26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रोभिजन पोलिसीमा परिमार्जन आवस्यक छ

27 - Feb- 2015, Posted by: Yuwahunkar

बाणिज्य बैकहरु अझै पनि अप्ठेरो स्थितीमा नै रहेकाछन भनिन्छ नि ? निश्चय नै हो, बित्तीय क्षेत्र अथवा भनौं बाँणिज्य बैकहरु अझै पुर्णरुपमा खतरामुक्त भईसकेका छैनन । अस्थिर राजनीतिले बित्तीय क्षेत्रमा समेत समस्या उत्पन्न गराएको छ । यस क्षेत्रमा अहिले तरलता बढेको भएपनि ठुला कर्जाको माग नहुंदा बैकहरु अझै पनि खुद्रा बैकिडमा केन्दीत हुनुपर्ने अवस्था रहेको छ । घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाबाट सिंगो बित्तीय क्षेत्रले उन्मुक्ति पाईसकेको छैन ।

नारायणदाश मानन्धर



प्रोभिजन पोलिसीमा परिमार्जन आवस्यक छ 

नारायणदाश मानन्धर
प्रमुख कार्यकारी अधिकृत 
प्राईम कर्मसियल बैक
बाणिज्य बैकहरु अझै पनि अप्ठेरो स्थितीमा नै रहेकाछन भनिन्छ नि ?
निश्चय नै हो, बित्तीय क्षेत्र अथवा भनौं बाँणिज्य बैकहरु अझै पुर्णरुपमा खतरामुक्त भईसकेका छैनन । अस्थिर राजनीतिले बित्तीय क्षेत्रमा समेत समस्या उत्पन्न गराएको छ । यस क्षेत्रमा अहिले तरलता बढेको भएपनि ठुला कर्जाको माग नहुंदा बैकहरु अझै पनि खुद्रा बैकिडमा केन्दीत हुनुपर्ने अवस्था रहेको छ । घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाबाट सिंगो बित्तीय क्षेत्रले उन्मुक्ति पाईसकेको छैन ।  बिगतमा रियलस्टेट क्षेत्रका कारण बित्तीय क्षेत्रमा समस्या आएकै कारण  सिंगो रियस्टेट कर्जालाई गलतरुपमा हेर्ने अवस्था सिर्जना भएको छ, तर यो गलत हो । रियलस्टेट क्षेत्रमा पनि केन्द्रीय बैकको सिमाभित्र रहेर लगानी गरेको खण्डमा सुरक्षित हुन्छ र छ पनि । अहिले समस्या भनेको निक्षेपको भन्दा पनि कर्जाको हो, ठुला र राम्रा आयोजनाहरुमा कर्जाको माग नहुँदा बैकहरु तरलता होल्ड गरेर बसेकाछन ।
 
अधिक तरलताको अवस्था सन्तुलनमा आईसक्यो होईन न र ? 
अझै पनि यो अधिक तरलतामा समस्या समाधान भईसकेको छैन । राष्ट बैकले अधिक तरलताको समस्या समाधानको लागि बिभिन्न मौद्रिक उपकरणहरु जरी गर्दे आएको छ ।  तर यो अल्पकालीन समयको लागि मात्र हो । दिर्घकालीनरुपमा यस्तो समस्या समाधान हुन मुलुकमा लगानीमैत्री वातावरण बन्नु पर्छ । यसको लागि ठुला र राम्रा आयोजनाहरुमा कर्जाको माग हुनु पर्छ, जबसम्म यो स्थिती आउँदैन, बित्तीय क्षेत्र सन्तुलित हुन सक्दैन । राष्ट बैकले बित्तीय क्षेत्रमा रहेको अधिक तरलता अनुत्पादक क्षेत्रमा प्रयोग नहोस भनेर नै बजारको अवस्था हेरर नै बजार नियन्त्रणको लागि बिभिन्न मौद्रिक उपकरणहरु जारी गरेको हो । तर सधै यही स्थिती कायम रहेको खण्डमा यसको प्रत्यक्ष असर व्याजदरमा पर्छ । व्याजदरमा असुन्तलन उत्पन्न हुन्छ  । 
 
स्प्रेड दर पुर्णरुपमा लागु हुदाँ यसले बित्तीय क्षेत्रको नाफा घटाउँछ भन्छन नि ?
सेवा शुल्क, स्प्रेड दर लगायतका बिषयमा राष्ट्र बैक कडारुपमा प्रस्तुत हुदैमा नाफा घट्छ भन्ने होईन, केही असर त पर्छ । अहिले बजारको भोलुम बढि राखेको छ । बजारको भोलुम बढ्दा नाफा पनि बढ्छ नै, यसको औषत बृद्धिदर मात्र केही कम हुने हो । अर्को कुरा भनेको अहिले लोडसेडि, राजनीतिक अस्थिरता सुरक्षा लगायतका बिबिध कारणले बित्तीय क्षेत्रको सञ्चालन खर्च बढि रहेको छ । लोडसेडिका कारण सिस्टम चलाउन कै लागि पनि बैकहरुले ठुलो रकम खर्च गर्नु पर्ने अवस्था रहेको छ । यही कारण पनि बैकहरुले आर्जन गरेको ठुलो हिस्सा बार्षिक सञ्चालनमा खर्च हुने अवस्था रहेको छ । यसको प्रत्यक्ष असर बैकहरुको खुद मुनाफामा परेको छ । वास्तवमा भन्नु पर्दा यिनै कुराहरुले गर्दा बैकहरुको औषत नाफाको बृद्धिदर कम हुने अवस्थामा रहेको छ । एकातिर ठुला कर्जाको माग नहुनु र अर्को तर्फ सञ्चालन खर्च बढ्दा यसको मार खुद मुनाफामा परेको छ ।  
 
खर्च कटौती गर्न, बाँणिज्य बैकहरु तयार छ न त ?
तयार हुनुपर्छ, किनकी यसको बिकल्प छैन । निक्षेप तथा कर्जाको भोलुम बढेको आधारमा जुनरुपमा नाफा बढ्नु पर्ने थियो त्योरुपमा नाफा बढन् सकेको छैन । यो अवस्थामा बैकहरुले अनावस्यक खर्च कटौती गरेर भएपनि नाफा बढाउनु पर्छ । आफ्ना सेयरधनीहरुलाई लाभांस बितरण गर्नुपर्छ । प्राईमले अहिले यही नीति अबलम्वन गरेको छ । अनावस्यक खर्च कटौती गरेर नाफा बढाउनु बाहेक अर्को बिकल्प बैकहरुको छैन । 
 
बित्तीय क्षेत्रमा परेको अप्ठेरो फुकाउन राष्ट बैकले नियमनकारी निकायको नाताले के गर्नु पर्छ ? 
राष्ट्र बैकले जति गरेको छ त्यो सबै मुलुकको बित्तीय क्षेत्रलाई सहज बनाउनको लागि नै गरेको हुन्छ । यो बिचमा पनि राष्ट्र बैकको केही नीति निर्देशनहरु कुनै पक्षलाई असहज लागेको हुन सक्छ । राष्ट्र बैकले तत्कालको लागि प्रोभिजन सम्वन्धी पोलिसीमा केही परिमार्जन गर्नु आवस्यक रहेको छ । खराव नै भएको अबस्थामामा पुर्णरुपमा प्रोभिजन गर्नु नै पर्छ तर कतिपय अवस्थामा राष्ट्र बैकले स—साना कैफियतमा पनि सत् प्रतिसत प्रोभिजन राख्न निर्देशन दिने गरेको छ । यसले गर्दा बैकहरुको व्यालेन्स सिट नै असन्तुलित हुने गरेको छ । प्रोभिजन कै कारण कुनै महिना राम्रो नाफा कमाएको बैकको अर्को महिनामा नाफा ह्वात्तै घटेको देखिने गरेको छ । नाफा घट्दा सम्वन्धीत बैकप्रति आम लगानीकर्ताको दृष्टिकोण समेत केही नकारात्मक हुने गरेको छ । यो हुन नदिनको लागि पनि राष्ट्र बैकले प्रोभिजन नीतिमा केही परिवर्तन गर्नुपर्छ । 
 
प्राईम बैकको बारेमा के भन्नु हुन्छ ? 
बैकको अवस्था राम्रो रहेको छ । चालु आर्थिक बर्षको पछिल्लो अवधिसम्ममा बैकले झण्डै ३७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ३० अर्ब ५० करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको छ । अहिले बैकको चुक्ता पुंजी तीन अर्ब १४ करोड रुपैयाँ पुगिसकेको छ । बैकले गत आवको खुद मुनाफा मध्येबाट १९ प्रतिसत बोनस सेयर बितरण गरेको छ । अबको दुई आर्थिक बर्षमा पनि सोही अनुपातमा बोनस सेयर दिएपनि प्राईमको चुक्ता पुंजी पाँच अर्ब रुपैयाँको हाराहारीमा पुग्छ ।  
 
अन्तमा बैकका आम सेयरधनी, ग्राहक निक्षेपकर्ता, कर्मचारी एंव शुभचिन्तकहरुलाई के भन्नु हुन्छ । 
बैक आफ्ना आमसेयरधनी, ग्राहक निक्षेपकर्ताको हितमा सदैव कटिवद्ध रहेको छ । अहिले हाम्रो सबै क्षेत्रमा गरी ३२ वटा शाखा रहेको छ भने एक लाख ५० हजार भन्दा बढी ग्राहक रहेकाछन । यि सबैको हितको लागि काम गर्न प्राईम बैक परिवार सक्षम रहेको छ  । 
 

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar