । यसको अनुसन्धानका लागि  सरकारी अङ्घको रुपमा गठन भएको आयोगले गरिसकेको कारण नेपाल प्रहरीले क्षेत्रमा परेन तर सरकारले अनुसन्धानको जिम्मा दिने वा प्रहरी क्षेत्राधिकार भित्र पर्ने अपराधमा अनुसन्धान गर्न नेपाल प्रहरी जस्तोसुकै अपराधको सत्य तथ्य सार्वजनिक गर्न सक्दछ । गरेको उदाहरणहरु पनि धेरै छन ।
 
 
लामो समयसम्म अध्ययन अनुसन्धान गर्दा अपराधहरु के–के कारणले हुन्छन जस्तो लाग्छ ?
अति राम्रो प्रश्न गर्नुभयो । अपराध एउटा वातावरणले श्रृजना गर्दन्छ, एउटा नराम्रो वातावरणले श्रृजना गरेको कार्य अपराधमा रुपान्तरण हुन्छ । अर्काे चाहि मानिसले आफुलाई नियन्त्रण गर्न नसकि  आकस्मिक अपराध गरेको पाइन्छ । आर्थिक कारण अर्काे एउँटा प्रमुख कारण हो लेनदेन कुरामा हुने ठगि, आफुलाइ खान, लाउन, मोजमस्ती गर्न अर्थात आफनो आम्दानिको स्रोत नभई अपराध गर्ने, हत्या, अपहरण, लुटपाट, चोरीको अपराध हुने गरेका छन । अर्काे चाहि पेशा नै सांगठित रुपमा वा व्यक्तिगत करिअरकै रुपमा हुने अपराध पनि अपराधको कारणको रुपमा रहेका छन ।
 
किन मिडियामा सर्बेन्द्र खनालकै नाम, खनालमा पाईने छुटै विशेस्ता के हो ?
 
मैले हेर्दा पनि पोलिस चाहि सर्बेन्द्र खनाल जस्तो हनुपर्छ , किनकि मैले आफुले काम गरेको कुरामा म सन्तुष्ट छु र म एउँटा म्यानेजमेन्ट पढेकोले पनि आफ्नो व्यक्तित्व विकास र क्षमता र कमजोरी मुल्याङ्कन आफैले गनुपर्छ भन्ने लाग्छ किनकि मेरो आफनो बारेमा मलाई नै बढि थाहा हुन्छ । म स्वयंमको सुरक्षाको लागि पनि राम्रो प्रहरी चाहिन्छ भने राष्ट्रको सुरक्षा गर्न त झन राम्रो सक्षम प्रहरी पो चाहिन्छ । कुरा के हो भने प्रहरी चाहि प्रहरी जस्तो हुनुपर्छ । बल्ल तपाइले खोजेको र मैले खोजेको प्रहरी त्यहि हुन सक्छ प्रहरी यस्तो भईदिए हुन्थ्यो जस्तो हामीलाई लाग्छ त्यस्तै हुनु पर्छ । भन्नुको अर्थ समग्र समाजको हितको लागि जस्तोसुकै जोखिम लिएर काम गर्नुसक्नु पर्छ । त्यसैले सर्बेन्द्र खनालको पनि कुन्र विशेश्ताहरु हुन सक्छन ।
खास मिडियामा ल्याउँने काम त तपाईले ल्याउनु भएको किन ल्याउँनु भयो यति गर्दा ठिक हुन्छ हुदैन तपाइले मुल्याङकन गर्ने कुरा हो ।
 
तपाइलाई एउँटा भावि आइजीपिको रुपमा पनि हेरिन्छ । अपराध नियन्त्रण गरि शान्ति सुरक्षा कायम गर्ने कुनै दिर्घकालिन योजना छ ?
यो प्रश्न आफैमा अलि महत्वपूर्ण पनि छ भने संबेदनशिल पनि छ । काम गदै संठगन मा नेतृत्वमा पुगेर गर्ने सोच हरेक संगठनमा नेतेत्वमा पुग्ने संभावना भएके व्यक्तिले सोच्दछ  भने म पनि त्यसमाबाट बाहिर हुनै सक्दैन । तर नेतृत्वको कुरा समालेपछि कुरा सोध्नु भयो तत्कालै भनिहाल्नु पर्छ जस्तो त लाग्दैन तर यस्तो अप्ठ्यारो प्रश्न हो मैले भन्नु पर्दा राष्टिय सुरक्षा, पूर्णरुपमा अपराध नियन्ण गरि एउटा अपराध शुन्य समाजको परिकल्पना गदै देशमा शान्तिसुरक्षाको अनुभति गराई दिर्घकालिन शान्ति व्यवस्थाको नयाँ आयाम दिन सकिन्छ जस्तो लाग्छ । 
 

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar